Health-and-Nutrition/C2/Laid-back-hold-for-breastfeeding/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 स्तनपानमा उपयोगी लेड ब्याक होल्ड स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं – स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका
00:15 स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र लेड-ब्याक पकडको प्रक्रिया
00:22 ल अब सुरु गरौं
00:24 संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन्
00:31 अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको -


00:39 स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो,
00:47 जसमा, आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुग्छ

र बच्चाले पर्याप्त दूध पाउँछ

00:55 अब लेड-ब्याक' पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ
01:00 यदि क्रस क्रेडल वा क्रेडल पकड प्रयोग गरी बच्चालाई आमाको स्तन भित्रसम्म पुग्न अप्ठेरो भएमा हामी लेड-ब्याक पकड प्रयोग गर्न सक्छौं
01:10 अथवा आमाको स्तन ठूला छन्
01:13 वा आमालाई ढाडको समस्या छ
01:16 वा आमा थकित छिन् भने पनि यो प्रयोग गर्न सकिन्छ
01:19 स्तनपान गराउनु अघि आमाले साबुन पानीले आफ्ना हातहरू धुनुपर्छ

र ओबानो पार्नुपर्छ


01:27 त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ
01:32 स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्

त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ

01:44 अब, आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ
01:50 स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन
01:55 त्यसपछि, आमा भुइँ वा खाटमा आरामसँग ढल्किनु पर्छ
02:01 उनको टाउको, घाँटी र माथिल्लो ढाडमा तकियाहरूले आड दिनुपर्छ
02:07 अब, आमा स्तनपानको लागि तयार छिन्, अब बच्चालाई कसरी सही तरिकाले समाउने जानौं
02:13 आमाले बच्चाको शरीरलाई आफूले स्तनपान गराउन चाहेको स्तन पट्टिको हातले समाउनुपर्छ
02:20 उनले आफ्नो अर्को हातले बच्चाको टाउकोको तल्लो भागमा समाउनु पर्छ
02:27 यो चित्रमा आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन्
02:32 त्यसैले, बच्चा समाउन उनले आफ्नो दायाँ हात प्रयोग गर्दै छिन्
02:38 उनले आफ्नो बायाँ हातको औँलाहरू प्रयोग गरी बच्चाको टाउकोको तल्लो भागमा समाएकी छिन्
02:46 अब, बच्चाको टाउको समाउने आमाका औँलाहरूका उचित स्थानहरूबारे जानकारी लिऊ
02:54 आमाको बूढी औँला बच्चाको एउटा कानको पछाडी हुनुपर्छ भने बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ
03:02 उनले आफ्ना औँलाहरू बच्चाको कान पछाडी बाट घाँटीतिर सार्नु हुँदैन
03:08 उनले बच्चाको टाउकोमा आफ्नो हातले जोड दिनु हुँदैन

यसरी, स्तनपानको समयमा बच्चालाई सहज हुनेछ

03:20 अब, बच्चाको टाउकोको सही स्थानको बारेमा जानकारी लिऊ
03:25 बच्चालाई आमाको शरीरमा राख्दा बच्चाको पेट आमाको पेट माथि हुनुपर्छ
03:32 र बच्चाको टाउको आमाको स्तन नजिक हुनुपर्छ
03:38 बच्चा र स्तन बीचको दूरी कम भए बच्चालाई आमाको स्तनसम्म पुग्न सहज हुन्छ
03:44 र यसरी बच्चालाई स्तन भित्रसम्म च्याप्न पनि सहज हुनेछ
03:49 अनि, दोस्रो महत्त्वपूर्ण कुरो भनेको बच्चाको सम्पूर्ण शरीर कुन दिशामा मिलाउने भन्ने हो
03:56 तपाईले यो कुरो याद गर्नुभएको छ होला - हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर सधैँ एउटै दिशामा पर्छन्
04:05 त्यसैगरी - स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै दिशामा पर्नुपर्छ
04:14 यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ
04:19 यो याद राखौं कि बच्चाको शरीर आमाको शरीरको कुनै दिशामा पनि राख्न सकिन्छ तर बच्चाको शरीरको अघिल्लो भाग भने आमाको शरीरको अघिल्लो भागमै रहेको हुनुपर्छ
04:32 जसले गर्दा बच्चा सहजै स्तनसम्म पुग्न सक्छ
04:38 अब, बच्चाको शरीर मिलाउने तेस्रो तरिकाको बारेमा जानौं
04:42 आमाले बच्चाको सम्पूर्ण शरीरमा आड दिनुपर्छ
04:47 अन्यथा, बच्चालाई स्तन भित्रसम्म च्याप्न सार्है दुख गर्नुपर्छ
04:54 अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं
04:59 बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ
05:04 र, चिउँडो भने अलि अगाडी स्तनको नजिकै हुनुपर्छ
05:09 यसो गर्दा, बच्चाले तल्लो एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ
05:16 र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ
05:21 कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो
05:27 अब, बच्चा लेड-ब्याक पकडमा छ र स्तनपानको लागि मुख जोड्न तयार छ
05:34 यो पकडमा, बच्चाले प्राकृतिक रूपमा आमाको स्तन भित्रसम्म च्याप्न सक्छ
05:40 आमाको स्तन भित्रसम्म कसरी च्याप्ने बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा विस्तृत जानकारी रहेको छ
05:49 बच्चाले स्तन भित्रसम्म च्याप्ने बित्तिक्कै आमाले आफ्नो हात बच्चाको टाउको बाट हटाउन सक्छिन्

र आफ्नो हातले बच्चाको शरीरमा आड दिन सक्छिन्

06:02 यो अवस्थामा आमाले ढल्किएर आराम गरी स्तनपान गराउनु पर्छ
06:07 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:11 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira