Spoken-Tutorial-Technology/C2/Editing-using-Audacity/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | नमस्कार साथीहरु, Editing using Audacity टुटोरियलमा स्वागत छ |
| 00:08 | यो टुटोरियलले कसरी एउटा अडियो फाइल एडिट गर्ने वर्णन गर्छ, हामी सिक्ने छौं |
| 00:14 | audacity मा कसरी एउटा अडियो फाइल खोल्ने |
| 00:16 | स्टेरियो फाइललाई मोनोमा बदल्ने, लेबलहरु एट्याच गर्ने, Cut,delete,move र अडियो एम्प्लीफाई गर्ने, पृष्ठभूमिको हल्ला फिल्टर गर्ने, अडियो फाइल सेभ र एक्सपोर्ट गर्ने |
| 00:27 | यो टुटोरियलको लागि म Ubuntu Linux 10.04 संस्करण अपरेटिंग सिस्टम र Audacity संस्करण 1.3 प्रयोग गर्दैछौं |
| 00:36 | Audacity ले विभिन्न अडियो फर्म्याटमा काम गर्छ: |
| 00:39 | WAV (Windows Wave format) |
| 00:41 | AIFF (Audio Interchange File Format) |
| 00:43 | Sun Au / NeXT |
| 00:46 | RCAM (Institut de Recherce et Coordination Acoustique / Musique) |
| 00:49 | MP3 (MPEG I, layer 3) (एक्सपोर्ट गर्न छुट्टै इन्कोडर चाहिन्छ, Lame Installation हेरौं) Ogg Vorbis |
| 00:53 | अब मेन मेनुबाट Audacity मा जाउँ Applications >> Sound and Video >> Audacity |
| 01:04 | एउटा अड्यासिटि हेल्प बक्स खुल्छ, OK मा क्लिक गरौँ |
| 01:09 | एउटा अडियो फाइल एडिट गर्न हामीले पहिले यसलाई Audacity मा इम्पोर्ट गर्नुपर्छ, यसो गर्न File >> Import >> Audio मा जाउँ |
| 01:21 | जब ब्राउजर विन्डो खुल्छ, सम्पादन गर्नुपर्ने अडियो फाइल खोलौं र ओपनमा क्लिक गरौँ |
| 01:31 | फाइल Audacity विन्डोमा खुल्छ |
| 01:36 | यो फाइललाई एउटा a u p फाइलको रुपमा सेभ गरौँ, (मतलब Audacity प्रोजेक्ट फाइल) क्लिक गरौँ File >> Save Project As |
| 01:47 | खुल्ने बक्समा OK क्लिक गरौँ |
| 01:51 | फाइललाई एउटा नाम दिनुहोस्, टाइप गरौँ 'Editing in Audacity' |
| 01:55 | फोल्डर जाचौ र Save मा क्लिक गरौँ |
| 02:00 | 'Copy All Audio into Project (safer)' अप्सन विकल्प छानौं |
| 02:05 | यसले एउटा फोल्डर बनाउछ जसमा सबै अड्यासिटि प्रोजेक्ट डाटा फाइल हुन्छ |
| 02:11 | ट्रयाकमा हेरौं, यदि त्यहाँ एउटा मात्र ट्रयाक छ भने अडियो MONO मा छ |
| 02:16 | यो लेफ्ट प्यानलको Label मा पनि उल्लेखित हुनेछ |
| 02:21 | अब, अर्को अडियो फाइल खोलौं |
| 02:35 | यदि त्यहाँ दुई अडियो ट्रयाक छ भने अडियो STEREO मा हुनेछ, फेरि यो लेफ्ट प्यानलको लेबलमा उल्लेख हुनेछ |
| 02:45 | एउटा ट्रयाक पुरै हटाउन, ट्रयाक छानौं, अनिTracks ट्याबमा गएर Remove Tracks छानौं |
| 02:59 | वैकल्पिक रुपमा बायाँ पट्टि रहेको X मा क्लिक गरेर डिलिट गरौँ |
| 03:04 | यदि अडियो फाइल स्टेरियोमा छ भने र स्टेरियो आउटपुट चाहिदैन भने हामी मोनो मोडमा बदल्न सक्छौं |
| 03:12 | यसो गर्न, Tracks ट्याबमा जाउँ र Mix and Render छानौं |
| 03:20 | अब अडियो फाइलको बायाँपट्टिको ड्रप-डाउन एरोमा क्लिक गरौँ र स्टेरियोलाई मोनोमा टुक्राउ |
| 03:30 | एउटा ट्रयाक मेटौं |
| 03:35 | एउटा फाइल जूम इन् वा आउट गर्न तपाईले चाहनुभएको स्थानमा कर्सर क्लिक गरौँ र एडिट प्यानलको जूम इन् वा जूम आउट बटन क्लिक गरौँ |
| 03:52 | वैकल्पिक रुपमा तपाईले जूम इन् वा जूम आउट गर्न चाहेको फाइलको खण्ड माथि कर्सर राखौं |
| 04:03 | अब Ctrl कि थिचौं र माउसको व्हिल जूम इन् र आउट गर्न प्रयोग गरौँ |
| 04:19 | एउटा अडियो फाइलको नचाहेको खण्डहरु कट, कपि, पेस्ट, डिलिट र केहि बिशेष इफेक्टको प्रयोग गर्न सकिन्छ |
| 04:29 | फाइलको भोल्युम बढाउन वा हटाउन सकिन्छ |
| 04:35 | सम्पादन गर्नु पहिले सधै पुरै अडियो फाइल सुनौं, तपाई सजिलोको लागि तपाईले सुन्नुभएको खण्ड नामांकरण गर्न चाहनुहुन्छ होला |
| 04:44 | यसो गर्न, एउटा लेबल थपौं, Tracks >> add New र Label Track मा क्लिक गरौँ |
| 04:56 | एउटा पोइन्टमा लेबल थप्न, कर्सरले पोइन्ट छानौं, ट्रयाक्स ट्याबमा जाउँ |
| 05:05 | र Add label at selection छानौं |
| 05:08 | तपाई लेबलमा टाइप गर्नसक्नुहुन्छ |
| 05:16 | वैकल्पिक रुपमा पोइन्टमा क्लिक गरौँ |
| 05:24 | Ctrl +B मा क्लिक गरौँ |
| 05:28 | यसले पहिलो चोटी एउटा नयाँ लेबल खोल्छ |
| 05:32 | त्यसपछि Ctrl+B ले सोहि ट्रयाकमा नयाँ लेबल खोल्छ |
| 05:47 | एउटा लेबल टाइमलाइनमा कर्सर राखेको पोइन्टमा खुल्नेछ |
| 05:53 | कर्सरलाई चाहिएको स्थानमा राखौं र हरेक नयाँ लेबलको लागि Ctrl+B थिचौं |
| 06:07 | Label हरुलाई सार्न पनि सकिन्छ |
| 06:15 | लेबलहरु मेट्न, टेक्स्ट बक्स भित्र क्लिक गरौँ र लेबल नमेटिएसम्म ब्याकस्पेस थिचौं |
| 06:27 | यसो गर्ने अर्को तरिका: Tracks >> Edit Labels मा जाउँ |
| 06:34 | एउटा सबै लेबलहरु सहितको विन्डो खूल्नेछ, मेट्नुपर्ने लेबलहरु छानेर Remove बटनमा क्लिक गरेर हटाउन सकिन्छ |
| 06:46 | Ok क्लिक गरौँ |
| 06:55 | अडियो फाइल एक पटक वा बढि सुनेपछि, सम्पादनको संरचना छान्न सकिन्छ आवश्यकता अनुसार फाइलका खण्डहरु मेट्न वा सार्न सकिन्छ |
| 07:07 | इन्ट्रोडक्सन, बडी र कन्क्ल्युजन लाई सुहाउने गरि सम्पादन मिलाउ |
| 07:15 | दोहोरिएका र नराम्रा आवाजहरु हटाउँ, इफेक्ट प्रयोग गरि कुनै सन्देशको असर बढाउन सकिन्छ |
| 07:21 | नचाहिदा आवाजहरु जस्तै भकभकिने र खोकि जो बोलि मा ओभरल्याप हुदैन, दोहोरिएका र लामो मौन हटाउन सकिन्छ |
| 07:32 | मेट्न सेलेक्सन टूल छानौं र मेट्नुपर्ने अडियो खण्ड लेफ्ट क्लिकले छानौं, ड्रयाग गरि छोडौं, अडियो खण्ड मेट्न डिलिट थिचौं |
| 07:50 | एउटा अडियो सेग्मेंट अर्को खण्डमा सार्न, सार्नुपर्ने अडियो लेफ्ट क्लिकले छानौं र लेफ्ट क्लिक गरौँ, यसलाई तानौं र छोडौं, र त्यो खण्ड किबोर्डको Ctrl+X थिचेर कट गरौँ |
| 08:07 | वा हामी एडिट टूल्सको Cut बटनमा पनि क्लिक गर्न सक्छौं Edit >> Cut अप्सन |
| 08:22 | अडियो सेग्मेंट सार्न पर्ने ठाउँमा कर्सर राखौं |
| 08:31 | त्यहाँ क्लिक गरौँ र अडियो सेग्मेंट पेस्ट गरौँ |
| 08:33 | यो किबोर्ड शर्टकट Ctrl+V वा पेस्ट बटनले गर्न सकिन्छ |
| 08:40 | Edit टूल्स प्यानलमा वा Edit >> |
| 08:47 | Paste अप्सन |
| 08:52 | ठुलो स्वास लिएको भाग कम गराउन त्यो भागलाई छानौं |
| 09:14 | लेफ्ट क्लिक गरि तानेर छोडौं |
| 09:17 | Effect मा जाउँ >> Amplify, -5 वा -7 इन्टर गरौँ |
| 09:26 | वा तपाईले काटी आवाज घटाउन चाहनुहुन्छ सोहि अनुसारAmplification बक्समा थपौं, Ok क्लिक गरौँ |
| 09:43 | तपाईले सानो स्वरमा रेकर्ड गर्नुभएको खण्डको भोल्युम बढाउन अडियो छानौं र Effect >> Amplify मा जाउँ |
| 09:56 | तपाई पहिले नै मान त्यहाँ देख्न सक्नुहुन्छ, यो मान यो फाइलको लागि सबैभन्दा ठुलो एम्प्लिफिकेसन हो, तपाइले आफुले चाहेको मान पनि इन्टर गर्न सक्नुहुन्छ |
| 10:12 | Ok मा क्लिक गरौँ |
| 10:15 | यदि Ok बटन एक्टिभ छैन भने Allow Clipping अप्सन छानौं |
| 10:34 | नचाहिदा ब्याकग्राउण्डको नोइजहरु फिल्टर गर्न, सामान्य नोइज सहितको ट्रयाकको एउटा खण्ड छानौं |
| 10:47 | आवाज नभएको भाग छान्न सम्झौं, अब Effect >> |
| 10:55 | Noise Removal |
| 10:59 | Get Noise Profile मा क्लिक गरौँ |
| 11:02 | यसले फिल्टर गर्ने नोइजको स्याम्पल पहिचान गर्छ |
| 11:06 | अब ट्रयाकमा कतै क्लिक गरि सबै ट्रयाक छानौं |
| 11:11 | फेरि क्लिक गरौँ Effect >> |
| 11:16 | Noise Removal, Noise Reduction Level छानौं |
| 11:26 | मान्य सबैभन्दा तल्लो मान छानौं |
| 11:31 | ठुलो मानले नोइज पूर्ण रुपमा हटाउछ तर यसले बाकी अडियोमा बदलाव ल्याउनेछ |
| 11:37 | OK क्लिक गरौँ |
| 11:44 | अडियोलाई बक्समा दिएको मान भन्दा एम्प्लीफाई नगर्न सिफारिस गरिन्छ किनभने यसले पृष्ठभूमिको नोइजलाई बढाउने छ |
| 11:54 | सुस्केराहरु पनि ठुलो हुनेछन |
| 11:57 | प्रोजेक्टलाई बारम्बार सेभ गरौँ |
| 12:00 | अन्त्यमा, अन्तिम प्रोजेक्टलाई चाहेको अडियो फर्म्याटमा एक्सपोर्ट गरौँ, जस्तै wav, mp3 र अन्य |
| 12:09 | हामीले यो खण्ड पहिलेको टुटोरियलमा नै हेरेका थियौं, बिस्तृत रुपमा यसलाई हेर्नुहोला |
| 12:17 | हामीसँग यो टुटोरियलको लागि यति नै छ, सारांश हेरौं, यो टुटोरियलमा हामीले अड्यासिटि प्रयोग गरि सामान्य सम्पादन गर्न सिक्यौं |
| 12:26 | कसरी एउटा अडियो फाइल खोल्ने, स्टेरियोलाई मोनोमा बदल्ने, जूम इन् र आउट, लेबलहरु एट्याच गर्ने |
| 12:35 | संरचना र सम्पादन, कट, डिलिट, अडियो सार्ने, अडियो एम्प्लीफाई गर्ने, ब्याकग्राउण्ड नोइज फिल्टर गर्ने |
| 12:50 | माथि दिएको सुझाव अनुसार पहिलो टुटोरियलमा रेकर्ड गरेको अडियो सम्पादन गर्नुहोस् |
| 12:55 | आवश्यकता अनुसार फेड आउट र फेड इन् प्रयोग गर्नुहोस् |
| 13:01 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
| 13:06 | यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ |
| 13:10 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
| 13:15 | स्पोकन टुटोरियल टिमले स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्छ |
| 13:20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 13:25 | थप विवरणको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
| 13:30 | स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
| 13:35 | यसलाई National Mission on Education through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 13:42 | यस मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ |
| 13:55 | यसरी हामी यो टुटोरियलको अन्त्यमा आइपुगेका छौं |
| 13:58 | धन्यवाद |
| 14:01 | म मन्दिरा बिदा हुदैछुँ नमस्कार |