Drupal/C3/Drupal-Site-Management/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Drupal Site Management स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

रिपोर्ट हरू हेर्न ड्रुपल अपडेट गर्न मोड्युलथिम हरू अपडेट गर्न र एउटा पुरानो संस्करण पुनर्स्थापना गर्न

00:18 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छुँ:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:33 साइट व्यवस्थापन के हो?

साइट व्यवस्थापन भित्र: ड्रुपल भित्रका कोडहरू कोर, मोड्युलथिमहरू अपडेट गर्ने

00:44 एरर हरू पत्ता लगाउने र ठिक गर्ने

युजरको आनीबानी अध्ययन गर्ने आदि पर्छ

00:51 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
00:56 साइट म्यानेजमेन्ट को सुरूवात भनेको Reports मेनु हो, यदि तपाईलाई थप सहयोग चाहिन्छ भने, Help मेनु प्रयोग गर्न सक्नुहुन्छ
01:07 Reports क्लिक गरौं, हामी हाम्रो ड्रुपल साइट मा देख्न सकिने रिपोर्टहरूको सूची देख्न सक्छौं
01:14 Available Updates मा क्लिक गरौं
01:17 यदि कुनै पनि कुरा रातो पृष्ठभूमिमा छ भने यसको मतलब त्यो एउटा सेक्युरिटी अपडेट हो र हामीले यसलाई छिटो अपडेट गर्नु पर्छ
01:25 यदि यो पहेंलोमा भए यो सेक्युरिटी अपडेट होइन तर एउटा सुधारिएको संस्करण उपलब्ध छ भन्ने हो
01:33 Settings ट्याबमा, हामी ड्रुपललाई अपडेट कति पटक जाच्ने भन्न सक्छौं
01:40 हामी यसलाई कुनै अपडेट भएमा इमेल पठाउन पनि भन्न सक्छौं, यसो गर्नु एकदमै राम्रो पनि हो
01:50 Reports भित्रको "Recent log messages" ले हामीलाई ड्रुपल ले पत्ता लगाएको एरर हरूको सूची दिन्छ, हामीले यसलाई समय समयमा जाच्नुपर्छ
02:01 Reports भित्रको Status report मा ड्रुपलले पहिचान गरेको इन्स्टल वा कन्फिगर सम्बन्धि समस्याहरू देखाउँछ
02:10 उदाहरणको लागि -

म अहिले MySQL 5.6.30 मा छुँ मेरो Drupal Core status अपडेट भएको छैन, मेरो डेटाबेस भने अपडेट भएको छ आदि

02:25 Reports भित्रका Top 'access denied' errors Top 'page not found' errors पनि महत्वपूर्ण छन्
02:34 तिनीहरू हाम्रो साइट ले आफ्नो क्षमता अनुसारको उत्कृष्ट काम गरेको पक्का गर्न हो
02:41 Top search phrases ले हामीले बारम्बार खोजेको शब्दहरू हाम्रो site को सर्च फर्ममा देखाउँछ
02:49 हाम्रो साइट सम्भार गर्ने क्रममा वेबसाइटको रिपोर्टिंग खण्ड बुझ्नु पहिलो काम हो
02:57 अब, हाम्रो ड्रुपल अपडेट गर्न सिकौं
03:01 Available updates मा क्लिक गरौं
03:04 हामी देख्न सक्छौं कि अहिलेको Drupal core को संस्करण 8.1.0 छ, यो 8.1.6 भए राम्रो हुन्छ
03:15 यो रेकर्ड गर्ने समयको कुरो हो
03:20 तपाई यहाँ भिन्न सुझाव पनि देख्न सक्नुहुन्छ
03:24 ड्रुपलको हाल सिफारिस गरिएका संस्करण हेर्न तपाईसँग इन्टरनेट जडान भएको हुनुपर्छ
03:32 Drupal core अपडेट गर्न हामीले कोड फाइलहरू डाउनलोड गर्न र यसलाई हाम्रो साइटमा लागू गर्नु पर्छ
03:40 हामी यो प्रक्रिया चरण अनुसार हेर्ने छौं
03:45 तलको प्रक्रिया Bitnami Drupal stack मा लागू हुन्छ
03:50 तर प्राय जसो प्रक्रियाहरू अन्य ड्रुपल इन्स्टल गर्दा पनि लागू हुन्छ
03:57 पहिलो कदम:

तपाईको साइट लाई Maintenance mode मा राख्नुहोस्

04:03 त्यसको लागि Configurationमा गएर Development भित्रको Maintenance mode क्लिक गरौं
04:11 "Put site into maintenance mode" विकल्प ठीक गरौं
04:16 Save configurationबटन क्लिक गरौं
04:19 जब Maintenance mode सक्रिय हुन्छ, एडमिनिस्ट्रेटर ले मात्र लगिन गर्न सक्छ
04:26 गल्तिबस तपाईले एडमिन लग आउट गर्नु भएमा, तपाई आफ्नो होमपेजको URL अनि /user प्रयोग गरी लगिन गर्न सक्नुहुन्छ
04:37 अन्यले साइट अनुरक्षणमा रहेको देख्ने छन्
04:42 दोस्रो कदम:

अहिलेको संस्करणको डेटाबेस ब्याक अप गरौं

04:47 हाम्रो Bitnami Drupal Stack कन्ट्रोल विन्डो खोलौं
04:52 यो कन्ट्रोल विन्डो कसरी खोल्ने सम्झिन Installation of Drupal ट्युटोरियल हेरौं
05:00 Open PhpMyAdmin बटनमा क्लिक गरौं
05:05 हामी पुन: phpmyadmin पेजमा पुगेका छौं
05:10 डिफल्ट युजरनेम root हो
05:13 यहाँ ड्रुपल एडमिन पासवर्ड र phpmyadmin पासवर्ड एकै छन्
05:20 त्यसैले युजरनेम मा root टाइप गरौं र आफ्नो Drupal admin password टाइप गरौं अनि Go बटन क्लिक गरौं
05:29 ब्याक अप राख्न माथिको प्यानलको Export बटन क्लिक गरौं
05:36 अनि Custom मा Export method छानौं
05:40 डेटाबेस सूचीको bitnami_drupal8 छानौं
05:45 Output खण्डमा filename template मा "drupal-8.1.0" राखौं र Compression मा gzipped छानौं
05:58 तपाईको अहिलेको संस्करण अनुसार फाइलको नाम भिन्न हुन सक्छ
06:03 Object creation options सेक्सन भित्रको Add DROP DATABASE statement विकल्पमा एउटा ठीक चिन्ह दिऊ
06:12 Add DROP TABLE विकल्पमा एउटा ठीक चिन्ह राखौं
06:16 तल स्क्रोल गरौं अनि Go बटन क्लिक गरौं
06:21 फाइल सेभ गर्न OK बटन क्लिक गरौं
06:25 Downloads फोल्डरमा जाऊ र ब्याक अप फाइल "drupal-8.1.0.sql.gz" खोजौं
06:36 तेस्रो कदम:

हामीले सम्पूर्ण सर्भरहरू बन्द गर्नुपर्छ

06:42 चलिरहेको सर्भरहरू बन्द गर्न,Bitnami Drupal Stack कन्ट्रोल विन्डोमा जाऊ
06:49 Manage Servers ट्याबमा क्लिक गरौं अनि Stop All बटन छानौं
06:56 चौथो कदम:

Welcome ट्याब क्लिक गरौं र Open Application Folder बटन क्लिक गरौं

07:04 यसले फाइल ब्राउजर खोल्ने छ
07:07 फोल्डरहरू apps अनि drupalhtdocs मा जाऊ
07:15 पाँचौं कदम:

हामीले अहिलेको ड्रुपल संस्करणको कोड ब्याक अप गर्न एउटा फोल्डर सृजना गर्नुपर्छ

07:24 यसलाई हालको संस्करण नम्बर सहितको नाम दिऊ
07:29 अर्को, ब्याक अप डेटाबेस फाइललाई drupal-8.1.0फोल्डरमा सारौँ
07:36 छैठौं कदम:

htdocs फोल्डरमा फर्कौं

07:42 फोल्डरहरू corevendor र अन्य सबै फाइलहरू कट र पेस्ट गरी ब्याक अप फोल्डर drupal-8.1.0 मा सारौँ
07:55 यसरी दुवै डेटाबेस र कोड एकै ठाउँमा रहन्छन्
08:00 यो कोरको पुरानो संस्करणको ब्याक अप हो जुन हामी पछि चाहिएको खण्डमा प्रयोग गर्न सक्छौं
08:07 सातौं कदम:

हाम्रो htdocs फोल्डरमा फर्कौं

08:13 अब हामीले ड्रुपलको सबैभन्दा नयाँ संस्करण डाउनलोड गर्नुपर्छ
08:18 हाम्रो वेब ब्राउजर खोलौं र देखाइएको लिंकमा जाऊ:
https://www.drupal.org/project/drupal
08:24 Drupal 8 को सबैभन्दा नयाँ संस्करण डाउनलोड गरौं
08:28 यो रेकर्ड गर्ने समयमा Drupal core 8.1.6
08:35 यो तपाईले हेर्ने समयमा भिन्न हुन सक्छ
08:40 यसलाई खोल्न क्लिक गरौं
08:43 डाउनलोड गर्न tar.gz वा zip फाइलमा क्लिक गरौं
08:49 सेभ गर्न OK बटन क्लिक गरौं
08:53 अब Downloads फोल्डर मा जाऊ र drupal zip फाइललाई htdocs फोल्डरमा सारौँ
09:01 यो ट्युटोरियलको वेबपेजको Code files लिंकमा drupal-8.1.6.zip फाइल उपलब्ध छ
09:11 यदि तपाईसँग इन्टरनेट जडान छैन भने कृपया डाउनलोड गरी हेर्नुहोस्
09:18 आठौँ कदम:

फाइल Unzip गरौं, यसले htdocs फोल्डरमा एउटा drupal-8.1.6 फोल्डर सृजना गर्ने छ

09:30 यसलाई खोल्न दोहोरो क्लिक गरौं
09:34 नयाँ ड्रुपल फोल्डरमा, फोल्डरहरू corevendor र अन्य सामान्य फाइलहरू htdocs फोल्डरमा सारौँ
09:44 नवौं कदम:

Bitnami Drupal Stack कन्ट्रोल विन्डोमा जाऊ

09:51 Manage Servers ट्याबमा जाऊ र Start All बटनमा क्लिक गरी सबै सर्भरहरू सुचारु गरौं
10:00 दशौँ कदम:

Welcome ट्याबमा क्लिक गरी हाम्रो साइट जाऊ, Application बटनमा जाऊ र Access Drupal लिंकमा क्लिक गरौं

10:12 ReportsStatus report मा जाऊ
10:17 यहाँ, हामी ड्रुपल संस्करण नम्बर पक्का गर्न सक्छौं र यो अहिलेको सबैभन्दा नयाँ संस्करण हो
10:24 तर हाम्रो डेटाबेस पुरानो भैसकेको छ
10:27 प्रत्येक पटक एउटा कोर, मोड्युल वा एउटा थिम अपडेट भएपछि डेटाबेस पनि अपडेट गर्नुपर्छ
10:36 एघारौं कदम:

अब डेटाबेस अपडेट गर्न सिकौं

10:42 Extend मेनुमा जाऊ र update script लिंक क्लिक गरौं
10:47 Continue बटनमा क्लिक गरौं
10:51 यसले हाम्रो केही अपडेट हुन बाँकी रहेको देखाउँछ, तपाईको मा यो फरक हुन सक्छ
10:58 Apply pending updates बटनमा क्लिक गरौं
11:04 अब Administration pages लिंक मा क्लिक गरौं
11:08 यदि कुनै एररहरू नभएमा, हाम्रो कोर सफलतापूर्वक अपडेट भएको छ
11:14 बार्हौं कदम:

Go online लिंकमा क्लिक गरौं

11:18 Put site to maintenance mode विकल्पको ठीक चिन्ह हटाऊ
11:25 Save configuration बटन क्लिक गरौं
11:29 यसले साइट लाई सम्पूर्ण युजरहरूको लागि अनलाइन मोडमा लैजाने छ
11:34 अहिले सम्मका कदमहरू Bitnami इन्स्टल गर्नमा काम गर्छ
11:40 हामीले अन्य तरिकाहरू प्रयोग गरेमा, Bitnami खण्ड बाहेक प्राय जसो प्रक्रियाहरू एकै हुन्छन्
11:48 अब, themesmodules अपडेट गरौं
11:53 यो कोर अपडेटको हिसाबमा सजिलो छ किनभने यसमा एउटा बटनमा क्लिक गर्दा पुग्छ
12:01 कहिलेकाहीँ, हामीसँग कुनै कोर अपडेट बिना मोड्युल वा थिम अपडेट मात्र पनि हुन सक्छ
12:09 पहिलो कदम:

Reports मेनुमा अनि Available updates मा क्लिक गरौं

12:15 Update ट्याब क्लिक गरौं
12:19 यहाँ हामी केही थिममोड्युल हरू अपडेट गर्नुपर्ने देख्छौं
12:25 यिनीहरू सबै छानौं
12:28 अनि Download these updates बटन क्लिक गरौं
12:33 performing updates in maintenance mode को चेक बक्स छानिएको पक्का गरौं
12:39 अपडेट लागू गर्न Continue बटन क्लिक गरौं
12:43 यसले कोड अपडेट गर्ने छ र साइट लाई पुन: अनलाइन मोड मा फर्काउने छ
12:49 दोस्रो कदम:

Run database updates लिंक क्लिक गरौं

12:55 यदि तपाईसँग ब्याक अप डेटाबेस छैन भने पहिले गरे जस्तै गरी गर्नुहोस्
13:01 Continue बटनमा क्लिक गरौं
13:04 यसले हामीले कोर अपडेट गरेको तरिकाले अपडेट गर्ने छ
13:09 Apply pending updates बटन क्लिक गरौं
13:14 Administration pages लिंक क्लिक गरौं
13:18 प्राय ड्रुपल ले साइट अनलाइन मोड मा फर्काउने छ
13:24 यदि त्यसो नभएमा हामी पेजको माथि Go online देख्न सक्छौं
13:33 तेस्रो कदम:

अन्त्यमा, सबै कुराहरू जाचौं, सबै ठीक छ

13:39 Reports मेनु र Available updates मा क्लिक गरौं
13:44 यहाँ हामी हाम्रो ड्रुपल कोर, मोड्युलथिमहरू सबै अपडेट भएको देख्न सक्छौं
13:51 अब, हामी कसरी पुरानो संस्करणमा फर्किन सक्छौं? सिकौं
13:56 यदि कुनै अज्ञात कारणले हाम्रो अपडेट असफल भएमा, हामी हाम्रो पुरानो संस्करणमा फर्किन सक्छौं
14:05 यसको लागि हामीले पुरानो कोर र डेटाबेस अपडेट गर्नुपर्छ
14:10 पहिलो कदम:

साइटलाई Maintenance mode मा राखौं

14:17 दोस्रो कदम:

Drupal Stack Control विन्डोका सम्पूर्ण सर्भरहरू बन्द गरौं

14:25 तेस्रो कदम:

हाम्रो htdocs फोल्डर खोलौं

14:30 फोल्डरहरू corevendor का साथै अन्य फाइलहरू पनि drupal-8.1.6 फोल्डरमा सारौँ
14:40 htdocs फोल्डरमा जाऊ र पुरानो संस्करणको फोल्डर खोलौं
14:44 अनि फोल्डरहरू corevendor र अन्य फाइलहरू drupal-8.1.0 बाट htdocs फोल्डरमा सारौँ
15:00 चौथो कदम:

Drupal Stack Control विन्डोबाट ApacheMySQL servers सुचारु गरौं

15:11 पाँचौं कदम:

पुरानो डेटाबेस पुन: स्थापना गर्ने

15:15 Drupal Stack Control विन्डोबाट phpMyAdmin पेज खोलौं
15:23 माथिको प्यानलको Import बटन क्लिक गरौं
15:27 Browse बटन क्लिक गरौं
15:30 यहाँ ब्याक अप डेटाबेस फाइल छानौं
15:34 अनि तलको Go बटन क्लिक गरौं
15:38 छैठौं कदम:

अन्तिम कदम भनेको हामी पुरानो संस्करणमा फर्केको पक्का गर्ने हो

15:45 हाम्रो Drupal site मा जाऊ
15:49 Reports मेनु र Status report मा क्लिक गरौं
15:52 यहाँ हाम्रो ड्रुपल को संस्करण 8.1.0 भएको देख्न सकिन्छ
15:59 याद गरौं कि हामी पुरानो संस्करणको कोरडेटाबेस मात्र फर्काउन सक्छौं
16:05 मोड्युल'थिम हरू भने ड्रुपल ले अपडेट गरेको थियो
16:10 हामीले छैठौ कदममा यसको कुनै कपि बनाएका थिएनौं त्यसैले यहाँ पुरानो संस्करण देखिदैन
16:18 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
16:22 संक्षेपमा हेरौं
16:25 यो ट्युटोरियलमा हामीले सिक्यौं: साइट म्यानेजमेन्ट का महत्वपूर्ण पक्षहरू:

रिपोर्टहरू हेर्ने र मुल्यांकन गर्न डेटाबेस र कोडहरू ब्याक अपमा राख्न

16:39 एउटा ड्रुपल कोर अपडेट गर्न

मोड्युलथिम हरू अपडेट गर्न र ब्याक अप गरिएको संस्करण पुनर्स्थापित गर्न

16:49 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
16:54 कृपया यसलाई डाउनलोड गरी हेर्नुहोस
16:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ
17:03 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
17:06 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ
17:22 म मन्दिरा थापा बिदा हुदै छु , सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira