Scilab/C2/Plotting-2D-graphs/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 प्लटिंग 2D ग्राफ्स विथ साइल्याबको स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 मानौं, तपाईको कम्प्युटरमा साइल्याब इन्स्टल गरिएको छ, हामी साइल्याबमा प्लटहरुको चर्चा गर्ने छौं
00:10 साइल्याबले विभिन्न किसिमको 2D र 3D प्लटहरू सिर्जना र अनुकूलित गर्ने धेरै माध्यम प्रदान गर्छ
00:16 साइल्याबले सिर्जना गर्न सक्ने विभिन्न साधारण चार्टहरू: x-y प्लट, कन्टुर प्लट, 3D प्लट, हिस्ट्रोग्राम, बार चार्ट आदि हुन
00:25 अब, आफ्नो साइल्याब कन्सोल विन्डो खोलौ
00:28 म कमान्डहरू कट र पेस्ट गर्न Plotting.sce फाईल प्रयोग गर्ने छु
00:34 प्लट गर्नका लागि, हामीलाई पोइन्टहरूको सेट चाहिन्छ, एउटा बराबर अन्तरको पोइन्टहरुको अनुक्रम सिर्जना गरौ
00:40 यो linspace कमान्ड प्रयोग गरि लिनीयर्ली इक्वली स्पेस्ड भेक्टर सिर्जना गर्न सकिन्छ
00:46 उदाहरणको लागि
00:49 x 1 र 10 बीचको ५ लिनियर्ली इक्वली स्पेस्ड पोइन्टहरु सहितको रो भेक्टर हो
00:57 त्यसैगरी, y 1 र 20 बीचको ५ लिनियर्ली इक्वली स्पेस्ड पोइन्टहरु सहितको रो भेक्टर हो
01:08 linspace सम्बन्धि थप जानकारी हेल्प डकुमेन्टेसनमा प्राप्त गर्न सकिन्छ
01:14 हामी अब प्लट फंक्सन प्रयोग गरि आर्गुमेन्ट x र y को एउटा ग्राफ प्लट गरौँ
01:19 यो म्याटल्याबमा प्रयोग गरेको जस्तै छ, x,y प्लट गरौ
01:26 यसले x भर्सेस y को एउटा ग्राफ सिर्जना गर्छ
01:32 याद गरौ, ग्राफिक्स विन्डोले '0' लेबल गरिएको छ, हामी अर्को ग्राफिक विन्डो खोल्ने छौ
01:39 x ले फंक्सन सेट गर्छ, म यो बन्द गर्दैछु, xset फंक्सन कट गरौँ र साइल्याबमा पेस्ट गरौँ र इन्टर थिचौं
01:51 तपाईले ग्राफिक विन्डो नम्बर 1 देख्नुहुन्छ, याद गरौँ, यो फंक्सनमा दुई आर्गुमेंटहरु पठाईएका छन्, विन्डो र 1
02:03 यो विन्डोमा अर्को ग्राफ प्लट गरिनेछ
02:07 साइल्याबको लागि, 2d प्लट 2d ग्राफहरू प्लट गर्ने नेटिभ फंक्सन हो
02:14 तपाई देख्नुहुन्छ, प्लट 2d कमान्डले x भर्सेस y को ग्राफ प्लट गर्छ
02:27 याद गरौँ, त्यहाँ style नामक तेस्रो आर्गुमेंट छ
02:32 स्टाइल आर्गुमेन्ट वैकल्पिक छ, यो प्लटको देखावट अनुकुल पार्न प्रयोग गरिन्छ
02:36 स्टाइल पोजिटिभ मानको लागि, अहिलेको अवस्थामा वक्र बिभिन्न रंगहरु जस्तै हरियोमा सादा छ
02:44 स्टाइलको डिफल्ट मान 1 हो
02:46 नेगेटिभ मानहरुको लागि प्लटिंग गरौ र आफैं देखावटमा भिन्नता हेर्नुहोस्
02:52 साथै हामी लागि x र y एक्सिसको लागि शुरू र अन्तको पोइन्टहरु चौथो आर्गुमेन्टमा पठाएर सेट गर्न सक्छौ, यसलाई रेक्ट भन्छ
03:08 हामीसँग 1 देखि 10 सम्मको x- एक्सिस र 1 देखि 20 सम्म y- एक्सिस छ
03:15 रेक्ट कमान्डमा आर्गुमेन्टको क्रम xmin,ymin,xmax र ymax हो
03:25 टाइटल, एक्सिस र लिजेंड्स बारे सिकौ
03:28 एक्सिसमा लेबल र प्लटमा टाइटल कन्फिगर गर्न, हामी टाइटल, x लेबल र y लेबल कमान्डहरू प्रयोग गर्न सक्छौ
03:38 म यो कमान्डहरूको सेट कट गर्छु र कन्सोलमा पेस्ट गर्ने छु, इन्टर थिचौं
03:45 तपाई देख्न हुनेछ, ग्राफमा x लाई x एक्सिसमा र y लाई y एक्सिसमा लेबल गरिएको छ र ग्राफको टाइटल माइ टाइटल हो
03:59 तपाई 3 को सट्टा प्लटको टाइटल र एक्सिस एकै कमाण्डले कन्फिगर गर्न चाहनुहुन्छ भने यसको लागि हामी x टाइटल प्रयोग गर्छौ
04:09 सबै ३ आर्गुमेन्टहरु सहितको कमान्ड
04:12 म यो कमान्ड कट गर्छु र साइल्याबमा पेस्ट गर्नेछु, इन्टर थिचौं
04:19 अब तपाई देख्नु हुन्छ, x एक्सिस लेबल X एक्सिस, Y एक्सिस र टाइटल माइ टाइटल छ
04:27 तपाई देख्नसक्नुहुन्छ अहिले मैले टाइप गरिरहेको clf() फंक्सनले अब ग्राफिक विन्डो सफा गर्ने छ
04:37 यो एकै ग्राफिक विंडोमा विभिन्न ग्राफ प्लट गर्दा उपयोगी हुन्छ
04:42 म यो विन्डोलाई बन्द गर्ने छु
04:44 कहिलेकाहीं हामीले एउटै प्लटको डाटाको दुई सेट तुलना गर्न आवश्यक हुन्छ जस्तै x डाटा को एक सेट र y डाटाको दुई सेट
04:52 यसको लागि उदाहरण हेरौ, म तल स्क्रोल गर्ने छु
04:57 हामी x रो भेक्टरमा linspace कमान्ड प्रयोग गरि x एक्सिस पोइन्टहरू परिभाषित गर्नेछौं
05:03 एउटा फंक्सन परिभाषित गरौ
05:05 y1 = x^2
05:08 x भर्सेस y1 प्लट गरौ
05:10 अर्को फंक्सन परिभाषित गरौ
05:12 y2 = 2*x^2
05:15 x भर्सेस y2 प्लट गरौ
05:19 हामी हाम्रो ग्राफमा लेबल र टाइटल पनि दिने छौ
05:23 याद गरौ, हामीले प्लट फंक्सनमा वक्रको रुप परिवर्तन गर्न थप ”o-” र ”+-”कमान्डहरू पठाएका छौं,
05:33 यी आर्गुमेन्टहरू plot2d फंक्सनको अंश होइन
05:37 तिनीहरू प्लट फंक्सनसँग मात्र प्रयोग गर्न सकिन्छ
05:41 म कमान्डहरूको यी सेटलाई कपी गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्ने छु
05:49 तपाई ग्राफ देख्नु हुन्छ
05:52 हामीले कुन वक्र कुन फंक्सनसंग सम्बन्धित छ जानेमा ठुलो मद्दत हुन्थ्यो, हैन त?
05:57 यसो लिजेण्ड कमाण्ड प्रयोग गरि गर्न सकिन्छ
06:09 o- वक्रले फंक्सन y1=x^2 लाई प्रतिनिधित्व गर्छ र "+-" ले फंक्सन y2=2*x^2 लाई प्रतिनिधित्व गर्छ
06:20 म यो ग्राफिक विन्डो बन्द गर्नेछु
06:23 हामी अब plot2d डेमोहरु र सबप्लट फंक्सनको बारेमा चर्चा गर्नेछौं
06:28 साइल्याबले यसको सबै मुख्य फंक्सनहरुको लागि डेमोहरु उपलब्ध गराउछ, plot2d को डेमो demonstration ट्याबमा हेर्न सकिन्छ
06:40 ग्राफिक्समा क्लिक गरौ, 2d-3d प्लट्स क्लिक गरौ र दिएको विभिन्न डेमोहरुबाट एउटा डेमो छानौ, म plot2d मा क्लिक गर्नेछु
06:54 तपाई डेमो ग्राफ देख्नुहुनेछ
06:56 यो ग्राफको कोड यहाँ भ्यु कोड बटनमा क्लिक गरेर पनि हेर्न सकिन्छ
07:02 यो लिन्क Mac OS मा खुल्दैन तर विन्डोज र लिनक्समा काम गर्छ
07:08 तथापि म्याकमा कोड डीरेक्टरीबाट हेर्न सकिन्छ
07:12 टर्मिनलमा जाँऊ
07:16 अहिले म देखाए जस्तै साइल्याब 5.2 डेमोज डीरेक्टरीमा छु
07:22 यस डीरेक्ट्रीको पूर्ण पाथ यहाँ देखाइएको छ
07:28 तपाईं यहाँ देख्नुहुन्छ हामी उपलब्ध डेमोहरुको सूची हेर्न ls टाइप गर्नेछौं
07:37 अनि हामी 2d_3d_plots डीरेकट्री छान्ने छौ र इन्टर थिचौं, sce फाईलहरूमा उपलब्ध विभिन्न डेमो कोड हेर्न ls टाइप गरौ
07:55 हामीले पहिले नै हेरेको डेमोको कोडहरु हेर्नेछौ
08:00 more plot2d.dem.sce टाइप गरौ र इन्टर थिचौ
08:12 यहाँ तपाई plot2d फंक्सनको डेमो ग्राफको लागि कोड देख्न सक्नुहुनेछ
08:18 म टर्मिनल बन्द गर्ने छु, म डेमो ग्राफ र डेमो विन्डो बन्द गर्ने छु
08:26 त्यसै गरी, तपाई अन्य डेमोहरुमा पनि जान सक्नुहुन्छ र साइल्याबबारे थप जान्न सक्नुहुन्छ
08:30 अब सबप्लट फंक्सनको चर्चा गरौँ
08:33 subplot() फंक्सनले ग्राफिक्स विन्डोलाई म्याट्रिक्सको सब विन्डोजमा बिभाजन गर्छ
08:38 यो फंक्सनको व्याख्या गर्न, हामीले साइल्याबमा 2D ग्राफहरु प्लट गर्न डेमोहरु प्रयोग गर्ने छौ
08:43 उदाहरणको लागि, आफ्नो कन्सोलमा 2d टाइप गरौ र यो फंक्सनको डेमो प्लट हेरौ
08:59 म यो विन्डोलाई बन्द गर्ने छु
09:01 सब प्लट कमान्डले सबप्लट कमान्डको पहिलो दुई आर्गुमेंट्हरुले प्रतिनिधित्व गरेको 2 बाई 2 म्याट्रिक्सको सब- विन्डोमा टुक्राउने छ
09:11 तेस्रो आर्गुमेन्टले हालको विन्डो जनाउँछ जसमा प्लट हुनेछ
09:16 म यो पुरै कमान्डको सेटलाई साइल्याब कन्सोलमा कपी गरेर एक्जिक्युट गर्ने छु
09:25 तपाई ४ प्लटहरू एकै प्लट विन्डोमा देख्न सक्नुहुन्छ
09:29 प्राप्त प्लट कम्प्युटरमा एउटा चित्रको रूपमा सेभ गर्न सकिन्छ
09:33 ग्राफिक विन्डोमा क्लिक गरौ, फाईल मेनुमा जाँऊ र एक्सपोर्ट टू छानौ
09:40 आफ्नो प्लटलाई उपयुक्त टाइटल दिनुहोस्, आफ्नो फाइल सेभ गर्न एउटा गन्तव्य फोल्डर छानौ, तपाईंले आफ्नो इमेज देख्न चाहनुभएको फाइल फर्म्याट छानौ
09:59 म JPEG फर्म्याट छान्नेछुँ र सेभ क्लिक गर्नेछु
10:05 इमेज खोल्न डिरेक्टरीको माध्यमले ब्राउज गरौ र यो सेभ भएको छ छैन पक्का गरौँ
10:12 यसरी हामी प्लटिंग इन साइल्याब स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
10:16 साइल्याबमा अन्य धेरै फंक्सनहरू छन् जुन अर्को स्पोकन ट्यूटोरियलमा चर्चा गरिने छ
10:20 साइल्याब लिन्कहरु हेर्दै गरौँ
10:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICTको सहयोग रहेको छ
10:29 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा छ
10:33 सहभागी हुनुभएकोमा धन्यवाद!!

Contributors and Content Editors

Mandira, PoojaMoolya