Difference between revisions of "Health-and-Nutrition/C2/Cradle-Hold-for-Breastfeeding/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{|border=1 |<center>Time</center> |<center>Narration</center> |- |00:01 | स्तनपानमा उपयोगी '''क्रेडल'''होल्ड '''स्प...") |
|||
Line 316: | Line 316: | ||
|07:55 | |07:55 | ||
| यो दूरीले- | | यो दूरीले- | ||
− | + | आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन् | |
|- | |- | ||
Line 419: | Line 419: | ||
|10:29 | |10:29 | ||
|सहभागिताको लागि धन्यवाद, नमस्कार | |सहभागिताको लागि धन्यवाद, नमस्कार | ||
+ | |- | ||
|} | |} |
Latest revision as of 17:37, 13 August 2020
00:01 | स्तनपानमा उपयोगी क्रेडलहोल्ड स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं - |
00:09 | स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका |
00:15 | स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र |
00:18 | क्रेडल होल्डका चरणबद्ध प्रक्रियाहरू |
00:22 | ल अब सुरु गरौं
संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन् अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको - |
00:39 | स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो, |
00:45 | जसमा, आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुग्छ |
00:50 | र बच्चाले पर्याप्त दूध पाउँछ |
00:54 | अब क्रेडल पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ |
00:59 | स्तनपान गराउनु अघि आमाले साबुन पानीले आफ्ना हातहरू धुनुपर्छ |
01:05 | र ओबानो पार्नुपर्छ |
01:10 | त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ |
01:15 | स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन् |
01:22 | त्यसैले, उनीहरूले प्रतिदिन धेरै पानी पिउनुपर्छ |
01:27 | अब, आमाको आसनको चर्चा गरौं |
01:31 | आमा भुइमा वा खाटमा पलेटी कसेर बस्नुपर्छ |
01:36 | अथवा, एउटा कुर्सीमा बसी समतल भुइँमा टेक्नुपर्छ |
01:41 | कुर्सी एकदमै अग्लो भएर खुट्टा भुइँमा पुगेन भने - |
01:47 | भुइँमा एउटा सानो मेच वा तकिया राखी खुट्टा राख्न सकिन्छ |
01:53 | ढाडको समस्याबाट बच्न - बस्दा खेरी आमाको ढाड सिधा हुनुपर्छ |
02:00 | उनका काँधहरू माथि उठेको वा बाङ्गो नभई लचिलो हुनुपर्छ |
02:05 | र यो आसन स्तनपान गराउने पुरा समय लागू हुन्छ |
02:12 | आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ |
02:18 | साथै स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन |
02:25 | आमा आराम पूर्वक बसे पछि, बच्चालाई आमा भएको ठाउँमा लग्नुपर्छ |
02:29 | आमाले बच्चालाई आफूले स्तनपान गराउन चाहेको स्तन पट्टिको हातले समाउनु पर्छ |
02:37 | बच्चाको टाउको भने पाखुरो बाङ्गो हुने ठाउँ मतलब: कुहिनो को भित्री भागमा अडिन पर्छ |
02:44 | सोही पाखुराले आमाले बच्चाको टाउको, गर्दन र शरीरमा आड दिनुपर्छ |
02:51 | यो चित्रमा आमाले आफ्नो दायाँ स्तनबाट स्तनपान गराउँदै छिन |
02:56 | त्यसैले, उनले आफ्नो दायाँ हात प्रयोग गरी शिशुको टाउको, गर्दन र शरीरमा आड दिएकी छिन् र |
03:04 | बच्चाको टाउको दायाँ कुहिनोको भित्री भागमा अडिएको छ |
03:10 | यदि आमालाई बच्चा उचाल्न थप आड चाहिन्छ भने उनले बच्चाको मुनि आफ्नो काखमा एउटा तकिया राख्न सक्छिन् |
03:19 | याद गरौं, आमाले आफू निहुरिएर कहिल्यै पनि स्तन बच्चा नजिक पुर्याउनु हुँदैन |
03:25 | यस्तो गर्दा उनलाई असहज महसुस हुनाको साथै ढाडको समस्या हुन सक्छ |
03:30 | उनले सधैँ आफ्नो ढाड सिधा राख्नुपर्छ र बच्चालाई स्तनसम्म पुर्याउन उचाल्नु पर्छ |
03:36 | अब, बच्चाको शरीर कसरी सही तरिकाले मिलाउने सिकौं |
03:42 | बच्चाको पेटमा आमाको शरीरको हल्का जोड पर्नुपर्छ |
03:47 | उनीहरूको शरीरको दूरी कम भएमा बच्चालाई आमाको स्तनसम्म पुग्न कम दुख गर्नुपर्छ |
03:54 | र यसले गर्दा बच्चाले स्तन भित्रसम्म च्याप्न सक्छ |
04:00 | अनि, दोस्रो महत्त्वपूर्ण कुरा भनेको बच्चाको शरीर कुन दिशामा मिलाउने भन्ने हो |
04:08 | तपाईले यो याद गर्नुभएको छ होला -
हामीले खाना खाँदा हाम्रो टाउको, घाँटी र शरीर सधैँ एउटै दिशामा पर्छन् |
04:16 | तर, स्तनपानको क्रममा प्राय जसो आमाहरूले बच्चाको टाउको दायाँ-बायाँ पुर्याउने गर्छन् |
04:23 | यसले गर्दा बच्चालाई स्तनपानमा असहज महसुस हुन्छ |
04:28 | स्तनपानको क्रममा बच्चाको टाउको, घाँटी र शरीर सधैँ एकै दिशामा हुनुपर्छ |
04:35 | यसले गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ |
04:41 | अब हामी बच्चाको शरीर मिलाउने तेस्रो कुरा जान्ने छौं |
04:46 | आमाले बच्चाको टाउको, घाँटी र शरीरमा आड दिनुपर्छ |
04:51 | अन्यथा, बच्चालाई आमाको स्तन भित्रसम्म च्याप्न धेरै दुख गर्नुपर्छ |
04:58 | अब हामी बच्चाको नाक र चिउँडो मिलाउने तरिका सिक्ने छौं |
05:03 | बच्चाको नाक सधैँ स्तनको मुन्टोको दिशामा हुनुपर्छ |
05:07 | र बच्चाको चिउँडो स्तनको अलि नजिक हुनुपर्छ |
05:13 | यसले गर्दा बच्चाले तल्लो एरियोला को धेरैजसो भागमा मुख पुर्याउन सक्छ |
05:19 | र त्यसैले गर्दा तल्लो बङ्गारोको प्रयोगले प्रभावकारी स्तनपान हुन्छ |
05:26 | कृपया यो याद राखौं - एरियोला स्तनको मुन्टो वरिपरिको गाढा घेरा हो |
05:32 | अब, बच्चा उचित आसनमा रहेको छ |
05:35 | अब, स्तनलाई कसरी समाउने सिकौं |
05:39 | आमाले आफ्नो खाली हातका औँलाहरू प्रयोग गरी स्तनको माथिबाट ‘यू’ आकारको पकडमा समाउनु पर्छ |
05:48 | यो चित्रमा आमाले आफ्नो बायाँ हातले दायाँ स्तन समाउने छिन् |
05:55 | बूढी औँला र अन्य औँलाहरूका सही स्थान जान्न, आमाको दायाँ स्तनको मुन्टो लाई घडीको बीचको भाग सँग तुलना गरौं |
06:04 | आमाले आफ्नो बायाँ बूढी औँला यो घडीको ३ बज्ने स्थानमा राख्नुपर्छ |
06:10 | उनले आफ्नो बायाँ चोर औँला र माझी औँला भने ९ बज्ने स्थानमा राख्नुपर्छ |
06:18 | स्तन समाइरहेका आमाका औँलाहरू सधैँ बच्चाको ओठको दिशामा हुनुपर्छ |
06:25 | किन?
यसको लागि एउटा उदाहरण हेरौं |
06:30 | हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो मुख र ओठ तेर्सो खुल्छन् |
06:35 | हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं |
06:40 | अहिले, बूढी औँला र अन्य औँलाहरू, ओठको दिशामा पर्छन् |
06:46 | यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं |
06:53 | यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं
अहिले ओठ ठाडो छ |
07:00 | त्यसैले, औँलाहरू स्तनमा ठाडो नै राख्नुपर्छ |
07:06 | यसले गर्दा बच्चालाई स्तनको मुन्टोको धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ |
07:13 | बच्चाको ओठको दिशामा हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ |
07:23 | हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुने छ |
07:34 | र एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन |
07:41 | त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ |
07:47 | यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ |
07:55 | यो दूरीले-
आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन् |
08:05 | आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले - |
08:11 | मुन्टोको घेरा तल रहेका ठूला दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ |
08:17 | र बच्चाको मुख उचित तरिकाले स्तनमा बस्न, स्तनको आकार सही बन्ने छ |
08:23 | याद गरौं-
बच्चाको चिउँडो नजिकको स्तनको मुन्टोबाट आमाको बूढी औँला तीन औँलाको दूरीमा हुनुपर्छ |
08:30 | र उनका २ औँलाहरू बच्चाको नाकतिरको स्तनको मुन्टोबाट तीन औँलाको दूरीमा हुनुपर्छ |
08:36 | अब फेरि बडा पाव र बर्गरको उदाहरण हेरौं |
08:41 | बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं |
08:48 | त्यसैगरी, आमाले आफ्नो ‘यू’ आकारको पकडले स्तनमा हल्का थिच्नुपर्छ |
08:54 | यसरी बच्चालाई स्तनको तल्लो एरियोला को ठूलो भाग मुखमा लिन सजिलो हुन्छ |
09:01 | तर याद राखौं, आमाले आफ्नो स्तनमा उल्टो ‘भि’ आकारमा थिच्न भने हुँदैन |
09:07 | ‘भि’ आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउने छ |
09:14 | साथै स्तनमा थिच्दा खेरी सबै औँलाहरूको बराबर जोड पर्नुपर्छ |
09:21 | नत्रभने, स्तनको मुन्टो दायाँ-बायाँ भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ |
09:27 | र बच्चाले स्तनको भित्रसम्म मुख पुर्याउन सक्दैन |
09:32 | याद गरौं,
कहिल्यै पनि स्तनलाई थिचेर बच्चा नजिक लग्ने प्रयास गर्नु हुँदैन |
09:39 | सधैँ बच्चालाई स्तन नजिक लग्नुपर्छ |
09:43 | अहिले, बच्चा क्रेडल पकडमा छ र स्तनपानको लागि तयार छ |
09:49 | सही रूपमा मुख लगाउने तरिका यसै श्रृंखलाको अर्को ट्युटोरियलमा वर्णन गरिएको छ |
09:58 | बच्चाको मुख स्तनमा राम्ररी पुर्याए पछि र यदि स्तन धेरै भारी छैन भने - |
10:05 | आमाले आफ्नो हात स्तनबाट हटाउनु पर्छ |
10:09 | र सो हातले बच्चालाई तलबाट आड दिनुपर्छ |
10:14 | यो अवस्थामा, आमाले दुवै पाखुराहरू आफ्नो शरीर नजिक ल्याउनुपर्छ |
10:21 | यसले उनलाई स्तनपानको समय-भर सहज महसुस हुने छ |
10:26 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
10:29 | सहभागिताको लागि धन्यवाद, नमस्कार |