GIMP/C2/Setting-Up-GIMP/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:21 Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
00:25 आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु
00:30 GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ
00:39 यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन
00:49 यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
00:57 यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ
01:05 म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन
01:12 यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ
01:17 अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ
01:26 यसले प्राय जसो काम गर्छ
01:28 तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
01:33 अब अन्य टूलहरु हेरौं
01:36 यो GIMP को मेन विन्डो हो, Command Central
01:41 र यहाँ माथि Toolbox छ
01:45 अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन
01:53 यसलाई अलि फराकिलो पारौं
01:56 यहाँ हामीसँग डाइलग बक्सहरु छन Layers, Channels, Color Channels, Path र Undo History को लागि
02:09 तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ
02:15 त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन
02:21 म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ
02:28 डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं
02:39 र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु
02:43 म यसलाई Channel सहित गर्नेछौं
02:46 म यसलाई Path सहित हेर्नेछु
02:52 र म यो Undo History सहित गर्नेछु
02:54 मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु
03:09 तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु
03:16 र यो विन्डो बन्द गर्न सकिन्छ
03:23 म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs
03:30 तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो
03:38 मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु
03:48 मैले चाहेको टूलहरु सहित सुरु गरौँ
03:51 म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न
03:58 मलाई न त Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ
04:05 र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ
04:08 म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ
04:16 अब म File and Preferences मा जानेछु
04:26 म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि
04:32 Theme मा, म स्मल छान्नेछुँ
04:35 र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ
04:45 Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो
05:00 अन्य सबै विकल्पहरु यसै छोडौं
05:03 Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं
05:12 तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
05:19 तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल
05:29 मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ
05:36 म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन
05:42 मैले Preferences मा काम गरें
05:45
05:47 मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु
05:52 अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु
06:01 तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ
06:06 यसलाई मात्रै यहाँ सारौँ
06:08 मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु
06:19 त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ
06:24 यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ
06:39 र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं
06:42 जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन
06:52 र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो
07:02 मैले भर्खरै देखे 2.3.19 आज रिलिज भएको छ
07:07 यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ
07:22 GIMP सेटिंगको लागि यति नै
07:25 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana