Difference between revisions of "LibreOffice-Suite-Base/C3/Create-tables/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
Line 1: | Line 1: | ||
− | {| border=1 | + | {| border = 1 |
− | + | |'''Time''' | |
− | + | |'''Narration''' | |
|- | |- | ||
|00:00 | |00:00 | ||
Line 274: | Line 274: | ||
|- | |- | ||
|08:17 | |08:17 | ||
− | | एउटा टेबल बनाउन | + | | एउटा टेबल बनाउन क) Views बनाएर र ख) कपि तरिका प्रयोग गरेर |
− | क) Views बनाएर र | + | |
− | ख) कपि तरिका प्रयोग गरेर | + | |
|- | |- | ||
|08:23 | |08:23 | ||
Line 282: | Line 280: | ||
|- | |- | ||
|08:44 | |08:44 | ||
− | | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ | + | | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |
− | सहभागिताको लागि धन्यबाद, नमस्कार | + | |} |
− | | | + |
Latest revision as of 12:21, 25 April 2017
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा, हामी यी कुराहरु कसरी गर्ने सिक्छौं |
00:07 | एउटा टेबल बनाउने |
00:09 | क) Views बनाएर र |
00:11 | ख) कपि तरिका प्रयोग गरेर |
00:13 | हाम्रो लाइब्रेरी डाटाबेसमा जाउँ |
00:16 | बायाँ प्यानलको Tables आइकनमा क्लिक गरौँ |
00:21 | दायाँ प्यानलमा, हामी एउटा टेबल बनाउने तीन तरिकाहरु देख्छौं |
00:26 | अब हामी ‘Create View’ विकल्पमा जान्छौं |
00:30 | त्यो पहिले, भ्युको बारेमा जानौं, एउटा भ्यु के हो? |
00:36 | एउटा भ्यु टेबल जस्तै हुन्छ तर यसले डाटा राख्दैन |
00:43 | यसलाई Query Expression भनिन्छ, जुन खाली डाटाबेसबाट टेबल वा अन्य भ्यु डाटाको पुनर्प्राप्ति हो |
00:54 | त्यसैले हेर्दा यसमा टेबलमा जस्तै डाटाको पंक्ति र कोलम छन् |
01:00 | भ्युलाई पहुँचमा सिमितताको लागि प्रयोग गर्न सकिन्छ |
01:06 | वा मूल टेबलको कोलम वा पंक्तिका डाटाको संरचना र नामहरु लुकाउन सकिन्छ |
01:13 | उदाहरणको लागि, हामी लाइब्रेरीको सबै सदस्यहरु सुचिकृत गर्ने साधारण भ्यू रचना गर्न सक्छौं |
01:21 | र हामी गोपनियता कायम राख्न फोन नम्बर खाली छोड्न सक्छौं |
01:27 | यहाँ मूल टेबल Members हुनसक्नेछ |
01:32 | लाइब्रेरी डाटाबेसका अन्य प्रयोगकर्ताले यो भ्यू प्रयोग गर्न सक्छन तर मेम्बर्स टेबल होइन |
01:40 | यसरी, हामी सदस्यहरुको नाम मात्रै देख्छौं तर तिनीहरुको फोन नम्बर देखिदैन |
01:46 | ल, मुख्य बेस विन्डोमा जाउँ र त्यो भ्यू रचना गरौँ |
01:53 | दायाँ प्यानलको ‘Create View’ मा क्लिक गरौँ |
01:58 | हामी View Design नामक एउटा नयाँ विन्डो देख्छौं र यसले Add tables भन्छ |
02:06 | Members मा क्लिक गरौँ |
02:09 | र यो पप-अप विन्डो बन्द गरौँ |
02:12 | अब हामी भ्यु डिजाइन विन्डोमा छौं |
02:16 | र MemberId र Name फिल्डमा दोहोरो क्लिक गर्नेछौं |
02:21 | Id फिल्ड थप्नु सधै उपयोगी हुन्छ |
02:25 | किनकि यसले यो भ्युलाई अन्य सम्बन्धित टेबलहरुमा जोड्छ, उदाहरणको लागि: BooksIssued Table |
02:34 | हामी चाहे अनुसार यसमा फंक्सन, मापदण्ड थप्न र क्रममा राख्न सक्छौं |
02:40 | तर अहिलेको लागि, हामी सदस्यहरुको नाम आरोही क्रममा राख्छौं |
02:45 | यसको लागि, तलको खण्डको नेम कोलम मुनिको Sort रो मा खाली सेलमा क्लिक गरौँ |
02:54 | अनि ‘ascending’ मा क्लिक गरौँ |
02:58 | हाम्रो पहिलो भ्यू सेभ गरौँ |
03:01 | यहाँ, एउटा व्याख्यात्मक नाम टाइप गरौँ: View: Members Name Only |
03:10 | र Ok बटनमा क्लिक गरौँ |
03:14 | अन्तर्निहित डाटा हेर्न, माथिको Edit मेनुमा क्लिक गरौँ |
03:22 | अनि तलको Run Query मा क्लिक गरौँ |
03:27 | र हामी माथि एउटा नयाँ खण्ड देख्न सक्छौं जसले लाइब्रेरीका सबै सदस्यहरुलाई आरोही क्रममा सुचिकृत गर्छ |
03:36 | याद गरौँ हामी कुनै फोन नम्बरहरु देख्दैनौं |
03:40 | र त्यहाँ हाम्रो साधारण भ्यू छ |
03:43 | हामी हाम्रो आवश्यकता अनुसार भ्युहरु बनाउन र डिजाइन गर्न सक्छौं |
03:48 | अर्को बिषयमा जानुपूर्व यहाँ एक कार्य रहेको छ |
03:53 | Books Issued to Members को एउटा भ्यू बनाउनुहोस् र खाली चेक्ड इन् नगरिएका पुस्तक मात्र समाबेस गर्नुहोस् |
04:01 | भ्यूमा तलका फिल्डहरु उल्लेख गर्नुहोस्: Book Titles, Member Names, Issue Date, र Return Date |
04:12 | भ्यूको नाम ‘View: List of Books not checked in’ दिनुहोस् |
04:20 | ल, अब कपि तरिकाले टेबलहरु रचना गर्न सिकौं |
04:25 | यदि हामीलाई टेबलको संरचना समान बन्दै छ भन्ने थाहा छ भने यो एकदम सरल तरिका हो |
04:33 | यसको लागि, मानौं हाम्रो लाइब्रेरीमा DVD र CD हरु छन |
04:39 | र हामी यो डाटा नयाँ मेडिया नामक टेबलमा भण्डार गर्न सक्छौं |
04:44 | उदाहरण, एउटा CD वा एउटा DVD को शिर्षक वा एउटा प्रकाशन वर्ष हुनसक्छ |
04:51 | एउटा अडियो र भिडियो छुट्ट्याउन हामी एउटा MediaType फिल्ड सुरु गर्नेछौं |
05:00 | अब Books टेबलमा लगभग समान फिल्डहरु भएकोले हामी Books टेबल कपि-पेस्ट गर्न सक्छौं |
05:08 | र हामी प्रक्रियामा फिल्ड र टेबल को नाम पुन दिन सक्छौं |
05:14 | कसरी, हामी हेर्नेछौं |
05:16 | मुख्य बेस विन्डोमा जाउँ |
05:19 | यहाँ, Books टेबलमा राइट क्लिक गरौँ |
05:23 | र हामी कपि अप्सन देख्नेछौं, यसमा क्लिक गरौँ |
05:28 | र यसमा राइट क्लिक गरौँ |
05:31 | यहाँ विविध विकल्पहरु भएको याद गरौँ, त्यहाँ पेस्ट र Paste Special छ |
05:39 | हामी एउटा बिशेष फर्म्याटमा कपि र पेस्ट प्रयोग गर्न सक्छौं |
05:44 | सम्भावित फर्म्याटहरु Formatted टेक्स्ट, HTML वा एउटा Data Source Table हुन् |
05:51 | त्यसैले हामी डाटाबेस टेबल यहाँ छान्न सक्छौं |
05:55 | अथवा हामी राइट क्लिक मेनुबाट पेस्ट छान्न सक्छौं |
05:59 | यसले एउटा विजार्ड खोल्छ र यो विन्डोमा |
06:03 | हामी पहिले टेबल नेममा ‘Media’ लेखेर हाम्रो टेबलको पुन नामांकरण गर्छौं |
06:11 | यो विकल्पमा, हामी Definition and Data मा क्लिक गर्नेछौं |
06:16 | Next बटनमा क्लिक गरौँ |
06:19 | अर्को विन्डोमा हामी कोलमहरु थप्ने छौं |
06:23 | यो प्रदर्शनीको लागि BookId, title र publish-year छानौं |
06:29 | अब हामी यी बायाँका फिल्डहरु छान्नेछौँ र तिनीहरुलाई दायाँ सार्न एउटा एरो भएको बटन प्रयोग गर्छौं |
06:39 | र Next बटन क्लिक गरौँ |
06:42 | अर्को विन्डोमा, हामी हाम्रो कोलमहरु देख्छौं |
06:46 | यहाँ हामी फिल्डको नाम पुन दिन सक्छौं र तिनीहरुको डाटा टाइप बदल्न सक्छौं |
06:51 | हामी BookId लाई MediaId मा पुन नामांकरण गर्छौं |
06:55 | र हामी Create बटनमा क्लिक गर्नेछौं |
06:59 | मुख्य बेस विन्डोमा हाम्रो नयाँ Media टेबल छ |
07:05 | एउटा नयाँ फिल्ड MediaType थप्न टेबल सम्पादन गरौँ जसले अडियो वा भिडियो जानकारी राख्नेछ |
07:15 | अब हामी टेबल डिजाइन विन्डोमा छौं |
07:19 | यहाँ अन्तिम कोलममा MediaType राखौं |
07:24 | Publishyear तलको सेल क्लिक गरौँ |
07:27 | र फिल्ड नेममा ‘MediaType’ इन्टर गरौँ र Text वा Field Type छानौं |
07:36 | अब टेबल डिजाइन सेभ गरौँ र हाम्रो काम सकियो |
07:41 | त्यहाँ हामीले कपि तरिका प्रयोग गरि हाम्रो Media टेबल बनाएका छौं |
07:48 | ल, यहाँ अर्को कार्य छ |
07:51 | ‘Use Wizard to Create table’ तरिका प्रयोग गरि एउटा टेबल बनाउनुहोस् |
07:57 | यहाँ, ‘Assets’ नमुना टेबल प्रयोग गरौँ, यसलाई पुन‘AssetsCopy’ नाम दिउँ |
08:04 | र यो तरिकामा रहेका विविध विकल्पहरु हेर्नुहोस् |
08:08 | यसले हामीलाई लिब्रे अफिस बेसको Creating Tables ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
08:14 | संक्षेपमा हेर्दा, हामीले यी कुराहरु सिक्यौं |
08:17 | एउटा टेबल बनाउन क) Views बनाएर र ख) कपि तरिका प्रयोग गरेर |
08:23 | स्पोकन ट्युटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ, यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:44 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |