Difference between revisions of "Linux/C2/General-Purpose-Utilities-in-Linux/Nepali"
From Script | Spoken-Tutorial
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 || हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्प…') |
|||
Line 1: | Line 1: | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
{| border=1 | {| border=1 | ||
|Time | |Time |
Revision as of 17:37, 14 May 2015
Time | Narration |
0:00 | हाइ , जेनेरल पर्पोस युटिलिटिज् इन लिनक्स को यस स्पोकन टियुटोरियल मा स्वागत छ् । |
0:06 | यो टियुटोरियल मा हामी आफुलाई केहि सामान्य तर धेरै प्रयोग गरिने लिनक्स का कमाण्डस् संग परिचित गरौनेछौँ ् । |
0:14 | यसको मुख्य उदेश्य तपाईलाई लिनक्समा काम गर्न सिकाउन राम्रो शुरुवात दिन हो । |
0:21 | हामीले प्रयोग गर्ने पहिलो कमान्ड echo कमान्ड हो । याद गर्नुहोस् कि लिनक्सका कमान्डहरु केस सेन्सेटिभ हुन्छन् । |
0:29 | यहाँ हरेक कमान्डहरु र तिनका विकल्पहरु बताएको बेला बाहेक सानो अक्षरमा हुन्छ । |
0:36 | यो कमान्ड स्क्रिनमा कुनै सन्देश दिनका लागि प्रयोग गरिन्छ । |
0:43 | उबुन्टुमा Ctrl Alt t ले टर्मिनल शुरु गर्दछ । |
0:48 | यो कमान्ड अरु युनिक्स सिस्टमहरुमा काम नगर्न सक्छ । |
0:52 | टर्मिनल खोल्ने अर्को तरिका पहिलेको स्पोकन टिउटोरियलमा देखाइएको छ । |
0:58 | प्रोम्पटमा echo स्पेस Hello World टाइप गरि इन्टर थिच्नुहोस् । |
1:08 | यसले Hello World भनेर सन्देश स्क्रिनमा प्रिन्ट गरिदिन्छ । |
1:14 | echo कमान्डलाई भेरिएबलको भ्यालु हेर्नपनि प्रयोग गर्न सक्छौ । |
1:19 | प्रोम्पटमा echo स्पेस डलर SHELL क्यापिटल टाइपगरि इन्टर गर्नुहोस् । |
1:30 | यसले प्रयोग भइरहेको सेल देखाउछ । |
1:36 | echo कमान्डलाई ईस्केप अनुक्रमसंग पनि प्रयोग गर्न सकिन्छ । |
1:42 | यसकालागि लिनक्समा the -e (hyphen e) विकल्प प्रयोग गरिन्छ । |
1:46 | साधारण ईस्केप अनुक्रमहरुमा : ट्याबकालागि \t (backslash t), नयाँ लाइनकालागि \n, र प्रोम्पटलाई एउटै लाइनमा देखाउने ईस्केप सिक्वेन्स \c हुन् । |
एकल कोट भित्र echo स्पेस माईनस e लेख्नुहोस् , कमान्ड ब्याक स्ल्यास c राख्नुहोस् र इन्टर गर्नुहोस् । | |
2:32 | हामी प्रिन्ट भएको enter a command ' पछि त्यहि लाइनमा प्रोम्पट देख्न सक्छौ । |
2:38 | तपाई कुन भर्जनको लिनक्स कर्नल चलाइराख्नु भएको छ जान्ने ईच्छा हुनसक्छ । |
2:43 | यो तथा मेशिनको अरु विशेषता थाहा पाउन uname कमान्ड प्रयोग गरौ । प्रोम्पटमा uname स्पेस हाईफन r टाइप गरि इन्टर थिच्नुहोस् । |
2:58 | आफ्नो युजरनेम थाहा पाउन, प्रोम्पटमा who स्पेस am स्पेस I टाइप गरि इन्टर थिच्नुहोस् । |
3:11 | यो who कमान्डबाट आएको हो जसले सिस्टममा हालमा लग्द् गरिरहेका सबै प्रयोगकर्ता देखाउछ । तपाईको मल्टियुजर सिस्टम हुनुपर्छ । |
3:21 | कहिलेकाहि तपाईको लगईन पासवर्ड पनि देखिने हुनाले, तपाई यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । |
यसकालागि हामी संग passwd कमान्ड छ । प्रोम्पटमा टाइप गर्नुहोस् । | |
p-a-s-s-w-d र इन्टर थिच्नुहोस् । | |
3:37 | यो कमान्ड टाईप गर्दा तपाईलाई अहिलेको पासवर्ड टाईप गर्न लगाउछ । |
3:43 | यहाँ म मेरो सिस्टमको हालको पासवर्ड टाईप गर्छु। |
3:48 | पासवर्ड सहि राखेमा तपाईलाई नयाँ पासवर्ड इन्टर गरि फेरिपनि पुष्टि गर्न लगाउछ । |
4:02 | यदि हामीले आफ्नो हालको पासवर्ड बिर्सेमा के गर्ने ? |
4:06 | यसो भएमापनि पासवर्डलाई परिवर्तन गर्न सकिन्छ, तर त्यसकालागि root युजर हुनुपर्दछ । |
4:14 | अब root युजर को हुन् त ? |
4:18 | ऊ धेरै अधिकार भएको व्यक्ति हो । |
4:22 | दाजेर हेर्दा विन्डोमा युजरको एडमिनिसट्रेटर स्ट्याटस भएजस्तै root युजर हो । |
4:30 | हामीलाई सिस्टमको देट र टाइम थाहा पाउँन मन लागेमा हामी संग date कमान्ड छ । |
4:36 | टर्मिनलमा date टाइप गरि इन्टर थिच्नुहोस् । |
4:42 | यसले सिस्टम टाइम र डेट देखाउछ । |
4:45 | डेट कमान्डले डेट र टाइम त देखाउछ नै। साथै यसमा धेरै विकल्पहरु पनि हुन्छन् । |
4;54 | प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन क्यापिटल T टाइप गरि इन्टर थिच्नुहोस् । |
5:07 | यसले समय घण्टा मिनेट र सेकेण्ड (hh:mm:ss) फर्म्याटमा देखाउछ । |
5:12 | प्रोम्पटमा date स्पेस प्लस पर्सेन्ट साइन स्मल h टाइप गरि इन्टर थिच्नुहोस् । |
5:23 | यसले महिनाको नाम दिन्छ । |
5:25 | प्रोम्प्टमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल m टाइप गरि इन्टर थिच्नुहोस् । |
5:38 | यसले महिना संख्या फर्म्याटमा देखाउछ । यहाँ फेब्रुएरी महिनाका लागि ०२ देखाउछ । यसलाई तपाई दाज्न सक्नुहुन्छ । |
5:50 | प्रोम्पटमा date स्पेस प्लस पर्सेन्टेज साइन स्मल y टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् । |
6:01 | यसले चलिरहेको सालको दुईवटा संख्या देखाउछ । |
6:05 | यो विकल्पलाई जोड्नपनि सकिन्छ । जस्तै प्रोम्पटमा date स्पेस प्लस विदईन डबल कोट्स पर्सेनटेज स्मल h पर्सेनटेज स्मल y टाइप गरि इन्टर थिच्नुहोस् । |
6:34 | Here it is showing February . |
6:34 | यहाँ फेब्रुएरी भनेर देखिन्छ । |
6:39 | अर्को मिल्ने कमान्ड cal कमान्ड हो । त्यति उपयोगि नभएतापनि यसले कुनैपनि महिना र वर्षको क्यालेन्डर देखाउछ । |
6:48 | हालको महिनाको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ टाइप गरि इन्टर थिच्नुहोस् । |
6:56 | कुनै एक महिना जस्तै डिसेम्बरको क्यालेन्डर हेर्न प्रोम्पटमा ‘cal’ स्पेस १२ स्पेस टाइप गरि इन्टर थिच्नुहोस् । |
7:13 | यसले डिसेम्बरको क्यालेन्डर देखाउछ । |
7:19 | अगाडि बढ्नु भन्दा पहिला फाईलहरु र डिरेक्टरीहरुको बारेमा चर्चा गरौ । |
7:26 | लिनक्समा सबैकुरा फाईल हुन् ।अब फाईल भनेको के हो त ? |
7:34 | फाईल भनेको हामीले डकुमेन्टस् र पेपर्स राख्ने ठाउँ हो । त्यसैगरि लिनक्स फाईल जानकारी जम्मा गर्ने भाडो हो । |
7:48 | डिरेक्टरी भनेको के हो ? |
7:52 | डिरेक्टरी भनेको फाईलहरु र अन्य सब- डिरेक्टरीको संग्रह हो । |
7:58 | डिरेक्टरीले हामीलाई फाईलहरुलाई सिस्टम्याटिस म्यानरमा मिलाउन मद्त गर्दछ । |
8:04 | यो विन्डोमा फोल्डर भने जस्तै हो । |
8:08 | जब हामी लिनक्स सिस्टममा लगईन गर्र्छौ हामी डिफल्टले होम डिरेक्टरीमा हुन्छौ । होम डिरेक्टरी हेर्नको लागि प्रोम्पट्मा echo space dollar HOME क्यापिटलमा टाइप गरि इन्टर गर्नुहोस् |
8:27 | अर्को कमान्ड pwd ले हामीले काम गरिरहेको डिरेक्टरी देखाउछ । प्रोम्पट्मा pwd टाइप गरि इन्टर गर्नुहोस् । |
8:42 | डिरेक्टरी थाहा भएपछि हामी फाईल र सब- डिरेक्टरीहरु पनि हेर्न सक्छौ। यसका लागि हामी संग ls कमान्ड छ जुन युनिक्स र लिनक्समा सबैभन्दा बढी प्रयोग हुने कमान्ड हो । |
8:56 | कमान्ड ls टाइप गरि इन्टर थिच्नुहोस् । |
9:01 | अब आउटपुट हेर्नुहोस् । |
9:04 | फाईलहरु र सब- डिरेक्टरीहरु साधारणतय छुट्टाछुट्टै रंगमा देखाईन्छ । |
9:08 | ls कमान्ड धेरै प्रयोग हुन्छ र यसका धेरै विकल्प छन् । जस्तै प्रोम्पट्मा ls space minus minus all all टाइप गरि इन्टर थिच्नुहोस् । |
9:24 | यसले हिड्न् फाईल सहित सबै फाईल देखाउछ । ( फाईलनेम जुन डट (.) बाट शुरु भएका हुन्छन् ,तिनीहरुलाई हिड्न् फाईल भनिन्छ । |
9:33 | माइनस l विकल्प प्रयोग गरि फाईल मात्र नभई बढी जानकारी लिन सकिन्छ । |
9:40 | कमान्ड ls space minus small l टाइप गरि इन्टर थिच्नुहोस् । |
9:50 | यसले file permissions, फाईल अनर्स नेम, पहिले परिवर्तन गरेको समय, बाईटमा फाईल साइज आदि देखाउछ । यसले के के गर्नसक्छ भनि यस टिउटोरियलमा देखाउन संभव छैन। |
10:06 | ls लाई विभिन्न विकल्पसंग प्रयोग गर्न सकिन्छ । |
10:11 | यी सबै जानकारीहरु स्क्रिनमा देखाउन बाहेक फाईलमापनि राख्न सकिन्छ। यसरी कुनैपनि कमान्डका आउटपुटलाई फाईलमा जम्मा गर्न सकिन्छ । |
10:23 | यसका लागि कमान्ड संग राईट ऐगंल ब्राकेट र फाईल नेम टाइप गर्नुहोस् । जस्तै ls
space minus small l space right angle bracket space fileinfo टाइप गरि इन्टर थिच्नुहोस् । |
10:46 | अब फाईल र डिईरेक्टरीको सबै जानकारी फाईलइन्फो नाम गरेको फाईलमा हुन्छ । |
10:54 | तर यो फाईलको सामग्री कसरी हेर्ने ? यसका लागि cat कमान्ड छ । cat स्पेस र फाईलको नाम (यहाँ फाईलइन्फो) टाइप गरि इन्टर थिच्नुहोस् । |
11:12 | अब यो फाईल हेर्न सकिन्छ । cat को अर्को प्रयोग फाईल बनाउन हो । यसका लागि प्रोम्पटमा cat स्पेस राईट ऐगंल ब्राकेट स्पेस फाईलनेम भनौ file1 टाईप गरि इन्टर थिच्नुहोस् । |
11:36 | जब हामी इन्टर थिच्छौ कमान्ड युजरको ईनपुट कुर्दछ । |
11:42 | हामीले टाइप गरेको टेक्सट् फाईलमा लेखिन्छ । |
11:50 | अब इन्टर थिचि ईनपुट सकिएको जनाउनुहोस् । |
11:56 | अब Ctrl र D किहरु संगै थिच्नुहोस् । |
12:05 | यदि file1 गरेको फाईल पहिलै देखि छ भने युजर ईनपुट पहिलाको फाईल माथि बस्छ । |
12:13 | यदि पहिले भएको कुरामा नयाँ कुरा थप्नु परेमा, प्रोम्पट्मा cat space double right angle bracket space file1 टाइप गरि इन्टर थिच्नुहोस् । |
12:36 | हामी अरु कमान्डहरु पनि छलफल गर्न सक्थ्यौ, तर अहिलेलाई यति। साथै हरेक कमान्डको लागि धेरै विकल्प र संभावना हुन्छन् जुन यहाँ छलफल गरिएको छैन । |
12:50 | यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियल नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो । |
13:02 | अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस। |
13:10 | यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । |