Health-and-Nutrition/C2/Cradle-Hold-for-Breastfeeding/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 स्तनपानमा उपयोगी क्रेडलहोल्ड स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं -
00:09 स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका
00:15 स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र
00:18 क्रेडल होल्डका चरणबद्ध प्रक्रियाहरू
00:22 ल अब सुरु गरौं

संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन् अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको -

00:39 स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो,
00:45 जसमा, आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुग्छ
00:50 र बच्चाले पर्याप्त दूध पाउँछ
00:54 अब क्रेडल पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ
00:59 स्तनपान गराउनु अघि आमाले साबुन पानीले आफ्ना हातहरू धुनुपर्छ
01:05 र ओबानो पार्नुपर्छ
01:10 त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ
01:15 स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन्
01:22 त्यसैले, उनीहरूले प्रतिदिन धेरै पानी पिउनुपर्छ
01:27 अब, आमाको आसनको चर्चा गरौं
01:31 आमा भुइमा वा खाटमा पलेटी कसेर बस्नुपर्छ
01:36 अथवा, एउटा कुर्सीमा बसी समतल भुइँमा टेक्नुपर्छ
01:41 कुर्सी एकदमै अग्लो भएर खुट्टा भुइँमा पुगेन भने -
01:47 भुइँमा एउटा सानो मेच वा तकिया राखी खुट्टा राख्न सकिन्छ
01:53 ढाडको समस्याबाट बच्न - बस्दा खेरी आमाको ढाड सिधा हुनुपर्छ
02:00 उनका काँधहरू माथि उठेको वा बाङ्गो नभई लचिलो हुनुपर्छ
02:05 र यो आसन स्तनपान गराउने पुरा समय लागू हुन्छ
02:12 आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ
02:18 साथै स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन
02:25 आमा आराम पूर्वक बसे पछि, बच्चालाई आमा भएको ठाउँमा लग्नुपर्छ
02:29 आमाले बच्चालाई आफूले स्तनपान गराउन चाहेको स्तन पट्टिको हातले समाउनु पर्छ
02:37 बच्चाको टाउको भने पाखुरो बाङ्गो हुने ठाउँ मतलब: कुहिनो को भित्री भागमा अडिन पर्छ
02:44 सोही पाखुराले आमाले बच्चाको टाउको, गर्दन र शरीरमा आड दिनुपर्छ
02:51 यो चित्रमा आमाले आफ्नो दायाँ स्तनबाट स्तनपान गराउँदै छिन
02:56 त्यसैले, उनले आफ्नो दायाँ हात प्रयोग गरी शिशुको टाउको, गर्दन र शरीरमा आड दिएकी छिन् र
03:04 बच्चाको टाउको दायाँ कुहिनोको भित्री भागमा अडिएको छ
03:10 यदि आमालाई बच्चा उचाल्न थप आड चाहिन्छ भने उनले बच्चाको मुनि आफ्नो काखमा एउटा तकिया राख्न सक्छिन्
03:19 याद गरौं, आमाले आफू निहुरिएर कहिल्यै पनि स्तन बच्चा नजिक पुर्याउनु हुँदैन
03:25 यस्तो गर्दा उनलाई असहज महसुस हुनाको साथै ढाडको समस्या हुन सक्छ
03:30 उनले सधैँ आफ्नो ढाड सिधा राख्नुपर्छ र बच्चालाई स्तनसम्म पुर्याउन उचाल्नु पर्छ
03:36 अब, बच्चाको शरीर कसरी सही तरिकाले मिलाउने सिकौं
03:42 बच्चाको पेटमा आमाको शरीरको हल्का जोड पर्नुपर्छ
03:47 उनीहरूको शरीरको दूरी कम भएमा बच्चालाई आमाको स्तनसम्म पुग्न कम दुख गर्नुपर्छ
03:54 र यसले गर्दा बच्चाले स्तन भित्रसम्म च्याप्न सक्छ
04:00 अनि, दोस्रो महत्त्वपूर्ण कुरा भनेको बच्चाको शरीर कुन दिशामा मिलाउने भन्ने हो
04:08 तपाईले यो याद गर्नुभएको छ होला -

हामीले खाना खाँदा हाम्रो टाउको, घाँटी र शरीर सधैँ एउटै दिशामा पर्छन्

04:16 तर, स्तनपानको क्रममा प्राय जसो आमाहरूले बच्चाको टाउको दायाँ-बायाँ पुर्याउने गर्छन्
04:23 यसले गर्दा बच्चालाई स्तनपानमा असहज महसुस हुन्छ
04:28 स्तनपानको क्रममा बच्चाको टाउको, घाँटी र शरीर सधैँ एकै दिशामा हुनुपर्छ
04:35 यसले गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ
04:41 अब हामी बच्चाको शरीर मिलाउने तेस्रो कुरा जान्ने छौं
04:46 आमाले बच्चाको टाउको, घाँटी र शरीरमा आड दिनुपर्छ
04:51 अन्यथा, बच्चालाई आमाको स्तन भित्रसम्म च्याप्न धेरै दुख गर्नुपर्छ
04:58 अब हामी बच्चाको नाक र चिउँडो मिलाउने तरिका सिक्ने छौं
05:03 बच्चाको नाक सधैँ स्तनको मुन्टोको दिशामा हुनुपर्छ
05:07 र बच्चाको चिउँडो स्तनको अलि नजिक हुनुपर्छ
05:13 यसले गर्दा बच्चाले तल्लो एरियोला को धेरैजसो भागमा मुख पुर्याउन सक्छ
05:19 र त्यसैले गर्दा तल्लो बङ्गारोको प्रयोगले प्रभावकारी स्तनपान हुन्छ
05:26 कृपया यो याद राखौं - एरियोला स्तनको मुन्टो वरिपरिको गाढा घेरा हो
05:32 अब, बच्चा उचित आसनमा रहेको छ
05:35 अब, स्तनलाई कसरी समाउने सिकौं
05:39 आमाले आफ्नो खाली हातका औँलाहरू प्रयोग गरी स्तनको माथिबाट ‘यू’ आकारको पकडमा समाउनु पर्छ
05:48 यो चित्रमा आमाले आफ्नो बायाँ हातले दायाँ स्तन समाउने छिन्
05:55 बूढी औँला र अन्य औँलाहरूका सही स्थान जान्न, आमाको दायाँ स्तनको मुन्टो लाई घडीको बीचको भाग सँग तुलना गरौं
06:04 आमाले आफ्नो बायाँ बूढी औँला यो घडीको ३ बज्ने स्थानमा राख्नुपर्छ
06:10 उनले आफ्नो बायाँ चोर औँला र माझी औँला भने ९ बज्ने स्थानमा राख्नुपर्छ
06:18 स्तन समाइरहेका आमाका औँलाहरू सधैँ बच्चाको ओठको दिशामा हुनुपर्छ
06:25 किन?

यसको लागि एउटा उदाहरण हेरौं

06:30 हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो मुख र ओठ तेर्सो खुल्छन्
06:35 हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं
06:40 अहिले, बूढी औँला र अन्य औँलाहरू, ओठको दिशामा पर्छन्
06:46 यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं
06:53 यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं

अहिले ओठ ठाडो छ

07:00 त्यसैले, औँलाहरू स्तनमा ठाडो नै राख्नुपर्छ
07:06 यसले गर्दा बच्चालाई स्तनको मुन्टोको धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ
07:13 बच्चाको ओठको दिशामा हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ
07:23 हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुने छ
07:34 र एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन
07:41 त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ
07:47 यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ
07:55 यो दूरीले-

आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन्

08:05 आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले -
08:11 मुन्टोको घेरा तल रहेका ठूला दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ
08:17 र बच्चाको मुख उचित तरिकाले स्तनमा बस्न, स्तनको आकार सही बन्ने छ
08:23 याद गरौं-

बच्चाको चिउँडो नजिकको स्तनको मुन्टोबाट आमाको बूढी औँला तीन औँलाको दूरीमा हुनुपर्छ

08:30 र उनका २ औँलाहरू बच्चाको नाकतिरको स्तनको मुन्टोबाट तीन औँलाको दूरीमा हुनुपर्छ
08:36 अब फेरि बडा पाव र बर्गरको उदाहरण हेरौं
08:41 बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं
08:48 त्यसैगरी, आमाले आफ्नो ‘यू’ आकारको पकडले स्तनमा हल्का थिच्नुपर्छ
08:54 यसरी बच्चालाई स्तनको तल्लो एरियोला को ठूलो भाग मुखमा लिन सजिलो हुन्छ
09:01 तर याद राखौं, आमाले आफ्नो स्तनमा उल्टो ‘भि’ आकारमा थिच्न भने हुँदैन
09:07 ‘भि’ आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउने छ
09:14 साथै स्तनमा थिच्दा खेरी सबै औँलाहरूको बराबर जोड पर्नुपर्छ
09:21 नत्रभने, स्तनको मुन्टो दायाँ-बायाँ भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ
09:27 र बच्चाले स्तनको भित्रसम्म मुख पुर्याउन सक्दैन
09:32 याद गरौं,

कहिल्यै पनि स्तनलाई थिचेर बच्चा नजिक लग्ने प्रयास गर्नु हुँदैन

09:39 सधैँ बच्चालाई स्तन नजिक लग्नुपर्छ
09:43 अहिले, बच्चा क्रेडल पकडमा छ र स्तनपानको लागि तयार छ
09:49 सही रूपमा मुख लगाउने तरिका यसै श्रृंखलाको अर्को ट्युटोरियलमा वर्णन गरिएको छ
09:58 बच्चाको मुख स्तनमा राम्ररी पुर्याए पछि र यदि स्तन धेरै भारी छैन भने -
10:05 आमाले आफ्नो हात स्तनबाट हटाउनु पर्छ
10:09 र सो हातले बच्चालाई तलबाट आड दिनुपर्छ
10:14 यो अवस्थामा, आमाले दुवै पाखुराहरू आफ्नो शरीर नजिक ल्याउनुपर्छ
10:21 यसले उनलाई स्तनपानको समय-भर सहज महसुस हुने छ
10:26 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:29 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira