Difference between revisions of "GIMP/C2/Rotating-And-Cropping-An-Image/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 283: | Line 283: | ||
|- | |- | ||
| 12:32 | | 12:32 | ||
− | |तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला | + | |तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला info@meetthegimp.org |
− | info@meetthegimp.org | + | |
|- | |- | ||
| 12:42 | | 12:42 | ||
Line 291: | Line 290: | ||
| 12:47 | | 12:47 | ||
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार | |स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार | ||
+ | |} |
Latest revision as of 10:24, 24 April 2017
Time | Narration |
00:22 | Gimp को स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:24 | यो इमेज सुरु गर्नुपूर्व म तपाईलाई वास्तविक फोटोग्राफीको लागि RAW को प्रयोगको बारेमा छोटकरीमा भन्नेछु |
00:33 | यदि मैले यो इमेज JPEG मा खिचेको भए मैले यसलाई इन्कोड गर्न २५६ कदमहरु पालना गर्नुपर्छ |
00:42 | तपाई यो देख्न सक्नुहुन्छ यो झन्डै कालो र सेतो छ, अलिकित निलो-हरियो रंग र अलिकति खैरो पनि छ |
00:52 | र JPEG मा तपाईसँग खैरोको लागि २५६ भिन्न मानहरु छन |
01:00 | कालोको लागि शुन्य र सेतोको लागि २५५ छ |
01:05 | र यो इमेजमा यहाँ सेतो छैन र खाली केहि कालो मात्र छ |
01:11 | त्यसैले यो कोठाको सानो ठाउँमा मात्र प्रयोग हुनेछ |
01:16 | कति छ म पछि देखाउनेछु |
01:19 | मैले यो इमेज RAW मा खिच्दैछुँ र मेरो क्यामेराले इमेज १२ बिट फर्म्याटमा भण्डार गर्छ |
01:27 | यो मैले raw converter बाट केहि मानहरु बढाएपछि पाएको इमेज हो र यहाँ मसँग २५६ भिन्न मानहरु छन् र अब म इमेज एडिट गर्न सुरु गर्न सक्छु |
01:42 | यो इमेजमा पहिलो इमेजको तुलनामा धेरै विवरणहरु सहित सेभ गरेका छौं |
01:47 | यो मैले सम्झेको पहिलो इमेज हो र यो मैले कन्भर्सन पछि पाएको हो |
01:54 | दोस्रो इमेज पोस्ट प्रोसेसिंगको लागि सुहाउने छ जुन एउटा चित्रको रुपमा देखापर्छ जुन पहिलो इमेज जस्तै देखिए पनि राम्रो देखिन्छ |
02:06 | अब मैले GIMP मा दुई इमेजहरु खोलेकी छुँ, ल, अब हामी यी २ इमेजहरुको हिस्टोग्राममा हेर्नेछौ |
02:14 | हिस्टोग्राम इमेज डाइलगमा लुकेको छ |
02:17 | तर हामीसँग इमेज डाइलगमा जाने ३ भिन्न तरिकाहरु छन, पहिलो तरिका टूलबारमा छ |
02:33 | दोस्रो, Access मा क्लिक गरौँ, यहाँ Image Menu र dialogs मा क्लिक गरौँ |
02:40 | र तेस्रो तरिका भनेको इमेजमा राइट क्लिक गर्ने अनि डाइलग र हिस्टोग्राम |
02:48 | यहाँ पहिलो इमेजको हिस्टोग्राम छ |
02:51 | यसलाई अलि ठुलो पारौं र यहाँ तपाई बिभिन्न रंगहरुको भिन्न इमेजमा वितरित पिक्सलहरु देख्न सक्नुहुन्छ |
02:59 | डिजिटल इमेज भनेको नम्बरहरुले पेंटिंग गरेजस्तै हो |
03:03 | जब तपाई इमेजमा जूम गर्नुहुनेछ तपाई एकदमै धेरै टाइटलहरु देख्नुहुनेछ र हरेकको भिन्न रंगहरु हुन्छ जसलाई एउटा पिक्सल भनिन्छ |
03:14 | र हरेक रंगलाई एउटा मानले परिभाषित गरिएको हुन्छ र म तपाईलाई यी मानहरु कलर पिकरको सहयोगले देखाउन सक्छु |
03:26 | जब मैले कलर पिकर प्रयोग गर्छु म रातो, हरियो र निलो रंगको मान पाउछु |
03:32 | यो इमेजमा रातोको मान हरियो र निलो भन्दा अलि कम छ |
03:38 | हरियो र निलो लगभग उहिँ छ |
03:43 | नम्बरले पेन्ट गर्ने डिजिटल फोटोग्राफी हो |
03:46 | यहाँ यो इमेजमा म सँग ० देखि २५५ सम्मको नम्बरहरु रहेका छन, र यहाँ हामी सँग निकै गाढा भाग छ तर मलाई लाग्दैन कि म यसलाई अन्तिम इमेज बनाउने छुँ |
04:00 | मलाई लाग्छ इमेजको वास्तविक भाग यहाँ छ लगभग ८० तिर र सबैभन्दा चम्किलो भाग २०० तिर छ |
04:10 | त्यसैले मसँग ० देखि २५६ को लागि ठाउँ छ, तर हामी मात्र १२० प्रयोग गर्नेछौं जुन हामीले प्रयोग गर्ने डाटाको आधा मात्रै हो |
04:23 | र त्यसको कारणले यहाँ इमेजको धेरै जानकारीहरु हराउँछ |
04:29 | दोस्रो इमेजको हिस्टोग्राममा हेरौं |
04:33 | यहाँ हामी देख्न सक्छौं, यो हिस्टोग्राममा पहिलोको तुलनामा धेरै डाटा रहेका छन् तर दुवै उस्तै छन् |
04:45 | तपाई यी २ हिस्टोग्रामहरु तुलना गर्नुहोस् |
04:51 | दोस्रो इमेजको विवरणहरु छरिएका छन, त्यसैले मैले यो इमेजलाई पनि पहिलो जस्तै खदिलो बनाउनुपर्छ |
05:01 | तर यसमा केहि थप विवरणहरु चाहिने छ र यसमा केहि पहिलो इमेजमा भन्दा बढि कनट्रास्ट हुनुपर्छ |
05:11 | मैले यो इमेजमा काम सुरु गर्नुपूर्व, मैले अन्तिम टुटोरियलमा रेकर्ड गर्दा गिम्प युजर इन्टरफेसमा पाएको एउटा कुरो देखाउन चाहन्छु |
05:23 | जब तपाईले इमेज विन्डो ट्याब थिच्नुहुनेछ, यहाँको टूलबक्स हराउनेछ र मलाई इमेज सकेजति ठुलो बनाउन सहयोग गर्नेछ र म आफ्नो आवश्यकता अनुसार टूलबक्स अन र अफ गर्न सक्छु |
05:41 | ल, म अहिले काम अझ राम्रो देख्न सक्छु र तपाई पनि राम्रोसँग देख्न सक्नुहुन्छ |
05:46 | मैले इमेज सम्पादन गर्नुपूर्व केहि सेटिंग गर्नुपर्ने छ |
05:52 | त्यसैले म file मा जानेछु अनि preference र यहाँ म विन्डो म्यानेजमेन्टमा जानेछु र यहाँ अप्सन छान्नेछुँ |
06:03 | टूल बक्सको लागि माथि राखौं र डक्स को लागि पनि र बाकीलाई यसै छोडौं |
06:11 | मैले OK थिचे पछि GIMP ले प्रायोजित जस्तो काम गर्छ |
06:17 | म टूल बक्सबाट टूलहरु छान्न सक्छु र टूलको मैले छानेका सबै विकल्पहरु पाउनेछु |
06:25 | म फेरि इमेजमा क्लिक गर्न सक्छु र ट्याब प्रयोग गरि टूल बक्स अन वा अफ गर्नसक्छु |
06:33 | गर्नपर्ने पहिलो काम भनेको इमेजको लेभल जाच्ने हो |
06:37 | यो इमेजमा मानव निर्मित कुनै संरचनाहरु छैन, त्यसैले म ग्रिड प्रयोग गरि इमेज सिधा छ/छैन जाच्न सक्दिन |
06:47 | पानीको सतह राम्रो सुराक हुनसक्छ |
06:50 | तर यहाँ हामी क्षितिज देख्दैनौं र पानीको लहर पनि केहि भ्रामक छ |
06:57 | यहाँ यो क्षितिज होइन खाली नदिको मोड हो |
07:02 | त्यसैले मसँग कुनै वास्तविक ज्ञान छैन कि कहाँ रुलर छ र क्षितिज नाप्ने हो |
07:08 | म खाली मेरो आँखामा भरपर्नु पर्छ जुन मलाई लाग्दैन कि फोटोग्राफी गर्ने सबैभन्दा नराम्रो कुरो हो |
07:16 | अब, म रोटेट टूल छान्नेछुँ र corrective backward को सट्टामा normal forward छान्नेछुँ र मैले प्रिभ्युमा इमेज सेट गर्ने छु, ग्रिड होइन |
07:30 | इमेजमा क्लिक गरौँ |
07:38 | यहाँ बीचमा एउटा सेन्टर अफ रोटेसन भन्ने बिन्दु छ र यो बिन्दु वरिपरि इमेज घुम्ने छ |
07:46 | र यहाँ डाइलग छ जहाँ हामीले घुमाउन चाहेको कोण सेट गर्न सक्छौं |
07:52 | यहाँ मसँग एउटा स्लाइडर छ जसले मलाई इमेज रोटेट गर्न सघाउछ तर तपाई यो सम्हाल्न गार्हो भएको पाउनुहुनेछ र मलाई लाग्दैन मैले इमेज यति धेरै ढल्काउनु पर्छ |
08:05 | ल, यहाँ जिरोमा फर्कौं र मैले यहाँ भर्खरै यो इमेज रोटेट गर्नलाई एउटा शैली प्रयोग गरेकी छुँ |
08:14 | मलाई लाग्छ कि इमेज अलि दायाँ ढल्केको छ त्यसैले मैले इमेज बायाँ ढल्काउनु पर्छ, मतलब काउन्टर क्लकवाइज, त्यसैले मैले यहाँ नेगेटिभ मानहरु पाउनेछुँ |
08:29 | त्यसैले म इमेज सिधा र सहि नभएसम्म कोण बदलि रहने छुँ |
08:36 | ल, मैले कोण -0.25° मा सेट गरेकी छुँ |
08:43 | यो विन्डो पछिल्तिर तानौं र रोटेटमा क्लिक गरौँ र यो कार्यको नतिजा पर्खनुहोस |
08:50 | अर्को कदम क्रपिंग |
08:54 | यो इमेजमा मसँग यहाँ जहाज, पानी र चराहरु छन |
09:02 | र मैले यो इमेजमा नचाहेको भनेको यहाँ घाँस हो, र मलाई पक्का थाहा छैन कि म यो नदिको किनारा मेरो इमेजमा चाहन्छु |
09:16 | र मलाई लाग्छ म इमेजको यो भाग क्रप गर्नेछु किनकि म अन्तमा यो इमेजको सबैभन्दा गाढा भाग चाहन्छु |
09:24 | मतलब यहाँ चराहरु, जहाज र रुखहरु अन्त्यमा पानी र आकाश |
09:35 | र इमेजको यो भाग एकदमै गाढा छ |
09:39 | म इमेजको यो भागमा जूम गर्न चाहन्छु किनभने म नदीलाई सक्दो समाबेश गर्न चाहन्छु तर किनारको केहि पनि होइन |
09:49 | त्यसैले म यहाँ इमेजको खण्डमा हट कि Z थिचेर जूम गर्नेछु |
10:00 | यहाँ अर्को उडिरहेको चरो छ |
10:02 | त्यसैले म यहाँ बायाँ जानेछु र रुलर किनार नजिक तान्नेछुँ र यसलाई यहाँ छोड्नेछुँ |
10:09 | र इमेजमा पुन फर्कन Shift + ctrl + E थिचौं |
10:15 | अब मैले क्रप टूल छान्नुपर्छ र यसमा केहि अप्सन सेट गर्नुपर्छ |
10:20 | म fixed aspect ratio 2:1 चाहन्छु |
10:29 | र प्रिभ्युमा म तेस्रो रुल सेट सहयोगको लागि हेर्नेछु |
10:37 | यहाँ के समाबेश छ हेरौं |
10:41 | यहाँ एउटा चराको हुल छ र एउटा चरो यहाँ देखापर्छ |
10:47 | अब हामी रुलर हटाउन सक्छौं |
10:51 | इमेजको तल्लो भागमा पानी छ तर मलाई लाग्छ यो पर्याप्त छैन र धेरै आकाश देखिएको छ |
11:01 | म यो एउटा चरो छोड्न सक्छु किनकि यो चराहरुको बथान इमेजमा समाबेश गर्न चाहन्छु |
11:09 | म यसलाई सामन्य रुपमा तल तान्नेछु र मलाई लाग्छ यो राम्रो देखिन्छ |
11:14 | मेरो काम जाच्न म thirds नियम प्रयोग गर्नेछुँ |
11:19 | मेरो आँखा त्यति नराम्रो पनि छैन किनकि मैले इमेजलाई ३ भिन्न भागमा विभाजित गरेकी छुँ, जुन हो पानी, रुखहरु र आकाश |
11:30 | जहाज मुख्य आकर्षणको केन्द्र हो |
11:34 | यो चराहरुको बथान अर्को आकर्षणको केन्द्र हो र यो इमेजको एक नवा भाग चाहिँ अलि राम्रो छ |
11:42 | मलाई लाग्छ कि यसले काम गर्छ त्यसैले म क्रप गर्न इमेजमा क्लिक गर्छु |
11:49 | ट्याब र shift + ctrl +E थिची इमेज ठुलो पारौं |
11:55 | मलाई लाग्छ हामीले इमेज क्रपिंग गर्ने धेरै राम्रो सुरुवात गरेका छौं र यो इमेजमा अर्को के गर्ने हामी अर्को टुटोरियलमा हेर्नेछौं |
12:05 | बिदा लिनु पहिले मैले इमेज सेभ गर्नुपर्छ जुन मैले धेरै पहिले नै गर्नुपर्थ्यो |
12:12 | म इमेज Fog.xcf को रुपमा सेभ गर्छु र ‘xcf’ GIMP को आफ्नै फाइल फर्म्याटको एक्सटेन्सन हो र यसमा लेयर्स र GIMP मा अंडू बारेमा धेरै जानकारी हुन्छ |
12:29 | म तपाईको प्रतिक्रिया सुन्न चाहन्छु |
12:32 | तपाइलाई के मनपर्यो, मैले के राम्रो गर्न सक्थे मलाई पत्राचार गरि भन्नुहोला info@meetthegimp.org |
12:42 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ |
12:47 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |