Netbeans/C2/Introduction-to-Netbeans/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | नमस्कार सबैलाई!!Introduction to Netbeans IDE स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 00:06 | यो ट्युटोरियलमा म तपाईलाई नेटबिन्स सुरु गर्ने आधारभूत जानकारीहरु दिने छुँ |
| 00:13 | नेटबिन्स एउटा निशुल्क र ओपन सोर्स इन्टिग्रेटेड डेभलपमेन्ट इन्भायरोमेन्ट हो र www.netbeans.org मा उपलब्ध छ |
| 00:23 | यसले बिभिन्न सामग्रीहरु जोड्न दिन्छ |
| 00:27 | विविध स्क्रीप्टिंग ल्यांग्वेजहरु र एडभान्सड टेक्स्ट एडिटरहरुमा काम गर्छ |
| 00:31 | यसमा प्रोजेक्टहरु बनाउन र डिजाइन गर्न GUI उपलब्ध छ र डाटाबेसमा पनि काम गर्न सकिन्छ |
| 00:39 | यो ट्युटोरियल अनुसरण गर्न जाभा प्रोग्रामिंग ल्यांग्वेजको आधारभूत ज्ञान आवश्यक हुन्छ |
| 00:47 | यो ट्युटोरियलमा प्रोग्रामिंगका स्ट्याण्डर्ड शब्दहरु प्रयोग गरिएका छन् |
| 00:52 | नेटबिन्स सुरु गर्न, |
| 00:55 | म प्रयोग गर्दै छुँ, लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण ११.०४ |
| 01:00 | र नेटबिन्स IDE संस्करण ७.१.१ |
| 01:05 | यो ट्युटोरियलमा, हामी नेटबिन्स इन्स्टल गर्ने प्रक्रिया हेर्नेछौं |
| 01:11 | नेटबिन्स इन्टरफेस सँग परिचित हुन र |
| 01:16 | एउटा नमुना जाभा प्रोग्राम सिर्जना गर्न |
| 01:19 | पहिले IDE कसरी इन्स्टल गर्ने हेरौं |
| 01:22 | नेटबिन्स netbeans.org बाट डाउनलोड गर्न सकिन्छ |
| 01:27 | यो मुख्य आधिकारिक साइट हो |
| 01:31 | यो साइटको मुख्य पेजको Download link मा क्लिक गरौँ |
| 01:36 | लोड हुने अर्को पेजमा, |
| 01:39 | Glassfish Server सहितको IDE लाई आवश्यक सम्पूर्ण प्रबिधिहरु डाउनलोडमा समाबेस गर्न अन्तिम कोलमको download link मा क्लिक गरौँ |
| 01:53 | नेटबिन्स इन्स्टल गर्न Java Development Kit, (JDK) पनि इन्स्टल गर्नुपर्छ जुन java.sun.com मा डाउनलोड गर्न सकिन्छ |
| 02:05 | यहाँ Get Java लिंकमा क्लिक गरौँ र Netbeans र JDK Bundle दुवै डाउनलोड गर्न लिंकमा क्लिक गरौँ |
| 02:15 | लोड हुने अर्को पेजमा |
| 02:19 | आफ्नो अपरेटिंग सिस्टममा चल्ने सेटअप फाइल छानौं |
| 02:24 | उबुन्टुमा सेटअप फाइल .sh (डट sh) फाइलमा डाउनलोड हुन्छ |
| 02:29 | मतलब एउटा शेल स्क्रिप्ट फाइलको रुपमा |
| 02:33 | टर्मिनलमा गएर यो फाइल रन गरौँ |
| 02:38 | डाउनलोड गरेको सेटअप फाइल भएको विन्डो वा डिरेक्टरीमा जाउँ र प्रम्प्टमा |
| 02:46 | टाइप गरौँ, sh सँगै डाउनलोड गरेको फाइलको नाम र इन्टर थिचौं |
| 02:54 | यसले इन्स्टलर सुरु गर्छ जसले केहि समय लिनेछ |
| 03:04 | स्क्रिनमा इन्स्टलर देखापर्छ |
| 03:06 | तपाई आफ्नो सिस्टममा IDE इन्स्टल गर्न अनस्क्रिन निर्देशनहरु पालना गर्न सक्नुहुन्छ |
| 03:13 | म अब इन्स्टलर बाट निस्कन्छु |
| 03:17 | अब नेटबिन्स विन्डोमा हेरौं |
| 03:21 | तपाईको उबुन्टु अपरेटिंग सिस्टममा नेटबिन्स सुरु गर्न |
| 03:25 | मेनुमा जाउँ, अनि applications , Programmings र Netbeans IDE आइकन मा क्लिक गरौँ |
| 03:34 | तपाईले पहिलोपटक IDE खोल्दा यसले नेटबिन्सको स्टार्ट पेज खोल्छ |
| 03:41 | IDE विन्डोमा |
| 03:43 | मेनुबारमा मेनुहरु |
| 03:46 | टूलबारहरु र |
| 03:48 | वर्कस्पेसहरु जस्तै फाइल सिस्टम विन्डो |
| 03:52 | रनटाइम विन्डो ,आउटपुट विन्डो रहेका छन् |
| 03:57 | मुख्य मेनु मा तपाईले नेटबिन्स प्रयोग गर्न आवश्यक प्राय जसो कमाण्डहरु उपलब्ध हुन्छन् जसमा |
| 04:03 | तपाईको प्रोजेक्ट सिर्जना, सम्पादन, कम्पाइल, रन र डीबग गर्ने आदि पर्छन् |
| 04:10 | मेनुबारको तल उपलब्ध टूलबार मा मेनुबारमा प्रयोग हुने प्राय जसो कमाण्डहरुको लागि बटनहरु छन् |
| 04:18 | वर्कस्पेस निश्चित प्रकारको कार्यहरु गर्न प्रयोग हुने विन्डोहरुको समुह हो |
| 04:23 | जस्तै वर्कस्पेस मुनि रहेका वर्कस्पेस विन्डोमा सम्पादन गर्ने, एक्जिक्युट गर्ने, आउटपुट वा डीबग गर्ने |
| 04:35 | अब एउटा नमुना जाभा प्रोजेक्ट सिर्जना गरौँ |
| 04:40 | एउटा जाभा प्रोजेक्ट सिर्जना गर्ने File मेनुमा जाउँ र New Project मा क्लिक गरौँ |
| 04:47 | न्यू प्रोजेक्ट विन्डोमा Categories भित्रको |
| 04:51 | java छानौं Projects मा Java Applications छानौं र Next क्लिक गरौँ |
| 04:58 | विजार्डको नेम र लोकेसन पेजमा |
| 05:02 | प्रोजेक्टको नाम KeyboardReader राखौं |
| 05:08 | Set as Main Project, चेकबक्समा ठिक गरौँ र |
| 05:12 | Finish मा क्लिक गरौं |
| 05:15 | IDE मा प्रोजेक्ट बनेको छ र खोलेका छौं |
| 05:20 | एकपटक प्रोजेक्ट बनेपछि तपाईले IDE विन्डोको बायाँ प्रोजेक्ट विन्डो देख्नुहुन्छ |
| 05:27 | जसमा प्रोजेक्टको सामग्रीहरु ट्री भ्युमा राखिएको छ, तपाईको कोड आश्रित सोर्स फाइल, लाइब्रेरीहरु समाबेस छन् |
| 05:36 | बायाँ एउटा KeyboardReader.java नामक खुला फाइल सहित सोर्स एडिटर रहेको छ |
| 05:43 | मेन क्लासमा, एउटा नमुना जाभा कोड इन्टर गरौँ |
| 05:49 | यो कोडले किबोर्डबाट इनपुट लिन्छ र इनपुट एउटा सावा नम्बर वा फ्लोटिंग पोइन्ट नम्बर हो भन्ने जानकारी आउटपुटमा दिन्छ |
| 05:58 | म यो कोड मेरो क्लिपबोर्डमा कपि गर्दै छुँ र IDE वर्कस्पेसको हालको कोड माथि पेस्ट गर्ने छुँ |
| 06:11 | अर्को कदम भनेको हाम्रो प्रोजेक्ट रन गर्नु हो |
| 06:14 | नेटबिन्समा कुनै पनि प्रोग्राम रन गर्ने ३ तरिकाहरु छन् |
| 06:20 | पहिलो भनेको तपाईले Projects विन्डोको प्रोजेक्ट नोडमा क्लिक गर्ने हो र contextual मेनुबाट Run छान्ने हो |
| 06:29 | वा तपाई टूलबारमा जान सक्नुहुन्छ र Run Project बटन क्लिक गर्न सक्नुहुन्छ |
| 06:34 | वा तपाई प्रोजेक्ट रन गर्न किबोर्डको F6 थिच्न सक्नुहुन्छ |
| 06:40 | प्रोजेक्ट नोडमा राइट क्लिक गरौँ र Run विकल्प छानौं |
| 06:45 | तपाईले एउटा जाभा प्रोजेक्ट रन गर्दा IDE ले विल्ड र कम्पाइलको काम गर्छ र वर्कस्पेस तल देखिने आउटपुट विन्डोमा प्रोग्राम रन गर्छ |
| 06:57 | अहिले IDE ले Enter any Number भनि देखाएको छ |
| 07:01 | म कुनै एउटा नम्बर इन्टर गर्छु र इन्टर थिच्छु |
| 07:06 | यसले इनपुट एउटा सावा हो या फ्लोटिंग पोइन्ट नम्बर हो भन्ने छ जनाउने छ |
| 07:11 | अब कार्यमा जाउँ |
| 07:15 | KeyboardInputReader प्रोजेक्टको बिस्तारित कार्यको रुपमा, |
| 07:19 | अर्को प्रोजेक्ट मतलब एउटा तापक्रम कन्भर्टर एप्लिकेसन जसले इनपुटमा तापक्रम लिन्छ |
| 07:27 | सेल्सियसलाई फारेनहाइटमा र फारेनहाइटलाई सेल्सियसमा परिणत गर्छ |
| 07:31 | र परिणत भएको तापक्रम आउटपुट विन्डोमा देखाउने छ |
| 07:36 | मैले पहिले नै कार्य बनाएकी छुँ |
| 07:40 | कार्य रन गरौँ |
| 07:47 | प्रोग्रामले मलाई आउटपुट विन्डोमा तापक्रम इनपुट गर्न मागेको छ |
| 07:52 | म एउटा नमुना -40 फारेनहाइटमा इन्टर गर्छु र यसले सेल्सियसमा परिणत गरेको तापक्रम देखाउँछु |
| 08:07 | स्क्रिनमा देखाएको लिंकमा भिडियो हेर्नुहोस् |
| 08:10 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
| 08:14 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
| 08:20 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
| 08:27 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 08:31 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
| 08:38 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
| 08:43 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 08:49 | यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ spoken-tutorial.org/NMEICT-Intro |
| 09:00 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
| 09:05 | सहभागिताको लागि धन्यवाद र नेटबिन्समा थप खोज गर्नुहोस् |