LibreOffice-Suite-Base/C4/Database-Design-Primary-Key-and-Relationships/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो टूयूटोरियल अघिल्लो टूयूटोरियल Database Design को क्रमशः भाग हो
00:10 र हामी यहाँ यी कुराहरु सिक्छौं
00:13 ४. जानकारी भएका बस्तुहरुलाई कोलममा बदल्न
00:17 ५. प्राइमरी किहरु तोक्न
00:20 ६. टेबलको सम्बन्धहरु स्थापित गर्न
00:23 अघिल्लो टूयूटोरियालमा, हामीले साधारण Library प्रयोगको लागि डाटाबेस डिजाइनको प्रक्रिया सुरु गरेका थियौं
00:30 हामी सुरुमा Library डाटाबेस बनाउनुको उद्देश्य के हो पता लगाउ
00:36 त्यसपछि लाइब्रेरीबारे जानकारी खोजेर र संगठित गरेर हामी त्यो प्रक्रिया जारी राख्नेछौं र
00:44 हामीले जानकारीहरु टेबलरुमा बिभाजन गर्यौं
00:49 र त्यसैले, हामीले हाम्रो डाटाबेसमा चार टेबलहरु पहिचान गरेका छौं:Books, Authors, Publications र Members
01:00 अब हामी अर्को कदममा जाऊ, जसले जानकारीहरुलाई कोलममा बदल्दै छ
01:07 यहाँ, हामी कुन जानकारी कुन टेबलमा राख्न चाहेको निर्णय गर्नेछौं
01:13 हामीले पहिले नै पहिचान गरेका प्रत्येक जानकारीका बस्तुहरु एउटा फिल्ड बन्छ, र टेबलमा कोलमको रुपमा देखापर्छ
01:23 स्क्रीनमा देखाएको इमेज जस्तै, Books टेबलमा ५ कोलमहरु छन् जसलाई फिल्ड पनि भनिन्छ
01:31 त्यसैले यहाँ प्रत्येक पंक्ति वा रेकर्डले यसको कोलममा एउटा मात्र किताबको जानकारी राखेको छ
01:40 यसैगरी, Authors टेबलको प्रत्येक रेकर्डले एउटा लेखकको मात्र जानकारी राखेको छ
01:49 र Publishers टेबलमा प्रत्येक रेकर्डले एउटा प्रकाशक बारे मात्र जानकारी राखेको छ
01:58 अब हामी हाम्रो आवश्यकता अनुसार कोलमहरु थप परिष्कृत बनाउन सक्छौं
02:04 उदाहरण, हामी Author नेमलाई First Name र Last Name मा छुट्याउन सक्छौं जसले गर्दा हामी यी कोलमहरुलाई हामी खोज्न वा क्रममा राख्न सक्छौं
02:17 र हामीले हिसाबको नतिजालाई टेबलमा छुटै कोलमहरुमा राख्नु पर्दैन
02:24 किनभने बेसले हामीले नतिजा हेर्न चाहेको समयमा हिसाब गर्न सक्छ
02:31 अब हामीले टेबलहरु र कोलमहरु बारे बुझिसकेका छौं, अर्को हामी कसरी प्राइमरी कि तोक्ने भन्ने हेरौं
02:41 प्राइमरी कि भनेको
02:44 प्रत्येक टेबल अन्तर्गत एउटा कोलम वा कोलमहरुको सेट हुन्छ जसले टेबलमा राखेको प्रत्येक पंक्तिहरुलाई भिन्न तरिकाले पहिचान गर्छ
02:54 यो कोलम वा कोलमहरुको सेट भनेको टेबलको प्राइमरी कि हो
03:00 यो प्राय जसो भिन्न पहिचान भएको नम्बर हुन्छ जस्तै Book Id वा Author Id
03:08 हामी अनेक टेबलहरुबाट लजिकल डाटाहरुलाई प्राइमरी कि फिल्ड सँग सजिलै जोड्न सक्छौं र सो डाटालाई प्रयोग गर्न सक्छौं
03:21 र हामीले प्राइमरी किमा दोहोरो मान राख्नु हुदैन
03:26 उदाहरण, हामीले प्राइमरी कि मा मानिसको नाम प्रयोग गर्न मिल्दैन किनभने नामहरु बेजोडा हुदैनन्
03:34 त्यहाँ एकै नामको दुई मानिस एकै टेबलमा हुन सक्छ
03:40 अर्को, प्राइमरी किमा सधै एउटा मान हुनुपर्छ
03:45 यदि यो खालि वा Null छ भने हामी यसलाई प्राइमरी कि मान्न सक्दैनौं
03:52 र हामी कोलमको डाटा टाइप ‘AutoNumber’ मा सेट गर्छौं जुन बेसले स्वत उत्पादन गर्छ, र एउटा प्राइमरी कि कोलममा सधै एउटा मान राख्न सक्छौं
04:09 स्क्रीनमा देखाएको ईमेज जस्तै हामी हाम्रो टेबलको लागि प्राइमरी कि यसरी राख्न सक्छौं
04:20 Books टेबलको लागि BookId
04:24 Authors टेबलको लागि AuthorId
04:28 Publishers टेबलको लागि PublishersId
04:33 त्यसैगरी, यहाँ नदेखिएता पनि Members टेबलको लागि MemberId प्राइमरी कि हो
04:42 अन्तिममा टेबलहरुमा प्राइमरी कि राखिसकेपछि हामी Entity Integrity कायम गर्छौं
04:52 Entity Integrity ले त्यहाँ टेबलहरुमा दोहोरिएको रेकर्ड छैन भनेर निश्चित गराउछ
05:00 यसले टेबलमा रहेको प्रत्येक रेकर्डलाई जनाउने फिल्ड भिन्न र निष्क्रिय नहुने निश्चित गर्छ
05:10 अब हामी संग प्राइमरी कि हरु तिन टेबलमा छन्, हामी तिनीहरुको सम्बन्ध बनाएर सबैलाई एकै पटक प्रयोग गर्न सक्छौँ
05:20 बेसमा यो धारणा मान्य हुनाले, बेसलाई Relational Database Management System भनिन्छ, छोटकरीमा RDBMS
05:32 त्यहाँ धेरै प्रकारहरुको सम्बन्धहरु छन् र हामी तिनीहरुलाई अब हेर्नेर्छौं
05:37 सुरुमा हामी One-to-Many सम्बन्ध के हो हेर्छौं
05:43 हामी अब ईमेजमा देखाए जस्तै Books र Authors टेबलहरु मानौं
05:49 एउटा किताब लेख्ने एक मात्र लेखक हुन्छ
05:55 अब, त्यहाँ एक किताबको दुई वा धेरै लेखकहरु भएको स्थिति पनि छ
06:02 तर हामी हाम्रो उदाहरणमा एउटा किताबलाई एक मात्र मानिसले लेखेको मान्छौं
06:10 हाम्रो उदाहरणमा अघि बढौं, एक लेखकले धेरै वटा किताबहरु लेख्न सक्छ
06:17 त्यसैले एक लेखकलाई Authors टेबलमा हेर्न खोज्दा, Books टेबलमा लेखकले लेखेको धेरै किताबहरु हुन सक्छ
06:28 त्यसैले यसलाई one-to-many सम्बन्ध भनिन्छ
06:32 र हामी यसलाई Library डाटाबेसमा देखाउन सक्छौं
06:36 Author टेबलको Author Id भन्ने प्राइमरी किलाई लिउँ र यसलाई Books टेबलमा थपौं सजिलो छ
06:46 त्यसैले Books टेबलको Author Id लाई Foreign कि भनिन्छ
06:53 यसैगरी Publishers टेबलको प्राइमरी कि Publisher Id लाई अब Books टेबलमा थपौं र foreign कि बनाऊ
07:06 त्यसैले कोलम वा कोलमहरुको सेट बाडेर, हामी one-to-many सम्बन्धहरुलाई डाटाबेसमा देखाउन सक्छौं
07:17 र टेबलको सम्बन्धहरु Foreign किहरु प्रयोग गरि स्थापित गर्न सकिन्छ
07:23 त्यसैले सम्बन्ध बनाउनको लागि टेबलको प्राइमरी कि लाई अर्को टेबलको Foreign कि भनेर देखाउन सक्छौं
07:34 Referential integrity लाई कायम गरौँ
07:39 मतलब, टेबलमा प्रत्येक Foreign किको मानसँग मिल्दो प्राइमरी कि मान सम्बन्धित टेबलहरुमा हुन्छन्
07:50 अर्को, हामी Many-to-Many सम्बन्ध के हो हेरौं
07:56 अब हामी पून टेबल डिजाइनमा जाऊ
07:59 एउटा किताब कुनै पनि लाइब्रेरी सदस्य संख्यामा जारी गर्न सकिन्छ, (त्यहाँ धेरै प्रतिलिपिहरु उपलब्ध भएको मानौं)
08:09 त्यसैगरी एक सदस्यले जति वटा पनि किताबहरु सापट लिन सक्छन् (पर्याप्त किताबहरु उपलब्ध भएको मानौं)
08:17 त्यसैले यहाँ हामीसंग धेरै सदस्यहरुलाई धेरै किताबहरु जारी गरेको उदाहरण मानौं
08:25 जसले Many-to-many सम्बन्ध देखाउछ
08:29 त्यसैले हामी यो डाटाबेसमा Many-to-many सम्बन्ध देखाउन सक्छौं
08:35 तेस्रो टेबल बनाएर, BooksIssued टेबल, जसलाई Junction टेबल भनिन्छ
08:45 र यहाँ, हामी प्रत्येक दुई टेबलहरु-Books र Members बाट BooksIssued टेबलमा प्राइमरी किहरु राख्नेछौँ
08:57 नतिजामा, BooksIssued टेबलमा सदस्यलाई जारी गरिएको प्रत्येक किताबहरुको रेकर्ड हुन्छ
09:05 त्यसैले तेस्रो junction टेबल बनाएर, हामी many-to-many सम्बन्ध देखाउन सक्छौं
09:13 र अन्तमा त्यहाँ One-to-one सम्बन्ध रहेको छ
09:18 कुनैबेला, केही एट्रीब्युट्स वा कोलमहरुले निश्चित डाटालाई मात्र जनाउने हुन्छन् र त्यसैले त्यहाँ कम डाटा हुन्छ
09:30 हामी एउटा यस्तो अवस्था मानौं जहाँ एक मात्र लेखकको वेबसाइट छ र अन्यको छैन्
09:38 र Authors टेबलको नयाँ वेबसाइट कोलम पुरै खालि छोडेर हामी डिस्क स्पेस प्रयोग गर्छौं
09:47 त्यसैले हामी यो कोलमलाई नयाँ परिशिष्ट टेबलमा सार्न सक्छौं, जसको प्राइमरी कि Author Id संग मिल्दछ
09:58 परिशिष्ट टेबलको प्रत्येक रेकर्ड मुख्य टेबलको एक मात्र रेकर्डसंग ठयाकै मिल्नुपर्छ
10:06 जसले One-to-one सम्बन्ध देखाउछ
10:10 त्यसैले त्यहाँ हामीले डाटाबेसमा सम्बन्धहरु बनाउन सिक्यौं
10:15 यसरी हामी लिब्रे अफिस बेसको Database Design ट्युटोरियलको दोस्रो भागको अन्त्यमा आइपुगेका छौं
10:23 संक्षेपमा हेर्दा, हामीले डाटाबेस डिजाइनमा तलका कुराहरु सिक्यौं:
10:28 ४. जानकारीहरु भएको बस्तुहरुलाई कोलममा बदल्न
10:32 ५. प्राइमरी किहरु तोक्न
10:34 ६. टेबल सम्बन्धहरु स्थापित गर्न
10:38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:48 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
10:54 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:58 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya