Difference between revisions of "Geogebra/C2/Angles-and-Triangles-Basics/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 !Time !Narration |- |00:00 |नमस्कार सबैलाई, जिओजेब्रा को Angles and Triangles Basics को टिउटोरीअ…') |
|||
Line 165: | Line 165: | ||
|- | |- | ||
|09:14 | |09:14 | ||
− | |यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ | + | |यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
|- | |- | ||
|09:20 | |09:20 |
Revision as of 12:22, 25 June 2013
Time | Narration |
---|---|
00:00 | नमस्कार सबैलाई, जिओजेब्रा को Angles and Triangles Basics को टिउटोरीअल मा स्वागत छ, |
00:06 | यदि तपाइले पहिलो चोटी जिओजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने , कृपया स्पोकन ट्युटोरीअल को वेबसाइट मा इन्ट्रोडक्सन टू जिओजेब्रा को ट्युटोरीअल हेर्नुहोस् |
00:14 | जिओजेब्रा सुरु गर्न , म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ LTS र जिओजेब्रा भर्सन ३.२.४०.० प्रयोग गर्दै छु |
00:24 | यो ट्युटोरीअल को उद्देश्य जिओजेब्रा प्रयोग गरि यो साबित गर्नु हो कि त्रिभुजको भित्री कोणहरुको योगफल जहिले पनि १८० डिग्री हुन्छ |
00:33 | यो ट्युटोरीअल मा हामी यी टूल्स हरु प्रयोग गर्न जन्नेछौँ
पोलिगन एंगल इन्सर्ट टेक्स्ट |
00:42 | अब पहिले पोलिगन टूल छानौं
बहुभुज खिच्न जुन अहिले त्रिभुज रहेको छ, ड्रइंग प्याड मा क्लिक गरेर तिन भर्तिसेस हरुलाई छानौं र पहिलो भर्तेक्स मा क्लिक गरौँ |
00:57 | त्रिभुज को भित्रि कोण हरु नाप्न , एंगल टूल छानौं
तपाई दुई तरिकाले कोण नाप्न सक्नुहुन्छ दायाँ तिर बाट तिन भर्तिसेस क्रमशः A, B र C क्लिक गर्नुहोस् , यसले अल्फा नाम गरेको कोण ABC नाप्छ |
01:15 | दोस्रो तरिका चाहिँ कोण बनाउने रेखा खण्ड हरु छान्ने हो
a खण्ड र b खण्ड छानौं, अब चाहिँ, बायाँ तिर बाट बिटा नाम गरेको BCA कोण पाउछौ |
01:27 | यसै गरि CAB ले गामा कोण नाप्छ |
01:35 | यो ध्यान दिनुहोस कि सबै कोणहरुको नाम गणितीय मापदण्ड पद्दति अनुसार ग्रीक वर्णमा दिईएको छ |
01:41 | त्यस्तै , यदि तपाई ले बायाँ बाट भर्तिसेस हरु छान्नु भयो भने जस्तै CBA, बाहिरी कोण नापिन्छ |
01:53 | तपाइको ड्रइंग प्याड मा टेक्स्ट हाल्न , 'Insert Text' टूल प्रयोग गरौँ
त्यसपछि , ड्रइंग प्याडमा कुनै एक ठाउँमा क्लिक गर्नुहोस्, एउटा विन्डो देखापर्छ |
2:07 | अब कोण ABC देखाउन, म यसलाई दोहोरो उद्धरण चिन्ह भित्र ABC= टाइप गर्छु, उद्धरण चिन्हले बन्द गर्छु, + जोड्छु र अल्फा मा क्लिक गर्छु
OK क्लिक गर्नुहोस्, मैले ABC कोण को मान पाएँ |
02:28 | यसैगरी अंकगणितीय गर्न , यो त्रिभुज को भित्रि कोण को योगफल देखाउन,
'Insert Text' मा क्लिक गर्नुहोस्, ड्रइंग प्याड मा यहाँ क्लिक गर्नुहोस् दोहोरो उद्धरण चिन्ह भित्र, Sum of the interior angles of triangle ABC = टाइप गर्नुहोस् , उद्धरण चिन्ह टाइप गर्नुहोस् , + ब्राकेट खोल्नुहोस, र अल्फा + बिटा+ गामा टाइप गरि ब्राकेट बन्द गर्नुहोस् , र OK क्लिक गर्नुहोस् , अब तपाई योगफल देख्नुहुन्छ |
03:14 | अब मुभ टूल छान्नुहोस् र फ्री चिज हरु जुन अहिले भर्तिसेस A, B वा C छ , तिनीहरुलाई सर्नुहोस र तपाई यो देख्नुहुन्छ कि भित्रि कोण को योगफल जहिले पनि १८० डिग्री हुन्छ |
03:32 | यो पाठको मेरो मनपर्ने कुरा भनेको यो देखाउनु हो जब सबै भर्तिसेस हरु एकै सिधा रेखा मा पर्छन , तब दुई भित्रि कोण हरु शून्य मा झर्छन र तेस्रो कोण , यो सिधा रेखा जस्तै १८० डिग्री बन्छ |
03:52 | अब हामी दुई थप कुरा सिक्ने छौं, ड्रइंग प्याडको विशेषताहरू र कसरी जिओजेब्रा मा कुनै बस्तुलाई मेट्ने भनेर |
04:04 | पहिले, ड्रइंग प्याड़का बिशेषता हरु , ड्रइंग प्याड को कुनै पनि ठाउमा क्लिक गर्नुहोस्,र अनि ड्रइंग प्याडमाक्लिक गर्नुहोस् |
04:14 | ड्रइंग प्याड प्रोपरटिज विन्डो खुल्छ, तपाई ड्रइंगप्याड को पृष्ठभूमिको रंग फेर्न सक्नुहुन्छ |
04:20 | तपाई यहाँ X अक्ष र Y अक्ष , दुवै को बिशेषताहरु बदल्न सक्नुहुन्छ र ग्रिड को बिशेषता पनि बदल्न सक्नुहुन्छ |
04:31 | केहि याद गर्नुपर्ने बिशेषता हरु , तपाई अक्ष को इकाई , त्यसको लेबल हरु र X अक्ष र Y अक्ष को अनुपात थप्न सक्नुहुन्छ , |
04:43 | जब हामी सामान्य ज्यामिति गर्दै हुन्छौं, हामी प्राय यसलाई १:१ को अनुपातमा राख्छौं |
04:49 | जब तपाइले बन्द गर्नुहुन्छ, तपाइले गर्नुभएको सबै परिबर्तन हरु सेभ हुन्छ |
04:54 | अब , ड्रइंग प्याडमा कुनै बस्तु मेट्न लाई , त्यो बस्तु माथि माउस लाई लानुहोस, म यहाँ बाहिरी कोण माथि माउस राखी राइट क्लिक गर्छु , तपाइले बस्तुको नाम देख्नुहुनेछ र डिलिट क्लिक गर्नुहोस्, अनि बस्तु हराउछ |
05:15 | कुनै पनि बस्तुलाई मेट्ने अर्को तरिका भनेको अलजेब्रा भ्यू मा छान्नुहोस र राइट क्लिक गरि डिलिट गर्नुहोस् |
05:25 | यो ध्यान दिनुहोस कि जब मैले गामा कोण मेटें, यो टेक्स्ट पनि हराउछ,यो किनकि यो गामा मा निहित छ |
05:35 | यदि तपाई मैले मेटेको अन्डू गर्न चाहनुहुन्छ , एडिट मा गएर undo मा क्लिक गर्नुहोस् वा CRTL Z थिच्नुहोस् |
05:45 | जिओजेब्रा मा धेरै बस्तुहरु मेट्न, सबै भन्दा सजिलो तरिका भनेको ड्रइंग प्याडमा कहि ँ लेफ्ट क्लिक गर्नुहोस्, माउसलाई मेट्नुपर्ने बस्तु हरु माथि सार्नुहोस, undo क्लिक गर्नुहोस्, सबै बस्तुहरु छानिएका छन र अब किबोर्ड बाट डिलिट थिच्नुहोस् |
06:05 | फेरी यसलाई undo क्लिक गरेर अन्डू गरौँ |
06:10 | अब, म एक चोटी फेरी टेक्स्टको सीनट्याक्स बर्णन गर्न चाहन्छु |
06:17 | देखाउनु पर्नु पर्ने टेक्स्ट हरु उदाहरण मा देखिएजस्तै दोहोरो उद्धरण चिन्ह भित्र हाल्नुपर्छ |
06:25 | जिओजेब्रा भ्यारीएबल्स को मान को लागि अलजेब्रा भ्यू मा देखे जस्तै भ्यारीएबल को नाम उद्धरण बिना प्रयोग गर्नुहोस् |
06:34 | मान हरु संग अंकगणित गर्न , ब्राकेट() भित्र को भ्यारी एबल प्रयोग गर्नुहोस् |
06:40 | अन्त्यमा जोड्न को लागि + चिन्ह प्रयोग गर्नुहोस् |
06:46 | अब हामी कोण हरुको रंग र अक्षर मिलाउने केहि तरिकाहरु हेर्छौं |
06:59 | यदि म अक्षर को रंग फेर्न चाहन्छु भने म राइट क्लिक गर्नेछु र object properties छान्नेछु , Color मा जान्छु र रंग फेरी बन्द गर्छु |
07:12 | अब म कोण मा गई राइट क्लिक गरि , object properties मा अहिलेको विन्डो छान्न सक्छु र सहि मिलाउन यो रंगमा क्लिक गर्न सक्छु |
07:26 | यसैगरी म zoom in र zoom out गर्न चाहन्छु , त्यसको लागि म यहाँ zoom in र zoom out विकल्प प्रयोग गर्नेछु र zoom out गर्न लाई ड्रइंग प्याड मा क्लिक गर्नेछु |
07:47 | कोण को इकाई फेर्न म अप्संस् अनि angle unit मा गएर डिग्री बाट radian मा फेर्छु |
08:02 | संक्षिप्तमा मलाई कसरी कोण radian बाट डिग्री मा नाप्ने आउछ , म zoom in र zoom out गर्न सक्छु |
08:15 | अब कार्य |
08:19 | त्रिभुज को बाहिरी कोण, सामुन्नेको भित्रि कोण हरुको योगफल हुन्छ भन्ने प्रमाणित गर्नुहोस् |
08:28: | निम्न कार्यहरु गर्नुहोस्, पोलिगन टूल प्रयोग गरि त्रिभुज खिच्नुहोस |
08:32 | line through two points टूल प्रयोग गरि कुनै एक भाग लाई बढाउनु होस् |
08:36 | बाहिरी र बिपरित भित्रि कोण हरु नाप्न एंगल टूल प्रयोग गर्नु होस् |
08:41 | नतिजा देखाउन Insert Text टूल प्रयोग गर्नुहोस् ,यो मुभ टूल र फ्री objects लाई मुभ गरेर साबित गर्नुहोस् |
08:49 | म तपाइले मैले क गरें देखाउछुँ, तपाई ले मुभ टूल प्रयोग गर्न र फ्री objects मुभ गर्न मात्र पर्छ |
08:57 | तपाई यो देख्नुहुन्छ कि बाहिरि कोण जहिले पनि भित्रि कोण हरुको योगफल बराबार हुन्छ |
09:08 | म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो |
09:14 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
09:20 | तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ |
09:24 | कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद |