LibreOffice-Suite-Writer/C2/Introduction-to-LibreOffice-Writer/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस राइटरको स्पोकन ट्युटोरीयलमा स्वागत छ- यो ट्युटोरीयलमा हामी यो सिक्नेछौं इन्ट्रोडक्सन टू राइटर
00:10 राइटरको विभिन्न टूलबारहरु
00:13 कसरी एउटा नयाँ र भइरहेको डकुमेन्ट खोल्ने
00:17 एउटा डकुमेन्ट कसरी सेभ गर्ने र
00:20 एउटा डकुमेन्ट कसरी बन्द गर्ने
00:22 लिब्रे अफिस राइटर लिब्रे अफिस सुटको वर्ड प्रोसेसर हो
00:27 यो Microsoft Office Suiteको Microsoft Word जस्तै हो
00:33 यो निशुल्क र खुला स्रोत हो ,त्यसैले यसलाई कुनै बाधा बिना बाड्न,बदल्न र वितरण गर्न सकिन्छ
00:41 यो बाड्न सजिलो भएकोले यसलाई लाइसेन्सको शुल्क नतिरिकन बाड्न सकिन्छ
00:47 लिब्रे अफिस सुइट सुरु गर्न तपाई Microsoft Windows 2000 वा यसका माथिका संस्करण जस्तै MS Windows XP वा MS Windows 7 अथवा तपाई GNU/Linux पनि अपरेटिंग सिस्टमको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
01:04 यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सुइट ३.३.४ संस्करण प्रयोग गर्दैछौं
01:16 यदि तपाइले लिब्रे अफिस सुइट इन्स्टल गर्नुभएको छैन भने, राइटर सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि इन्स्टल गर्न सकिन्छ
01:24 सिन्याप्टिक प्याकेज म्यानेजरको बारेमा अझ जान्न उबुन्टु लिनक्स ट्युटोरीयल हेर्नुहोला र यो वेबसाइटबाट तलको निर्देशनहरु अपनाई लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस
01:37 बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो ट्युटोरीयलमा उपलब्ध छ
01:43 सम्झनुहोस, इन्स्टल गर्दा, 'Writer'को लागि 'Complete' विकल्प प्रयोग गर्नुहोस
01:50 यदि तपाइले पहिले नै LibreOffice Suite इन्स्टल गर्नुभएको छ भने,
01:54 तपाइले आफ्नो स्क्रिनको माथिल्लो बायाँ कुनाको “Applications” विकल्पमा क्लिक गर्दा LibreOffice Writer पाउनुहुनेछ
02:02 र अनि “Office” र त्यसपछि “LibreOffice” विकल्पमा क्लिक गर्नुहोस
02:08 विभिन्न लिब्रे अफिसको सामग्री सहित एउटा डायलग बक्स खुल्छ
02:13 LibreOffice Writerप्रयोग गर्न, “Text Document” विकल्पमा क्लिक गर्नुहोस जुन सुइटको वर्ड प्रोसेसर हो
02:23 यसले मुख्य राइटर विन्डोमा एउटा खाली डकुमेन्ट खोल्छ
02:28 राइटरमा बिभिन्न टूलबार छन जस्तै टाइटल बार,
02:33 मेनु बार, स्ट्याण्डर्ड टूलबार,
02:36 फर्मेटिंग बार र स्ट्याटस बार जसमा प्राय प्रयोग गरिने विकल्पहरु रहेका छन् जुन हामी ट्युटोरीयलको अगाडी हेर्नेछौं
02:47 अब, राइटरमा कसरी एउटा नयाँ डकुमेन्ट खोल्ने सिकी ट्युटोरीयल सुरु गरौँ
02:53 तपाई स्ट्यान्डर्ड टूलबारको“New” आइकन क्लिक गरि नयाँ डकुमेन्ट खोल्न सक्नुहुन्छ
03:00 अथवा मेनुबारको “File” विकल्पमा क्लिक गरि
03:05 अनि “New” विकल्पमा र अन्त्यमा “Text document” विकल्पमा क्लिक गरेर खोल्न सकिन्छ
03:12 तपाई दुबै अवस्थामा एउटा नयाँ टेक्स्ट डकुमेन्ट खुलेको देख्नुहुनेछ
03:17 अब, एडिटर क्षेत्रमा केहि टेक्स्ट टाइप गरौँ
03:21 हामी, “RESUME” टाइप गर्नेछौं
03:24 तपाइले डकुमेन्ट लेखेपछि यसलाई पछि प्रयोग गर्न सेभ गर्नु पर्छ
03:29 यो फाइल सेभ गर्न, मेनुबारको “File” मा क्लिक गर्नुहोस
03:33 र “Save As” विकल्पमा क्लिक गरौँ
03:36 एउटा डाइलग बक्स देखापर्छ, जहाँ तपाइले “Name” फिल्डमा तपाइको फाइलको नाम इन्टर गनुपर्छ
03:44 त्यसैले फाइलको नाम “resume” इन्टर गरौँ
03:48 “Name” फिल्ड मूनि “Save in folder” रहेको छ
03:53 जहाँ तपाइले तपाइको फाइल राख्ने फोल्डरको नाम इन्टर गर्नुपर्छ
03:58 त्यसकारण “Save in folder”फिल्डको डाउन एरोमा क्लिक गर्नुहोस र “Desktop” विकल्पमा क्लिक गर्नुहोस
04:02 तपाइले आफ्नो फाइल सेभ गर्न सक्ने फोल्डरहरुको सूची देख्नुहुनेछ
04:08 अब, “Desktop”विकल्पमा क्लिक गरौँ, फायल डेस्कटपमा सेभ हुनेछ
04:14 तपाई “Browse for other folders” मा पनि क्लिक गर्न सक्नुहुन्छ
04:18 र तपाइले आफ्नो डकुमेन्ट सेभ गर्न चाहनुभएको फोल्डर छान्नुहोस्
04:23 अब, डाइलग बक्सको “File type”मा क्लिक गर्नुहोस
04:27 यसले तपाइलाई फाइल सेभ गर्ने बिभिन्न फायलको टाइपको विकल्प वा एक्सटेन्सन देखाउछ
04:34 लिब्रे अफिस राइटरको डिफल्ट फाइल टाइप “ODF Text Document” हो जसले “dot odt” एक्सटेन्सन दिन्छ
04:45 ODT, ओपन डकुमेन्ट फर्म्याट वा ODF फर्म्याट संग सम्बन्धित छ जुन वर्ड डकुमेन्टको लागि विश्वभर मान्य ओपन स्ट्यान्डर्ड हो
04:56 यसलाई इन्डियाको गभर्मेन्टले पनि 'open standards in e-Governance'नीति अन्तर्गत मान्यता दिएको छ
05:04 लिब्रे अफिस राइटरमा खुल्ने डट odt टेक्स्ट डकुमेन्टमा सेभ गर्ने बाहेक,
05:11 तपाई आफ्नो फाइल dot doc र dot docx फर्म्याटमा सेभ गर्न सक्नुहुन्छ जुन MS Office Word प्रोग्राममा खोल्न सकिन्छ
05:23 धेरै प्रोग्राममा खुल्ने अर्को एक्सटेन्सन dot rtf मतलब “Rich Text Format”हो
05:33 अब, “ODF Text Document” विकल्पमा क्लिक गर्नुहोस
05:37 तपाई फाइल टाइप, “ODF Text Document” देख्नुहुन्छ र “File type” संगैको ब्राकेट भित्र dot “odt” देखिन्छ
05:48 अब, “Save” बटनमा क्लिक गर्नुहोस
05:50 यसले तपाइलाई टाइटलबारमा तपाइको रोजाइको फाइलनेम र एक्सटेन्सन राइटर विन्डोमा पुर्याउछ
05:58 अब तपाई राइटर विन्डोमा टेक्स्ट लेख्न सक्नुहुन्छ
06:03 माथि चर्चा गरिएका बाहेक राइटर डकुमेन्टलाई “dot html” फर्म्याटमा सेभ गर्न सकिन्छ जुन वेबपेज फर्म्याट हो
06:13 यो हामीले अगाडी गरेजस्तै गरिन्छ
06:17 अब मेनुबारको “File” विकल्पमा क्लिक गर्नुहोस अनि “Save As” विकल्पमा क्लिक गर्नुहोस
06:24 अब, ”File Type” विकल्पमा क्लिक गर्नुहोस र “HTML Documentमा र ब्राकेट भित्रको Open Office dot org Writer” विकल्पमा क्लिक गर्नुहोस
06:35 यो विकल्पले डकुमेन्टलाई “dot html” एक्सटेन्सन दिन्छ
06:40 “Save” बटनमा क्लिक गर्नुहोस
06:42 अब डाइलग बक्समा “Ask when not saving in ODF format”चेकबक्समा क्लिक गर्नुहोस
06:50 अन्त्यमा “Keep Current Format” विकल्पमा क्लिक गर्नुहोस
06:55 तपाई डकुमेन्ट dot html एक्सटेन्सनमा सेभ भएको देख्नुहुन्छ
07:00 डकुमेन्टलाई स्ट्याण्डर्ड टूलबारको “Export Directly as PDF” विकल्पमा क्लिक गरि PDF फर्म्याटमा एक्सपोर्ट गर्न सकिन्छ
07:10 पहिले जस्तै, तपाइले सेभ गर्ने स्थान छान्नुहोस्
07:15 बैकल्पिक रुपमा, तपाई मेनुबारको “File” विकल्पमा अनि “Export as pdf” विकल्पमा क्लिक गर्नुहोस
07:24 देखापर्ने डाइलग बक्समा “Export”र त्यसपछि “Save” बटनमा क्लिक गर्नुहोस
07:32 तपाइको पिडिएफ फाइल बनेको छ
07:35 “File” अनि “Close”मा क्लिक गरि यो फाइल बन्द गरौँ
07:40 अब, हामी LibreOffice Writerमा हालको डकुमेन्ट खोल्न सिक्नेछौं
07:47 “Resume.odt”फाइल खोलौं
07:51 भइरहेको डकुमेन्ट खोल्न, माथिको मेनुबारको “File” मेनुमा अनि “Open” विकल्पमा क्लिक गरौँ
08:00 तपाई स्क्रिनमा डाइलग बक्स देख्न सक्नुहुन्छ
08:04 यहाँ तपाइले तपाइको डकुमेन्ट सेभ गर्नुभएको फोल्डर खोज्नुहोस
08:08 डायलग बक्सको माथिल्लो बायाँ कुनाको सानो पेन्सिल बटनमा क्लिक गर्नुहोस
08:14 यसको नाम “Type a file Name”छ
08:16 यसले एउटा “Location Bar” फिल्ड खोल्छ
08:19 यहाँ तपाइले खोज्नुभएको फाइलको नाम टाइप गर्नुहोस
08:24 अब, हामी फाइलको नाम “resume”टाइप गर्छौं
08:27 अब, देखापर्ने रिज्युम फायलनेम सहितको सूचीबाट “resume dot odt”फायल छान्नुहोस्
08:34 अब, “Open”बटनमा क्लिक गर्नुहोस
08:37 अब, तपाई resume.odt फाइल खुलेको देख्नुहुन्छ
08:41 बैकल्पिक रुपमा, तपाई हालको फाइल, माथिको टूलबारको “Open” आइकनमा क्लिक गरि प्रकृया उस्तै तरिकाले गर्न सक्छौं
08:52 तपाई राइटरमा Microsoft Word मा प्रयोग गरिने “dot doc” र “dot docx” एक्सटेन्सनका फाइल पनि खोल्न सक्नुहुन्छ
09:03 अर्को, तपाई एउटा फाइल हेरफेर गरि कसरी त्यहि नाममा सेभ गर्ने हेर्नुहुनेछ
09:10 पहिले दाहिने माउस बटन क्लिक गरि यसलाई तानी, टेक्स्ट“RESUME” छान्नुहोस्
09:17 यसले टेक्स्ट छान्छ र रंगिन बनाउछ, अब, दाहिने माउस बटन क्लिक गर्नुहोस
09:24 टेक्स्ट अहिलेसम्म रंगिन हुनेछ
09:26 अब, स्ट्याण्डर्ड टूलबारको “Bold” आइकनमा क्लिक गर्नुहोस,टेक्स्ट गाढा हुन्छ
09:33 यो टेक्स्टलाई पेजको बीचमा राख्न टूलबारको “Centered” आइकनमा क्लिक गर्नुहोस
09:41 तपाई टेक्स्ट पेजको बीचमा देख्नुहुनेछ
09:45 अब, टेक्स्टको फन्ट साइज बढाउँ
09:48 त्यसैले टूलबारको “Font Size” फिल्डमा डाउन एरोमा क्लिक गर्नुहोस
09:53 ड्रपडाउन मेनुमा “14”क्लिक गरौँ
09:57 अब, टेक्स्टको फन्ट साइज “14”मा बढ्छ
10:01 “Font Name” फिल्डको डाउन एरोमा क्लिक गर्नुहोस अनि “UnDotum” लाई फन्ट नेमको रुपमा छान्नुहोस्
10:09 टूलबारको “Save” आइकनमा क्लिक गर्नुहोस
10:13 अब तपाई फाइल फेरबदल गरेपछि पनि त्यहि नाममा सेभ भएको देख्नुहुनेछ
10:21 तपाइले एकचोटी फाइल सेभ गरेपछि यसलाई बन्द गर्न चाहनुहुन्छ भने
10:25 मेनुबारको “File”मेनुमा क्लिक गर्नुहोस र “Close”विकल्पमा क्लिक गर्नुहोस, यसरी तपाइको फाइल बन्द हुनेछ
10:33 यसरी हामी लिब्रे अफिस राइटर स्पोकन ट्युटोरीयलको अन्त्यमा आइपुगेका छौं, संक्षेपमा हामीले यो सिक्यौं:
10:43 राइटरको परिचय,राइटरमा बिभिन्न टूलबारहरु
10:45 राइटरमा कसरी कुनै नयाँ र भइरहेको डकुमेन्ट खोल्ने, राइटरमा कसरी एउटा डकुमेन्ट सेभ गर्ने
10:52 राइटरमा कसरी एउटा डकुमेन्ट बन्द गर्ने
10:55 बोध कार्य, राइटरमा एउटा नयाँ डकुमेन्ट खोल्नुहोस्
11:01 यसलाई “practice.odt”कोनाममा सेभ गर्नुहोस
11:05 “This is my first assignment”भनि टेक्स्ट लेख्नुहोस्
11:08 फाइल सेभ गर्नुहोस टेक्स्ट अन्डरलाइन गर्नुहोस फन्ट साइज १६मा बढाउनुहोस फाइल बन्द गर्नुहोस्
11:18 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन ट्युटोरीयल प्रोजेक्टको सार दिन्छ
11:24 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ
11:29 स्पोकन ट्युटोरीयल प्रोजेक्टले स्पोकन ट्युटोरीयल प्रयोग गरि वर्कसप संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:38 बिस्तृत जानकारीको लागि,कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
11:45 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:56 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीयल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
12:07 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble