Difference between revisions of "GIMP/C2/Setting-Up-GIMP/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 191: | Line 191: | ||
| 07:25 | | 07:25 | ||
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार | |स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार | ||
+ | |} |
Latest revision as of 10:21, 24 April 2017
Time | Narration |
00:21 | Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:25 | आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु |
00:30 | GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ |
00:39 | यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन |
00:49 | यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ |
00:57 | यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ |
01:05 | म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन |
01:12 | यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ |
01:17 | अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ |
01:26 | यसले प्राय जसो काम गर्छ |
01:28 | तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ |
01:33 | अब अन्य टूलहरु हेरौं |
01:36 | यो GIMP को मेन विन्डो हो, Command Central |
01:41 | र यहाँ माथि Toolbox छ |
01:45 | अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन |
01:53 | यसलाई अलि फराकिलो पारौं |
01:56 | यहाँ हामीसँग डाइलग बक्सहरु छन Layers, Channels, Color Channels, Path र Undo History को लागि |
02:09 | तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ |
02:15 | त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन |
02:21 | म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ |
02:28 | डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं |
02:39 | र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु |
02:43 | म यसलाई Channel सहित गर्नेछौं |
02:46 | म यसलाई Path सहित हेर्नेछु |
02:52 | र म यो Undo History सहित गर्नेछु |
02:54 | मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु |
03:09 | तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु |
03:16 | र यो विन्डो बन्द गर्न सकिन्छ |
03:23 | म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs |
03:30 | तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो |
03:38 | मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु |
03:48 | मैले चाहेको टूलहरु सहित सुरु गरौँ |
03:51 | म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न |
03:58 | मलाई न त Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ |
04:05 | र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ |
04:08 | म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ |
04:16 | अब म File and Preferences मा जानेछु |
04:26 | म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि |
04:32 | Theme मा, म स्मल छान्नेछुँ |
04:35 | र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ |
04:45 | Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो |
05:00 | अन्य सबै विकल्पहरु यसै छोडौं |
05:03 | Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं |
05:12 | तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ |
05:19 | तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल |
05:29 | मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ |
05:36 | म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन |
05:42 | मैले Preferences मा काम गरें |
05:45 | र |
05:47 | मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु |
05:52 | अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु |
06:01 | तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ |
06:06 | यसलाई मात्रै यहाँ सारौँ |
06:08 | मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु |
06:19 | त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ |
06:24 | यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ |
06:39 | र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं |
06:42 | जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन |
06:52 | र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो |
07:02 | मैले भर्खरै देखे 2.3.19 आज रिलिज भएको छ |
07:07 | यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ |
07:22 | GIMP सेटिंगको लागि यति नै |
07:25 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |