Difference between revisions of "LibreOffice-Suite-Writer/C2/Introduction-to-LibreOffice-Writer/Nepali"
From Script | Spoken-Tutorial
| Line 139: | Line 139: | ||
||यसले तपाइलाई फाइल सेभ गर्ने बिभिन्न फायलको टाइपको विकल्प वा एक्सटेन्सन देखाउछ | ||यसले तपाइलाई फाइल सेभ गर्ने बिभिन्न फायलको टाइपको विकल्प वा एक्सटेन्सन देखाउछ | ||
|- | |- | ||
| − | || | + | ||04:34 |
||लिब्रे अफिस राइटरको डिफल्ट फाइल टाइप “ODF Text Document” हो जसले “dot odt” एक्सटेन्सन दिन्छ | ||लिब्रे अफिस राइटरको डिफल्ट फाइल टाइप “ODF Text Document” हो जसले “dot odt” एक्सटेन्सन दिन्छ | ||
|- | |- | ||
Revision as of 17:16, 15 July 2014
| Time | Narration |
| 00:01 | लिब्रे अफिस राइटरको स्पोकन ट्युटोरीयलमा स्वागत छ- यो ट्युटोरीयलमा हामी यो सिक्नेछौं
इन्ट्रोडक्सन टू राइटर |
| 00:10 | राइटरको विभिन्न टूलबारहरु |
| 00:13 | कसरी एउटा नयाँ र भइरहेको डकुमेन्ट खोल्ने |
| 00:17 | एउटा डकुमेन्ट कसरी सेभ गर्ने र |
| 00:20 | एउटा डकुमेन्ट कसरी बन्द गर्ने |
| 00:22 | लिब्रे अफिस राइटर लिब्रे अफिस सुटको वर्ड प्रोसेसर हो |
| 00:27 | यो Microsoft Office Suiteको Microsoft Word जस्तै हो |
| 00:33 | यो निशुल्क र खुला स्रोत हो ,त्यसैले यसलाई कुनै बाधा बिना बाड्न,बदल्न र वितरण गर्न सकिन्छ |
| 00:41 | यो बाड्न सजिलो भएकोले यसलाई लाइसेन्सको शुल्क नतिरिकन बाड्न सकिन्छ |
| 00:47 | लिब्रे अफिस सुइट सुरु गर्न तपाई Microsoft Windows 2000 वा यसका माथिका संस्करण जस्तै MS Windows XP वा MS Windows 7 अथवा तपाई GNU/Linux पनि अपरेटिंग सिस्टमको रुपमा प्रयोग गर्न सक्नुहुन्छ |
| 01:04 | यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सुइट ३.३.४ संस्करण प्रयोग गर्दैछौं |
| 01:16 | यदि तपाइले लिब्रे अफिस सुइट इन्स्टल गर्नुभएको छैन भने, राइटर सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि इन्स्टल गर्न सकिन्छ |
| 01:24 | सिन्याप्टिक प्याकेज म्यानेजरको बारेमा अझ जान्न उबुन्टु लिनक्स ट्युटोरीयल हेर्नुहोला र यो वेबसाइटबाट तलको निर्देशनहरु अपनाई लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस |
| 01:37 | बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो ट्युटोरीयलमा उपलब्ध छ |
| 01:43 | सम्झनुहोस, इन्स्टल गर्दा, 'Writer'को लागि 'Complete' विकल्प प्रयोग गर्नुहोस |
| 01:50 | यदि तपाइले पहिले नै LibreOffice Suite इन्स्टल गर्नुभएको छ भने, |
| 01:54 | तपाइले आफ्नो स्क्रिनको माथिल्लो बायाँ कुनाको “Applications” विकल्पमा क्लिक गर्दा LibreOffice Writer पाउनुहुनेछ |
| 02:02 | र अनि “Office” र त्यसपछि “LibreOffice” विकल्पमा क्लिक गर्नुहोस |
| 02:08 | विभिन्न लिब्रे अफिसको सामग्री सहित एउटा डायलग बक्स खुल्छ |
| 02:13 | LibreOffice Writerप्रयोग गर्न, “Text Document” विकल्पमा क्लिक गर्नुहोस जुन सुइटको वर्ड प्रोसेसर हो |
| 02:23 | यसले मुख्य राइटर विन्डोमा एउटा खाली डकुमेन्ट खोल्छ |
| 02:28 | राइटरमा बिभिन्न टूलबार छन जस्तै टाइटल बार, |
| 02:33 | मेनु बार, स्ट्याण्डर्ड टूलबार, |
| 02:36 | फर्मेटिंग बार र स्ट्याटस बार जसमा प्राय प्रयोग गरिने विकल्पहरु रहेका छन् जुन हामी ट्युटोरीयलको अगाडी हेर्नेछौं |
| 02:47 | अब, राइटरमा कसरी एउटा नयाँ डकुमेन्ट खोल्ने सिकी ट्युटोरीयल सुरु गरौँ |
| 02:53 | तपाई स्ट्यान्डर्ड टूलबारको“New” आइकन क्लिक गरि नयाँ डकुमेन्ट खोल्न सक्नुहुन्छ |
| 03:00 | अथवा मेनुबारको “File” विकल्पमा क्लिक गरि |
| 03:05 | अनि “New” विकल्पमा र अन्त्यमा “Text document” विकल्पमा क्लिक गरेर खोल्न सकिन्छ |
| 03:12 | तपाई दुबै अवस्थामा एउटा नयाँ टेक्स्ट डकुमेन्ट खुलेको देख्नुहुनेछ |
| 03:17 | अब, एडिटर क्षेत्रमा केहि टेक्स्ट टाइप गरौँ |
| 03:21 | हामी, “RESUME” टाइप गर्नेछौं |
| 03:24 | तपाइले डकुमेन्ट लेखेपछि यसलाई पछि प्रयोग गर्न सेभ गर्नु पर्छ |
| 03:29 | यो फाइल सेभ गर्न, मेनुबारको “File” मा क्लिक गर्नुहोस |
| 03:33 | र “Save As” विकल्पमा क्लिक गरौँ |
| 03:36 | एउटा डाइलग बक्स देखापर्छ, जहाँ तपाइले “Name” फिल्डमा तपाइको फाइलको नाम इन्टर गनुपर्छ |
| 03:44 | त्यसैले फाइलको नाम “resume” इन्टर गरौँ |
| 03:48 | “Name” फिल्ड मूनि “Save in folder” रहेको छ |
| 03:53 | जहाँ तपाइले तपाइको फाइल राख्ने फोल्डरको नाम इन्टर गर्नुपर्छ |
| 03:58 | त्यसकारण “Save in folder”फिल्डको डाउन एरोमा क्लिक गर्नुहोस र “Desktop” विकल्पमा क्लिक गर्नुहोस |
| 04:02 | तपाइले आफ्नो फाइल सेभ गर्न सक्ने फोल्डरहरुको सूची देख्नुहुनेछ |
| 04:08 | अब, “Desktop”विकल्पमा क्लिक गरौँ, फायल डेस्कटपमा सेभ हुनेछ |
| 04:14 | तपाई “Browse for other folders” मा पनि क्लिक गर्न सक्नुहुन्छ |
| 04:18 | र तपाइले आफ्नो डकुमेन्ट सेभ गर्न चाहनुभएको फोल्डर छान्नुहोस् |
| 04:23 | अब, डाइलग बक्सको “File type”मा क्लिक गर्नुहोस |
| 04:27 | यसले तपाइलाई फाइल सेभ गर्ने बिभिन्न फायलको टाइपको विकल्प वा एक्सटेन्सन देखाउछ |
| 04:34 | लिब्रे अफिस राइटरको डिफल्ट फाइल टाइप “ODF Text Document” हो जसले “dot odt” एक्सटेन्सन दिन्छ |
| 04:45 | ODT, ओपन डकुमेन्ट फर्म्याट वा ODF फर्म्याट संग सम्बन्धित छ जुन वर्ड डकुमेन्टको लागि विश्वभर मान्य ओपन स्ट्यान्डर्ड हो |
| 04:56 | यसलाई इन्डियाको गभर्मेन्टले पनि 'open standards in e-Governance'नीति अन्तर्गत मान्यता दिएको छ |
| 05:04 | लिब्रे अफिस राइटरमा खुल्ने डट odt टेक्स्ट डकुमेन्टमा सेभ गर्ने बाहेक, |
| 05:11 | तपाई आफ्नो फाइल dot doc र dot docx फर्म्याटमा सेभ गर्न सक्नुहुन्छ जुन MS Office Word प्रोग्राममा खोल्न सकिन्छ |
| 05:23 | धेरै प्रोग्राममा खुल्ने अर्को एक्सटेन्सन dot rtf मतलब “Rich Text Format”हो |
| 05:33 | अब, “ODF Text Document” विकल्पमा क्लिक गर्नुहोस |
| 05:37 | तपाई फाइल टाइप, “ODF Text Document” देख्नुहुन्छ र “File type” संगैको ब्राकेट भित्र dot “odt” देखिन्छ |
| 05:48 | अब, “Save” बटनमा क्लिक गर्नुहोस |
| 05:50 | यसले तपाइलाई टाइटलबारमा तपाइको रोजाइको फाइलनेम र एक्सटेन्सन राइटर विन्डोमा पुर्याउछ |
| 05:58 | अब तपाई राइटर विन्डोमा टेक्स्ट लेख्न सक्नुहुन्छ |
| 06:03 | माथि चर्चा गरिएका बाहेक राइटर डकुमेन्टलाई “dot html” फर्म्याटमा सेभ गर्न सकिन्छ जुन वेबपेज फर्म्याट हो |
| 06:13 | यो हामीले अगाडी गरेजस्तै गरिन्छ |
| 06:17 | अब मेनुबारको “File” विकल्पमा क्लिक गर्नुहोस अनि “Save As” विकल्पमा क्लिक गर्नुहोस |
| 06:24 | अब, ”File Type” विकल्पमा क्लिक गर्नुहोस र “HTML Documentमा र ब्राकेट भित्रको Open Office dot org Writer” विकल्पमा क्लिक गर्नुहोस |
| 06:35 | यो विकल्पले डकुमेन्टलाई “dot html” एक्सटेन्सन दिन्छ |
| 06:40 | “Save” बटनमा क्लिक गर्नुहोस |
| 06:42 | अब डाइलग बक्समा “Ask when not saving in ODF format”चेकबक्समा क्लिक गर्नुहोस |
| 06:50 | अन्त्यमा “Keep Current Format” विकल्पमा क्लिक गर्नुहोस |
| 06:55 | तपाई डकुमेन्ट dot html एक्सटेन्सनमा सेभ भएको देख्नुहुन्छ |
| 07:00 | डकुमेन्टलाई स्ट्याण्डर्ड टूलबारको “Export Directly as PDF” विकल्पमा क्लिक गरि PDF फर्म्याटमा एक्सपोर्ट गर्न सकिन्छ |
| 07:10 | पहिले जस्तै, तपाइले सेभ गर्ने स्थान छान्नुहोस् |
| 07:15 | बैकल्पिक रुपमा, तपाई मेनुबारको “File” विकल्पमा अनि “Export as pdf” विकल्पमा क्लिक गर्नुहोस |
| 07:24 | देखापर्ने डाइलग बक्समा “Export”र त्यसपछि “Save” बटनमा क्लिक गर्नुहोस |
| 07:32 | तपाइको पिडिएफ फाइल बनेको छ |
| 07:35 | “File” अनि “Close”मा क्लिक गरि यो फाइल बन्द गरौँ |
| 07:40 | अब, हामी LibreOffice Writerमा हालको डकुमेन्ट खोल्न सिक्नेछौं |
| 07:47 | “Resume.odt”फाइल खोलौं |
| 07:51 | भइरहेको डकुमेन्ट खोल्न, माथिको मेनुबारको “File” मेनुमा अनि “Open” विकल्पमा क्लिक गरौँ |
| 08:00 | तपाई स्क्रिनमा डाइलग बक्स देख्न सक्नुहुन्छ |
| 08:04 | यहाँ तपाइले तपाइको डकुमेन्ट सेभ गर्नुभएको फोल्डर खोज्नुहोस |
| 08:08 | डायलग बक्सको माथिल्लो बायाँ कुनाको सानो पेन्सिल बटनमा क्लिक गर्नुहोस |
| 08:14 | यसको नाम “Type a file Name”छ |
| 08:16 | यसले एउटा “Location Bar” फिल्ड खोल्छ |
| 08:19 | यहाँ तपाइले खोज्नुभएको फाइलको नाम टाइप गर्नुहोस |
| 08:24 | अब, हामी फाइलको नाम “resume”टाइप गर्छौं |
| 08:27 | अब, देखापर्ने रिज्युम फायलनेम सहितको सूचीबाट “resume dot odt”फायल छान्नुहोस् |
| 08:34 | अब, “Open”बटनमा क्लिक गर्नुहोस |
| 08:37 | अब, तपाई resume.odt फाइल खुलेको देख्नुहुन्छ |
| 08:41 | बैकल्पिक रुपमा, तपाई हालको फाइल, माथिको टूलबारको “Open” आइकनमा क्लिक गरि प्रकृया उस्तै तरिकाले गर्न सक्छौं |
| 08:52 | तपाई राइटरमा Microsoft Word मा प्रयोग गरिने “dot doc” र “dot docx” एक्सटेन्सनका फाइल पनि खोल्न सक्नुहुन्छ |
| 09:03 | अर्को, तपाई एउटा फाइल हेरफेर गरि कसरी त्यहि नाममा सेभ गर्ने हेर्नुहुनेछ |
| 09:10 | पहिले दाहिने माउस बटन क्लिक गरि यसलाई तानी, टेक्स्ट“RESUME” छान्नुहोस् |
| 09:17 | यसले टेक्स्ट छान्छ र रंगिन बनाउछ, अब, दाहिने माउस बटन क्लिक गर्नुहोस |
| 09:24 | टेक्स्ट अहिलेसम्म रंगिन हुनेछ |
| 09:26 | अब, स्ट्याण्डर्ड टूलबारको “Bold” आइकनमा क्लिक गर्नुहोस,टेक्स्ट गाढा हुन्छ |
| 09:33 | यो टेक्स्टलाई पेजको बीचमा राख्न टूलबारको “Centered” आइकनमा क्लिक गर्नुहोस |
| 09:41 | तपाई टेक्स्ट पेजको बीचमा देख्नुहुनेछ |
| 09:45 | अब, टेक्स्टको फन्ट साइज बढाउँ |
| 09:48 | त्यसैले टूलबारको “Font Size” फिल्डमा डाउन एरोमा क्लिक गर्नुहोस |
| 09:53 | ड्रपडाउन मेनुमा “14”क्लिक गरौँ |
| 09:57 | अब, टेक्स्टको फन्ट साइज “14”मा बढ्छ |
| 10:01 | “Font Name” फिल्डको डाउन एरोमा क्लिक गर्नुहोस अनि “UnDotum” लाई फन्ट नेमको रुपमा छान्नुहोस् |
| 10:09 | टूलबारको “Save” आइकनमा क्लिक गर्नुहोस |
| 10:13 | अब तपाई फाइल फेरबदल गरेपछि पनि त्यहि नाममा सेभ भएको देख्नुहुनेछ |
| 10:21 | तपाइले एकचोटी फाइल सेभ गरेपछि यसलाई बन्द गर्न चाहनुहुन्छ भने |
| 10:25 | मेनुबारको “File”मेनुमा क्लिक गर्नुहोस र “Close”विकल्पमा क्लिक गर्नुहोस, यसरी तपाइको फाइल बन्द हुनेछ |
| 10:33 | यसरी हामी लिब्रे अफिस राइटर स्पोकन ट्युटोरीयलको अन्त्यमा आइपुगेका छौं, संक्षेपमा हामीले यो सिक्यौं: |
| 10:43 | राइटरको परिचय,राइटरमा बिभिन्न टूलबारहरु |
| 10:45 | राइटरमा कसरी कुनै नयाँ र भइरहेको डकुमेन्ट खोल्ने, राइटरमा कसरी एउटा डकुमेन्ट सेभ गर्ने |
| 10:52 | राइटरमा कसरी एउटा डकुमेन्ट बन्द गर्ने |
| 10:55 | बोध कार्य, राइटरमा एउटा नयाँ डकुमेन्ट खोल्नुहोस् |
| 11:01 | यसलाई “practice.odt”कोनाममा सेभ गर्नुहोस |
| 11:05 | “This is my first assignment”भनि टेक्स्ट लेख्नुहोस् |
| 11:08 | फाइल सेभ गर्नुहोस
टेक्स्ट अन्डरलाइन गर्नुहोस फन्ट साइज १६मा बढाउनुहोस फाइल बन्द गर्नुहोस् |
| 11:18 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन ट्युटोरीयल प्रोजेक्टको सार दिन्छ |
| 11:24 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ |
| 11:29 | स्पोकन ट्युटोरीयल प्रोजेक्टले स्पोकन ट्युटोरीयल प्रयोग गरि वर्कसप संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 11:38 | बिस्तृत जानकारीको लागि,कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस |
| 11:45 | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
| 11:48 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 11:56 | यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीयल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
| 12:07 | यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद |