Drupal/C2/Installation-of-Drupal/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:13, 11 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Installation of Drupal स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी उबुन्टु लिनक्स र विन्डोज अपरेटिंग सिस्टममा ड्रुपल डाउनलोड र इन्स्टल गर्न सिक्ने छौं |
00:17 | यो ट्युटोरियलको लागि हामीलाई यी आवश्यक पर्छन् -
वेबबाट सबैभन्दा पछिल्लो संस्करण डाउनलोड गर्न राम्रो इन्टरनेट जडान वा तपाईसँग लोकल फाइल हुनुपर्छ |
00:30 | तपाईसँग उबुन्टु लिनक्स वा विन्डोज अपरेटिंग सिस्टम सहितको कम्प्युटर हुनुपर्छ |
00:38 | यो ट्युटोरियल अनुसरण गर्न तपाई माथि उल्लेखित कुनै एक अपरेटिंग सिस्टमसँग परिचित हुनुपर्छ |
00:45 | ड्रुपल इन्स्टल गर्ने विभिन्न तरिकाहरु छन् |
00:48 | यो ट्युटोरियलको लागि, म Bitnami Drupal Stack प्रयोग गर्नेछुँ किनकि यसको इन्स्टल गर्ने तरिका सरल छ |
00:57 | Bitnami Drupal Stack इन्स्टल गर्न तपाईसँग यी कुरा हुनुपर्छ Intel x86 वा समान प्रोसेसर |
01:05 | कम्तिमा २५६ एमबी RAM |
01:08 | कम्तिमा १५० एमबी हार्डड्राइभ स्पेस र |
01:13 | TCP/IP प्रोटोकल मा काम गर्ने हुनुपर्छ |
01:16 | तलका अपरेटिंग सिस्टममा यसले काम गर्छ |
01:20 | कुनै पनि x86 लिनक्स अपरेटिंग सिस्टम |
01:24 | कुनै 32-बिट विन्डोज अपरेटिंग सिस्टम जस्तै विन्डोज भिस्टा, विन्डोज ७, विन्डोज ८, विन्डोज १०, विन्डोज सर्भर २००८ वा विन्डोज सर्भर २०१२ |
01:41 | कुनै OS X अपरेटिंग सिस्टम x86 |
01:46 | आफुले चाहेको वेब ब्राउजर खोलौं र देखाईएको URL मा जाऊ |
01:53 | तल स्क्रोल गरौ र विन्डोज र लिनक्स अपरेटिंग सिस्टमको इन्स्टलरहरु हेरौं |
02:01 | हामीले हाम्रो अपरेटिंग सिस्टम अनुसारको इन्स्टलर छान्नुपर्छ |
02:06 | म लिनक्स युजर भएकोले लिनक्स इन्स्टलर छान्ने छुँ |
02:11 | यदि तपाई विन्डोज युजर भएमा Windows को ड्रुपल इन्सटलर छान्नुहोस् |
02:17 | यहाँ हामी ड्रुपल का विभिन्न संस्करणहरु देख्न सक्छौं |
02:22 | यदि तपाई कुन संस्करण डाउनलोड गर्ने भनेर निश्चित हुनुहुन्न भने Recommended संस्करण डाउनलोड गर्न सक्नुहुन्छ |
02:29 | रेकर्डिङ गर्ने समयमा, ड्रुपल ८.१.३ Recommended संस्करण रहेको छ |
02:36 | तपाईले प्रयोग गर्ने समयमा यो फरक हुन सक्ने छ |
02:39 | दायाँतिरको Download बटन थिचौं |
02:43 | हामीलाई Bitnami वेबसाइटमा एउटा एकाउन्ट खोल्न भनी पप-अप विन्डो खुल्छ |
02:50 | अहिले को लागि, “No thanks” क्लिक गरौँ |
02:53 | यसले तुरुन्तै एउटा इन्स्टलर डाउनलोड गर्न सुरु गर्छ. फाइल सेभ गर्न OK बटन क्लिक गरौँ |
03:01 | तलको इन्स्टल गर्ने प्रक्रियाहरु विन्डोज र लिनक्स ओएसमा एकै हुने छन् |
03:07 | यदि तपाईसंग Bitnami installer फाइल भएमा डाउनलोड नगरी त्यो फाइल प्रयोग गर्नुहोस् |
03:15 | इन्स्टलर फाइल डाउनलोड गरेको Downloads फोल्डरमा जानुहोस् |
03:20 | यो इन्स्टलर फाइल रन गर्न एडमिनको अधिकार आवश्यक हुन्छ |
03:25 | यदि तपाई विन्डोज युजर हुनुहुन्छ भने इन्स्टलर फाइल मा राइट क्लिक गर्नुहोस् र Run as administrator विकल्प छान्नुहोस् |
03:33 | यदि तपाई लिनक्स युजर हुनुहुन्छ भने इन्स्टलर फाइल मा राइट क्लिक गरी Properties छान्नुहोस् |
03:40 | अनि Permissions ट्याबमा क्लिक गर्नुहोस् र Allow executing file as program विकल्पको चेकबक्समा क्लिक गर्नुहोस् |
03:48 | यो विन्डो बन्द गर्न Close बटन क्लिक गरौँ |
03:52 | अब, इन्स्टलर फाइलमा दोहोरो क्लिक गर्नुहोस् |
03:55 | इन्स्टल गर्ने प्रकिया सुरु हुन्छ, Next बटनमा क्लिक गरौँ |
04:01 | यहाँ हामी आफुले इन्स्टल गर्न चाहेको सामग्रीहरु छान्न सक्छौं |
04:06 | पहिले प्रत्येक सामग्रीमा क्लिक गरौँ र तिनीहरुको बिस्तृत जानकारी पढौं |
04:12 | म सबै सामग्रीहरु छान्न चाहन्छु, Next बटनमा क्लिक गरौँ |
04:18 | यो विन्डोमा हामीले ड्रुपल इन्स्टल गर्न चाहेको फोल्डर छान्नुपर्छ |
04:24 | म मेरो Home फोल्डर छान्ने छुँ |
04:27 | विन्डोज मा यो डिफल्ट C कोलन वा मुख्य ड्राइभमा इन्स्टल हुनेछ |
04:34 | Next बटनमा क्लिक गरौँ |
04:36 | अब हामीले एउटा ड्रुपल एडमिन एकाउन्ट बनाउनुपर्ने हुन्छ |
04:40 | म real name मा "Priya" टाइप गर्ने छुँ, यो नाम एप्लिकेसनमा देखिइने छ |
04:47 | यहाँ तपाईको नाम टाइप गर्नुहोस् |
04:50 | म Email Address फिल्डमा "priyaspoken@gmail.com" टाइप गर्ने छुँ |
04:56 | कृपया तपाईको आफ्नो सहि इमेल एड्रेस प्रयोग गर्नुहोस् |
05:00 | अब, हामी एड्मिनिस्टे्रमा आफुले चाहेको युजरनेम र पासवर्ड दिनुपर्छ |
05:07 | म Login user name मा "admin" टाइप गर्ने छुँ |
05:11 | म Password मा मेरो पासवर्ड टाइप गर्ने छुँ, पासवर्ड पक्का गर्न पून: टाइप गरौँ |
05:17 | तपाई आफ्नो रोजाईको कुनै पनि लगिन नाम र पासवर्ड टाइप गर्न सक्नुहुन्छ |
05:22 | Next बटनमा क्लिक गरौँ |
05:24 | Linux मा Apache को डिफल्ट लिसनिंग पोर्ट 8080 छ भने MySQL मा 3306 छ |
05:34 | विन्डोज मा यो 80 र 3306 छ |
05:39 | यदि ती पोर्टहरु पहिले नै अरु कुनै एप्लिकेसनले प्रयोग गरिरहेको भएमा यसले वैकल्पिक पोर्ट प्रयोग गर्न भन्ने छ |
05:47 | मैले मेरो कम्प्युटरमा पहिले नै MySQL इन्स्टल गरेको छुँ, त्यसैले, यसले अर्को वैकल्पिक पोर्ट प्रयोग गर्न भन्ने छ |
05:54 | म 3307 प्रयोग गर्ने छुँ |
05:57 | Next बटनमा क्लिक गरौँ |
05:59 | अब हामीले हाम्रो ड्रुपल साइट लाई एउटा नाम दिनुपर्ने हुन्छ, म Drupal 8 टाइप गर्ने छुँ |
06:06 | तपाई आफ्नो रोजाईको कुनै पनि नाम दिन सक्नुहुन्छ |
06:10 | Next बटनमा क्लिक गरौँ |
06:12 | यहाँ यसले Bitnami Cloud Hosting को बारेमा सोध्छ, अहिलेको लागि म यो यसै छोड्ने छुँ |
06:19 | त्यसैले डिसेलेक्ट गर्न चेकबक्समा क्लिक गरौँ |
06:23 | अनि Next बटनमा क्लिक गरौँ |
06:26 | अब, ड्रुपल इन्स्टल हुन तयार भएको छ, Next बटनमा क्लिक गरौँ |
06:31 | इन्स्टल हुन केहि समय लाग्न सक्नेछ |
06:36 | इन्स्टल प्रक्रिया सकिएपछी Launch Bitnami Drupal Stack मा ठिक गरेको पक्का गर्नुहोस् |
06:43 | अनि, Finish बटनमा क्लिक गरौँ |
06:46 | Bitnami Drupal Stack कन्ट्रोल विन्डो स्वत खुल्नेछ |
06:51 | अब, Bitnami Drupal Stack कन्ट्रोल विन्डो कसरी प्रयोग गर्ने हेरौं |
06:57 | यदि तपाई एउटा लिनक्स युजर भएमा तलका प्रक्रियाहरु अपनाउनुहोस् |
07:01 | File browser मा जानुहोस् |
07:04 | अनि बायाँ साइडबारको Places भित्रको Home मा क्लिक गर्नुहोस् |
07:09 | अब सूचीको drupal hyphen 8.1.3 hyphen 0 folder मा दोहोरो क्लिक गरौँ |
07:17 | यहाँ तपाई manager hyphen linux hyphen x64.run फाइल देख्न सक्नुहुन्छ, यसलाई खोल्न दोहोरो क्लिक गरौँ |
07:27 | यदि तपाई एउटा विन्डोज युजर भएमा Start Menu अनि -> All Programs -> Bitnami Drupal Stack -> र Bitnami Drupal Stack Manager Tool मा क्लिक गरौँ |
07:38 | Bitnami Drupal Stack कन्ट्रोल विन्डो खुल्ने छ |
07:42 | प्रत्येक पटक तपाईले ड्रुपल खोल्दा सम्पूर्ण सर्भरहरु चलिरहेको पक्का गर्नुहोस् |
07:47 | हाल भईरहेको सम्पूर्ण कार्यहरु हेर्न Manage Servers छानौं |
07:53 | यहाँ, हामी MySQL Database र Apache Web Server चलिरहेको देख्न सक्छौं |
07:59 | याद गरौ, हामीलाई ड्रुपल मा काम गर्नको लागि एउटा डेटाबेस जस्तै MySQL, PostgreSQL वा Oracle |
08:08 | र वेब सर्भर जस्तै Apache वा Nginx आवश्यक पर्छन् |
08:13 | डिफल्टमा, Bitnami Drupal Stack मा MySQL डेटाबेस र Apache वेब सर्भर हुनेछन् |
08:20 | अब कन्ट्रोल विन्डो मा फर्कौं |
08:23 | हामी उपयूक्त बटनहरुमा क्लिक गरेर कार्यहरु सुरु गर्न, रोक्न र पुन: सुरु गर्न सक्छौं |
08:30 | Welcome ट्याबमा क्लिक गरौँ |
08:33 | ड्रुपल सुरु गर्न दायाँपट्टिको Go to Application बटनमा क्लिक गरौँ |
08:39 | ब्राउजर bitnami पेज सँगै स्वत: खुल्ने छ |
08:44 | अब, Access Drupal लिंकमा क्लिक गरौँ, हामी हाम्रो Drupal वेबसाइटमा पून: निर्देशित भएका छौं |
08:51 | याद गरौँ, वेबसाइटको नाम Drupal 8 छ |
08:55 | वेबसाइट मा लगिन गर्न माथिल्लो दायाँ कुनाको Log in लिंकमा क्लिक गरौँ |
09:00 | अब हामीले अगाडी सृजना गरेको युजर नेम र पासवर्ड प्रयोग गरौँ |
09:08 | अब, Login बटनमा क्लिक गरौँ |
09:11 | एड्रेस बार मा हामी हाम्रो वेबसाइटको वेब एड्रेस देख्न सक्छौं http://localhost:8080/drupal/user/1 |
09:24 | आगामी ट्युटोरियलमा हामी /user/1 को बारेमा जान्ने छौं |
09:29 | यो localhost को सट्टामा यसले तपाईको सिस्टम अनुसार 127.0.0.1 पनि देखाउन सक्छ |
09:39 | अर्को पटक देखि हामी वेब एड्रेस प्रयोग गरी Drupal प्रयोग गर्न सक्छौं जुन
localhost colon 8080 slash drupal हुने छ वा यदि Apache को पोर्ट 80 छ भने localhost slash drupal हुने छ |
09:54 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
09:57 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले उबुन्टु लिनक्स र विन्डोज अपरेटिंग सिस्टममा ड्रुपल इन्स्टल गर्न सिक्यौं |
10:07 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
10:14 | स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
10:25 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई: NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
10:36 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |