Linux/C2/Redirection-Pipes/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 रिडाईरेक्सन् एन्ड पाईपस् को स्पोकन टिउटोरियलमा स्वागत छ ।
00:07 म उबुन्टु ०४ प्रयोग गर्दै छु ।
00:09 हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ ।
00:16 यदि ईच्छा भएमा यो वेबसाइटमा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ ।
00:22 यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ ।
00:25 नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् ।
00:32 लिनक्समा धेरै कामहरु हामी टर्मिनल द्वारा गर्दछौ ।
00:35 कुनै कमान्ड चलाउन परेमा हामी किबोर्डबाट टाईप गरेर गर्दछौ ।
00:39 मानौ हामीलाई डेट र टाईम पत्ता लगाउन छ ।
00:41 हामी सजिलै किबोर्डबाट "date" टाइप गरि इन्टर थिच्दछौ ।
00:46 हामी साधारणतय किबोर्डबाट ईनपुट दिन्छौ ।
00:48 हामीले दिएको कमान्डको आउटपुट चाहिं टर्मिनल विन्डोमा देखाईएको हुन्छ ।
00:56 यदि कमान्ड दिदाँ कुनै ईरर् देखा परेमा
00:59 जस्तै "cat स्पेस aaa" टाईप गरि इन्टर गर्नुहोस् ।
01:05 aaa नाम गरेको कुनै फाईल छैन ।
01:08 त्यसैले हामीलाई ईरर् देखाउछ ।
01:10 यो ईरर् टर्मिनल विन्डोमा पनि आउछ । त्यसैले ईरर्को रिपोर्ट टर्मिनलमा हुन्छ ।
01:20 ईनपुटिङ, आउटपुटिङ र ईरर् रिपोर्टिङ कमान्डहरु संग जोडिएको विशेष कामहरु हुन् ।
01:24 रिडाईरेक्सनको बारेमा जान्नु भन्दा अगाडि स्टिर्म र फाइल डिस्क्रिप्टर दुई महत्वपुर्ण धारणाको बारेमा जान्नु आवश्यक छ ।
01:31 बास जस्तो लिनक्स सेलहरुले ईनपुट पाउछ र क्यारेक्टर्सको सिक्वेन्स वा स्ट्रिममा आउटपुट पठाउछ ।
01:37 हरेक क्यारेक्टर एक अर्काबाट पुर्ण रुपमा स्वतन्त्र हुन्छ ।
01:41 फाईल IO टेकनिकहरु प्रयोग गरेर स्ट्रिमहरु सम्म पुगिन्छ ।
01:44 क्यारेक्टरहरुको एक्चुवल स्ट्रिम फाईल, किबोर्ड, विन्डो जे बाट आएपनि वा गएपनि केही फरक पर्दैन ।
01:51 लिनक्समा प्रोसेसको हरेक खुला फाईल ईन्टिजर नम्बर संग सम्बन्धित हुन्छ ।
01:57 यी संख्यात्मक भ्यालुहरुलाई फाईल डिस्क्रिप्टर भनिन्छ ।
02:05 लिनक्स सेलहरुले तीन प्रमुख I/O स्ट्रिम प्रयोग गर्दछ ।
02:08 ती हरेक एउटा चलेको फाईल डिस्क्रिप्टर संग सम्बन्धित छ ।
02:12 stdin प्रमुख ईनपुट स्ट्रिम हो ।
02:15 यसले कमान्डहरुलाई ईनपुट दिने गर्दछ ।
02:17 यसमा फाईल डिस्क्रिप्टर हुन्छ ।
02:19 stdout चाहिं प्रमुख आउटपुट स्ट्रिम हो ।
02:22 यसले कमान्डहरुको आउटपुट दिन्छ । यसमा फाईल डिस्क्रिप्टर हुन्छ ।
02:26 stderr प्रमुख ईरर् स्ट्रिम हो। यसले कमान्डहरुको ईरर् आउटपुटलाई देखाउछ। यसमा फाईल डिस्क्रिप्टर हुन्छ ।
02:36 ईनपुट स्ट्रिमले प्रोग्रामलाई ईनपुट दिन्छ ।
02:40 टर्मिनल किस्ट्रोकहरु बाट यसले डिफल्ट लिन्छ ।
02:44 आउटपुट स्ट्रिमले क्यारेक्टरलाई आफै टर्मिनलमा प्रिन्ट गर्दा डिफल्ट दिन्छ ।
02:47 टर्मिनल वास्तवमा ASCII टाईपराईटर वा हेर्ने टर्मिनल हो ।
02:52 तर अहिले यसले ग्राफिकल डेक्सटपमा टेक्सट् विन्डोको काम गर्छ ।
02:56 हामी देख्न सक्छौ कि कुनै फाईल संग स्ट्रिम डिफल्टमा हुन्छ ।
03:01 तर लिनक्समा डिफल्टलाई परिवर्तन गर्न सक्छौँ ।
03:04 हामी स्ट्रिमहरुलाई फाईलहरु संग जोड्न सकिन्छ ।
03:07 यो प्रक्रियालाई रिडायरेक्सन भनिन्छ ।
03:09 अब स्ट्रिमहरुमा कसरी रिडायरेक्सन गर्ने भनि हेरौ ।
03:14 पहिले प्रमुख ईनपुटमा कसरी रिडायरेक्ट गर्ने हेरौँ।
03:16 हामी < (left angled bracket) अपरेटर प्रयोग गरि फाईलबाट रिडाइरेक्ट स्ट्यानडर्डईन गर्छौ ।
03:21 यो कसरी गर्ने हेरौ । ,हामीलाई थाहा छ कि wc कमान्डले फाईलमा कतिवटा लाईन, शब्द र अक्षरहरु छन् भनि देखाउछ ।
03:28 टर्मिनल विन्डोमा wc टाईप गर्नुहोस् ।
03:31 इन्टर थिच्नुहोस् ,के हुन्छ त ? हामी संग बलिरहेको कर्सर छ । यसको मतलब हामीले किबोर्डबाट इन्टर गर्नुपर्दछ ।
03:37 केहि शब्द लेख्नुहोस् जस्तै "This tutorial is very important"।
03:46 इन्टर थिच्नुहोस् ।
03:48 अब Ctrl र d किहरु संगै थिच्नुहोस् ।
03:52 अब यो कमान्डले हामीले इन्टर्द गरेको लाईनहरुमा काम गर्छ ।
03:55 कमान्डले टर्मिनलमा आउटपुट दिन्छ ।
03:57 यहाँ wc कमान्ड पछि कुनै फाईल दिईएको छैन ।
04:01 त्यसैले यसले प्रमुख ईनपुट स्ट्रिमबाट ईनपुट लिन्छ ।
04:04 प्रमुख ईनपुट स्ट्रिमले किबोर्ड डिफल्टमा जोडिएको हुन्छ। त्यसैले wc ले किबोर्डबाट ईनपुट लिन्छ ।
04:12 यदि हामी लेख्छौं
04:14 "wc स्पेस 'left-angled bracket" स्पेस test1 dot txt"
04:19 wc ले फाईल test1 dot txt मा कतिवटा लाईन, शब्द र क्यारेक्टर्स छन् भनि देखाउछ ।
04:27 टाईप गर्नुहोस् "wc space test1 dot txt"
04:34 हामी त्यहि परिणाम देख्छौ ।
04:37 के फरक छ त ?
04:39 जब हामी "wc स्पेस test1dot txt" लेख्छौ, यो कमान्डले test1dot txt फाईल खोलेर त्यसबाट पढ्छ ।
04:46 तर जब हामी "wc स्पेस 'left-angled bracket' test1 dot txt", wc ले कुनैपनि फाईल खोल्दैन ।
04:53 त्यसको साटो स्टयान्डर्डईन बाट ईनपुट खोज्दछ ।
04:57 अब हामीले स्टयान्डर्डईन लाई test1dot txt फाईल तिर पठाइदियौ ।
05:01 कमान्डले अब test1बाट पढ्छ ।
05:04 तर स्टयान्डर्डईनमा कहाँबाट डाटा आईरहेछ भनि थाहा छैन ।
05:10 हामीलाई अब थाहा भयो कि कसरी प्रमुख ईनपुटलाई रिडायरेक्ट गर्ने ।
05:12 अब आउटपुट र स्टयान्डर्ड ईरर् लाई कसरी रिडायरेक्ट गर्ने भनि हेरौ ।
05:17 आउडपुट र ईरर् लाई फाईलमा दुई तरिकाले रेडायरेक्ट गरिन्छ :
05:20 मानौ, n फाईल डिस्किरिपटर हो ।
05:23 nsingle right-angled bracket ले फाईल डिस्किरिपटर n मा आउटपुटलाई रिडायरेक्ट गर्दछ ।
05:29 तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ ।
05:32 यदि फाईल छैन भने नयाँ फाईल बनाउछ ।
05:35 यदि फाईल छ भने त्यसमा भएको शुरुको सामग्री बिना जानकारी हराएर जान्छ ।
05:40 ' n 'double right-angled bracket' लेपनि आउटपुटलाई फाईल डिस्किरिपटर n बाट एउटा फाईलमा रिडायरेक्ट गरिदिन्छ ।
05:47 यसको लागिपनि तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ ।
05:50 यदि फाईल छैन भने नयाँ फाईल बनाउछ ।
05:52 यदि छ भने आउटपुटलाई भएको फाईलमा राखिदिन्छ ।
05:59 n single right angle bracket वा n double right angle bracket मा भएको n नै फाईल डिस्किरिपटर हो ।
06:05 यसलाई हटायो भने प्रमुख आउटपुट वा फाईल डिस्किरिपटर मानिन्छ ।
06:10 त्यसैले एउटा मात्र right angle bracket भनेको राईट ऐङ्गल ब्राकेट हो ।
06:15 तर ईरर् स्ट्रिमलाई रिडायरेक्ट गर्न तपाईले राईट ऐङ्गल ब्राकेट वा डबल राईट ऐङ्गल bracket प्रयोग गर्छौ ।
06:22 यो प्रयोगात्मक रुपमा हेरौ ।
06:24 अगाडिको उदहारणमा हामीले देख्यौ कि wc कमान्डले गर्दा फाईल वा स्ट्यानडर्डईन टर्मिनल विन्डोमा देखिन्छ ।
06:31 यदि हामीलाई टर्मिनलमा डिस्प्ले दखाउन छैन भने के गर्ने ?
06:34 यो हामी फाईलमा स्टोर गरि पछि हेर्नको लागि राख्छौ ।
06:38 wc ले आउटपुटलाई डिफल्टमा स्टयानडर्डआउटमा लेखिदिन्छ ।
06:42 स्टयानडर्डआउट डिफल्टमै पहिले देखिनै टर्मिनल विन्डो संग जोडिएको हुन्छ ।
06:45 यसरी हामी आउटपुट टर्मिनल विन्डोमा देख्छौ ।
06:48 तर यदि स्टयानडर्डआउटलाई फाईलमा रिडायरेक्ट गर्यो भने wc कमान्डको आउटपुट त्यो फाईलमा लेखिन्छ ।
06:57 मानौं हामी लेख्छौ"wc स्पेस test1 dot txt 'right-angled bracket' wc_results dot txt" .
07:09 इन्टर थिच्नुहोस् ।
07:11 यो भयो वा भएन हेर्न हामी c-a-t कमान्ड प्रयोग गरि wc_results dot txt खोलेर हेर्छौ ।
07:23 यो भएछ ,मानौ हामी संग त्यहि डिरेक्टरीमा test2 नाम गरेको फाईल छ ।
07:30 हामी फेरि कमान्डलाई test2 फाईल संग चलउछौ । टाइप गर्नुहोस् :
07:34 wc स्पेस test2 dot txt 'right-angled bracket' wc underscore results dot txt" लेखौ ।
07:44 wc_results फाईलको सामग्रीहरु माथि लेखिदिन्छ ।
07:48 अब यो हेरौ
07:56 यसको साटो हामीले "wc स्पेस test1 dot txt 'right-angled bracket' twice wc underscore results dot txt" लेखौ ।
08:07 यसले wc underscore results dot txt फाईलको माथि लेख्नुको साटो, त्यसमा जोडिदिन्छ ।
08:15 यो पनि हेरौ ।
08:26 ईरर्हरु पनि यसरी नै रिडायरेक्ट गरिन्छ ।
08:29 फरक यति मात्र हुन्छ कि यो केसमा राईट एंगल ब्राकेट वा डबल राईट एंगल ब्राकेट साईन अगाडी फाईल डिस्किरिप्टर, मानस ईरर्र्को संख्या लेख्नुपर्छ ।
08:38 हामीलाई थाहा छ कि aaa नाम गरेको कुनै फाईल छैन। यो लेख्नुहोस्
08:43 "wc स्पेस aaa"
08:46 सेलले “No such file or directory”भनि ईरर् देखाउछ ।
08:50 यदि हामीलाई स्क्रिनमा कुनै ईरर् म्यासेज चाहिदैन। यसलाई कुनै अरु फाईलमा रिडायरेक्ट गरिदिन्छ ।
08:56 यसका लागि हामी यो कमान्ड दिन्छौ
08:58 "wc स्पेस aaa स्पेस 'राईट-एंगलड ब्राकेट' ईरर् लग डट टिएक्सटि"
09:06 अब ईरर् टर्मिनलमा आउनुको साटो errorlog dot txt फाईलमा लेखिन्छ ।
09:12 हामी दिईएको कमान्ड लेख्छौ
09:15 "cat स्पेस errorlog dot txt"
09:21 मानौ कि म कुनै कमान्ड चलाइ ईरर् गर्दछु
09:26 "cat स्पेस bbb स्पेस 'राईट-एंगलड ब्राकेट" errorlog dot txt"
09:34 पहिलेको ईरर् मेटिएर नयाँ ईरर् देखिन्छ ।
09:39 "cat स्पेस errorlog dot txt" हेर्नुहोस् ।
09:46 हामीलाई सबै ईरर् राख्न मनलाग्यो भने के गर्ने ?
09:49 सजिलै हामी कमान्ड चलाउछौ
09:51 "wc स्पेस aaa स्पेस 'राईट-एंगल्ड ब्राकेट' दुईपल्ट ईरर्लग डट टिएक्सटि "
09:58 यो हामी cat कमान्ड प्रयोग गरि हेर्छौ।
10:06 हामीले हेर्यौ कि कसरी तीन स्ट्रिम्स स्ट्यान्डर्ड आउट, स्ट्यान्डर्ड ईन, स्ट्यान्डर्ड इरर लाई रिडायरेक्ट र हेरफेर गर्नसक्छौ । तर यो तरिका को सहि शक्ति तब नाप्न सकिन्छ जब हामी स्ट्रिम्स संगै हेरफेर गर्न सक्छौं त्यो भन्नाले विभिन्न स्ट्रिम्स लाई जोड्ने ।
10:21 यो प्रोसेसलाई पाईपलाईनिङ भनिन्छ ।
10:24 पाईपहरु कमान्डहरुको श्रखला बनाउन प्रयोग गरिन्छ ।
10:27 पाईपले एउटा कमान्डको आउटपुटलाई अर्को कमान्डको ईनपुट सँग जोडिदिन्छ ।
10:32 कमान्ड भर्टिकल बार कमान्ड हाईफन अप्सन भर्टिकल बार कमान्ड हाईफन अप्सन हाईफन अप्सन भर्टिकल बार कमान्ड
10:44 मानौ हामीलाई हालको डिरेक्टरीमा भएको फाईलहरु र डिरेक्टरीहरुको जम्मा संख्या थाहा पाउनुछ
10:49 हामी के गर्न सक्छौ त हामीलाई थाहा छ
10:52 "ls स्पेस minus l" ले हालको डिरेक्टरीहरुमा भएको सबै फाईलहरु र डिरेक्टरीहरुलाई देखाउछ ।
10:58 यो आउटपुटलाई एउटा फाईलमा रिडायरेक्ट गर्न सकिन्छ ।
11:02 "ls space minus l 'right-angled bracket' files dot txt"
11:08 "cat स्पेस files dot txt" चलाउनुहोस् ।
11:14 यहाँ हरेक लाईन फाईल वा डिरेक्टरीको नाम हो ।
11:17 हामी फाईलमा भएको जम्मा लाईन गन्न सक्छौ। हाम्रो कामको लागि हामी files dot txt प्रयोग गर्छौ ।
11:24 यो कमान्ड "wc स्पेस minus l files dot txt" बाट गर्न सकिन्छ ।
11:32 यसले हामीलाई काम दिने भएतापनि केही समस्याहरु छन्।
11:35 शुरुमा हामीलाई फाईल dot txt भन्ने माध्यम चाहिन्छ ।
11:40 यदि शुरुको कमान्डले नचाहिदो डाटा निकालेर डिस्क मेमोरी खान सक्छ ।
11:46 साथै धेरै कमान्डहरुको श्रखला बनाउनु परेमा यो तरिका ढिलो हुन्छ ।
11:48 पाईपहरु राखेर हामी यो सजिलै गर्न सक्छौ। हामी लेख्छौ ।
11:52 "ls स्पेस minus l 'vertical bar' wc स्पेस minus l"
12:01 र हामीले सोहि नतिजा सजिलै पाउछौ ।
12:06 ls कमान्डको आउटपुट wc कमान्डको ईनपुटको रुपमा जान्छ ।
12:10 पाईपहरु प्रयोग गरेर अझ लामो कमान्डको श्रखला बनाउन सकिन्छ ।
12:15 पाईपहरुको एउटा प्रयोग धेरे पेज भएको डिस्प्लेहरु पढ्नलाई हो ।
12:19 "cd स्पेस slash user slash bin"टाईप गर्नुहोस् ।
12:24 अब हामी bin डिरेक्टरीमा छौ ।
12:28 "ls minus l" चलाउनुहोस् ।
12:31 हामी आउटपुट राम्ररी देख्न सक्दैनौ तर पाईप संग जोडेर प्रयोग गरेमा सकिन्छ
12:37 सुचिको तल जान इन्टर थिच्नुहोस् ।
12:41 बाहिर आउन "q" थिच्नुहोस्।
12:45 यी केही कमान्डहरु हुन् जसले हामीलाई फाईलहरु संग काम गर्न मद्दत गर्दछ ।
12:48 यहाँ अझ धेरै कमान्डहरु छन् ।
12:50 साथै हामीले प्रयोग गरेको कमान्डहरुको अरु अप्सनहरु पनि छन् ।
12:54 म तपाईहरुलाई 'man' कमान्ड प्रयोग गरि अझ हेर्न प्रोत्साहित गर्छु ।
12:58 कमान्डहरु सिक्ने सबैभन्दा राम्रो तरिका त्यसलाई घरि-घरि प्रयोग गरेर हो ।
13:04 यसले मलाई यस टिउटोरियलको अन्त्यमा पुर्यायो ।
13:07 यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । यो अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
13:15 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
13:19 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Udaya