Drupal/C2/Creating-Dummy-Content/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Creating Dummy Content स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी devel module प्रयोग गरी डमी कन्टेन्ट सृजना गर्न सिक्ने छौं
00:12 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:

उबुन्टु अपरेटिंग सिस्टम' ड्रुपल ८ फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:25 हामीले हाम्रो ड्रुपल साइट निर्माण गर्दा आवश्यक पर्ने एउटा कुरो भनेको धेरै सामग्रीहरू हो, यसले हामीलाई लेआउट, भ्यूडिजाइन हरू बुझ्न सजिलो बनाउँछ
00:36 तर हामीले वास्तविक सामग्री प्रयोग नगरेको राम्रो मानिन्छ, मानौं, हामीले एउटा कन्टेन्ट टाइप वा एउटा फिल्ड बदल्न चाहन्छौं
00:44 हामीले वास्तविक सामग्रीमा सम्पादन गर्नु परे व्यर्थ समय खेर जाने छ
00:50 तर यो एकदमै महत्वपूर्ण कदम हो, हामीले हाम्रो कन्टेन्ट टाइपले चाहेको काम गरिने पक्का गर्न जाच्नुपर्छ
00:57 अहिले सम्म हामीले थोरै प्रकारका फिल्डहरूको मात्र चर्चा गर्यौ
01:01 यहाँ हाम्रो Cincinnati node छ, मानौं Cincinnati group ले मिटिंगको लागि कुनै शुल्क लिन चाहन्छ
01:07 र तिनीहरू यो जानकारी साइट मा राख्न चाहन्छन्
01:10 हामी पैसाको लागि एउटा डेसिमल वा इन्टिजर प्रयोग गर्न सक्छौं
01:15 मानौं एउटा इन्टिजर, किनकी उनीहरू १० डलर मात्र लिन चाहन्छन् तर पछि १०.९९ उठाउने निर्णय गरे
01:24 त्यस्तोमा हामी समस्यामा पर्ने छौं
01:26 एउटा इन्टिजरलाई डेसिमलमा परिवर्तन गर्न सकिदैन, विशेषत जब हामीले पहिले नै सामग्री थपिसकेका छौं
01:32 त्यसैले यी कुराहरू पहिले नै योजनाबद्ध हुनुपर्छ
01:37 हामी यिनीहरू सबै एउटा नक्कली सामग्री प्रयोग गरी जाच्न सक्छौं, तिनीहरू सजिलै थप्न र हाम्रो काम सकिएपछि मेट्न पनि सकिन्छ
01:48 यो संझौ कि हामीलाई सयौं वास्तविक सामग्री चाहिदैन तर केहि नक्कली सामग्रीहरु चाहिन्छ
01:54 यो समस्याको समाधान भनेको Devel मोड्युल हो, drupal.org/project/devel मा जाऊ
02:02 हामीले मोड्युल वा हाम्रो ड्रुपल वेबसाइटलाई अझ विस्तार गर्ने बारे चर्चा गरेका छैनौं, हामी आगामी ट्युटोरियलहरूमा त्यसको चर्चा गर्ने छौं
02:11 तर यहाँ हामी Devel Module इन्स्टल र प्रयोग गर्न सिक्ने छौं, यसले Drupal Modules का केही शक्तिशाली विशेषताहरूको परिचय दिने छ
02:21 तल स्क्रोल गरौँ र Download सेक्सन खोजौं, तपाईको स्क्रिनमा यो भिन्न देखिन सक्छ
02:28 Drupal 8 dot x संस्करण हरियो क्षेत्रमा हुन सक्छ, त्यसैले, त्यो क्लिक गरेको पक्का गरौँ
02:34 नत्रभने, Development releases क्लिक गरौँ
02:38 अब, हामीसँग दुई तरिकाहरू छन्, हामी यसलाई डाउनलोड गर्न सक्छौं तर हाम्रो डेस्कटपमा धेरै अनावश्यक फाइलहरु बस्ने छ
02:44 वा हामी राइट क्लिक गरौँ र हाम्रो ब्राउजर अनुसार, Copy Link वा Copy Link Location देख्ने छौं
02:53 जसरी गरे पनि .tar फाइल वा .zip फाइल क्लिक गरौँ, तर यो dev फाइलमा क्लिक नगरौ किनभने त्यसले काम गर्दैन
03:01 यिनीहरू वास्तविक फाइलहरूको लिंक हुन्
03:04 त्यति काम सके पछि हाम्रो साइट मा फर्कौं, Extend अनि Install new module मा क्लिक गरौं
03:11 अब Install from a URL फिल्डमा URL पेस्ट गरौं, यदि तपाईसँग राम्रो इन्टरनेट जडान छ भने तपाई URL बाट इन्स्टल गर्न सक्नुहुन्छ
03:22 नत्रभने तपाइको सुविधाको लागि यो पेजको Code Files लिंकमा devel प्याकेज उपलब्ध गराइएको छ
03:31 कृपया यसलाई डाउनलोड गरौं र यहाँको Choose File विकल्प प्रयोग गरी अपलोड गरौं, अन्त्यमा Install क्लिक गरौं
03:41 अब, Enable newly added modules क्लिक गरौँ
03:45 यसलाई मिनिमाइज गर्न CORE मा क्लिक गरौं र तल स्क्रोल गरौं
03:50 DEVELOPMENT ब्लक भित्र हामी Devel Devel generate देख्न सक्छौं, अहिलेको लागि अरूमा ध्यान नदिऊ
03:57 Devel Devel generate मा एउटा ठीक चिन्ह राखौं अनि तल स्क्रोल गरी Install क्लिक गरौँ
04:05 याद गरौं, Drupal मा हामीले सधै Save, Install आदिमा क्लिक गर्नुपर्छ
04:12 यहाँ हामीले एउटा हरियो संदेश प्राप्त garchhau –"2 modules have been enabled".
04:17 यदि तपाईले रातो रंगको कुनै सावधान संदेश देखे यो कुनै ठूलो गल्ति नभए चिन्ता लिनु पर्दैन
04:23 धेरै कन्टेन्टहरू सृजना गर्न Configuration मा क्लिक गरौं अनि बायाँपट्टि Generate content लिंक देख्न सक्छौं, त्यसमा क्लिक गरौँ
04:34 अब आवश्यक जाँचको लागि चाहेको जति सामग्रीहरु सृजना गर्न सक्छौं
04:41 हामीले २ कन्टेन्ट टाइप हरू जाच्नुपर्ने भएकोले हामी Events User Groups छान्ने छौं
04:47 यहाँ "Delete all content in these content types before generating new content" रहेको याद गरौं, यो नक्कली सामग्री मेट्न हो
04:56 त्यहाँ एउटा ठीक चिन्ह राखौं र 0 (जिरो) नोड सृजना गरौं, यसले सम्पूर्ण Events User Groups हरू मेट्ने छ
05:05 यसमा हामीले आफै सृजना गरेका पनि पर्ने छन्, उदाहरणको लागि यसो गरेमा हाम्रो Cincinnati User Group पनि मेटिने छ
05:15 त्यसैले यो अन्चेक गरौं, अब ५० नोडहरू सृजना गरौँ
05:20 वान year मा जाऊ
05:22 हामीसँग नोडहरूमा comments छैनन्
05:25 Maximum number of words in titles लाई 2 मा बदलौं, यसो नगरेमा यसले एउटा लामो Lorem Ipsum टेक्स्ट सृजना गर्ने छ
05:35 Generate क्लिक गरौं, तुरुन्तै हामी एउटा सफलताको संदेश प्राप्त गर्ने छौं, यसले काम गरेको पक्का गर्न Content क्लिक गरौं
05:44 यहाँ ५० नयाँ नोडहरूको सूची रहेको छ -आधा Events र आधा User groups
05:50 कुनै एकमा क्लिक गरौँ र हामी Devel ले Description मा एकदमै धेरै टेक्स्ट र एउटा Event Logo सृजना गरेको देख्न सक्छौं
05:57 एउटा नक्कली Event Website एउटा Date मा एउटा User Groups लाई Sponsor छानेको छ र केही Event Topics पनि छानिएका छन्
06:08 अब हामी हाम्रो लेआउट, भ्यू का साथै हाम्रो साइटमा गर्नुपर्ने सम्पूर्ण कामहरू गर्न सक्छौं
06:15 Devel ले नक्कली सामग्री सृजना गरी हाम्रो समय बचत गरेको छ
06:20 यो ड्रुपलको एउटा मोड्युल मा उपलब्ध हुने ठूलो विशेषता हो र यो drupal.org बाट डाउनलोड गर्न सकिन्छ, यिनीहरूलाई Contributed Modules भनिन्छ, यसको बारेमा हामी पछि चर्चा गर्ने छौं
06:32 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:35 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले devel मोड्युल प्रयोग गरी डमी कन्टेन्ट सृजना गर्न सिक्यौ
06:48 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
06:57 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
07:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
07:11 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ
07:23 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira