Difference between revisions of "Drupal/C3/Drupal-Site-Management/Nepali"
(Created page with "{| border =1 | '''Time''' |'''Narration''' |- | 00:01 |''' Drupal Site Management''' '''स्पोकन ट्युटोरियल''' मा स्वागत छ |-...") |
|||
Line 108: | Line 108: | ||
| 03:57 | | 03:57 | ||
|पहिलो कदम: | |पहिलो कदम: | ||
− | + | तपाईको '''साइट''' लाई '''Maintenance mode''' मा राख्नुहोस् | |
|- | |- | ||
| 04:03 | | 04:03 |
Latest revision as of 10:11, 25 February 2018
Time | Narration |
00:01 | Drupal Site Management स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
रिपोर्ट हरू हेर्न ड्रुपल अपडेट गर्न मोड्युल र थिम हरू अपडेट गर्न र एउटा पुरानो संस्करण पुनर्स्थापना गर्न |
00:18 | यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छुँ:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:33 | साइट व्यवस्थापन के हो?
साइट व्यवस्थापन भित्र: ड्रुपल भित्रका कोडहरू कोर, मोड्युल र थिमहरू अपडेट गर्ने |
00:44 | एरर हरू पत्ता लगाउने र ठिक गर्ने
युजरको आनीबानी अध्ययन गर्ने आदि पर्छ |
00:51 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं |
00:56 | साइट म्यानेजमेन्ट को सुरूवात भनेको Reports मेनु हो, यदि तपाईलाई थप सहयोग चाहिन्छ भने, Help मेनु प्रयोग गर्न सक्नुहुन्छ |
01:07 | Reports क्लिक गरौं, हामी हाम्रो ड्रुपल साइट मा देख्न सकिने रिपोर्टहरूको सूची देख्न सक्छौं |
01:14 | Available Updates मा क्लिक गरौं |
01:17 | यदि कुनै पनि कुरा रातो पृष्ठभूमिमा छ भने यसको मतलब त्यो एउटा सेक्युरिटी अपडेट हो र हामीले यसलाई छिटो अपडेट गर्नु पर्छ |
01:25 | यदि यो पहेंलोमा भए यो सेक्युरिटी अपडेट होइन तर एउटा सुधारिएको संस्करण उपलब्ध छ भन्ने हो |
01:33 | Settings ट्याबमा, हामी ड्रुपललाई अपडेट कति पटक जाच्ने भन्न सक्छौं |
01:40 | हामी यसलाई कुनै अपडेट भएमा इमेल पठाउन पनि भन्न सक्छौं, यसो गर्नु एकदमै राम्रो पनि हो |
01:50 | Reports भित्रको "Recent log messages" ले हामीलाई ड्रुपल ले पत्ता लगाएको एरर हरूको सूची दिन्छ, हामीले यसलाई समय समयमा जाच्नुपर्छ |
02:01 | Reports भित्रको Status report मा ड्रुपलले पहिचान गरेको इन्स्टल वा कन्फिगर सम्बन्धि समस्याहरू देखाउँछ |
02:10 | उदाहरणको लागि -
म अहिले MySQL 5.6.30 मा छुँ मेरो Drupal Core status अपडेट भएको छैन, मेरो डेटाबेस भने अपडेट भएको छ आदि |
02:25 | Reports भित्रका Top 'access denied' errors र Top 'page not found' errors पनि महत्वपूर्ण छन् |
02:34 | तिनीहरू हाम्रो साइट ले आफ्नो क्षमता अनुसारको उत्कृष्ट काम गरेको पक्का गर्न हो |
02:41 | Top search phrases ले हामीले बारम्बार खोजेको शब्दहरू हाम्रो site को सर्च फर्ममा देखाउँछ |
02:49 | हाम्रो साइट सम्भार गर्ने क्रममा वेबसाइटको रिपोर्टिंग खण्ड बुझ्नु पहिलो काम हो |
02:57 | अब, हाम्रो ड्रुपल अपडेट गर्न सिकौं |
03:01 | Available updates मा क्लिक गरौं |
03:04 | हामी देख्न सक्छौं कि अहिलेको Drupal core को संस्करण 8.1.0 छ, यो 8.1.6 भए राम्रो हुन्छ |
03:15 | यो रेकर्ड गर्ने समयको कुरो हो |
03:20 | तपाई यहाँ भिन्न सुझाव पनि देख्न सक्नुहुन्छ |
03:24 | ड्रुपलको हाल सिफारिस गरिएका संस्करण हेर्न तपाईसँग इन्टरनेट जडान भएको हुनुपर्छ |
03:32 | Drupal core अपडेट गर्न हामीले कोड फाइलहरू डाउनलोड गर्न र यसलाई हाम्रो साइटमा लागू गर्नु पर्छ |
03:40 | हामी यो प्रक्रिया चरण अनुसार हेर्ने छौं |
03:45 | तलको प्रक्रिया Bitnami Drupal stack मा लागू हुन्छ |
03:50 | तर प्राय जसो प्रक्रियाहरू अन्य ड्रुपल इन्स्टल गर्दा पनि लागू हुन्छ |
03:57 | पहिलो कदम:
तपाईको साइट लाई Maintenance mode मा राख्नुहोस् |
04:03 | त्यसको लागि Configurationमा गएर Development भित्रको Maintenance mode क्लिक गरौं |
04:11 | "Put site into maintenance mode" विकल्प ठीक गरौं |
04:16 | Save configurationबटन क्लिक गरौं |
04:19 | जब Maintenance mode सक्रिय हुन्छ, एडमिनिस्ट्रेटर ले मात्र लगिन गर्न सक्छ |
04:26 | गल्तिबस तपाईले एडमिन लग आउट गर्नु भएमा, तपाई आफ्नो होमपेजको URL अनि /user प्रयोग गरी लगिन गर्न सक्नुहुन्छ |
04:37 | अन्यले साइट अनुरक्षणमा रहेको देख्ने छन् |
04:42 | दोस्रो कदम:
अहिलेको संस्करणको डेटाबेस ब्याक अप गरौं |
04:47 | हाम्रो Bitnami Drupal Stack कन्ट्रोल विन्डो खोलौं |
04:52 | यो कन्ट्रोल विन्डो कसरी खोल्ने सम्झिन Installation of Drupal ट्युटोरियल हेरौं |
05:00 | Open PhpMyAdmin बटनमा क्लिक गरौं |
05:05 | हामी पुन: phpmyadmin पेजमा पुगेका छौं |
05:10 | डिफल्ट युजरनेम root हो |
05:13 | यहाँ ड्रुपल एडमिन पासवर्ड र phpmyadmin पासवर्ड एकै छन् |
05:20 | त्यसैले युजरनेम मा root टाइप गरौं र आफ्नो Drupal admin password टाइप गरौं अनि Go बटन क्लिक गरौं |
05:29 | ब्याक अप राख्न माथिको प्यानलको Export बटन क्लिक गरौं |
05:36 | अनि Custom मा Export method छानौं |
05:40 | डेटाबेस सूचीको bitnami_drupal8 छानौं |
05:45 | Output खण्डमा filename template मा "drupal-8.1.0" राखौं र Compression मा gzipped छानौं |
05:58 | तपाईको अहिलेको संस्करण अनुसार फाइलको नाम भिन्न हुन सक्छ |
06:03 | Object creation options सेक्सन भित्रको Add DROP DATABASE statement विकल्पमा एउटा ठीक चिन्ह दिऊ |
06:12 | Add DROP TABLE विकल्पमा एउटा ठीक चिन्ह राखौं |
06:16 | तल स्क्रोल गरौं अनि Go बटन क्लिक गरौं |
06:21 | फाइल सेभ गर्न OK बटन क्लिक गरौं |
06:25 | Downloads फोल्डरमा जाऊ र ब्याक अप फाइल "drupal-8.1.0.sql.gz" खोजौं |
06:36 | तेस्रो कदम:
हामीले सम्पूर्ण सर्भरहरू बन्द गर्नुपर्छ |
06:42 | चलिरहेको सर्भरहरू बन्द गर्न,Bitnami Drupal Stack कन्ट्रोल विन्डोमा जाऊ |
06:49 | Manage Servers ट्याबमा क्लिक गरौं अनि Stop All बटन छानौं |
06:56 | चौथो कदम:
Welcome ट्याब क्लिक गरौं र Open Application Folder बटन क्लिक गरौं |
07:04 | यसले फाइल ब्राउजर खोल्ने छ |
07:07 | फोल्डरहरू apps अनि drupal र htdocs मा जाऊ |
07:15 | पाँचौं कदम:
हामीले अहिलेको ड्रुपल संस्करणको कोड ब्याक अप गर्न एउटा फोल्डर सृजना गर्नुपर्छ |
07:24 | यसलाई हालको संस्करण नम्बर सहितको नाम दिऊ |
07:29 | अर्को, ब्याक अप डेटाबेस फाइललाई drupal-8.1.0फोल्डरमा सारौँ |
07:36 | छैठौं कदम:
htdocs फोल्डरमा फर्कौं |
07:42 | फोल्डरहरू core र vendor र अन्य सबै फाइलहरू कट र पेस्ट गरी ब्याक अप फोल्डर drupal-8.1.0 मा सारौँ |
07:55 | यसरी दुवै डेटाबेस र कोड एकै ठाउँमा रहन्छन् |
08:00 | यो कोरको पुरानो संस्करणको ब्याक अप हो जुन हामी पछि चाहिएको खण्डमा प्रयोग गर्न सक्छौं |
08:07 | सातौं कदम:
हाम्रो htdocs फोल्डरमा फर्कौं |
08:13 | अब हामीले ड्रुपलको सबैभन्दा नयाँ संस्करण डाउनलोड गर्नुपर्छ |
08:18 | हाम्रो वेब ब्राउजर खोलौं र देखाइएको लिंकमा जाऊ:
https://www.drupal.org/project/drupal |
08:24 | Drupal 8 को सबैभन्दा नयाँ संस्करण डाउनलोड गरौं |
08:28 | यो रेकर्ड गर्ने समयमा Drupal core 8.1.6 छ |
08:35 | यो तपाईले हेर्ने समयमा भिन्न हुन सक्छ |
08:40 | यसलाई खोल्न क्लिक गरौं |
08:43 | डाउनलोड गर्न tar.gz वा zip फाइलमा क्लिक गरौं |
08:49 | सेभ गर्न OK बटन क्लिक गरौं |
08:53 | अब Downloads फोल्डर मा जाऊ र drupal zip फाइललाई htdocs फोल्डरमा सारौँ |
09:01 | यो ट्युटोरियलको वेबपेजको Code files लिंकमा drupal-8.1.6.zip फाइल उपलब्ध छ |
09:11 | यदि तपाईसँग इन्टरनेट जडान छैन भने कृपया डाउनलोड गरी हेर्नुहोस् |
09:18 | आठौँ कदम:
फाइल Unzip गरौं, यसले htdocs फोल्डरमा एउटा drupal-8.1.6 फोल्डर सृजना गर्ने छ |
09:30 | यसलाई खोल्न दोहोरो क्लिक गरौं |
09:34 | नयाँ ड्रुपल फोल्डरमा, फोल्डरहरू core र vendor र अन्य सामान्य फाइलहरू htdocs फोल्डरमा सारौँ |
09:44 | नवौं कदम:
Bitnami Drupal Stack कन्ट्रोल विन्डोमा जाऊ |
09:51 | Manage Servers ट्याबमा जाऊ र Start All बटनमा क्लिक गरी सबै सर्भरहरू सुचारु गरौं |
10:00 | दशौँ कदम:
Welcome ट्याबमा क्लिक गरी हाम्रो साइट जाऊ, Application बटनमा जाऊ र Access Drupal लिंकमा क्लिक गरौं |
10:12 | Reports र Status report मा जाऊ |
10:17 | यहाँ, हामी ड्रुपल संस्करण नम्बर पक्का गर्न सक्छौं र यो अहिलेको सबैभन्दा नयाँ संस्करण हो |
10:24 | तर हाम्रो डेटाबेस पुरानो भैसकेको छ |
10:27 | प्रत्येक पटक एउटा कोर, मोड्युल वा एउटा थिम अपडेट भएपछि डेटाबेस पनि अपडेट गर्नुपर्छ |
10:36 | एघारौं कदम:
अब डेटाबेस अपडेट गर्न सिकौं |
10:42 | Extend मेनुमा जाऊ र update script लिंक क्लिक गरौं |
10:47 | Continue बटनमा क्लिक गरौं |
10:51 | यसले हाम्रो केही अपडेट हुन बाँकी रहेको देखाउँछ, तपाईको मा यो फरक हुन सक्छ |
10:58 | Apply pending updates बटनमा क्लिक गरौं |
11:04 | अब Administration pages लिंक मा क्लिक गरौं |
11:08 | यदि कुनै एररहरू नभएमा, हाम्रो कोर सफलतापूर्वक अपडेट भएको छ |
11:14 | बार्हौं कदम:
Go online लिंकमा क्लिक गरौं |
11:18 | Put site to maintenance mode विकल्पको ठीक चिन्ह हटाऊ |
11:25 | Save configuration बटन क्लिक गरौं |
11:29 | यसले साइट लाई सम्पूर्ण युजरहरूको लागि अनलाइन मोडमा लैजाने छ |
11:34 | अहिले सम्मका कदमहरू Bitnami इन्स्टल गर्नमा काम गर्छ |
11:40 | हामीले अन्य तरिकाहरू प्रयोग गरेमा, Bitnami खण्ड बाहेक प्राय जसो प्रक्रियाहरू एकै हुन्छन् |
11:48 | अब, themes र modules अपडेट गरौं |
11:53 | यो कोर अपडेटको हिसाबमा सजिलो छ किनभने यसमा एउटा बटनमा क्लिक गर्दा पुग्छ |
12:01 | कहिलेकाहीँ, हामीसँग कुनै कोर अपडेट बिना मोड्युल वा थिम अपडेट मात्र पनि हुन सक्छ |
12:09 | पहिलो कदम:
Reports मेनुमा अनि Available updates मा क्लिक गरौं |
12:15 | Update ट्याब क्लिक गरौं |
12:19 | यहाँ हामी केही थिम र मोड्युल हरू अपडेट गर्नुपर्ने देख्छौं |
12:25 | यिनीहरू सबै छानौं |
12:28 | अनि Download these updates बटन क्लिक गरौं |
12:33 | performing updates in maintenance mode को चेक बक्स छानिएको पक्का गरौं |
12:39 | अपडेट लागू गर्न Continue बटन क्लिक गरौं |
12:43 | यसले कोड अपडेट गर्ने छ र साइट लाई पुन: अनलाइन मोड मा फर्काउने छ |
12:49 | दोस्रो कदम:
Run database updates लिंक क्लिक गरौं |
12:55 | यदि तपाईसँग ब्याक अप डेटाबेस छैन भने पहिले गरे जस्तै गरी गर्नुहोस् |
13:01 | Continue बटनमा क्लिक गरौं |
13:04 | यसले हामीले कोर अपडेट गरेको तरिकाले अपडेट गर्ने छ |
13:09 | Apply pending updates बटन क्लिक गरौं |
13:14 | Administration pages लिंक क्लिक गरौं |
13:18 | प्राय ड्रुपल ले साइट अनलाइन मोड मा फर्काउने छ |
13:24 | यदि त्यसो नभएमा हामी पेजको माथि Go online देख्न सक्छौं |
13:33 | तेस्रो कदम:
अन्त्यमा, सबै कुराहरू जाचौं, सबै ठीक छ |
13:39 | Reports मेनु र Available updates मा क्लिक गरौं |
13:44 | यहाँ हामी हाम्रो ड्रुपल कोर, मोड्युल र थिमहरू सबै अपडेट भएको देख्न सक्छौं |
13:51 | अब, हामी कसरी पुरानो संस्करणमा फर्किन सक्छौं? सिकौं |
13:56 | यदि कुनै अज्ञात कारणले हाम्रो अपडेट असफल भएमा, हामी हाम्रो पुरानो संस्करणमा फर्किन सक्छौं |
14:05 | यसको लागि हामीले पुरानो कोर र डेटाबेस अपडेट गर्नुपर्छ |
14:10 | पहिलो कदम:
साइटलाई Maintenance mode मा राखौं |
14:17 | दोस्रो कदम:
Drupal Stack Control विन्डोका सम्पूर्ण सर्भरहरू बन्द गरौं |
14:25 | तेस्रो कदम:
हाम्रो htdocs फोल्डर खोलौं |
14:30 | फोल्डरहरू core र vendor का साथै अन्य फाइलहरू पनि drupal-8.1.6 फोल्डरमा सारौँ |
14:40 | htdocs फोल्डरमा जाऊ र पुरानो संस्करणको फोल्डर खोलौं |
14:44 | अनि फोल्डरहरू core र vendor र अन्य फाइलहरू drupal-8.1.0 बाट htdocs फोल्डरमा सारौँ |
15:00 | चौथो कदम:
Drupal Stack Control विन्डोबाट Apache र MySQL servers सुचारु गरौं |
15:11 | पाँचौं कदम:
पुरानो डेटाबेस पुन: स्थापना गर्ने |
15:15 | Drupal Stack Control विन्डोबाट phpMyAdmin पेज खोलौं |
15:23 | माथिको प्यानलको Import बटन क्लिक गरौं |
15:27 | Browse बटन क्लिक गरौं |
15:30 | यहाँ ब्याक अप डेटाबेस फाइल छानौं |
15:34 | अनि तलको Go बटन क्लिक गरौं |
15:38 | छैठौं कदम:
अन्तिम कदम भनेको हामी पुरानो संस्करणमा फर्केको पक्का गर्ने हो |
15:45 | हाम्रो Drupal site मा जाऊ |
15:49 | Reports मेनु र Status report मा क्लिक गरौं |
15:52 | यहाँ हाम्रो ड्रुपल को संस्करण 8.1.0 भएको देख्न सकिन्छ |
15:59 | याद गरौं कि हामी पुरानो संस्करणको कोर र डेटाबेस मात्र फर्काउन सक्छौं |
16:05 | मोड्युल' र थिम हरू भने ड्रुपल ले अपडेट गरेको थियो |
16:10 | हामीले छैठौ कदममा यसको कुनै कपि बनाएका थिएनौं त्यसैले यहाँ पुरानो संस्करण देखिदैन |
16:18 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
16:22 | संक्षेपमा हेरौं |
16:25 | यो ट्युटोरियलमा हामीले सिक्यौं: साइट म्यानेजमेन्ट का महत्वपूर्ण पक्षहरू:
रिपोर्टहरू हेर्ने र मुल्यांकन गर्न डेटाबेस र कोडहरू ब्याक अपमा राख्न |
16:39 | एउटा ड्रुपल कोर अपडेट गर्न
मोड्युल र थिम हरू अपडेट गर्न र ब्याक अप गरिएको संस्करण पुनर्स्थापित गर्न |
16:49 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
16:54 | कृपया यसलाई डाउनलोड गरी हेर्नुहोस |
16:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ |
17:03 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
17:06 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ |
17:22 | म मन्दिरा थापा बिदा हुदै छु , सहभागिताको लागि धन्यवाद, नमस्कार |