Difference between revisions of "Introduction-to-Computers/C2/Google-Drive-Options/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
Line 1: | Line 1: | ||
− | + | {| Border =1 | |
− | | | + | | ''' Time ''' |
− | | | + | | '''Narration''' |
|- | |- | ||
| 00:01 | | 00:01 | ||
Line 185: | Line 185: | ||
|- | |- | ||
| 05:00 | | 05:00 | ||
− | |अब ''' My Drive''' मा जाऊ | + | |अब ''' My Drive''' मा जाऊ “'''My Drive'''” विकल्पमा हामी बिच भागमा राइट क्लिक गर्न सक्छौं |
− | “'''My Drive'''” विकल्पमा हामी बिच भागमा राइट क्लिक गर्न सक्छौं | + | |
|- | |- | ||
| 05:09 | | 05:09 | ||
Line 195: | Line 194: | ||
|- | |- | ||
| 05:19 | | 05:19 | ||
− | |यसले केहि विकल्पहरु देखाउँछ जस्तै: | + | |यसले केहि विकल्पहरु देखाउँछ जस्तै:'''Folder''' '''File Upload''' '''Google Docs, Sheets, Slides''' र '''More''' |
− | '''Folder''' | + | |
− | '''File Upload''' | + | |
− | '''Google Docs, Sheets, Slides''' र '''More''' | + | |
|- | |- | ||
| 05:28 | | 05:28 | ||
Line 402: | Line 398: | ||
|- | |- | ||
| 11:36 | | 11:36 | ||
− | |यी तीन मोडहरु हेर्न यहाँ बटनमा क्लिक गरौँ: | + | |यी तीन मोडहरु हेर्न यहाँ बटनमा क्लिक गरौँ: '''Can edit''' '''Can comment''' '''Can view''' |
− | '''Can edit''' | + | |
− | '''Can comment''' | + | |
− | '''Can view''' | + | |
|- | |- | ||
| 11:44 | | 11:44 |
Latest revision as of 14:37, 24 April 2017
Time | Narration |
00:01 | Google Drive options स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी Google Drive मा उपलब्ध विकल्पहरुको बारेमा सिक्ने छौं: |
00:12 | एउटा डकुमेन्ट, स्प्रेडसिट वा एउटा प्रिजेन्टेसन सृजना गर्न |
00:17 | फाइल र फोल्डरहरु अपलोड गर्न र |
00:20 | शेयर गर्ने विकल्पहरु |
00:22 | यो ट्युटोरियलको लागि इन्टरनेट जडानको साथै एउटा वेब ब्राउजर चाहिन्छ |
00:29 | म Firefox वेब ब्राउजर प्रयोग गर्ने छुँ |
00:33 | यसको लागि तपाईसँग जिमेल को आधारभूत ज्ञान हुनुपर्छ |
00:38 | यदि छैन भने हाम्रो वेबसाइटको सान्दर्भिक जिमेल ट्युटोरियल हेर्नुहोस् |
00:43 | सुरु गरौँ |
00:45 | वेब ब्राउजर खोलौं र तपाईको जिमेल एकाउन्टमा लगिन गरौँ |
00:49 | मैले यो पहिले नै गरेको छुँ |
00:51 | माथिको दायाँ, हाम्रो नामसँगै एउटा ग्रिड आइकन छ |
00:56 | हामीले यसको माथि माउस चलाउँदा, हेल्प टेक्स्टमा Apps देखिन्छ, यसमा क्लिक गरौं |
01:02 | यसले हामीलाई केहि गूगल एप्स देखाउँछ जस्तै:
google plus Search YouTube Maps PlayStore News Mail Drive Calendar र More |
01:18 | यदि हामीले तिनीहरुमा क्लिक गरेमा हामी त्यो गूगल एप मा जानेछौं |
01:24 | हामी एप्स आइकन अन्य स्थानमा तानेर आफ्नो प्राथमिकता अनुसार यो सूची मिलाउन सक्छौं |
01:32 | यो ट्युटोरियलमा हामी Drive को बारेमा सिक्नेछौं |
01:35 | अब Drive मा क्लिक गरौँ |
01:39 | यसले एउटा नयाँ ट्याब मा Google Drive पेज खोल्ने छ |
01:43 | पेजको माथि एउटा Search बार देख्न सकिन्छ |
01:47 | बायाँ केहि मेनु हरु छन् |
01:51 | र माथि दायाँ, त्यहाँ केहि आइकनहरु छन् |
01:55 | बिचमा, हामी दुई फाइलहरु देख्न सक्छौं |
01:59 | पहिलो हामीसँग एकाउन्ट सृजना गर्ने क्रममा गूगल टिमले शेयर गरेको हो |
02:05 | दोस्रो हामीले आफैं अघि अपलोड गरेको फाइल हो |
02:10 | अब, बायाँपट्टीको मेनुहरु हेरौं |
02:14 | हामीसँग तलका मेनुहरु छन्:
New My Drive Shared with me Google Photos Recent Starred र Trash |
02:27 | डिफल्टमा, “My Drive” मेनु छानिने छ र यसको सामग्री बिचमा देखाइने छ |
02:34 | सम्पूर्ण फाइल र फोल्डरहरु बिच भागमा देखाइने छ |
02:38 | त्यसैले हामीले अघिल्लो ट्युटोरियलमा अपलोड गरेको PDF र ZIP फाइल देख्न सक्छौं |
02:47 | हामीले सृजना वा अपलोड गरेको फाइलहरु “My Drive” भित्र सेभ हुन्छन् |
02:53 | अर्को मेनु Shared with me” हो, यसमा क्लिक गरौँ |
02:58 | यदि कसैले मसँग फाइल शेयर गरेमा यो मेनुमा देखापर्ने छ |
03:03 | अहिलेको लागि मसँग कसैले कुनै फाइल शेयर नगरेको हुनाले यो खाली छ |
03:09 | भर्खरै गूगल ले ड्राइभ भित्रको Google Photos हरु प्रयोग गर्न एउटा सर्टकट लिंक सृजना गरेको छ |
03:15 | हामी यो ट्युटोरियलमा यो विकल्प छोड्ने छौं |
03:19 | “Recent” मेनुले हालै खोलेका फाइल वा डकुमेन्टहरुको सूची देखाउने छ |
03:25 | यसले दुवै “My Drive” र “Shared with me” का सामग्रीहरु देखाउने छ |
03:30 | त्यसैले यहाँ हामीले पहिले अपलोड गरेको pdf र zip फाइलहरु देख्न सक्छौं किनभने हामीले पहिले ती खोलेका थियौं |
03:37 | Starred- यदि हामीले कुनै फाइल वा डकुमेन्टलाई Important अंकित गरेका छौं भने त्यो फाइल यो मेनु भित्र देखिन्छ |
03:45 | My Drive मेनुमा जाऊ र हाम्रो pdf फाइलमा क्लिक गरौं |
03:51 | अब, Add Star विकल्प छानौं |
03:55 | अर्को, Starred मेनुमा क्लिक गरौँ, यहाँ हाम्रो फाइल छ |
04:00 | म यो फाइलको कपि बनाउदैछुँ |
04:03 | पुन: एकपटक फाइलमा राइट क्लिक गरौँ र Make a copy छानौं |
04:10 | अब हामीसँग दुई फाइलहरु छन् |
04:13 | अब तीमध्ये एक मेटौं, फाइल छानौं र किबोर्डको Delete कि थिचौं |
04:20 | मेटेका फाइल वा डकुमेन्टहरु Trash मेनुमा देखिने छन् |
04:25 | मेट्ने कार्य अस्थायी हुन्छ तथापि |
04:28 | हामीले Trash मेनुको “Empty Trash” बिकल्प छानेमा फाइलहरु स्थायी रुपले मेट्न सकिन्छ |
04:36 | “Trash” मेनुका सम्पूर्ण फाइलहरु ३० दिनपछि google server बाट स्थायी रुपमा मेटिने छन् |
04:44 | अब, फाइल र फोल्डरहरु कसरी सृजना र अपलोड गर्ने हेरौं |
04:49 | यसो गर्ने ४ तरिकाहरु रहेका छन्:पहिलो तरिका भनेको बायाँ रहेको रातो रंगको “New” बटनमा क्लिक गर्ने हो |
04:56 | दोस्रो तरिका: “My Drive” विकल्पमा राइट क्लिक गर्ने हो |
05:00 | अब My Drive मा जाऊ “My Drive” विकल्पमा हामी बिच भागमा राइट क्लिक गर्न सक्छौं |
05:09 | अन्त्यमा, माथिको “My Drive” ड्रपडाउन मेनुमा क्लिक गरौँ |
05:14 | अब “New” विकल्प हेरौं, New बटनमा क्लिक गरौँ |
05:19 | यसले केहि विकल्पहरु देखाउँछ जस्तै:Folder File Upload Google Docs, Sheets, Slides र More |
05:28 | हामी प्रत्येक विकल्प एकएक गरी हेर्नेछौं |
05:31 | हामी “Folder” विकल्प प्रयोग गरी फोल्डर सृजना गर्न सक्छौं |
05:34 | यसमा क्लिक गरौं, यसले तुरुन्त एउटा नाम माग्ने छ |
05:40 | म फोल्डरलाई “Spoken Tutorial” नाम दिनेछुँ र Create बटनमा क्लिक गरौँ |
05:48 | डिफल्टमा, यो फोल्डर “My drive” भित्र रहने छ |
05:52 | हामी यसलाई यहाँ बिच भागमा देख्न सक्छौं |
05:56 | फोल्डरहरुले हाम्रो फाइलहरु राम्रोसँग संगठित गर्छ |
06:00 | त्यसैले, हामी भिन्न फोल्डरहरु सृजना गर्न सक्छौं, उदाहरणको लागि - personal, work आदि |
06:07 | कुनै फाइल अपलोड गर्न पहिले “New” बटनमा क्लिक गरौँ अनि “File Upload” बटनमा क्लिक गरौँ |
06:13 | यसले एउटा फाइल ब्राउजर विन्डो खोल्ने छ |
06:16 | तपाईले अपलोड गर्न चाहेको फाइल ब्राउज गरौँ र छानौं |
06:19 | डेस्कटप को “xyz.odt” फाइल खोलौं र Open बटनमा क्लिक गरौँ |
06:26 | तल दायाँ, हामी अपलोड को प्रगति देख्न सक्छौं |
06:30 | यसले तपाईको फाइलको साइज र इन्टरनेटको गति अनुसार केहि समय लिनेछ |
06:35 | पुरा भएपछि, अपलोड भएको फाइल बिच भागमा देखिने छ |
06:41 | अब तलको प्रोग्रेस विन्डो बन्द गरौँ |
06:45 | यसैगरी, हामी Folder Upload विकल्प प्रयोग गरी Drive मा एउटा फोल्डर अपलोड गर्न सक्छौं |
06:52 | यो सुबिधा निश्चित ब्राउजरहरुमा मात्रै उपलब्ध हुनसक्छ, उदाहरणको लागि Google Chrome |
06:59 | हामी अपलोड गरेको फाइल कसरी हाम्रो Spoken Tutorial फोल्डरमा सार्न सक्छौं? |
07:04 | खाली त्यसलाई यसरी तानेर फोल्डरमा छोड्नुहोस् |
07:09 | अब, बायाँपट्टी My Drive विकल्प राम्रोसँग हेरौं |
07:14 | यसको बायाँ एउटा सानो त्रिकोण याद गरौँ |
07:18 | यसमा क्लिक गर्नाले “My Drive” भित्रको सब फोल्डरहरु देखाउने छ |
07:22 | यहाँ हाम्रो “Spoken Tutorial” फोल्डर छ र यहाँ भित्र xyz.odt फाइल छ |
07:31 | हामी दिनहुँ काममा, डकुमेन्ट, स्प्रेडसिट र प्रिजेन्टेसन हरु प्रयोग गर्छौं |
07:36 | के तिनीहरुलाई Drive मा सृजना गर्न र व्यवस्थित गर्न सकिन्छ? |
07:39 | हो, यसो गर्न सकिन्छ, Google Drive मा कुनै पनि Office Suite मा जस्तै हामी डकुमेन्ट, स्प्रेडसिट र प्रिजेन्टेसनहरु सृजना गर्न सक्छौं |
07:50 | त्यसैले हामीसँग डकुमेन्टहरु सृजना गर्न Google Docs छ |
07:54 | स्प्रेडसिटहरु सृजना गर्न Google Sheets |
07:57 | र प्रिजेन्टेसनहरु सृजना गर्न Google Slides छ |
08:01 | अहिलेको लागि, म Google Docs प्रयोग गरी एउटा डकुमेन्ट कसरी सृजना गर्ने देखाउने छुँ |
08:08 | एउटा नयाँ डकुमेन्ट सृजना गर्न, New बटनमा क्लिक गरौं र Google Docs विकल्पमा क्लिक गरौँ |
08:14 | यसले एउटा नयाँ ट्याबमा एउटा खाली डकुमेन्ट खोल्ने छ |
08:19 | हामी अन्य Office Suite मा जस्तै मेनु र फर्म्याटिंग विकल्पहरु देख्न सक्छौं |
08:26 | माथि, डकुमेन्टको शिर्षक “Untitled document” छ |
08:31 | यसलाई सम्पादन गर्न सकिन्छ, यसलाई रिनेम गर्न टेक्स्टमा क्लिक गरौँ |
08:38 | “Rename document” विन्डो खुल्छ |
08:41 | यहाँ, हामी हाम्रो डकुमेन्ट सुहाउँदो शिर्षक टाइप गर्न सक्छौं |
08:46 | म टाइप गर्छु, “My first google doc” र OK मा क्लिक गरौँ |
08:53 | शिर्षकमा भएको परिवर्तन याद गरौँ |
08:56 | अर्को, म यहाँ सामग्री टाइप गर्ने छुँ, मानौं- “Welcome to Google Docs” |
09:02 | यो डकुमेन्टमा गरिने कुनैपनि थप संशोधन वा मेट्ने कार्य स्वत: सेभ हुनेछ |
09:08 | माथिको हेल्प मेनुसँगै रहेको “All changes saved in Drive” संदेश याद गरौँ |
09:14 | यदि हामीले त्यसमा क्लिक गरेमा दायाँ “Revision History” देख्न सक्छौं |
09:19 | यसमा अन्तिम पटक संशोधन गरेको मिति र समय छ र यसले कसले संशोधन गरेको पनि देखाउँछ |
09:26 | अहिले यो डकुमेन्ट कसैसँग शेयर गरिएको छैन |
09:30 | त्यसैले, हामी Today को मिति र समयमा एउटा युजर “Rebecca Raymond” मात्र देख्न सक्छौं |
09:37 | याद गरौँ, google doc एकभन्दा बढि व्यक्तिसँग शेयर गरेमा, revision history ले प्रत्येक युजरको भिन्न रंगमा उसले गरेको सम्पूर्ण परिवर्तनहरु सुचिकृत गर्नेछ |
09:48 | हामी यो बिशेषता यो ट्युटोरियलमा अगाडी हेर्नेछौं |
09:53 | “Revision History” बन्द गरौँ |
09:56 | म यो ट्याब बन्द गर्दैछुँ, google doc ले यो स्वत: सेभ गर्नेछ |
10:02 | पुन: एकपटक हामी My Drive मा छौं र यहाँ हाम्रो फाइल देख्न सक्छौं |
10:07 | यसलाई खोल्न यसमा दुईपटक क्लिक गरौँ |
10:10 | अब, हामी “Welcome to Google Docs” टेक्स्ट दुइपटक copy-paste गर्ने छौं र ट्याब बन्द गर्नेछौं |
10:17 | यसलाई खोल्न पुन: यसमा दुइपटक क्लिक गरौँ |
10:20 | पुन: एकपटक “Welcome to Google Docs” कपि-पेस्ट गरौँ |
10:26 | अब, “Revision History” मा क्लिक गरौं, हामी सबै फाइलहरुको मिति-समय र युजरको जानकारी देख्न सक्छौं |
10:36 | यदि एकभन्दा बढि रिभिजन नदेखिएमा तलको “Show more detailed revisions” बटन क्लिक गरौँ |
10:44 | रिभिजनहरु समय क्रमानुसार हुनेछन जसमा अन्तिम रिभिजन माथि हुनेछ |
10:50 | प्रत्येक रिभिजनमा हेरौं र यसले कसरी काम गर्छ हेरौं |
10:55 | यो डकुमेन्ट अर्को दुई युजरहरु सँग शेयर गरौँ |
10:59 | यसको लागि माथि दायाँको Share बटनमा क्लिक गरौँ |
11:03 | Share with others डायलग बक्स देखापर्छ |
11:07 | People टेक्स्ट बक्समा, हामीले यो डकुमेन्ट शेयर गर्न चाहेको व्यक्तिहरुको ईमेल-आइडी दिनुपर्छ |
11:15 | टाइप गरौँ: 0808iambecky@gmail.com |
11:23 | हामीले पहिले नै ईमेल पठाएकाहरुको लागि यहाँ auto-fill सुबिधा उपलब्ध छ |
11:31 | हामीले तीन मोडहरुमा डकुमेन्ट अरुसँग शेयर गर्न सक्छौं |
11:36 | यी तीन मोडहरु हेर्न यहाँ बटनमा क्लिक गरौँ: Can edit Can comment Can view |
11:44 | Can edit विकल्पले अन्य युजरलाई डकुमेन्टमा परिवर्तन गर्ने अनुमति दिन्छ |
11:51 | Can comment विकल्पले अन्य युजरहरुलाई सुझाव दिने अनुमति दिन्छ |
11:56 | Can view विकल्पले अन्य युजरलाई हेर्ने मात्र अनुमति दिन्छ |
12:00 | तिनीहरुले कुनै परिवर्तन गर्न वा सुझाव दिन सक्दैनन् |
12:04 | Can edit विकल्पमा 0808iambecky दिउँ |
12:09 | म stlibreoffice@gmail.com पनि थप्ने छुँ |
12:16 | दुई ईमेल आइडीहरुलाई एउटा कमाले छुट्टयाउन सम्झौं |
12:21 | हामीले ईमेल आइडी इन्टर गर्ने बितिक्कै, यो विन्डोमा एउटा परिवर्तन देखिन्छ |
12:25 | हामी “Add a note” टेक्स्ट एरिया प्राप्त गर्छौं |
12:28 | यदि हामी अन्य युजरसँग यो डकुमेन्टको बारेमा थप जानकारी बाड्न चाहन्छौं भने हामी त्यो यहाँ टाइप गर्न सक्छौं |
12:36 | टाइप गरौँ, “Please find attached a document for testing purpose. Kindly modify or suggest as per the permission given to you.
Thanks Ray.Becky” |
12:47 | अन्त्यमा, शेयर प्रक्रिया पुरा गर्न Send बटनमा क्लिक गरौँ |
12:52 | यसले हाम्रो संदेश सहित एउटा ईमेल नोटिफिकेसन र अन्य युजरहरुसँग शेयर गरेको डकुमेन्टको लिंक पठाउने छ |
12:59 | पुन: एकपटक Share बटनमा क्लिक गरौँ |
13:02 | अनि Advanced मा क्लिक गरौँ |
13:05 | अब, stlibreoffice युजरको लागि हामी शेयर मोडलाई Can comment मा बदल्ने छौं |
13:12 | अन्त्यमा, Save changes बटनमा क्लिक गरौँ र Done मा क्लिक गरौँ |
13:18 | यो डकुमेन्ट बन्द गरौँ |
13:21 | अब, दुवै युजरहरुले शेयर गरेको डकुमेन्टमा केहि संशोधनहरु गरेको मानौं |
13:27 | हामीले केहि समय पछि पुन: डकुमेन्ट खोल्दा, हामी अन्य शेयर युजरले गरेको परिवर्तनहरु देख्न सक्छौं |
13:34 | stlibreoffice@gmail.com सँग सुझाव दिने अनुमति मात्र भएकोले, हामीले त्यो युजरले दिएको सुझाव देख्न सक्छौं |
13:43 | चेक र क्रसमार्क माथि रहेको सजेसन बक्स तिर माउस सारौँ |
13:49 | चेक मार्कले Accept suggestion र क्रस मार्कले Reject suggestion भन्छ |
13:56 | म एउटा सुझाव स्वीकारेर अर्को अस्विकार गर्छुं |
14:02 | यहाँ हामी 0808iambecky' को प्रतिक्रिया देख्न सक्छौं |
14:07 | र यहाँ, हामी एउटा Resolve बटन देख्न सक्छौं |
14:11 | Can edit विकल्प सहितको युजरले कमेन्ट टेक्स्टमा क्लिक गरेमा त्यो कमेन्टमा प्रत्युत्तर दिन सक्छ |
14:18 | कमेन्ट थ्रेड हटाउन, Resolve बटनमा क्लिक गरौँ |
14:22 | हामी 0808iambecky डकुमेन्टमा गरेको कुनै परिवर्तन देख्दैनौं |
14:29 | याद गरौँ, यो युजरसँग डकुमेन्ट एडिट गर्ने अनुमति छ |
14:34 | त्यसैले हामी त्यो युजरले गरेको परिवर्तन कसरी पत्ता लगाउन सक्छौं? |
14:39 | त्यसको लागि, हामी हाम्रो Revision History हेर्न सक्छौं |
14:43 | यसलाई खोल्न, हामी File मा अनि See revision history मा क्लिक गर्ने छौं |
14:50 | हामी 0808iambecky ले गरेको केहि परिवर्तनहरु देख्न सक्छौं र यो भिन्नै रंगमा देखिन्छ |
14:58 | हामी stlibreoffice@gmail.com दिएको सुझाव अर्को भिन्नै रंगमा देख्न सक्छौं |
15:05 | साथै हामी यसको सर्जक भएको हुनाले हामी हाम्रो कार्य पनि एउटा भिन्न रंगमा देख्छौं |
15:11 | अहिलेलाई Revision History विन्डो बन्द गरौँ |
15:14 | एउटा डकुमेन्ट शेयर गर्ने अर्को पनि तरिका छ, Share बटनमा क्लिक गरौँ |
15:20 | Share with others विन्डोमा माथि दायाँ कुनामा हामी Get shareable link टेक्स्ट देख्न सक्छौं, यसमा क्लिक गरौँ |
15:29 | यसले “Anyone with the link can view” भन्छ |
15:32 | यसले यो डकुमेन्टको एउटा लिकं सृजना गर्छ |
15:35 | अब हामी यो लिंक कुनै पनि ईमेल आइडीमा पठाउन सक्छौं र जसले पनि डकुमेन्ट हेर्न सक्छ |
15:44 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
15:47 | संक्षेपमा हेरौं |
15:49 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
“Google Drive” प्रयोग गर्न फाइलहरु सृजना र अपलोड गर्न गूगल डक्स सृजना गर्न र यसको शेयर गर्ने विकल्पहरु प्रयोग गर्न |
16:00 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
16:07 | हामी कार्यशालाहरु संचालन गर्छौं र हाम्रो अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
16:16 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
16:27 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |