GIMP/C2/Drawing-Tools/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:23 Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:30 यो टुटोरियलमा म ड्रइंग टूलहरुको चर्चा गर्नेछुँ
00:37 पहिलो ड्रइंग टूल पेन्सिल हो र यसले एकदमै कडा धारमा काम गर्छ
00:44 यहाँ, मैले एउटा सिधा धार कोरेकी छु र यदि मैले यो इमेज जूम गरें भने तपाईले हरेक पिक्सल कालो वा सेतो देख्न सक्नुहुन्छ
01:01 जब मैले चित्र कोर्न पेन्ट ब्रस छान्छु, मैले एउटा सफ्ट धार भएको लाइन पाउनेछु
01:08 र जब म जूममा फर्कन्छु तपाई पेन्सिलले कोर्दा एउटा देखिने jaggis सहितको हार्ड लाइन देख्न सक्नुहुन्छ
01:17 र जब म पेन्ट ब्रसले कोर्छु, म सफ्ट लाइन पाउछु
01:29 यहाँ पेन्सिलमा फर्कौं
01:32 तपाई पेन्सिल धेरै तिखो भएको देख्नुहुनेछ र पेन्ट ब्रस पनि स्मूद छ
01:40 तपाई यहाँ jaggis देख्न सक्नुहुन्न
01:44 यसलाई trick of the eye भनिन्छ
01:47 यसलाई ठुलो पारेपछि तपाई यहाँ यसको anti-aliest देख्न सक्नुहुन्छ
01:53 यो पेन्सिल र पेन्ट ब्रसको मुख्य भिन्नता हो
01:59 नत्रभने तिनीहरु लगभग बराबर हुन्छन र तिनीहरु वैकल्पिक पनि हुन्छन्
02:13 अब पेन्ट ब्रसबाट सुरु गरौँ
02:16 टूल बक्सबाट पेन्ट ब्रस टूलमा क्लिक गरौँ र तपाईले त्यसको लागि विकल्पहरु पनि पाउनुहुनेछ
02:25 मोडहरु लेयर मोडमा झैं छन् किनकि तपाई यहाँ मल्टिप्लाई वा ओभरले वा आदि देख्न सक्नुहुन्छ
02:40 यहाँ Opacity स्लाइडर छ र यो प्रयोग गरि तपाई दृश्यता र लाइनको रंग नियन्त्रण गर्न सक्नुहुन्छ
02:50 म मानलाई मानौं 25% मा सार्छु र जब म कोर्छु, म कालोको सट्टामा हल्का खैरो लाइन पाउछुं
03:02 र जब म एउटा नयाँ लाइनले यो लाइन काट्छु तपाई रंगहरु गाढा भएको देख्न सक्नुहुन्छ तर यो तब मात्र हुन्छ जब म एउटा नयाँ लाइन सहित अर्को यसमाथि जानेछु
03:22 म यो खण्डमा जूम गर्छु र एउटा ठुलो ब्रस छान्छु
03:26 र जब मैले लाइन कोर्छु यो खैरो छ
03:30 र मैले एउटा दोस्रो लाइन कोरें र यी दुई लाइनहरुको काटेको भाग गाढा खैरो छ
03:36 र अब मैले यहाँ माथि एउटा तेस्रो लाइन कोरें जुन थप गाढा खैरो छ तर जब मैले सोहि लाइनले पेन्ट गर्छु यो त्यति गाढा हुदैन
03:48 त्यसैले यसले एक स्ट्रोक देखि अर्को सम्म काम गर्छ र तपाईले सजिलै खैरोले एउटा क्षेत्र पेन्ट गर्न सक्नुहुन्छ र यसलाई भर्दा तपाईले ध्यानपुर्वक हेर्नुपर्दैन
04:15 यहाँ तपाईले Incremental नामक अप्सन देख्न सक्नुहुन्छ
04:20 जब तपाई Incremental छान्नुहुन्छ, तपाईले बढि प्रभाबकारी असर देख्न सक्नुहुन्छ
04:29 ब्रसहरुको विकल्पमा जाउँ र यहाँ तपाई यो ब्रसको स्पेसिंग 20% मा सेट भएको देख्न सक्नुहुन्छ
04:45 ब्रसहरु मुख्यत एउटा छाप हो जसले सोहि ढाँचालाई हरेक चोटी छापीरहन्छ
04:54 र जब म यहाँ जूम इन् गर्छु, 20% ब्रसको साइज पछि तपाई देख्न सक्नुहुन्छ, यो ब्रसले अर्को प्रभाब पारेको छ
05:07 यहाँ हरेक ब्रसले आफैलाई माथिबाट राख्छ
05:19 जब तपाई इन्क्रिमेंटल डी-सेलेक्ट गर्नुहुन्छ तपाई ब्रसको हरेक छाप देख्न सक्नुहुन्छ तर त्यहाँ माथि कुनै पेंटिंग छैन र मैले दोस्रो लाइन सुरु गर्नुपर्छ
05:34 र जब मैले इन्क्रिमेंटल छान्छु, म माथि बारम्बार पेन्ट गर्न सक्छु
05:47 100% मा फर्कौं
05:53 मैले opacity र incremental अप्सनहरुको चर्चा गरें
05:57 अब opacity 100% मा फर्कौं र अब म फेरि पुरै कालो कोर्न सक्छु
06:07 यदि opacity 100% भन्दा कम छ भने मात्रै इन्क्रिमेंटल प्रयोग गरेको उपलब्धि प्राप्त हुन्छ
06:15 स्केल स्लाइडरले यहाँ पेनको साइज नियन्त्रण गर्छ र जब म 1 मा स्लाइड गर्छु, तपाईले सानो साइजको ब्रस पाउनुहुनेछ
06:31 जब मैले ब्रस स्केल गछु मानौं 0.05, म एकदमै राम्रो धार कोर्छु र म स्लाइडर लाई मानौं 2 मा सेट गर्छु र म एउटा मोटो लाइन पाउछु
06:48 स्केलले मुख्यत ब्रसको व्यास नियन्त्रण गर्छ र तपाई किबोर्डको स्क्वार ब्राकेटले पनि नियन्त्रण गर्न सक्नुहुन्छ
07:15 ओपन स्क्वार ब्राकेटले म ब्रसको साइज घटाउन सक्छु र क्लोज स्क्वार ब्राकेटले म साइज बढाउन सक्छु
07:32 तपाई ब्रसलाई लगभग नदेखिने सेट गर्न सक्नुहुन्छ
07:38 त्यसैले म पेन्ट गर्ने ठाउँ नछोडिकन ब्रसको साइज मिलाउछु
07:51 यदि GIMP का कसैले यसलाई अझ अगाडी लाने सोच्दैछन् भने म यहाँ एउटा स्लाइडरलाई 1 मा फर्काउने बटन चाहन्छु
08:03 ल, स्केल अप्सनको बारेमा सकियो
08:06 र म ब्रसको बिस्तृत रुपमा अर्को टुटोरियलमा चर्चा गर्नेछु
08:12 यहाँ pressure sensitivity भन्ने अप्सन छ र म यसलाई इमेज सम्पादन गर्दा प्रयोग गर्न सक्छु, त्यसैले
08:30 यहाँ opacity मा हेरौं
08:35 अब मैले धेरै प्रेसर विना कोरें भने तपाई एउटा लाइन पाउनुहुनेछ जुन खैरो छ र जब मैले प्रेसर बढाउनेछुँ म गाढा पाउनेछु र जब मैले प्रेसर घटाउनेछु एउटा हल्का रंगको लाइन पाउनेछु
09:04 यदि तपाई एउटा मास्क पेन्ट गर्दै हुनुहुन्छ भने यो अप्सन उपयोगी हुनेछ
09:09 यो एकदमै उपयोगी छ
09:17 अर्को अप्सन hardness
09:20 अब म कम प्रेसरमा ड्र गर्छु, त्यहाँ सफ्ट बोर्डर छ र जब म प्रेसर बढाउछुँ, पेन्ट ब्रसले पेनको जस्तै काम गर्छ
09:38 जब मैले पेन्सिल छान्छु र कोर्छु म एउटा मसिनो बोर्डर पाउँछु र यसले एउटा मसिनो बोर्डर बनाउछ यदि हामीले ट्याब्लेटमा थिच्यौं भने
09:51 म ब्रसको साइज प्रेसर सेंसिटिभीटि अनुसार बदल्न सक्छु
10:00 म प्रेसर सेंसिटिभीटि प्रयोग गरि रंग पनि बदल्न सक्छु
10:05 त्यसैले म पृष्ठभूमि रंगबाट अर्को रंग छान्छु र अब यो यहाँ छ
10:12 अब यो रातो रंग छानौं
10:15 र अब अग्रभूमिको रंगको लागि एउटा राम्रो रंग छानौं
10:21 र जब म यहाँ छानेको रंगले कम प्रेसरमा पेन्ट गर्न सुरु गर्छु म हरियो पाउछु र जब म प्रेसर बढाउदै हुन्छु म रातो पाउँछु र जब म छोड्छु म फेरि हरियो वा हरियो जस्तो सामग्री पुन पाउनेछु
10:41 र बीचमा रंग हरियो र रातो बीचमा बदलिन्छ
10:49 अन्तिम विकल्प भनेको gradients को रंग प्रयोग गर्ने हो
11:01 gradient छान्न File मा जाउँ, Dialogs र Gradients मा जाउँ
11:18 यहाँ gradient छ
11:20 र अब म यो विन्डो पाउनेछु, यसलाई यहाँ तान्छु र मसँग यहाँ एउटा gradient छ
11:28 gradient मा मसँग मैले छान्ने शैलीहरु धेरै छन्
11:33 यसलाई छानौं र म यहाँ फर्कन्छु
11:42 अब जब म पेन्ट गर्दै हुन्छु, यो तरिकाले यहाँ gradient मा पेन्ट हुन्छ
11:48 यो gradients मा लेख्ने र काम गर्ने कुरो अलि हासउठ्दो छ
12:02 यो ट्युब वा त्यस्तैबाट बने जस्तो देखिन्छ
12:07 तिनीहरु gradient का अप्सनहरु रहेका थिएँ
12:11 यी विकल्पहरु सबै ब्रसहरु प्रयोग गर्ने टूलहरुका लागि साधारण हुन्
12:30 मतलब पेन्सिल, पेन्ट ब्रस, इरेजर र एयरब्रस जसमा केहि थप अप्सनहरु हुन्छन
12:50 इंकमा ब्रस छैन तर यसमा अन्य धेरै विकल्पहरु रहेका छन
12:55 क्लोन टूल, हिलिंग टूल , Perspective clone tool र अन्य धेरै जस्तै blur, sharpen वा dodge र burn मा अन्य ब्रसको विकल्पहरु पनि हुन्छन
13:14 अब पेन्सिल र पेन्ट ब्रसमा फर्कौं
13:21 यसलाई फेरि सफा गरौँ
13:24 त्यहाँ अन्य धेरै उपायहरु छन् जुन यहाँ प्रयोग गर्न सकिन्छ
13:29 पहिलो उपाय एउटा लाइन कोर्ने बारेमा छ
13:33 जब म एउटा सिधा लाइन कोर्न खोज्छु यो अलि अप्ठेरो हुन्छ
13:39 तर जब मैले पहिलो पोइन्ट क्लिक गरेर सेट गर्छु र शिफ्ट कि थिच्छु, मैले एउटा सिधा लाइन पाउँछु
13:48 यहाँ मसँग एउटा सिधा लाइन छ
13:51 दोस्रो उपाय भनेको एउटा पोइन्ट सेट गर्ने र Shift + Ctrl थिच्ने हो र मेरो लाइनको रोटेसन 15 डिग्रीमा लक् छ
14:05 र त्यसैले म परिभाषित कोणको साथमा सजिलै सिधा लाइनहरु कोर्न सक्छु
14:20 ल, यहाँ कति राम्रो बनेको छ
14:24 तपाईले शिफ्ट कि ले गर्न सकिने अरु पनि केहि छन्
14:29 त्यसको लागि gradient tool छानौं
14:37 छानिएको gradient संगै एउटा लाइन कोरौं र तपाईले विभिन्न रंगहरु पाउनुहुनेछ
14:45 म एउटा सानो ब्रस छान्छु र gradient टूल डी-सेलेक्ट गरौँ र मेरो स्ट्यान्डर्ड रंगहरु छानौं
14:55 अब जब म कन्ट्रोल कि थिच्छु, म मैले कोरेको लाइनबाट एउटा रंग छान्न सक्छु र तपाई अग्रभूमिको रंग निलोमा बदलिएको देख्नुहुनेछ
15:09 त्यसैले म इमेजबाट एउटा रंग छान्न सक्छु, जुन एकदमै राम्रो छ
15:17 र यदि तपाई चित्रमा केहि पेन्ट गर्न चाहनुहुन्छ र यसमा तपाईले चाहेको रंग छ
15:25 यसमा खाली कन्ट्रोल क्लिक गरौँ र तपाई तपाइको palet मा निश्चित रंग पाउनुहुनेछ
15:36 त्यो राम्रो उपाय हो
15:39 मुख्यत, इरेजर टूल पेन टूल वा ब्रस जस्तै हो किनकि यो ठिक तिनीहरु भन्दा उल्टो हुन्छ
15:52 इरेजरले पनि पेन्ट गर्छ तर पृष्ठभूमिको रंग
15:57 तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ
16:00 तर यसको लागि तपाई ब्रसको सेंसिटिभीटि र opacity डी-सेलेक्ट गर्न सक्नुहुन्छ
16:08 जब मैले अग्रभूमिलाई कालो र पृष्ठभूमिलाई सेतो मा बदल्छु र सेतोलाई अग्रभुमिको रंग छान्छु र पेन छान्छु, म इरेजरको जस्तै असर पाउनेछु
16:25 रंग बदलेपछि इरेज गर्दा कालो हुन्छ
16:41 तपाई X कि थिचेर अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
16:50 मैले बिस्तृत रुपमा पेन्सिल, पेन्ट ब्रस र इरेजरको पनि चर्चा गरें
16:59 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस्, प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
17:10 स्पोकन टुटोरियल प्रोजेक्टको लागि, म मन्दिरा बिदा हुँदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana