PERL/C3/Special-Variables-in-PERL/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | पर्लको special variables स्पोकन ट्युटोरियल मा स्वागत छ |
| 00:04 | यो ट्युटोरियलमा हामी सिक्ने छौं ग्लोबल स्पेशल भेरिएबल, स्पेशल कमाण्ड लाइन भेरिएबल, ग्लोबल स्पेशल कन्स्ट्यान्ट |
| 00:13 | यो ट्युटोरियलको हामी प्रयोग गर्दैछौं उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर हामी आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्छौं |
| 00:27 | तपाईसँग पर्ल प्रोग्रमिंगको ज्ञान हुनुपर्छ |
| 00:32 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइट हेर्नुहोस् |
| 00:38 | स्पेशल भेरिएबलहरु के हुन्? |
| 00:41 | स्पेशल भेरिएबलहरु पर्ल मा बिशेष अर्थ भएका पूर्व परिभाषित भेरिएबलहरु हुन् |
| 00:46 | यिनीहरुलाई प्रयोग गर्नु अघि इनिसियलाइज गर्नुपर्दैन |
| 00:50 | यिनीहरु बिभिन्न खोजका नतिजाहरु भण्डार गर्न प्रयोग गरिन्छ, जस्तै, इन्भायरोमेन्टल भेरिएबलहरु र डीबगिंग नियन्त्रण गर्ने फ्ल्यागहरु |
| 00:58 | पहिले हामी ग्लोबल स्पेशल भेरिएबलहरु को बारेमा जान्नेछौं |
| 01:02 | $_: (डलर अन्डरस्कोर), यो धेरै प्रयोग हुने स्पेशल भेरिएबल हो |
| 01:06 | $_ - डलर अन्डरस्कोर बिभिन्न फंक्सनहरु र प्याटर्न सर्चिंग सेटिंगको डिफल्ट प्यारामिटर हो |
| 01:14 | अब एउटा उदाहरण प्रोग्रामबाट $__ (डलर अन्डरस्कोर) भेरिएबल को प्रयोग हेरौं |
| 01:20 | म पहिले नै सृजना गरिएको special.pl फाइल खोल्ने छुँ |
| 01:26 | टर्मिनल मा जाऊ र टाइप गरौँ, gedit special dot pl ampersand र Enter थिचौं |
| 01:32 | gedit मा अहिलेspecial dot pl फाइल खुलेको छ, स्क्रिनमा देखाएको कोड टाइप गरौँ, अब कोडको काम हेरौं |
| 01:42 | यहाँ २ foreach लुपहरु छन्, दुवै foreach लुपहरुले एकै परिणाम दिन्छन् |
| 01:49 | प्रत्येक पटक लुप चल्दा, हालको स्ट्रिंग $__ मा बस्ने छ |
| 01:54 | र डिफल्टमा यो print स्टेटमेन्ट ले प्रयोग गर्ने छ, $__ (डलर अन्डरस्कोर) ले एउटा थप भेरिएबल $color को प्रयोग गर्छ |
| 02:03 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
| 02:06 | टर्मिनल मा फर्कौं, पर्ल स्क्रिप्ट एक्जिक्युट गर्न perl special dot pl टाइप गरौँ र Enter थिचौं |
| 02:13 | यहाँ दुवै foreach लुपहरुले एकै आउटपुट दिन्छन |
| 02:18 | अब, $__ (Dollar Underscore) भेरिएबल कसरी अन्तर्निहित हुन्छ हेर्न एउटा अर्को उदाहरण हेरौं special dot pl file मा जाऊ |
| 02:27 | स्क्रिनमा देखाइएको कोड टाइप गरौँ |
| 02:30 | यो प्रोग्रामले text file first.txt एक-एक लाइन गरी रिड गर्छ र यसले लाइनहरु रिड नभएसम्म DATA फाइल लुपमा चलाउँछ |
| 02:40 | print $_ भेरीएबलले हालको फाइलको सामग्री first.txt फाइलबाट प्रिन्ट गर्छ 'while' लुपमा, $ को प्रयोग अन्तर्निहित हुन्छ |
| 02:51 | यसको बारेमा हामी आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं |
| 02:55 | एट द रेट अन्डरस्कोर सबरुटिन प्यारामिटर हरु भण्डार गर्न प्रयोग गर्ने स्पेशल भेरिएबल हरु हुन् |
| 03:01 | यो एरेमा एउटा सबरुटिन को आर्गुमेंट हरु भण्डार हुन्छन् |
| 03:06 | यो भेरिएबल मा साधारण एरे भेरिएबलमा गर्न सक्ने एरे अपरेसनहरु जस्तै pop/shift आदि गर्न सकिन्छ |
| 03:13 | म यसको लागि एउटा उदाहरण देखाउने छुँ, special dot pl file मा पून: फर्कौं |
| 03:19 | स्क्रिनमा देखाए झैँ कोड टाइप गरौँ |
| 03:22 | यो प्रोग्रामले दुई नम्बरहरु मध्ये अधिकतम मान दिने छ @_ (एट द रेट अन्डरस्कोर) एउटा लोकल एरे हो जसले दुई आर्गुमेंटहरु डलर a कमा डलर b भण्डार गर्छ |
| 03:35 | यसको मतलब यो डलर अन्डरस्कोर इन्डेक्स अफ जिरो र डलर अन्डरस्कोर इन्डेक्स अफ वान मा भण्डार हुन्छ |
| 03:43 | print स्टेटमेन्ट ले दुई नम्बरहरु मध्येको अधिकतम मान प्रिन्ट गर्छ |
| 03:47 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
| 03:51 | टर्मिनल मा जाउ र Perl special.pl टाइप गरी पर्ल कोड एक्जिक्युट गर्न Enter थिचौं |
| 03:58 | आउटपुटमा अधिकतम मान देखिन्छ |
| 04:02 | इन्भायरोमेन्ट भेरिएबल पेर्सेंटेज सहित क्यापिटल ENV ले जनाइन्छ |
| 04:10 | इन्भायरोमेन्ट भेरिएबलहरु मा हालको इन्भायरोमेन्ट भेरिएबल को कपि हुन्छ |
| 04:17 | %ENV भेरिएबल बुझ्न एउटा उदाहरण प्रोग्राम हेरौं |
| 04:23 | हामी special dot pl file मा फर्कने छौं |
| 04:26 | स्क्रिनमा देखाएको कोड टाइप गरौँ |
| 04:30 | फाइल सेभ गर्न Ctrl+S थिचौं, टर्मिनल मा गएर Perl स्क्रिप्ट एक्जिक्युट गरौँ |
| 04:37 | perl special dot pl टाइप गरौँ र Enter थिचौं |
| 04:42 | हामी हालको इन्भायरोमेन्ट जानकारीहरु देख्न सक्छौं जस्तै PWD (प्रेजेन्ट वर्किंग डिरेक्टरी), युजरनेम, ल्याङ्ग्वेज आदि |
| 04:51 | अब हामी अर्को स्पेशल भेरिएबल डलर जिरो को बारेमा सिकौं |
| 04:55 | स्पेशल भेरिएबल डलर जिरो ($0) मा हाल एक्जिक्युट भईरहेको पर्ल प्रोग्राम हुन्छ |
| 05:02 | यो प्राय लगिंग गर्न प्रयोग गरिन्छ |
| 05:05 | उदाहरण: मसँग First.pl नामक फाइल छ जसमा म यहाँ देखाए झैँ $0 भेरिएबल प्रयोग गर्दै छुँ |
| 05:14 | एक्जिक्युट गर्दा यसले First dot pl फाइलनेम प्रिन्ट गर्छ |
| 05:19 | Perl मा एउटा sort नामक एरे को क्रम मिलाउने बिल्ट इन् फंक्सन छ |
| 05:24 | एउटा कम्पेरिजन फंक्सन ले न्युमेरिकल कम्पेरिजन अपरेटर प्रयोग गरी यसको प्यारामिटरहरु तुलना गर्छ |
| 05:30 | यो अपरेटरलाई यहाँ लेसर द्यान इक्वल टू ग्रेटर द्यान चिन्हहरु ले देखाइएको छ |
| 05:38 | यसको लागि एउटा उदाहरण हेरौं |
| 05:40 | टर्मिनल मा gedit sort.pl ampersand टाइप गरौँ र Enter थिचौं |
| 05:47 | अहिले gedit Text Editor मा sort.pl फाइल देखिन्छ, स्क्रिनको कोड टाइप गरौँ |
| 05:56 | कोड वर्णन गरौँ, पहिलो लाइनले नम्बरहरुको एरे घोषणा गर्छ |
| 06:02 | न्युमेरिकल कम्पेरिजन अपरेटर ले दुई नम्बरहरु मानको रुपमा तुलना गर्ने छ |
| 06:08 | 'डलर a र डलर b हरु तुलना गर्नुपर्ने मानहरु राख्ने स्पेशल प्याकेज लोकल भेरिएबलहरु हुन् |
| 06:16 | र यो sort फंक्सनले नम्बरहरु सानो देखि ठूलोको क्रममा राख्छ |
| 06:21 | अब प्रोग्राम सेभ र एक्जिक्युट गरौँ |
| 06:25 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl sort.pl र Enter थिचौं |
| 06:31 | हामी नम्बरहरु सानो देखि ठूलोको क्रममा राखिएको देख्छौं |
| 06:35 | अर्को भेरिएबल dollar exclamation को बारेमा हेरौं |
| 06:39 | 'dollar exclamation, स्ट्रिंग मा प्रयोग हुन्छ र system error string रिटर्न गर्छ यहाँ यसको लागि एउटा उदाहरण छ |
| 06:48 | यदि hello.txt फाइल नभएमा यसले तलको संदेश देखाउने छ: Cannot open file for reading : No such file or directory. |
| 06:59 | अब अर्को स्पेशल भेरिएबल नामत: dollar at the rate हेरौं |
| 07:04 | 'यो अर्को धेरै प्रयोग हुने भेरिएबल हो, यसले eval वा require कमाण्डबाट पाएको एउटा एरर मेसेज दिन्छ |
| 07:12 | 'यो उदाहरणले यस्तो प्रिन्ट गर्छ: could not divide Illegal division by zero. |
| 07:17 | डलर डलर अर्को स्पेशल भेरिएबल हो, यसमा स्क्रिप्ट रन गर्ने पर्ल इन्टरप्रेटर को प्रोसेस आइडी हुन्छ |
| 07:26 | डायमण्ड अपरेटर तोकिएको कमाण्ड लाइन देखि प्रत्येक लाइन रिड गर्न प्रयोग गरिन्छ |
| 07:32 | यसको लागि एउटा उदाहरण हेरौं |
| 07:35 | टर्मिनल मा जाऊ र टाइप गरौँ gedit commandline.pl ampersand र Enter थिचौं |
| 07:42 | gedit मा commandline.pl फाइल खुल्ने छ |
| 07:46 | स्क्रिनमा देखिएको कोड टाइप गरौँ |
| 07:49 | फाइल सेभ गरौँ |
| 07:51 | म sample dot txt फाइलमा रहेको टेक्स्ट देखाउने छुँ |
| 07:56 | अब कमाण्ड लाइन बाट प्रोग्राम रन गर्न टाइप गरौँ: perl commandline dot pl space sample dot txt र Enter थिचौं |
| 08:07 | यो हामीसँग sample dot txt फाइलमा रहेको टेक्स्ट हो |
| 08:11 | यदि कुनै फाइल तोकिएको छैन भने यसले स्ट्याण्डर्ड इन्पुट मतलब किबोर्डबाट इन्पुट लिन्छ |
| 08:17 | पर्ल मा एउटा एरे एट द रेट क्यापिटल A R G V स्पेशल भेरिएबल छ यसले कमाण्ड लाइन को सम्पूर्ण मानहरु लिन्छ |
| 08:27 | एरे एट द रेट क्यापिटल A R G V प्रयोग गर्दा भेरिएबल घोषणा गर्न आवश्यक छैन |
| 08:33 | ' कमाण्ड लाइन का मानहरु स्वत: यो भेरिएबल मा भण्डार हुन्छन् |
| 08:37 | अब Global Special Constants को बारेमा जानौं |
| 08:41 | अन्डरस्कोर अन्डरस्कोर E N D (सबै क्यापिटलमा)अन्डरस्कोर अन्डरस्कोर ले प्रोग्रामको लजिकल एण्ड जनाउँछ |
| 08:50 | स्पेशल भेरिएबल पछिको कुनै पनि टेक्स्ट यो स्टेटमेन्ट पछि वास्ता गरिदैन |
| 08:55 | अन्डरस्कोर अन्डरस्कोर FILE (क्यापिटल अक्षरमा)अन्डरस्कोर अन्डरस्कोर ले यो प्रयोग भएको प्रोग्रामको फाइलनेम जनाउँछ |
| 09:06 | अन्डरस्कोर अन्डरस्कोर LINE (क्यापिटल अक्षरमा) अन्डरस्कोर अन्डरस्कोरले हालको लाइन नम्बर जनाउँछ |
| 09:13 | अन्डरस्कोर अन्डरस्कोर PACKAGE (क्यापिटल अक्षरमा) अन्डरस्कोर अन्डरस्कोर ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ |
| 09:25 | हामी Global Special Constants को प्रयोगको बारेमा एउटा उदाहरण हेर्नेछौं |
| 09:30 | टर्मिनल खोलौं र टाइप गरौँ gedit specialconstant dot pl ampersand र Enter थिचौं |
| 09:39 | अहिले gedit मा specialconstant dot pl फाइल खुलेको छ |
| 09:44 | स्क्रिनमा देखिएको कोड टाइप गरौँ, म कोड वर्णन गर्ने छुँ |
| 09:50 | विशेष अक्षरहरु PACKAGE, FILE, LINE ले क्रमशः प्रोग्रामको त्यो स्थानको प्याकेजको नाम, हालको फाइलनेम र लाइन नम्बर जनाउँछ |
| 10:00 | प्रोग्राम एक्जिक्युट गरौँ |
| 10:02 | टर्मिनल मा जाऊ र टाइप गरौँ: perl specialconstant.pl र इन्टर थिचौं |
| 10:09 | हामी अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं |
| 10:15 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
| 10:19 | यो ट्युटोरियलमा हामीले पर्लमा धेरै प्रयोग गरिने स्पेशल भेरिएबलहरु को बारेमा सिक्यौं |
| 10:25 | कार्यको रुपमा तलको नम्बरहरुको एरेलाई बढ्दो र घट्दो क्रममा राख्न एउटा 'पर्ल स्क्रिप्ट लेख्नुहोस् |
| 10:34 | घट्दो क्रममा कम्पेरिजनको लागि तलको कोड प्रयोग गरौँ |
| 10:39 | ‘while loop’ र स्पेशल भेरिएबल $__ (डलर अन्डरस्कोर) प्रयोग गरी प्रिन्ट गरौँ |
| 10:45 | प्रोग्राम सेभ गरौ र एक्जिक्युट गरौँ |
| 10:47 | अब नतिजा हेरौं |
| 10:49 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 10:56 | हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं |
| 11:03 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
| 11:06 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 11:13 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
| 11:17 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |