Difference between revisions of "GIMP/C2/Comics/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.18 | Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00.21 | यो ट्य…')
 
Line 208: Line 208:
 
|-
 
|-
 
| 12.45
 
| 12.45
|त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100% सहित ब्रस छान्छु  
+
|त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु  
 
|-
 
|-
 
| 12.55
 
| 12.55
Line 277: Line 277:
 
|-
 
|-
 
| 16.53
 
| 16.53
|यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स दिउँ
+
|यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ
 
|-
 
|-
 
| 17.08
 
| 17.08

Revision as of 17:52, 3 June 2014

Time Narration
00.18 Meet The GIMP स्पोकन ट्युटोरियलमा स्वागत छ
00.21 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.27 सुरुमा म एउटा काम गर्नेछुँ जुन म प्राय उल्लेख गर्न बिर्सन्छु
00.34 म सधै एउटा इमेजमा केहि गर्नु पूर्व यसलाई सेभ गर्न बिर्सन्छु
00.45 त्यसैले म File, Save as र यसलाई
01.05 comic.xcf मा सेभ गर्छु
01.12 ‘xcf’ गिम्पको आफ्नो फाइल फर्म्याट हो र यसले सम्पूर्ण लेयर जानकारीहरु फाइलमा राख्छ
01.22 गिम्पमा केहि कुरामा पछि काम गर्न चाहनुहुन्छ भने कहिल्यै पनि JPEG वा tif वा त्यस्तै अन्यमा सेभ नगरौं
01.30 तपाई त्यहाँ बाट आफुले चाहेको हरेक फर्म्याटमा एक्सपोर्ट गर्न सक्नुहुन्छ तर तपाईले पछि काम गर्न चाहेको कुनै पनि कुरालाई XCF प्रयोग गर्नुहोस
01.45 त्यसो भए के गर्ने त? पहिलो कुरो, मैले यो इमेज अलि प्रष्ट पार्नुपर्छ
01.59 त्यहाँ दुई समस्याहरु छन्, पहिलो मेरो पछाडीको मान्छे
02.15 र दोस्रो यहाँ तल यो अस्तव्यस्त हो
02.21 यो मुर्ति यहाँ एकदमै राम्रो सँग राखिएको छ र मलाई लाग्छ यो इमेजको एउटा मुख्य बिन्दु हो
02.31 त्यसैले पहिले म यी सामग्रीहरु हटाउने छुँ
02.36 ल, म इमेजमा जूम गर्छु र Pen Tool छान्छु
02.50 यो Cloning Tool ले राम्रो सँग गरिन्छ र मैले यहाँ बिस्तृत रुपमा काम गर्नुपर्दैन किनभने यी साना बस्तुहरु अन्तिम इमेजमा हराउने छन्
03.05 त्यसैले म क्लोन टूल छान्छु र पेनको साइज बदल्छु
03.13 अब म Ctrl थिच्छु र एउटा सुरुवातको बिन्दु पाउन क्लिक गर्छु र अब मैले पेन्ट गर्न खाली सुरु गर्नुपर्छ
03.24 तर त्यो सुरु गर्नु पहिले म ओभर ले मोडलाई नर्मल मोडमा बदल्छु र ओप्यासिटि 100 मा र अब पेन्ट गर्न सुरु गरौँ
03.42 इमेजमा अलि बादल जस्तो देखिन्छ त्यसैले म पेन्ट गर्न अर्को ब्रस छान्छु
03.57 र अब म बोर्डरमा जान्छु र पेन्ट गर्छु
04.37 त्यसैले मानिस मेटिएको छ
04.41 यसले यहाँ अलि अब्यबस्थित बनाउछ
04.44 म फूलदानी यहाँ राख्न चाहन्छु तर यहाँ को बस्तु मेट्नुपर्छ
05.03 म केहि छिनमा यो फूलदानीको बोर्डरमा काम गर्नेछु
05.24 यदि मैले यो इमेज यसरी राखें भने तपाई क्लोनिंगको चिन्हहरु देख्नुहुनेछ तर तिनीहरु म कमिक मोडमा गएपछि हराउने छन्
05.43 ल, यहाँ फूलदानी मा केहि काम गरौँ
06.06 मलाई लाग्छ मैले यो बिन्दुबाट क्लोन गर्नुपर्छ
06.26 यो जूम गर्दा त्यति सहज नदेखिएँ पनि मलाई लाग्छ यसले काम गर्नेछ
06.34 कमिक इमेजमा मूलतः तीन खण्डहरु छन्
06.39 पहिले त्यहाँ निरंगी काला वा गाढा धब्बाहरु छन्, जसले इमेजको ढाँचा दिन्छ
06.50 अनि त्यहाँ फर्म परिभाषित गर्ने लाइनहरु र इमेजमा बस्तुहरु छन्
06.57 अनि त्यहाँ रंग छ र हामी ट्युटोरियलमा धब्बाहरु बाट सुरु गर्छौं
07.04 र त्यसको लागि
07.15 म यो लेयर दोब्बर गर्छु र यसलाई इंक भनौं
07.25 म थ्रेसहोल्ड टूल छान्छु र इमेजमा क्लिक गर्छु र इन्फो विन्डोलाई इमेजमा तान्छु
07.37 तपाई यहाँ इमेज कालो र सेतो देख्नुहुन्छ
07.43 यो टूलले इमेजलाई कालो र सेतोमा विभाजित गर्छ
07.48 यदि पिक्सल कुनै समयमा 82 भन्दा उज्यालो भएमा रातो, हरियो र निलोको औसत मानको संयोजन सेतो हुन्छ
08.02 र यदि लेभल 82 भन्दा कम भएमा यो कालो हुन्छ
08.14 अब हामीले यहाँ हाम्रो पहिलो समस्या पाउछौं
08.19 जब म यो स्लाइडर यताउति तान्छु धेरै गाढा इफेक्ट पाउछु
08.26 यहाँ यो 129 मान मेरो अनुहारको दाहिने भाग, कुम र मुर्तिको लागि सुहाउँदो हुनेछ
08.40 यो यहाँ आँखाको लागि पनि राम्रो देखिनेछ
08.48 र यो अर्को आँखाको लागि
08.53 अब मैले यो लेयरको लागि बिभिन्न इंक लेयर प्रयोग गर्नुपर्छ
09.01 त्यसैले उज्यालो तर्फबाट सुरु गरौँ, यहाँ यो जस्तै र इमेजमा 100% मा फर्कौं
09.14 म यहाँ यो दोब्बर पार्छु र थ्रेसहोल्ड टूल छान्छु
09.29 तर त्यो भन्दा पहिले मैले माथिको लेयर अदृश्य बनाउनुपर्छ
09.46 मलाई लाग्छ यो मान अनुहारको यो भागमा राम्रो देखिन्छ
09.56 म यो लेयरको एउटा कपि बनाउदै छुँ र यसलाई देखिने बनाउछु र अब म यो लेयरमा काम गर्दै छुँ
10.08 मैले यहाँ मध्यम सामग्रीहरु हेर्नुपर्छ
10.13 अनुहारको यो भाग, मलाई लाग्छ यसले एकदमै राम्रो काम गर्छ, त्यसैले म इमेजमा हेर्छु
10.23 मुर्ति पनि निखारिएको छ
10.26 यहाँ यो इमेज एकदमै प्रष्ट छ र मेरो हात नजिक लाइन अदृश्य छ र यसलाई अप्टिकल इल्युजन भनिन्छ
10.41 मलाई लाग्छ यो ठिक छ र यो इमेजमा हुनुपर्छ
10.49 अब म थ्रेसहोल्ड टूल छान्छु र लाइन देखिने बनाउछु र केहि प्रस्ट पार्न उज्यालो खण्डहरुमा हेरौ र माथि स्लाइड गरौँ
11.08 यो अझ राम्रो देखिन्छ
11.12 अब मसँग मेरो इंक लेयरको ३ कपिहरु छन्
11.17 पहिलो इंक लाइट
11.28 माथिको लेयर इंक डार्क
11.34 र बीचको लेयरलाई इंक मात्र भनौं
11.40 अब ३ लेयरहरुमा हेरौं र कुन धेरै प्रयोग गर्ने निर्णय गरौ
11.49 मलाई लाग्छ इंक लेयर राम्रो बेस हो किनभने यो एकदमै हल्का छ र यो एकदमै गाढा छ
12.01 त्यसैले म यो लेयर तल राख्छु र गाढा र हल्का लेयरमा एउटा लेयर मास्क थप्छु
12.12 म कालोमा लेयर मास्क थप्छु जुन पूर्ण पारदर्शी छ
12.18 ल, यहाँ भएको सबै अदृश्य हुन्छन्
12.26 जब म यो हल्का लेयरको लेयर मास्कमा सेतो कोर्छु, यसमा इमेज देखिनेछ
12.45 त्यसैले म यहाँ नर्मल मोडमा ओप्यासीटि 100सहित ब्रस छान्छु
12.55 मलाई लाग्छ मैले एउटा हार्ड ब्रस प्रयोग गर्नुपर्छ र प्रेसर सेन्सीटिभीटि चाहिँ साइज हुनुपर्छ, जसले गर्दा मैले सतहमा पेन थिच्दा डट ठूलो हुनेछ
13.20 मेरो अग्रभूमि रंग सेतो छ
13.24 ल सुरु गरौ
13.28 मलाई लाग्छ अनुहारको दाहिने भाग अलि उज्यालो हुनुपर्छ
13.34 म इमेज जूम गर्न 1 थिच्छु
13.39 मलाई लाग्छ ब्रस धेरै सानो छ, त्यसैले म यसलाई अलि ठूलो पार्छु
13.53 त्यो राम्रो देखिन्छ
14.00 तर सायद यो अलि उज्यालो छ
14.05 यो कालो वा सेतो हुनुपर्छ
14.47 त्यसैले म ‘X’ की ले रंगहरु बदल्छु र यहाँ पुन यो इमेज माथि पेन्ट गर्छु
14.57 तर, मलाई लाग्छ म यसलाई यहाँ छोड्न सक्छु र अर्को लेयर त्यो माथि राख्न सक्छु
15.14 अब हामी क्षेत्रहरु हेर्न अझ उत्सुक छौं र संरचनामा पनि, त्यसैले मैले लाइनहरु बिर्सनुपर्छ र यहाँ संरचनामा मात्र ध्यान दिनुपर्छ
15.30 यसलाई यसै छोडौं
15.34 म सजिलै लेयर थप्न सक्छु र अब म गाढा भागको लागि सेतो रंगले पेन्ट गर्छु
15.44 मैले यहाँ केहि देखाउन सक्छु की हेरौं
15.51 मलाई लाग्छ यो एकदमै धेरै भयो
15.56 म अनुहार अलि गाढा बनाउन चाहन्छु
16.08 र कान पनि
16.19 र मलाई लाग्छ यो अलि गाढा भयो
16.31 यहाँ अझै केहि भाग गाढा बनाउनु पर्नेछ तर म अहिलेलाई यति नै गर्छु, म यसलाई अर्को कदमको लाइनको काम सकिएपछि हेर्नुछु र म यहाँ मिलाउन सक्छु
16.46 यो अलि उज्यालो हुनपर्छ
16.49 त्यसैले हामी त्यहाँ सम्पादन गर्छौं
16.53 यो कदममा मैले केहि लाइनहरु थप्नुपर्छ र यो ब्याकग्राउण्ड लेयर डबल गरेर गर्न सकिन्छ र यसलाई माथि राखेर लाइन्स नाम दिउँ
17.08 लाइनहरु बिभिन्न रंगहरु बीचको धार हुन्
17.15 त्यसैले म Filters मा जान्छु, edge-detect र यहाँ मसँग Difference of Gaussians edge detect छ
17.33 Radius सान्दर्भिक स्लाइडर हो र यदि तपाईले नम्बर घटाउनु भयो भने लाइनहरु मसिनो हुन्छन्
17.45 यदि तपाईले नम्बर बढाउनु भयो भने लाइन चौडा हुन्छ र तपाईमा इमेजमा थप विवरण पाउनुहुन्छ
17.56 म 10 जति चाहन्छु तर म 30 सम्म जान सक्छु र मैले ठ्याक्कै कहाँ रोक्नुपर्ने निर्णय गर्नुपर्छ
18.10 जब म 30 प्रयोग गर्छु मैले धार होइन क्षेत्र पाउँछु तर 12 ले यस्तो दिन्छ
18.27 र मलाई लाग्छ म 10 प्रयोग गर्छु
18.37 म यो लेयरको मोड मल्टिप्लाई मा बदल्छु र रंगको लागि मैले इमेजमा पछि सेतोलाई घटाउनु पर्छ
18.50 अब हामीले अहिले सम्म गरेको काम जाचौं
18.56 त्यसैले म लेयर अन र अफ गर्छु र तपाई यहाँ लाइन लेयर अन भएको समयमा केहि प्रष्ट देख्न सक्नुहुन्छ
19.08 र अब म डार्क इंक लेयर डी-सेलेक्ट गर्छु र लाइट इंक लेयर राख्छु
19.20 मैले मेरो डार्क लेयरमा चाहेको ढाँचा लाइन्स लेयरमा देख्न सकिन्छ
19.30 त्यसैले म डार्क इंक लेयर अफ नै छोड्ने छुँ
19.42 मलाई लाग्दैन की यहाँ यी लेयरहरु जोड्नु पर्छ
19.50 म केहि बदल्न सकूँ भनेर यसलाई यसै छोड्छु र यो अन्तिम इमेज हुनेछ
20.09 अर्को कदम मैले पहिले भने अनुसार सेतो च्यानल घटाउने हो र यो लेभल टूलले गर्न सकिन्छ र म लेभल 240 सम्म घटाउछु
20.28 मैले यो लेयर अफ गर्दा तपाई मेरो पृष्ठभूमि ग्रे भएको देख्नुहुन्छ र यहाँ केहि रंगको जानकारी छ
20.40 इमेजमा रंग पाउन म ब्याकग्राउण्ड लेयर कपि गर्छु र यसलाई Colour नाम दिन्छु, यसलाई माथि राख्छु र लेयर मोड Colour मा बदल्छु
21.00 तर यो राम्रो देखिदैन त्यसैले मैले मोड बदल्नुपर्छ
21.07 इमेजमा यहाँ थोरै रंग छ
21.12 तर म बढि स्याचुरेसन चाहन्छु त्यसैले म पुन ब्याकग्राउण्ड लेयरको कपि बनाउछु र यसलाई Saturation नाम दिन्छु
21.24 म लेयर मोड Saturation मा सेट गर्छु
21.29 मलाई लाग्छ यो स्याचुरेसनले पहिले नै काम गर्छ र इफेक्ट एकदमै राम्रो छ
21.38 त्यहाँ रंग अलि फ्ल्याट हुनुपर्थ्यो र हात कमिक देखिएको छैन
21.47 म यो कहाँबाट आयो हेर्छु
21.51 ल, म अब यो स्लाइडरमा काम गर्न सक्छु
21.58 स्याचुरेसनमा तल जादाँ अलि चौडा हुन्छ र बढि पानी रंगहरु जस्तो देखिन्छ, त्यसैले यो अनौठो इफेक्ट हो
22.19 अब म यहाँ लेयरहरु मा काम गर्न सक्छु
22.26 ल, म लाइन्स लेयर अफ गर्छु र तपाई यो इफेक्ट लाइन्सको नभएर कलर्स र स्याचुरेसनको भएको देख्नुहुन्छ
22.39 यहाँ मसँग अझै लेयर हरु भएको ले म केहि मिलाउन सक्छु
22.47 म अनुहार चम्किलो बनाउन चाहन्छु त्यसैले म मेरो इंक लाइट लेयर छान्छु, सेतो अग्रभूमि रंग सहितको एउटा ब्रस छान्छु
23.12 म इमेज जूम गर्छु
23.18 ब्रसको साइज घटाउ र यसलाई अलिकति स्केल गरौँ र यहाँ म आँखा पेन्ट गर्न सुरु गर्छु
23.34 त्यो अलि बढि भयो
23.50 यो राम्रो देखिन्छ
23.54 अब म यो भागमा पेन्ट गर्छु
24.00 यो पनि बढि देखिन्छ
24.03 तपाई यहाँ यी क्षेत्रहरु बदलेर इमेजमा गर्न सकिने धेरै हेरफेरहरु कल्पना गर्न सक्नुहुन्छ
24.47 यो ठिक छ
24.51 तपाई यहाँ धेरै परिवर्तनहरु गर्न सक्नुहुन्छ, मलाई थाहा छैन की म सही छुँ
25.01 तर मलाई अहिले सम्मको काम मनपरेको छ
25.06 अब हामी थप के गर्न सक्छौं हेरौं
25.10 पहिलो कुरो भनेको हामी लाइन्स बाहेक अर्को भिन्न लेयर प्रयोग गर्न सक्छौं
25.18 त्यसैले म लाइन्स लेयर अफ गर्छु र एकदमै नौलो रंग पाउछु किनकि मसँग अहिले पुन एउटा सेतो पृष्ठभूमि छ
25.31 त्यसैले यहाँ अर्को लेयर थपौं र यसलाई सेतो मा सेट गरौँ र मल्टिप्लाई मोड प्रयोग गरौँ र यसलाई 240 ग्रे ले भरौं
25.52 अब मैले मेरो लाइन्स सँग पाएको जस्तै इमेज पाएँ
25.59 म तिनीहरुलाई अन गर्छु
26.03 यहाँ लाइन्सको जानकारी छ तर त्यहाँ यो कमिक इफेक्ट अझै छ र म के राम्रो छ हेर्न सक्छु
26.21 केहि भिन्नै उपाय गरेर हेरौं
26.30 म कलर र स्याचुरेसन लेयर डबल गर्छु र तिनीहरुमा केहि काम गर्छु
26.39 यहाँ मैले खाली इमेजको विवरणहरु पाउने प्रयास गर्दै छुँ
26.45 त्यसैले Filters, Blur र Gaussian blur मा जाउँ
26.53 र यहाँ एउटा राम्रो इफेक्ट दिने मान छान्छु
27.08 तपाई रंग अझ निखारिएको देख्नुहुन्छ
27.18 त्यसैले यो स्याचुरेसन कपि मा पनि गरौँ
27.24 Filters, मा जाउँ Guassian Blur दोहोराउँ
27.29 र अब मसँग एकदमै फ्ल्याट रंग सहितको फ्ल्याट इमेज छ
27.36 त्यसैले मूल रंगमा जान्छु र यहाँ एउटा नौलो इफेक्ट देखिन्छ
27.44 यी लेयरहरुलाई saturation blurred र colour blurred नाम दिउँ
28.04 यदि मैले ब्लर्ड स्याचुरेसन ब्लर नगरेको कलर मिलाएमा म यहाँ केहि अनौठो रंगहरु पाउछु
28.16 यदि यो यहाँ नाकमा नभएको भए मलाई यो ठिक लाग्थ्यो
28.22 त्यसैले यसलाई पुन अन गरौँ र मसँग यहाँ यो इफेक्ट छ
28.29 तपाई कल्पना गर्न सक्नुहुन्छ यदि मैले ब्लर घटाएमा तपाईले बिस्तृत निखारपन पाउनुहुन्छ
28.37 यो वास्तविक क्रिडास्थल हो
28.40 यहाँ तपाईसँग धेरै सम्भावनाहरु छन् जस्तै यो कसरी गर्ने, के गर्ने, के सँग टिंकर गर्ने आदि
28.50 साच्चै नै यो गर्न रमाइलो हुन्छ
29.09 मूल ट्युटोरियलको रचयताले एकदमै राम्रो काम गरेका छन्
29.24 मलाई इमेजको दुवै संस्करणहरु त्यति मन परेनन्
29.31 मलाई यहाँको संरचना, फूल, मुर्ति र फूलदानी मनपर्यो
29.40 मलाई हात नजिकको कामहरु मन परेंन र अनुहारमा यो अझ फ्ल्याट हुनसक्थ्यो
29.49 ब्लर्ड मा मलाई अनुहार र हात नजिकको विवरणहरु मनपर्यो तर मलाई फूल मन परेन जुन पुरै ब्लर भएको छ
30.04 ल, अब म यी दुई इमेजहरु जोड्न सक्छु र म कलर ब्लर्डबाट सुरु गर्नेछु किनकि मलाई स्याचुरेसन ब्लर्ड भन्दा यो समग्र आकृति मन पर्यो
30.20 तर म सम्पूर्ण लेयरहरु अन गर्छु र स्याचुरेसन ब्लर्ड र कलर ब्लर्ड लेयर मास्क थप्छु र म पूर्ण ओप्यासिटिको एउटा ब्ल्याक लेयर मास्क थप्छु
30.37 र अब म स्याचुरेसन लेयर मास्कमा काम सुरु गर्नेछु त्यसैले म मेरो अग्रभूमि रंगमा सेतो छान्छु र यहाँ पेन्ट ब्रस छान्छु
30.51 अब म पेन्ट गर्न सुरु गर्छु
30.55 म खाली इमेजमा थप फ्ल्याट चाहेको खण्डहरुमा पेन्ट गर्छु
31.04 यो अलि अनौठो हुनेछ किनकि अहिले मेरो कलर लेयर अन छ
31.46 त्यसैले अब म सम्पूर्ण कुरा Shift+ctrl+A थिचेर छान्छु र Ctrl + C ले कपि गर्छु, इमेजमा जाउँ र Ctrl + V थिचौं र यो Floating Selection मा क्लिक गरौँ र Ctrl + H वा एंकर लेयर ले म मेरो कपि पाउछु
32.20 तपाई यी लेयर मास्क पनि कपि गर्न सक्नुहुन्छ र मलाई लाग्छ म यो इमेज यहाँ छोड्ने छुँ
32.32 मलाई लाग्छ यो एकदमै राम्रो उदाहरण हो, अन्त्यमा म यो स्लाइडरमा काम गर्नेछु
32.54 यसको पुनर्कथन गरौँ
32.57 पहिले इमेज लेयर कपि गरौँ र थ्रेसहोल्ड टूल ले एउटा inked इमेज बनाऊ
33.05 तपाईले कालो वा धेरै गाढा चाहेको क्षेत्रहरु छानौं
33.10 अनि पुन बेस इमेज कपि गरौँ र edge detect filter ले एउटा लाइन लेयर बनाऊ अनि लेयर मोडलाई मल्टिप्लाईमा सेट गरौँ
33.29 यो लेयरमा तपाई लेभल्स टूलले सेतोलाई ग्रे मा करिब 240 सम्म घटाउनुहुन्छ
33.42 हामी पुन बेस इमेज कपि गर्छौं र एउटा कलर लेयर बनाउछौं
33.49 कलर मोडलाई कलरमा सेट गर्नुहोस
33.56 र अन्त्यमा बेस लेयर अन्तिम पटक कपि गर्नुहोस र एउटा स्याचुरेसन लेयर बनाउनुहोस र यहाँ तपाई लेयर स्याचुरेसनमा सेट गर्न सक्नुहुन्छ र अब तपाई यहाँ बिभिन्न लेयरहरुको ओप्यासीटि वा केहि लेयरहरुमा काम गर्न सक्नुहुन्छ
34.20 गरेर हेरौं, परिणाम मिश्रित हुनेछ तर त्यहाँ केहि उत्साहजनक परिणामहरु पनि हुनेछन्
34.32 थप जानकारी को लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
34.49 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana