Health-and-Nutrition/C2/Side-lying-hold-for-breastfeeding/Nepali
From Script | Spoken-Tutorial
00:01 | स्तनपानको लागि उपयोगी साइड लायिंग होल्डको स्पोकन ट्युटोरियल मा तपाईँको स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं: स्तनपानको लागि आमा र बच्चाको लागि सही आसन |
00:13 | स्तनपानको अघि आमाले गर्नुपर्ने तयारीहरू र साइड लायिंग होल्ड को तरिका |
00:20 | सुरु गरौं, संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन् |
00:27 | अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै,
स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको - स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो, |
00:40 | जसमा आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुग्छ |
00:45 | र बच्चाले पर्याप्त दूध प्राप्त गर्छ |
00:49 | अब साइड-लायिंग' पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ |
00:54 | यो पकड रातितिर स्तनपानको लागि उपयोगी हुन्छ |
00:59 | अथवा आमाले सिजेरियन सेक्सन डेलिभरी गरेकी छिन् भने |
01:03 | वा आमा एकदमै थकित छिन् भने |
01:06 | स्तनपान गराउनु अघि आमाले साबुन पानीले आफ्ना हातहरू धुनुपर्छ
र ओबानो पार्नुपर्छ |
01:14 | त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ |
01:18 | स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्
त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ |
01:30 | अब, आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ |
01:35 | स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन |
01:41 | त्यसपछि, आमाले स्तनपान गराउन चाहेको स्तनपट्टि ढल्किनु पर्छ |
01:48 | उनले आफ्नो टाउको एउटा तकियामा राख्नुपर्छ, र आफ्नो खुट्टाहरूको बीचमा अर्को एउटा तकिया राख्नुपर्छ जसले गर्दा सुत्दा खेरी खुट्टाहरू दायाँबायाँ हुँदैनन् |
01:57 | यो चित्रमा, आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन्, त्यसैले, उनी आफ्नो दायाँपट्टि ढल्केर बसेकी छिन् |
02:06 | अब, बच्चाको शरीर कसरी उचित रूपमा मिलाउने जानौं |
02:12 | आमाको पेटले बच्चाको पेटमा हल्का थिच्ने गरी बच्चालाई आमाको छेउमा राख्नुपर्छ |
02:21 | आमाले आफू ढल्केको पट्टिको हातले बच्चाको शरीरमा आड दिनुपर्छ |
02:29 | यो चित्रमा आमाले आफ्नो दायाँ हातले बच्चाको ढाडमा आड दिँदै छिन् |
02:36 | आमाले आफ्नो ढाडमा एउटा तकिया राख्न सक्छिन् जसले गर्दा उनी बच्चा नजिक हुन्छिन् |
02:42 | उनीहरूको शरीर बीचको दूरी कम भएमा बच्चालाई स्तनसम्म पुग्न सजिलो हुन्छ |
02:49 | र यसले गर्दा बच्चालाई स्तन भित्रसम्म च्याप्न सजिलो हुन्छ |
02:55 | याद राखौं – आमाले कहिल्यै पनि आफ्नो ढाड बंग्याएर स्तन बच्चा सम्म पुर्याउनु हुँदैन
यस्तो गर्दा बच्चाको पेट र आमाको शरीर बीचको दूरी बढ्ने छ |
03:06 | उनले सधैँ आफ्नो ढाड सिधा राखी बच्चालाई आफ्नो स्तन नजिक लग्नुपर्छ |
03:12 | दोस्रो महत्त्वपूर्ण कुरो भनेको बच्चाको शरीर कुन दिशामा मिलाउने भन्ने हो |
03:21 | तपाईले यो कुरो याद गर्नुभएको छ होला - हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर सधैँ एउटै दिशामा पर्छन् |
03:31 | त्यसैगरी - स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै दिशामा पर्नुपर्छ |
03:39 | यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ |
03:44 | अब, बच्चाको शरीर मिलाउने तेस्रो तरिकाको बारेमा जानौं |
03:50 | आमाले बच्चाको सम्पूर्ण शरीरमा आड दिनुपर्छ |
03:54 | अन्यथा, बच्चालाई स्तन भित्रसम्म च्याप्न सार्है दुख हुन्छ |
04:01 | अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं |
04:07 | बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ |
04:13 | र, चिउँडो भने अलि अगाडी स्तनको नजिकै हुनुपर्छ |
04:17 | यसो गर्दा, बच्चाले तल्लो एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ |
04:25 | र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ |
04:32 | कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो |
04:39 | अब, बच्चा सही पकडमा छ र अब स्तनपानको लागि मुख जोड्ने तरिका सिकौं |
04:46 | आमाले आफ्नो खाली हातका औँलाहरू प्रयोग गरी स्तनमा ‘सि’ पकडमा समाउनुपर्छ |
04:55 | यो चित्रमा आमाले आफ्नो बायाँ हातले आफ्नो दायाँ स्तन समाएकी छिन् |
05:05 | स्तन समाउने औँलाहरू बच्चाको ओठको दिशामा हुनुपर्छ |
05:13 | किन? यसको लागि एउटा उदाहरण हेरौं |
05:18 | हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो मुख र ओठ तेर्सो खुल्छन् |
05:25 | हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं |
05:31 | यहाँ, बूढी औँला र अन्य औँलाहरू, ओठको दिशामा हुन्छन् |
05:37 | यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं |
05:44 | यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं
यहाँ, ओठ तेर्सो छ |
05:51 | त्यसैले, आमाको औँलाहरू स्तनमा तेर्सो राख्नुपर्छ |
05:59 | यसले गर्दा बच्चालाई स्तनको मुन्टोको धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ |
06:05 | बच्चाको ओठको दिशामा हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ |
06:18 | हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुने छ |
06:28 | यदि एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन |
06:34 | त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ |
06:40 | यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ |
06:49 | यो दूरीले आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन् |
06:58 | आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले - |
07:05 | मुन्टोको घेरा तल रहेका दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ |
07:12 | र बच्चाको मुख उचित तरिकाले स्तनमा पुर्याउन स्तनको आकार सही बस्ने छ |
07:19 | अब फेरि बडा पाव र बर्गरको उदाहरण प्रयोग गरौं |
07:24 | बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं |
07:32 | त्यसैगरी, आमाले आफ्नो ‘सि’ आकारको पकडले स्तनमा हल्का थिच्नु पर्छ
यसरी बच्चालाई स्तनको ठूलो भाग मुखमा लिन सजिलो हुन्छ |
07:46 | तर आमाले आफ्नो स्तन कैँची आकारमा थिच्न भने हुँदैन |
07:53 | कैँची आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउने छ |
08:00 | साथै थिच्दा खेरी सबै औँलाहरूको बराबर जोड पर्नुपर्छ |
08:07 | नत्रभने, स्तनको मुन्टो तल-माथि भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ |
08:14 | र बच्चाको पहुँच स्तनको भित्रसम्म पुग्न सक्दैन |
08:19 | अहिले बच्चा साइड लायिंग होल्डमा छ र स्तनपानको लागि तयार छ |
08:27 | सही रूपमा बच्चालाई स्तनसम्म पुर्याउने तरिका यसै श्रृंखलाको अर्को ट्युटोरियलमा वर्णन गरिएको छ |
08:34 | बच्चाको मुख स्तनमा राम्ररी पुर्याए पछि आमाले आफ्नो हात स्तनबाट हटाउनु पर्छ |
08:41 | उनले सो हात बच्चाको ढाडमा आड दिन प्रयोग गर्नुपर्छ र बच्चालाई आफ्नो शरीर नजिक राख्नुपर्छ |
08:49 | साथै, उनले आफ्नो अर्को हात भने बच्चाको ढाडबाट सारेर आफ्नो शरीरको ९० डिग्रीमा राख्न सक्छिन् |
08:58 | उनले आफ्नो कुहिनो फर्काएर हात तकिया मुनि राख्नुपर्छ |
09:04 | यो चित्रमा आमाले आफ्नो दायाँ स्तनबाट बायाँ हात हटाएकी छिन् |
09:11 | उनले आफ्नो बायाँ हात बच्चाको ढाडमा आड दिन र बच्चालाई आफू नजिक राख्न प्रयोग गरेकी छिन् |
09:19 | उनले बच्चाको ढाडबाट दायाँ हात हटाएकी छिन् |
09:22 | उनले सो हातलाई शरीरको ९० डिग्रीमा राखेकी छिन् |
09:26 | उनको दायाँ कुहिनो बांगिएको छ |
09:29 | उनले दायाँ हात तकिया तल राखेकी छिन् |
09:33 | पहिलो स्तनबाट स्तनपान गराएपछि -
यदि आमाले आफ्नो अर्को स्तनबाट स्तनपान गराउन चाहन्छिन् भने उनी अर्को तर्फ पल्टिनु पर्छ |
09:43 | यो चित्रमा आमाले आफ्नो बायाँ स्तनबाट स्तनपान गराउन बायाँपट्टि फर्केकी छिन् |
09:50 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
सहभागिताको लागि धन्यवाद, नमस्कार |