Geogebra/C2/Angles-and-Triangles-Basics/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबैलाई, जिओजेब्रा को Angles and Triangles Basics को टिउटोरीअल मा स्वागत छ,
00:06 यदि तपाइले पहिलो चोटी जिओजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने , कृपया स्पोकन ट्युटोरीअल को वेबसाइट मा इन्ट्रोडक्सन टू जिओजेब्रा को ट्युटोरीअल हेर्नुहोस्
00:14 जिओजेब्रा सुरु गर्न , म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ LTS र जिओजेब्रा भर्सन ३.२.४०.० प्रयोग गर्दै छु
00:24 यो ट्युटोरीअल को उद्देश्य जिओजेब्रा प्रयोग गरि यो साबित गर्नु हो कि त्रिभुजको भित्री कोणहरुको योगफल जहिले पनि १८० डिग्री हुन्छ
00:33 यो ट्युटोरीअल मा हामी यी टूल्स हरु प्रयोग गर्न जन्नेछौँ पोलिगन एंगल इन्सर्ट टेक्स्ट
00:42 अब पहिले पोलिगन टूल छानौं

बहुभुज खिच्न जुन अहिले त्रिभुज रहेको छ, ड्रइंग प्याड मा क्लिक गरेर तिन भर्तिसेस हरुलाई छानौं र पहिलो भर्तेक्स मा क्लिक गरौँ

00:57 त्रिभुज को भित्रि कोण हरु नाप्न , एंगल टूल छानौं

तपाई दुई तरिकाले कोण नाप्न सक्नुहुन्छ दायाँ तिर बाट तिन भर्तिसेस क्रमशः A, B र C क्लिक गर्नुहोस् , यसले अल्फा नाम गरेको कोण ABC नाप्छ

01:15 दोस्रो तरिका चाहिँ कोण बनाउने रेखा खण्ड हरु छान्ने हो a खण्ड र b खण्ड छानौं, अब चाहिँ, बायाँ तिर बाट बिटा नाम गरेको BCA कोण पाउछौ
01:27 यसै गरि CAB ले गामा कोण नाप्छ
01:35 यो ध्यान दिनुहोस कि सबै कोणहरुको नाम गणितीय मापदण्ड पद्दति अनुसार ग्रीक वर्णमा दिईएको छ
01:41 त्यस्तै , यदि तपाई ले बायाँ बाट भर्तिसेस हरु छान्नु भयो भने जस्तै CBA, बाहिरी कोण नापिन्छ
01:53 तपाइको ड्रइंग प्याड मा टेक्स्ट हाल्न , 'Insert Text' टूल प्रयोग गरौँ

त्यसपछि , ड्रइंग प्याडमा कुनै एक ठाउँमा क्लिक गर्नुहोस्, एउटा विन्डो देखापर्छ

02:07 अब कोण ABC देखाउन, म यसलाई दोहोरो उद्धरण चिन्ह भित्र ABC= टाइप गर्छु, उद्धरण चिन्हले बन्द गर्छु, + जोड्छु र अल्फा मा क्लिक गर्छु

OK क्लिक गर्नुहोस्, मैले ABC कोण को मान पाएँ

02:28 यसैगरी अंकगणितीय गर्न , यो त्रिभुज को भित्रि कोण को योगफल देखाउन,

'Insert Text' मा क्लिक गर्नुहोस्, ड्रइंग प्याड मा यहाँ क्लिक गर्नुहोस् दोहोरो उद्धरण चिन्ह भित्र, Sum of the interior angles of triangle ABC = टाइप गर्नुहोस् , उद्धरण चिन्ह टाइप गर्नुहोस् , + ब्राकेट खोल्नुहोस, र अल्फा + बिटा+ गामा टाइप गरि ब्राकेट बन्द गर्नुहोस् , र OK क्लिक गर्नुहोस् , अब तपाई योगफल देख्नुहुन्छ

03:14 अब मुभ टूल छान्नुहोस् र फ्री चिज हरु जुन अहिले भर्तिसेस A, B वा C छ , तिनीहरुलाई सर्नुहोस र तपाई यो देख्नुहुन्छ कि भित्रि कोण को योगफल जहिले पनि १८० डिग्री हुन्छ
03:32 यो पाठको मेरो मनपर्ने कुरा भनेको यो देखाउनु हो जब सबै भर्तिसेस हरु एकै सिधा रेखा मा पर्छन , तब दुई भित्रि कोण हरु शून्य मा झर्छन र तेस्रो कोण , यो सिधा रेखा जस्तै १८० डिग्री बन्छ
03:52 अब हामी दुई थप कुरा सिक्ने छौं, ड्रइंग प्याडको विशेषताहरू र कसरी जिओजेब्रा मा कुनै बस्तुलाई मेट्ने भनेर
04:04 पहिले, ड्रइंग प्याड़का बिशेषता हरु , ड्रइंग प्याड को कुनै पनि ठाउमा क्लिक गर्नुहोस्,र अनि ड्रइंग प्याडमाक्लिक गर्नुहोस्
04:14 ड्रइंग प्याड प्रोपरटिज विन्डो खुल्छ, तपाई ड्रइंगप्याड को पृष्ठभूमिको रंग फेर्न सक्नुहुन्छ
04:20 तपाई यहाँ X अक्ष र Y अक्ष , दुवै को बिशेषताहरु बदल्न सक्नुहुन्छ र ग्रिड को बिशेषता पनि बदल्न सक्नुहुन्छ
04:31 केहि याद गर्नुपर्ने बिशेषता हरु , तपाई अक्ष को इकाई , त्यसको लेबल हरु र X अक्ष र Y अक्ष को अनुपात थप्न सक्नुहुन्छ ,
04:43 जब हामी सामान्य ज्यामिति गर्दै हुन्छौं, हामी प्राय यसलाई १:१ को अनुपातमा राख्छौं
04:49 जब तपाइले बन्द गर्नुहुन्छ, तपाइले गर्नुभएको सबै परिबर्तन हरु सेभ हुन्छ
04:54 अब , ड्रइंग प्याडमा कुनै बस्तु मेट्न लाई , त्यो बस्तु माथि माउस लाई लानुहोस, म यहाँ बाहिरी कोण माथि माउस राखी राइट क्लिक गर्छु , तपाइले बस्तुको नाम देख्नुहुनेछ र डिलिट क्लिक गर्नुहोस्, अनि बस्तु हराउछ
05:15 कुनै पनि बस्तुलाई मेट्ने अर्को तरिका भनेको अलजेब्रा भ्यू मा छान्नुहोस र राइट क्लिक गरि डिलिट गर्नुहोस्
05:25 यो ध्यान दिनुहोस कि जब मैले गामा कोण मेटें, यो टेक्स्ट पनि हराउछ,यो किनकि यो गामा मा निहित छ
05:35 यदि तपाई मैले मेटेको अन्डू गर्न चाहनुहुन्छ , एडिट मा गएर undo मा क्लिक गर्नुहोस् वा CRTL Z थिच्नुहोस्
05:45 जिओजेब्रा मा धेरै बस्तुहरु मेट्न, सबै भन्दा सजिलो तरिका भनेको ड्रइंग प्याडमा कहि ँ लेफ्ट क्लिक गर्नुहोस्, माउसलाई मेट्नुपर्ने बस्तु हरु माथि सार्नुहोस, undo क्लिक गर्नुहोस्, सबै बस्तुहरु छानिएका छन र अब किबोर्ड बाट डिलिट थिच्नुहोस्
06:05 फेरी यसलाई undo क्लिक गरेर अन्डू गरौँ
06:10 अब, म एक चोटी फेरी टेक्स्टको सीनट्याक्स बर्णन गर्न चाहन्छु
06:17 देखाउनु पर्नु पर्ने टेक्स्ट हरु उदाहरण मा देखिएजस्तै दोहोरो उद्धरण चिन्ह भित्र हाल्नुपर्छ
06:25 जिओजेब्रा भ्यारीएबल्स को मान को लागि अलजेब्रा भ्यू मा देखे जस्तै भ्यारीएबल को नाम उद्धरण बिना प्रयोग गर्नुहोस्
06:34 मान हरु संग अंकगणित गर्न , ब्राकेट() भित्र को भ्यारी एबल प्रयोग गर्नुहोस्
06:40 अन्त्यमा जोड्न को लागि + चिन्ह प्रयोग गर्नुहोस्
06:46 अब हामी कोण हरुको रंग र अक्षर मिलाउने केहि तरिकाहरु हेर्छौं
06:59 यदि म अक्षर को रंग फेर्न चाहन्छु भने म राइट क्लिक गर्नेछु र object properties छान्नेछु , Color मा जान्छु र रंग फेरी बन्द गर्छु
07:12 अब म कोण मा गई राइट क्लिक गरि , object properties मा अहिलेको विन्डो छान्न सक्छु र सहि मिलाउन यो रंगमा क्लिक गर्न सक्छु
07:26 यसैगरी म zoom in र zoom out गर्न चाहन्छु , त्यसको लागि म यहाँ zoom in र zoom out विकल्प प्रयोग गर्नेछु र zoom out गर्न लाई ड्रइंग प्याड मा क्लिक गर्नेछु
07:47 कोण को इकाई फेर्न म अप्संस् अनि angle unit मा गएर डिग्री बाट radian मा फेर्छु
08:02 संक्षिप्तमा मलाई कसरी कोण radian बाट डिग्री मा नाप्ने आउछ , म zoom in र zoom out गर्न सक्छु
08:15 अब कार्य
08:19 त्रिभुज को बाहिरी कोण, सामुन्नेको भित्रि कोण हरुको योगफल हुन्छ भन्ने प्रमाणित गर्नुहोस्
08:28 निम्न कार्यहरु गर्नुहोस्, पोलिगन टूल प्रयोग गरि त्रिभुज खिच्नुहोस
08:32 line through two points टूल प्रयोग गरि कुनै एक भाग लाई बढाउनु होस्
08:36 बाहिरी र बिपरित भित्रि कोण हरु नाप्न एंगल टूल प्रयोग गर्नु होस्
08:41 नतिजा देखाउन Insert Text टूल प्रयोग गर्नुहोस् ,यो मुभ टूल र फ्री objects लाई मुभ गरेर साबित गर्नुहोस्
08:49 म तपाइले मैले क गरें देखाउछुँ, तपाई ले मुभ टूल प्रयोग गर्न र फ्री objects मुभ गर्न मात्र पर्छ
08:57 तपाई यो देख्नुहुन्छ कि बाहिरि कोण जहिले पनि भित्रि कोण हरुको योगफल बराबार हुन्छ
09:08 म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो
09:14 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09:20 तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ
09:24 कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya