Difference between revisions of "LibreOffice-Suite-Base/C4/Database-Design-Primary-Key-and-Relationships/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 !Visual Cue !Narration |- |00:00 |लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |- |0…') |
PoojaMoolya (Talk | contribs) |
||
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | ! | + | !Time |
!Narration | !Narration | ||
|- | |- |
Revision as of 14:44, 21 February 2017
Time | Narration |
---|---|
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो टूयूटोरियल अघिल्लो टूयूटोरियल Database Design को क्रमशः भाग हो |
00:10 | र हामी यहाँ यी कुराहरु सिक्छौं |
00:13 | ४. जानकारी भएका बस्तुहरुलाई कोलममा बदल्न |
00:17 | ५. प्राइमरी किहरु तोक्न |
00:20 | ६. टेबलको सम्बन्धहरु स्थापित गर्न |
00:23 | अघिल्लो टूयूटोरियालमा, हामीले साधारण Library प्रयोगको लागि डाटाबेस डिजाइनको प्रक्रिया सुरु गरेका थियौं |
00:30 | हामी सुरुमा Library डाटाबेस बनाउनुको उद्देश्य के हो पता लगाउ |
00:36 | त्यसपछि लाइब्रेरीबारे जानकारी खोजेर र संगठित गरेर हामी त्यो प्रक्रिया जारी राख्नेछौं र |
00:44 | हामीले जानकारीहरु टेबलरुमा बिभाजन गर्यौं |
00:49 | र त्यसैले, हामीले हाम्रो डाटाबेसमा चार टेबलहरु पहिचान गरेका छौं:Books, Authors, Publications र Members |
01:00 | अब हामी अर्को कदममा जाऊ, जसले जानकारीहरुलाई कोलममा बदल्दै छ |
01:07 | यहाँ, हामी कुन जानकारी कुन टेबलमा राख्न चाहेको निर्णय गर्नेछौं |
01:13 | हामीले पहिले नै पहिचान गरेका प्रत्येक जानकारीका बस्तुहरु एउटा फिल्ड बन्छ, र टेबलमा कोलमको रुपमा देखापर्छ |
01:23 | स्क्रीनमा देखाएको इमेज जस्तै, Books टेबलमा ५ कोलमहरु छन् जसलाई फिल्ड पनि भनिन्छ |
01:31 | त्यसैले यहाँ प्रत्येक पंक्ति वा रेकर्डले यसको कोलममा एउटा मात्र किताबको जानकारी राखेको छ |
01:40 | यसैगरी, Authors टेबलको प्रत्येक रेकर्डले एउटा लेखकको मात्र जानकारी राखेको छ |
01:49 | र Publishers टेबलमा प्रत्येक रेकर्डले एउटा प्रकाशक बारे मात्र जानकारी राखेको छ |
01:58 | अब हामी हाम्रो आवश्यकता अनुसार कोलमहरु थप परिष्कृत बनाउन सक्छौं |
02:04 | उदाहरण, हामी Author नेमलाई First Name र Last Name मा छुट्याउन सक्छौं जसले गर्दा हामी यी कोलमहरुलाई हामी खोज्न वा क्रममा राख्न सक्छौं |
02:17 | र हामीले हिसाबको नतिजालाई टेबलमा छुटै कोलमहरुमा राख्नु पर्दैन |
02:24 | किनभने बेसले हामीले नतिजा हेर्न चाहेको समयमा हिसाब गर्न सक्छ |
02:31 | अब हामीले टेबलहरु र कोलमहरु बारे बुझिसकेका छौं, अर्को हामी कसरी प्राइमरी कि तोक्ने भन्ने हेरौं |
02:41 | प्राइमरी कि भनेको |
02:44 | प्रत्येक टेबल अन्तर्गत एउटा कोलम वा कोलमहरुको सेट हुन्छ जसले टेबलमा राखेको प्रत्येक पंक्तिहरुलाई भिन्न तरिकाले पहिचान गर्छ |
02:54 | यो कोलम वा कोलमहरुको सेट भनेको टेबलको प्राइमरी कि हो |
03:00 | यो प्राय जसो भिन्न पहिचान भएको नम्बर हुन्छ जस्तै Book Id वा Author Id |
03:08 | हामी अनेक टेबलहरुबाट लजिकल डाटाहरुलाई प्राइमरी कि फिल्ड सँग सजिलै जोड्न सक्छौं र सो डाटालाई प्रयोग गर्न सक्छौं |
03:21 | र हामीले प्राइमरी किमा दोहोरो मान राख्नु हुदैन |
03:26 | उदाहरण, हामीले प्राइमरी कि मा मानिसको नाम प्रयोग गर्न मिल्दैन किनभने नामहरु बेजोडा हुदैनन् |
03:34 | त्यहाँ एकै नामको दुई मानिस एकै टेबलमा हुन सक्छ |
03:40 | अर्को, प्राइमरी किमा सधै एउटा मान हुनुपर्छ |
03:45 | यदि यो खालि वा Null छ भने हामी यसलाई प्राइमरी कि मान्न सक्दैनौं |
03:52 | र हामी कोलमको डाटा टाइप ‘AutoNumber’ मा सेट गर्छौं जुन बेसले स्वत उत्पादन गर्छ, र एउटा प्राइमरी कि कोलममा सधै एउटा मान राख्न सक्छौं |
04:09 | स्क्रीनमा देखाएको ईमेज जस्तै हामी हाम्रो टेबलको लागि प्राइमरी कि यसरी राख्न सक्छौं |
04:20 | Books टेबलको लागि BookId |
04:24 | Authors टेबलको लागि AuthorId |
04:28 | Publishers टेबलको लागि PublishersId |
04:33 | त्यसैगरी, यहाँ नदेखिएता पनि Members टेबलको लागि MemberId प्राइमरी कि हो |
04:42 | अन्तिममा टेबलहरुमा प्राइमरी कि राखिसकेपछि हामी Entity Integrity कायम गर्छौं |
04:52 | Entity Integrity ले त्यहाँ टेबलहरुमा दोहोरिएको रेकर्ड छैन भनेर निश्चित गराउछ |
05:00 | यसले टेबलमा रहेको प्रत्येक रेकर्डलाई जनाउने फिल्ड भिन्न र निष्क्रिय नहुने निश्चित गर्छ |
05:10 | अब हामी संग प्राइमरी कि हरु तिन टेबलमा छन्, हामी तिनीहरुको सम्बन्ध बनाएर सबैलाई एकै पटक प्रयोग गर्न सक्छौँ |
05:20 | बेसमा यो धारणा मान्य हुनाले, बेसलाई Relational Database Management System भनिन्छ, छोटकरीमा RDBMS |
05:32 | त्यहाँ धेरै प्रकारहरुको सम्बन्धहरु छन् र हामी तिनीहरुलाई अब हेर्नेर्छौं |
05:37 | सुरुमा हामी One-to-Many सम्बन्ध के हो हेर्छौं |
05:43 | हामी अब ईमेजमा देखाए जस्तै Books र Authors टेबलहरु मानौं |
05:49 | एउटा किताब लेख्ने एक मात्र लेखक हुन्छ |
05:55 | अब, त्यहाँ एक किताबको दुई वा धेरै लेखकहरु भएको स्थिति पनि छ |
06:02 | तर हामी हाम्रो उदाहरणमा एउटा किताबलाई एक मात्र मानिसले लेखेको मान्छौं |
06:10 | हाम्रो उदाहरणमा अघि बढौं, एक लेखकले धेरै वटा किताबहरु लेख्न सक्छ |
06:17 | त्यसैले एक लेखकलाई Authors टेबलमा हेर्न खोज्दा, Books टेबलमा लेखकले लेखेको धेरै किताबहरु हुन सक्छ |
06:28 | त्यसैले यसलाई one-to-many सम्बन्ध भनिन्छ |
06:32 | र हामी यसलाई Library डाटाबेसमा देखाउन सक्छौं |
06:36 | Author टेबलको Author Id भन्ने प्राइमरी किलाई लिउँ र यसलाई Books टेबलमा थपौं
सजिलो छ |
06:46 | त्यसैले Books टेबलको Author Id लाई Foreign कि भनिन्छ |
06:53 | यसैगरी Publishers टेबलको प्राइमरी कि Publisher Id लाई अब Books टेबलमा थपौं र foreign कि बनाऊ |
07:06 | त्यसैले कोलम वा कोलमहरुको सेट बाडेर, हामी one-to-many सम्बन्धहरुलाई डाटाबेसमा देखाउन सक्छौं |
07:17 | र टेबलको सम्बन्धहरु Foreign किहरु प्रयोग गरि स्थापित गर्न सकिन्छ |
07:23 | त्यसैले सम्बन्ध बनाउनको लागि टेबलको प्राइमरी कि लाई अर्को टेबलको Foreign कि भनेर देखाउन सक्छौं |
07:34 | Referential integrity लाई कायम गरौँ |
07:39 | मतलब, टेबलमा प्रत्येक Foreign किको मानसँग मिल्दो प्राइमरी कि मान सम्बन्धित टेबलहरुमा हुन्छन् |
07:50 | अर्को, हामी Many-to-Many सम्बन्ध के हो हेरौं |
07:56 | अब हामी पून टेबल डिजाइनमा जाऊ |
07:59 | एउटा किताब कुनै पनि लाइब्रेरी सदस्य संख्यामा जारी गर्न सकिन्छ, (त्यहाँ धेरै प्रतिलिपिहरु उपलब्ध भएको मानौं) |
08:09 | त्यसैगरी एक सदस्यले जति वटा पनि किताबहरु सापट लिन सक्छन् (पर्याप्त किताबहरु उपलब्ध भएको मानौं) |
08:17 | त्यसैले यहाँ हामीसंग धेरै सदस्यहरुलाई धेरै किताबहरु जारी गरेको उदाहरण मानौं |
08:25 | जसले Many-to-many सम्बन्ध देखाउछ |
08:29 | त्यसैले हामी यो डाटाबेसमा Many-to-many सम्बन्ध देखाउन सक्छौं |
08:35 | तेस्रो टेबल बनाएर, BooksIssued टेबल, जसलाई Junction टेबल भनिन्छ |
08:45 | र यहाँ, हामी प्रत्येक दुई टेबलहरु-Books र Members बाट BooksIssued टेबलमा प्राइमरी किहरु राख्नेछौँ |
08:57 | नतिजामा, BooksIssued टेबलमा सदस्यलाई जारी गरिएको प्रत्येक किताबहरुको रेकर्ड हुन्छ |
09:05 | त्यसैले तेस्रो junction टेबल बनाएर, हामी many-to-many सम्बन्ध देखाउन सक्छौं |
09:13 | र अन्तमा त्यहाँ One-to-one सम्बन्ध रहेको छ |
09:18 | कुनैबेला, केही एट्रीब्युट्स वा कोलमहरुले निश्चित डाटालाई मात्र जनाउने हुन्छन् र त्यसैले त्यहाँ कम डाटा हुन्छ |
09:30 | हामी एउटा यस्तो अवस्था मानौं जहाँ एक मात्र लेखकको वेबसाइट छ र अन्यको छैन् |
09:38 | र Authors टेबलको नयाँ वेबसाइट कोलम पुरै खालि छोडेर हामी डिस्क स्पेस प्रयोग गर्छौं |
09:47 | त्यसैले हामी यो कोलमलाई नयाँ परिशिष्ट टेबलमा सार्न सक्छौं, जसको प्राइमरी कि Author Id संग मिल्दछ |
09:58 | परिशिष्ट टेबलको प्रत्येक रेकर्ड मुख्य टेबलको एक मात्र रेकर्डसंग ठयाकै मिल्नुपर्छ |
10:06 | जसले One-to-one सम्बन्ध देखाउछ |
10:10 | त्यसैले त्यहाँ हामीले डाटाबेसमा सम्बन्धहरु बनाउन सिक्यौं |
10:15 | यसरी हामी लिब्रे अफिस बेसको Database Design ट्युटोरियलको दोस्रो भागको अन्त्यमा आइपुगेका छौं |
10:23 | संक्षेपमा हेर्दा, हामीले डाटाबेस डिजाइनमा तलका कुराहरु सिक्यौं: |
10:28 | ४. जानकारीहरु भएको बस्तुहरुलाई कोलममा बदल्न |
10:32 | ५. प्राइमरी किहरु तोक्न |
10:34 | ६. टेबल सम्बन्धहरु स्थापित गर्न |
10:38 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:48 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
10:54 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:58 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |