Difference between revisions of "Drupal/C2/Creating-Dummy-Content/Nepali"
From Script | Spoken-Tutorial
(Created page with " {|border=1 |'''Time''' |'''Narration''' |- | 00:01 |''' Creating Dummy Content''' '''स्पोकन ट्युटोरियल''' मा स्वागत छ |- | 0...") |
|||
Line 11: | Line 11: | ||
| 00:12 | | 00:12 | ||
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ: | |यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ: | ||
− | + | ''उबुन्टु अपरेटिंग सिस्टम''' | |
'''ड्रुपल ८ ''' र | '''ड्रुपल ८ ''' र | ||
'''फायरफक्स''' वेब ब्राउजर | '''फायरफक्स''' वेब ब्राउजर |
Latest revision as of 23:34, 14 May 2017
Time | Narration |
00:01 | Creating Dummy Content स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी devel module प्रयोग गरी डमी कन्टेन्ट सृजना गर्न सिक्ने छौं |
00:12 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
उबुन्टु अपरेटिंग सिस्टम' ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:25 | हामीले हाम्रो ड्रुपल साइट निर्माण गर्दा आवश्यक पर्ने एउटा कुरो भनेको धेरै सामग्रीहरू हो, यसले हामीलाई लेआउट, भ्यू र डिजाइन हरू बुझ्न सजिलो बनाउँछ |
00:36 | तर हामीले वास्तविक सामग्री प्रयोग नगरेको राम्रो मानिन्छ, मानौं, हामीले एउटा कन्टेन्ट टाइप वा एउटा फिल्ड बदल्न चाहन्छौं |
00:44 | हामीले वास्तविक सामग्रीमा सम्पादन गर्नु परे व्यर्थ समय खेर जाने छ |
00:50 | तर यो एकदमै महत्वपूर्ण कदम हो, हामीले हाम्रो कन्टेन्ट टाइपले चाहेको काम गरिने पक्का गर्न जाच्नुपर्छ |
00:57 | अहिले सम्म हामीले थोरै प्रकारका फिल्डहरूको मात्र चर्चा गर्यौ |
01:01 | यहाँ हाम्रो Cincinnati node छ, मानौं Cincinnati group ले मिटिंगको लागि कुनै शुल्क लिन चाहन्छ |
01:07 | र तिनीहरू यो जानकारी साइट मा राख्न चाहन्छन् |
01:10 | हामी पैसाको लागि एउटा डेसिमल वा इन्टिजर प्रयोग गर्न सक्छौं |
01:15 | मानौं एउटा इन्टिजर, किनकी उनीहरू १० डलर मात्र लिन चाहन्छन् तर पछि १०.९९ उठाउने निर्णय गरे |
01:24 | त्यस्तोमा हामी समस्यामा पर्ने छौं |
01:26 | एउटा इन्टिजरलाई डेसिमलमा परिवर्तन गर्न सकिदैन, विशेषत जब हामीले पहिले नै सामग्री थपिसकेका छौं |
01:32 | त्यसैले यी कुराहरू पहिले नै योजनाबद्ध हुनुपर्छ |
01:37 | हामी यिनीहरू सबै एउटा नक्कली सामग्री प्रयोग गरी जाच्न सक्छौं, तिनीहरू सजिलै थप्न र हाम्रो काम सकिएपछि मेट्न पनि सकिन्छ |
01:48 | यो संझौ कि हामीलाई सयौं वास्तविक सामग्री चाहिदैन तर केहि नक्कली सामग्रीहरु चाहिन्छ |
01:54 | यो समस्याको समाधान भनेको Devel मोड्युल हो, drupal.org/project/devel मा जाऊ |
02:02 | हामीले मोड्युल वा हाम्रो ड्रुपल वेबसाइटलाई अझ विस्तार गर्ने बारे चर्चा गरेका छैनौं, हामी आगामी ट्युटोरियलहरूमा त्यसको चर्चा गर्ने छौं |
02:11 | तर यहाँ हामी Devel Module इन्स्टल र प्रयोग गर्न सिक्ने छौं, यसले Drupal Modules का केही शक्तिशाली विशेषताहरूको परिचय दिने छ |
02:21 | तल स्क्रोल गरौँ र Download सेक्सन खोजौं, तपाईको स्क्रिनमा यो भिन्न देखिन सक्छ |
02:28 | Drupal 8 dot x संस्करण हरियो क्षेत्रमा हुन सक्छ, त्यसैले, त्यो क्लिक गरेको पक्का गरौँ |
02:34 | नत्रभने, Development releases क्लिक गरौँ |
02:38 | अब, हामीसँग दुई तरिकाहरू छन्, हामी यसलाई डाउनलोड गर्न सक्छौं तर हाम्रो डेस्कटपमा धेरै अनावश्यक फाइलहरु बस्ने छ |
02:44 | वा हामी राइट क्लिक गरौँ र हाम्रो ब्राउजर अनुसार, Copy Link वा Copy Link Location देख्ने छौं |
02:53 | जसरी गरे पनि .tar फाइल वा .zip फाइल क्लिक गरौँ, तर यो dev फाइलमा क्लिक नगरौ किनभने त्यसले काम गर्दैन |
03:01 | यिनीहरू वास्तविक फाइलहरूको लिंक हुन् |
03:04 | त्यति काम सके पछि हाम्रो साइट मा फर्कौं, Extend अनि Install new module मा क्लिक गरौं |
03:11 | अब Install from a URL फिल्डमा URL पेस्ट गरौं, यदि तपाईसँग राम्रो इन्टरनेट जडान छ भने तपाई URL बाट इन्स्टल गर्न सक्नुहुन्छ |
03:22 | नत्रभने तपाइको सुविधाको लागि यो पेजको Code Files लिंकमा devel प्याकेज उपलब्ध गराइएको छ |
03:31 | कृपया यसलाई डाउनलोड गरौं र यहाँको Choose File विकल्प प्रयोग गरी अपलोड गरौं, अन्त्यमा Install क्लिक गरौं |
03:41 | अब, Enable newly added modules क्लिक गरौँ |
03:45 | यसलाई मिनिमाइज गर्न CORE मा क्लिक गरौं र तल स्क्रोल गरौं |
03:50 | DEVELOPMENT ब्लक भित्र हामी Devel र Devel generate देख्न सक्छौं, अहिलेको लागि अरूमा ध्यान नदिऊ |
03:57 | Devel र Devel generate मा एउटा ठीक चिन्ह राखौं अनि तल स्क्रोल गरी Install क्लिक गरौँ |
04:05 | याद गरौं, Drupal मा हामीले सधै Save, Install आदिमा क्लिक गर्नुपर्छ |
04:12 | यहाँ हामीले एउटा हरियो संदेश प्राप्त garchhau –"2 modules have been enabled". |
04:17 | यदि तपाईले रातो रंगको कुनै सावधान संदेश देखे यो कुनै ठूलो गल्ति नभए चिन्ता लिनु पर्दैन |
04:23 | धेरै कन्टेन्टहरू सृजना गर्न Configuration मा क्लिक गरौं अनि बायाँपट्टि Generate content लिंक देख्न सक्छौं, त्यसमा क्लिक गरौँ |
04:34 | अब आवश्यक जाँचको लागि चाहेको जति सामग्रीहरु सृजना गर्न सक्छौं |
04:41 | हामीले २ कन्टेन्ट टाइप हरू जाच्नुपर्ने भएकोले हामी Events र User Groups छान्ने छौं |
04:47 | यहाँ "Delete all content in these content types before generating new content" रहेको याद गरौं, यो नक्कली सामग्री मेट्न हो |
04:56 | त्यहाँ एउटा ठीक चिन्ह राखौं र 0 (जिरो) नोड सृजना गरौं, यसले सम्पूर्ण Events र User Groups हरू मेट्ने छ |
05:05 | यसमा हामीले आफै सृजना गरेका पनि पर्ने छन्, उदाहरणको लागि यसो गरेमा हाम्रो Cincinnati User Group पनि मेटिने छ |
05:15 | त्यसैले यो अन्चेक गरौं, अब ५० नोडहरू सृजना गरौँ |
05:20 | वान year मा जाऊ |
05:22 | हामीसँग नोडहरूमा comments छैनन् |
05:25 | Maximum number of words in titles लाई 2 मा बदलौं, यसो नगरेमा यसले एउटा लामो Lorem Ipsum टेक्स्ट सृजना गर्ने छ |
05:35 | Generate क्लिक गरौं, तुरुन्तै हामी एउटा सफलताको संदेश प्राप्त गर्ने छौं, यसले काम गरेको पक्का गर्न Content क्लिक गरौं |
05:44 | यहाँ ५० नयाँ नोडहरूको सूची रहेको छ -आधा Events र आधा User groups |
05:50 | कुनै एकमा क्लिक गरौँ र हामी Devel ले Description मा एकदमै धेरै टेक्स्ट र एउटा Event Logo सृजना गरेको देख्न सक्छौं |
05:57 | एउटा नक्कली Event Website एउटा Date मा एउटा User Groups लाई Sponsor छानेको छ र केही Event Topics पनि छानिएका छन् |
06:08 | अब हामी हाम्रो लेआउट, भ्यू का साथै हाम्रो साइटमा गर्नुपर्ने सम्पूर्ण कामहरू गर्न सक्छौं |
06:15 | Devel ले नक्कली सामग्री सृजना गरी हाम्रो समय बचत गरेको छ |
06:20 | यो ड्रुपलको एउटा मोड्युल मा उपलब्ध हुने ठूलो विशेषता हो र यो drupal.org बाट डाउनलोड गर्न सकिन्छ, यिनीहरूलाई Contributed Modules भनिन्छ, यसको बारेमा हामी पछि चर्चा गर्ने छौं |
06:32 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:35 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले devel मोड्युल प्रयोग गरी डमी कन्टेन्ट सृजना गर्न सिक्यौ |
06:48 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
06:57 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
07:03 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
07:11 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ |
07:23 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |