Difference between revisions of "Health-and-Nutrition/C2/Laid-back-hold-for-breastfeeding/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{|border=1 | <center>Time</center> |<center>Narration</center> |- | 00:01 | स्तनपानमा उपयोगी '''लेड ब्याक ''' होल्ड '...") |
|||
Line 229: | Line 229: | ||
| 06:02 | | 06:02 | ||
|यो अवस्थामा आमाले ढल्किएर आराम गरी स्तनपान गराउनु पर्छ | |यो अवस्थामा आमाले ढल्किएर आराम गरी स्तनपान गराउनु पर्छ | ||
− | |||
|- | |- | ||
− | | 06: | + | | 06:07 |
− | |यो | + | |यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
|- | |- | ||
− | | 06: | + | | 06:11 |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|'''आइआइटी बम्बे''' को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, | |'''आइआइटी बम्बे''' को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, | ||
सहभागिताको लागि धन्यवाद, नमस्कार | सहभागिताको लागि धन्यवाद, नमस्कार | ||
− | + | |- | |
|} | |} |
Revision as of 17:33, 13 August 2020
|
|
00:01 | स्तनपानमा उपयोगी लेड ब्याक होल्ड स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं – स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका |
00:15 | स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र लेड-ब्याक पकडको प्रक्रिया |
00:22 | ल अब सुरु गरौं |
00:24 | संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन् |
00:31 | अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको -
|
00:39 | स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो, |
00:47 | जसमा, आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुग्छ
र बच्चाले पर्याप्त दूध पाउँछ |
00:55 | अब लेड-ब्याक' पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ |
01:00 | यदि क्रस क्रेडल वा क्रेडल पकड प्रयोग गरी बच्चालाई आमाको स्तन भित्रसम्म पुग्न अप्ठेरो भएमा हामी लेड-ब्याक पकड प्रयोग गर्न सक्छौं |
01:10 | अथवा आमाको स्तन ठूला छन् |
01:13 | वा आमालाई ढाडको समस्या छ |
01:16 | वा आमा थकित छिन् भने पनि यो प्रयोग गर्न सकिन्छ |
01:19 | स्तनपान गराउनु अघि आमाले साबुन पानीले आफ्ना हातहरू धुनुपर्छ
र ओबानो पार्नुपर्छ
|
01:27 | त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ |
01:32 | स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्
त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ |
01:44 | अब, आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ |
01:50 | स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन |
01:55 | त्यसपछि, आमा भुइँ वा खाटमा आरामसँग ढल्किनु पर्छ |
02:01 | उनको टाउको, घाँटी र माथिल्लो ढाडमा तकियाहरूले आड दिनुपर्छ |
02:07 | अब, आमा स्तनपानको लागि तयार छिन्, अब बच्चालाई कसरी सही तरिकाले समाउने जानौं |
02:13 | आमाले बच्चाको शरीरलाई आफूले स्तनपान गराउन चाहेको स्तन पट्टिको हातले समाउनुपर्छ |
02:20 | उनले आफ्नो अर्को हातले बच्चाको टाउकोको तल्लो भागमा समाउनु पर्छ |
02:27 | यो चित्रमा आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन् |
02:32 | त्यसैले, बच्चा समाउन उनले आफ्नो दायाँ हात प्रयोग गर्दै छिन् |
02:38 | उनले आफ्नो बायाँ हातको औँलाहरू प्रयोग गरी बच्चाको टाउकोको तल्लो भागमा समाएकी छिन् |
02:46 | अब, बच्चाको टाउको समाउने आमाका औँलाहरूका उचित स्थानहरूबारे जानकारी लिऊ |
02:54 | आमाको बूढी औँला बच्चाको एउटा कानको पछाडी हुनुपर्छ भने बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ |
03:02 | उनले आफ्ना औँलाहरू बच्चाको कान पछाडी बाट घाँटीतिर सार्नु हुँदैन |
03:08 | उनले बच्चाको टाउकोमा आफ्नो हातले जोड दिनु हुँदैन
यसरी, स्तनपानको समयमा बच्चालाई सहज हुनेछ |
03:20 | अब, बच्चाको टाउकोको सही स्थानको बारेमा जानकारी लिऊ |
03:25 | बच्चालाई आमाको शरीरमा राख्दा बच्चाको पेट आमाको पेट माथि हुनुपर्छ |
03:32 | र बच्चाको टाउको आमाको स्तन नजिक हुनुपर्छ |
03:38 | बच्चा र स्तन बीचको दूरी कम भए बच्चालाई आमाको स्तनसम्म पुग्न सहज हुन्छ |
03:44 | र यसरी बच्चालाई स्तन भित्रसम्म च्याप्न पनि सहज हुनेछ |
03:49 | अनि, दोस्रो महत्त्वपूर्ण कुरो भनेको बच्चाको सम्पूर्ण शरीर कुन दिशामा मिलाउने भन्ने हो |
03:56 | तपाईले यो कुरो याद गर्नुभएको छ होला - हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर सधैँ एउटै दिशामा पर्छन् |
04:05 | त्यसैगरी - स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै दिशामा पर्नुपर्छ |
04:14 | यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ |
04:19 | यो याद राखौं कि बच्चाको शरीर आमाको शरीरको कुनै दिशामा पनि राख्न सकिन्छ तर बच्चाको शरीरको अघिल्लो भाग भने आमाको शरीरको अघिल्लो भागमै रहेको हुनुपर्छ |
04:32 | जसले गर्दा बच्चा सहजै स्तनसम्म पुग्न सक्छ |
04:38 | अब, बच्चाको शरीर मिलाउने तेस्रो तरिकाको बारेमा जानौं |
04:42 | आमाले बच्चाको सम्पूर्ण शरीरमा आड दिनुपर्छ |
04:47 | अन्यथा, बच्चालाई स्तन भित्रसम्म च्याप्न सार्है दुख गर्नुपर्छ |
04:54 | अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं |
04:59 | बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ |
05:04 | र, चिउँडो भने अलि अगाडी स्तनको नजिकै हुनुपर्छ |
05:09 | यसो गर्दा, बच्चाले तल्लो एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ |
05:16 | र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ |
05:21 | कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो |
05:27 | अब, बच्चा लेड-ब्याक पकडमा छ र स्तनपानको लागि मुख जोड्न तयार छ |
05:34 | यो पकडमा, बच्चाले प्राकृतिक रूपमा आमाको स्तन भित्रसम्म च्याप्न सक्छ |
05:40 | आमाको स्तन भित्रसम्म कसरी च्याप्ने बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा विस्तृत जानकारी रहेको छ |
05:49 | बच्चाले स्तन भित्रसम्म च्याप्ने बित्तिक्कै आमाले आफ्नो हात बच्चाको टाउको बाट हटाउन सक्छिन्
र आफ्नो हातले बच्चाको शरीरमा आड दिन सक्छिन् |
06:02 | यो अवस्थामा आमाले ढल्किएर आराम गरी स्तनपान गराउनु पर्छ |
06:07 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:11 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |