LibreOffice-Suite-Base/C3/Create-tables/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा, हामी यी कुराहरु कसरी गर्ने सिक्छौं
00:07 एउटा टेबल बनाउने
00:09 क) Views बनाएर र
00:11 ख) कपि तरिका प्रयोग गरेर
00:13 हाम्रो लाइब्रेरी डाटाबेसमा जाउँ
00:16 बायाँ प्यानलको Tables आइकनमा क्लिक गरौँ
00:21 दायाँ प्यानलमा, हामी एउटा टेबल बनाउने तीन तरिकाहरु देख्छौं
00:26 अब हामी ‘Create View’ विकल्पमा जान्छौं
00:30 त्यो पहिले, भ्युको बारेमा जानौं, एउटा भ्यु के हो?
00:36 एउटा भ्यु टेबल जस्तै हुन्छ तर यसले डाटा राख्दैन
00:43 यसलाई Query Expression भनिन्छ, जुन खाली डाटाबेसबाट टेबल वा अन्य भ्यु डाटाको पुनर्प्राप्ति हो
00:54 त्यसैले हेर्दा यसमा टेबलमा जस्तै डाटाको पंक्ति र कोलम छन्
01:00 भ्युलाई पहुँचमा सिमितताको लागि प्रयोग गर्न सकिन्छ
01:06 वा मूल टेबलको कोलम वा पंक्तिका डाटाको संरचना र नामहरु लुकाउन सकिन्छ
01:13 उदाहरणको लागि, हामी लाइब्रेरीको सबै सदस्यहरु सुचिकृत गर्ने साधारण भ्यू रचना गर्न सक्छौं
01:21 र हामी गोपनियता कायम राख्न फोन नम्बर खाली छोड्न सक्छौं
01:27 यहाँ मूल टेबल Members हुनसक्नेछ
01:32 लाइब्रेरी डाटाबेसका अन्य प्रयोगकर्ताले यो भ्यू प्रयोग गर्न सक्छन तर मेम्बर्स टेबल होइन
01:40 यसरी, हामी सदस्यहरुको नाम मात्रै देख्छौं तर तिनीहरुको फोन नम्बर देखिदैन
01:46 ल, मुख्य बेस विन्डोमा जाउँ र त्यो भ्यू रचना गरौँ
01:53 दायाँ प्यानलको ‘Create View’ मा क्लिक गरौँ
01:58 हामी View Design नामक एउटा नयाँ विन्डो देख्छौं र यसले Add tables भन्छ
02:06 Members मा क्लिक गरौँ
02:09 र यो पप-अप विन्डो बन्द गरौँ
02:12 अब हामी भ्यु डिजाइन विन्डोमा छौं
02:16 र MemberId र Name फिल्डमा दोहोरो क्लिक गर्नेछौं
02:21 Id फिल्ड थप्नु सधै उपयोगी हुन्छ
02:25 किनकि यसले यो भ्युलाई अन्य सम्बन्धित टेबलहरुमा जोड्छ, उदाहरणको लागि: BooksIssued Table
02:34 हामी चाहे अनुसार यसमा फंक्सन, मापदण्ड थप्न र क्रममा राख्न सक्छौं
02:40 तर अहिलेको लागि, हामी सदस्यहरुको नाम आरोही क्रममा राख्छौं
02:45 यसको लागि, तलको खण्डको नेम कोलम मुनिको Sort रो मा खाली सेलमा क्लिक गरौँ
02:54 अनि ‘ascending’ मा क्लिक गरौँ
02:58 हाम्रो पहिलो भ्यू सेभ गरौँ
03:01 यहाँ, एउटा व्याख्यात्मक नाम टाइप गरौँ: View: Members Name Only
03:10 र Ok बटनमा क्लिक गरौँ
03:14 अन्तर्निहित डाटा हेर्न, माथिको Edit मेनुमा क्लिक गरौँ
03:22 अनि तलको Run Query मा क्लिक गरौँ
03:27 र हामी माथि एउटा नयाँ खण्ड देख्न सक्छौं जसले लाइब्रेरीका सबै सदस्यहरुलाई आरोही क्रममा सुचिकृत गर्छ
03:36 याद गरौँ हामी कुनै फोन नम्बरहरु देख्दैनौं
03:40 र त्यहाँ हाम्रो साधारण भ्यू छ
03:43 हामी हाम्रो आवश्यकता अनुसार भ्युहरु बनाउन र डिजाइन गर्न सक्छौं
03:48 अर्को बिषयमा जानुपूर्व यहाँ एक कार्य रहेको छ
03:53 Books Issued to Members को एउटा भ्यू बनाउनुहोस् र खाली चेक्ड इन् नगरिएका पुस्तक मात्र समाबेस गर्नुहोस्
04:01 भ्यूमा तलका फिल्डहरु उल्लेख गर्नुहोस्: Book Titles, Member Names, Issue Date, र Return Date
04:12 भ्यूको नाम ‘View: List of Books not checked in’ दिनुहोस्
04:20 ल, अब कपि तरिकाले टेबलहरु रचना गर्न सिकौं
04:25 यदि हामीलाई टेबलको संरचना समान बन्दै छ भन्ने थाहा छ भने यो एकदम सरल तरिका हो
04:33 यसको लागि, मानौं हाम्रो लाइब्रेरीमा DVD र CD हरु छन
04:39 र हामी यो डाटा नयाँ मेडिया नामक टेबलमा भण्डार गर्न सक्छौं
04:44 उदाहरण, एउटा CD वा एउटा DVD को शिर्षक वा एउटा प्रकाशन वर्ष हुनसक्छ
04:51 एउटा अडियो र भिडियो छुट्ट्याउन हामी एउटा MediaType फिल्ड सुरु गर्नेछौं
05:00 अब Books टेबलमा लगभग समान फिल्डहरु भएकोले हामी Books टेबल कपि-पेस्ट गर्न सक्छौं
05:08 र हामी प्रक्रियामा फिल्ड र टेबल को नाम पुन दिन सक्छौं
05:14 कसरी, हामी हेर्नेछौं
05:16 मुख्य बेस विन्डोमा जाउँ
05:19 यहाँ, Books टेबलमा राइट क्लिक गरौँ
05:23 र हामी कपि अप्सन देख्नेछौं, यसमा क्लिक गरौँ
05:28 र यसमा राइट क्लिक गरौँ
05:31 यहाँ विविध विकल्पहरु भएको याद गरौँ, त्यहाँ पेस्ट र Paste Special छ
05:39 हामी एउटा बिशेष फर्म्याटमा कपि र पेस्ट प्रयोग गर्न सक्छौं
05:44 सम्भावित फर्म्याटहरु Formatted टेक्स्ट, HTML वा एउटा Data Source Table हुन्
05:51 त्यसैले हामी डाटाबेस टेबल यहाँ छान्न सक्छौं
05:55 अथवा हामी राइट क्लिक मेनुबाट पेस्ट छान्न सक्छौं
05:59 यसले एउटा विजार्ड खोल्छ र यो विन्डोमा
06:03 हामी पहिले टेबल नेममा ‘Media’ लेखेर हाम्रो टेबलको पुन नामांकरण गर्छौं
06:11 यो विकल्पमा, हामी Definition and Data मा क्लिक गर्नेछौं
06:16 Next बटनमा क्लिक गरौँ
06:19 अर्को विन्डोमा हामी कोलमहरु थप्ने छौं
06:23 यो प्रदर्शनीको लागि BookId, title र publish-year छानौं
06:29 अब हामी यी बायाँका फिल्डहरु छान्नेछौँ र तिनीहरुलाई दायाँ सार्न एउटा एरो भएको बटन प्रयोग गर्छौं
06:39 र Next बटन क्लिक गरौँ
06:42 अर्को विन्डोमा, हामी हाम्रो कोलमहरु देख्छौं
06:46 यहाँ हामी फिल्डको नाम पुन दिन सक्छौं र तिनीहरुको डाटा टाइप बदल्न सक्छौं
06:51 हामी BookId लाई MediaId मा पुन नामांकरण गर्छौं
06:55 र हामी Create बटनमा क्लिक गर्नेछौं
06:59 मुख्य बेस विन्डोमा हाम्रो नयाँ Media टेबल छ
07:05 एउटा नयाँ फिल्ड MediaType थप्न टेबल सम्पादन गरौँ जसले अडियो वा भिडियो जानकारी राख्नेछ
07:15 अब हामी टेबल डिजाइन विन्डोमा छौं
07:19 यहाँ अन्तिम कोलममा MediaType राखौं
07:24 Publishyear तलको सेल क्लिक गरौँ
07:27 र फिल्ड नेममा ‘MediaType’ इन्टर गरौँ र Text वा Field Type छानौं
07:36 अब टेबल डिजाइन सेभ गरौँ र हाम्रो काम सकियो
07:41 त्यहाँ हामीले कपि तरिका प्रयोग गरि हाम्रो Media टेबल बनाएका छौं
07:48 ल, यहाँ अर्को कार्य छ
07:51 ‘Use Wizard to Create table’ तरिका प्रयोग गरि एउटा टेबल बनाउनुहोस्
07:57 यहाँ, ‘Assets’ नमुना टेबल प्रयोग गरौँ, यसलाई पुन‘AssetsCopy’ नाम दिउँ
08:04 र यो तरिकामा रहेका विविध विकल्पहरु हेर्नुहोस्
08:08 यसले हामीलाई लिब्रे अफिस बेसको Creating Tables ट्युटोरियलको अन्त्यमा ल्याएको छ
08:14 संक्षेपमा हेर्दा, हामीले यी कुराहरु सिक्यौं
08:17 एउटा टेबल बनाउन क) Views बनाएर र ख) कपि तरिका प्रयोग गरेर
08:23 स्पोकन ट्युटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ, यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya