Linux/C2/Installing-Software-16.04/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | नमस्कार! उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टममा सफ्टवेयर इन्स्टल गर्ने बारेको स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ |
| 00:10 | यो ट्युटोरियलमा हामी यी तरिकाबाट उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टममा सफ्टवेयर इन्स्टल गर्न सिक्ने छौं:
टर्मिनल |
| 00:21 | सिन्याप्टिक प्याकेज म्यानेजर र उबुन्टु सफ्टवेयर सेन्टर |
| 00:27 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छु |
| 00:34 | यो ट्युटोरियलमा अघि बढ्न तपाईसँग इन्टरनेट हुनुपर्छ |
| 00:39 | सफ्टवेयर इन्स्टल गर्न तपाई एउटा सिस्टम एड्मिनिस्ट्रेटर वा एड्मिनिस्ट्रेटरको अधिकार भएको हुनुपर्छ |
| 00:46 | सिन्याप्टिक प्याकेज म्यानेजर a p t को लागि एउटा ग्राफिकल प्रोग्राम हो |
| 00:51 | यो apt-get कमाण्ड लाइन युटिलिटीको GUI हो |
| 00:57 | डिफल्टमा, उबुन्टु लिनक्स १६.०४ मा पहिले नै सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल भएको हुँदैन |
| 01:05 | अब, टर्मिनल प्रयोग गरी कसरी इन्स्टल गर्ने जानौं |
| 01:10 | किबोर्डको Ctrl, Alt र T किहरू एकैसाथ थिचेर टर्मिनल खोलौं |
| 01:18 | अब, टर्मिनल मा टाइप गरौं: sudo स्पेस a p t हाइफन get स्पेस install स्पेस s y n a p
र Tab कि थिचौं |
| 01:34 | यसले s y n a p बाट सुरु हुने सफ्टवेयर को सूची देखाउने छ |
| 01:40 | अब, synaptic शब्द पूरा गरौं र Enter थिचौं |
| 01:46 | यसले एड्मिनिस्ट्रेटर को पासवर्ड माग्ने छ |
| 01:51 | एडमिनको पासवर्ड इन्टर गरौं |
| 01:54 | टर्मिनल मा पासवर्ड टाइप गर्दा देखिदैन, त्यसैले ध्यान दिएर टाइप गर्नुपर्छ |
| 02:02 | इन्टर थिचौं |
| 02:04 | टर्मिनल मा इन्स्टल गर्नुपर्ने प्याकेजहरू देखिन्छन् |
| 02:09 | साथै डाउनलोड गर्नुपर्ने फाइलको साइज र इन्स्टल गरे पछिको डिस्कको स्पेसको पनि जानकारी रहेको छ |
| 02:17 | यसलाई पक्का गर्न Y थिचौं |
| 02:19 | इन्टर थिचौं |
| 02:22 | अब इन्स्टल हुने प्रक्रिया सुरु हुन्छ, तपाईको इन्टरनेट को गति अनुसार यसमा केही समय लाग्न सक्छ |
| 02:31 | अब हामीले सफलतापूर्वक सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल गरेका छौं |
| 02:36 | टर्मिनल बन्द गरौं |
| 02:39 | इन्स्टल भएको पक्का गर्न, ड्याश होम मा जाऊ, अनि सर्चबार मा synaptic टाइप गरौं |
| 02:46 | हामी खोजको नतिजामा सिन्याप्टिक प्याकेज म्यानेजर आइकन देख्न सक्छौं |
| 02:51 | अब, सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी सफ्टवेयर इन्स्टल गर्न सिकौं |
| 02:57 | सिन्याप्टिक प्याकेज म्यानेजर आइकन मा क्लिक गरौं |
| 03:01 | आधिकारिकताको लागि एउटा डायलग बक्सले पासवर्ड माग्ने छ |
| 03:06 | एडमिन पासवर्ड टाइप गरौं र इन्टर थिचौं |
| 03:10 | हामीले पहिलोपटक सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्दा एउटा परिचयात्मक डायलग बक्स देखापर्छ |
| 03:17 | यो डायलग बक्समा सिन्याप्टिक प्याकेज म्यानेजर कसरी प्रयोग गर्ने जानकारी रहेको छ |
| 03:23 | यो डायलग बक्स बन्द गर्न Close बटन क्लिक गरौं |
| 03:27 | अब सिन्याप्टिक प्याकेज म्यानेजर मा Proxy र Repository कन्फिगर गरौं |
| 03:33 | हामीले कुनै एप्लिकेसन वा प्याकेज इन्स्टल गर्नु अघि यसो गर्नुपर्छ |
| 03:38 | Settings मा जाऊ र Preferences मा क्लिक गरौं |
| 03:42 | Preferences विन्डोमा विभिन्न ट्याबहरू रहेका छन् जुन स्क्रिनमा देखिन्छन् |
| 03:48 | Proxy सेटिंग कन्फिगर गर्न Network मा क्लिक गरौं |
| 03:52 | Proxy Server भित्र दुई विकल्पहरू रहेका छन्– Direct Connection र Manual Proxy |
| 04:00 | म Direct Connection प्रयोग गर्ने छु
तपाई आफ्नो रोजाईको विकल्प प्रयोग गर्न सक्नुहुन्छ |
| 04:06 | विन्डो बन्द गर्न विन्डोको तल रहेको OK बटन क्लिक गरौं |
| 04:11 | अब पुन: Settings मा जाऊ र Repositories क्लिक गरौं |
| 04:16 | स्क्रिनमा Software & Updates विन्डो देखापर्ने छ |
| 04:20 | उबुन्टु सफ्टवेयर डाउनलोड गर्ने विभिन्न स्रोतहरू रहेका छन् |
| 04:24 | Download From ड्रप डाउन मेनु क्लिक गरी बटन थिची राखौं, यसले रिपोजिटरी को सूची देखाउने छ |
| 04:31 | Other ले संसार भरको सर्भरहरू को सूची देखाउने छ |
| 04:36 | यो विन्डो बन्द गर्न, तल रहेको Cancel बटन क्लिक गरौं |
| 04:41 | म यहाँ देखाए झैँ, Server for India प्रयोग गर्दै छु |
| 04:45 | Software Sources विन्डो बन्द गर्न Close क्लिक गरौं |
| 04:50 | यदि तपाई पहिलोपटक सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईले प्याकेजहरू रिलोड गर्नुपर्छ |
| 04:57 | यसो गर्न, टूलबारको Reload बटनमा क्लिक गरौं |
| 05:02 | यसलाई केही सेकन्ड लाग्न सक्छ |
| 05:05 | यहाँ हेरौं, हामी प्याकेजहरू इन्टरनेट मार्फत डाउनलोड र अपडेट भइरहेको देख्न सक्छौं |
| 05:13 | उदाहरणको लागि, म VLC player इन्स्टल गर्ने छु |
| 05:18 | टूलबारमा रहेको सर्च फिल्ड मा जाऊ |
| 05:23 | Search डायलग बक्समा, vlc टाइप गरौं, अनि Search बटन क्लिक गरौं |
| 05:29 | यहाँ हामी प्याकेजहरू सूचिकृत भएको देख्न सक्छौं |
| 05:34 | VLC प्याकेज छान्न, चेकबक्समा राइट क्लिक गरौं
अनि देखापर्ने मेनुबाट Mark for installation छानौं |
| 05:45 | सम्पूर्ण रिपोजिटरी प्याकेजहरू को सूची सहित एउटा डायलग बक्स देखापर्ने छ |
| 05:51 | अन्य निर्भर प्याकेजहरू स्वत: छान्न Mark बटन क्लिक गरौं |
| 05:57 | टूलबारमा जाऊ र Apply बटनमा क्लिक गरौं |
| 06:01 | इन्स्टल गर्नुपर्ने प्याकेज को विस्तृत जानकारी सहितको एउटा Summary विन्डो देखापर्छ |
| 06:07 | इन्स्टल गर्न सुरु गर्न तलको Apply बटनमा क्लिक गरौं |
| 06:12 | इन्स्टल हुन केही समय लाग्ने छ |
| 06:16 | यो इन्स्टल गर्नुपर्ने प्याकेजहरू को संख्या र साइजमा भर पर्छ |
| 06:21 | इन्स्टल गर्ने प्रक्रिया पूर्ण भएपछि, Applying Changes विन्डो बन्द हुनेछ |
| 06:27 | सिन्याप्टिक प्याकेज म्यानेजर विन्डो बन्द गरौं |
| 06:31 | अब, VLC player राम्ररी इन्स्टल भए/नभएको जाँचौं |
| 06:37 | ड्याश होम मा जाऊ |
| 06:39 | सर्चबार मा vlc टाइप गरौं |
| 06:42 | सूचीमा हामी VLC आइकन देख्न सक्छौं
यसलाई खोल्न क्लिक गरौं |
| 06:49 | यसैगरी, हामी सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी अन्य एप्लिकेसन हरू इन्स्टल गर्न सक्छौं |
| 06:56 | अब, हामी उबुन्टु सफ्टवेयर सेन्टर मार्फत सफ्टवेयर इन्स्टल गर्न सिक्ने छौं |
| 07:02 | उबुन्टु सफ्टवेयर सेन्टर, उबुन्टु लिनक्स ओएस को सफ्टवेयर व्यवस्थापन गर्न दिने एउटा एप्लिकेसन हो |
| 07:10 | तपाई एउटा सफ्टवेयर खोज्न, डाउनलोड गर्न, इन्स्टल गर्न, अपडेट वा अनइन्स्टल गर्न सक्नुहुन्छ |
| 07:17 | यसले तपाईले सफ्टवेयर प्रयोग गर्नु भन्दा पहिले नै यसको जानकारी दिन्छ |
| 07:23 | उबुन्टु सफ्टवेयर सेन्टर खोल्न, लन्चर मा जाऊ |
| 07:27 | Ubuntu Software आइकन मा क्लिक गरौं |
| 07:31 | उबुन्टु सफ्टवेयर सेन्टर विन्डो देखापर्छ |
| 07:35 | त्यसको माथि हामी, ३ ट्याबहरू - All, Installed र Updates देख्न सक्छौं |
| 07:42 | All ट्याब क्लिक गरौं |
| 07:44 | माथि हामी एउटा सर्च बार देख्न सक्छौं |
| 07:47 | यसले सफ्टवेयर खोज्न सघाउने छ |
| 07:51 | अब, Inkscape सफ्टवेयर इन्स्टल गरौं |
| 07:55 | सर्च बारमा, inkscape टाइप गरौं |
| 07:59 | Inkscape को बारेमा छोटो जानकारी देखाइएको छ |
| 08:03 | अब दायाँ कुनाको Install बटन क्लिक गरौं |
| 08:07 | Authentication डायलग बक्स देखापर्छ |
| 08:10 | तपाईको एडमिन पासवर्ड इन्टर गर्नुहोस् र Authenticate बटन क्लिक गरौं |
| 08:16 | प्रोग्रेस बारले Inkscape इन्स्टल भइरहेको जनाउँछ |
| 08:21 | इन्स्टल भइरहेको प्याकेज को संख्या र साइज अनुसार इन्स्टल हुन केही समय लाग्ने छ |
| 08:28 | माथिको Installed ट्याबमा पनि प्रगति देख्न सकिन्छ
यसमा क्लिक गरौं |
| 08:35 | इन्स्टल हुने क्रममा हामी अन्य एप्लिकेसन हरू प्रयोग गर्न सक्छौं |
| 08:41 | Inkscape शब्द क्लिक गरौं |
| 08:44 | यसले Inkscape को बारेमा जानकारी देखाउने छ |
| 08:48 | इन्कस्पेस इन्स्टल भएपछि, हामी यो सँगै दुई बटनहरू Remove र Launch देख्न सक्छौं |
| 08:55 | यदि तपाई सफ्टवेयर अनइन्स्टल गर्न चाहनु हुन्छ भने, Remove बटन क्लिक गरौं |
| 09:00 | एप्लिकेसन खोल्न, Launch बटन क्लिक गरौं
म यसमा क्लिक गर्ने छु |
| 09:06 | यसले इन्कस्पेस एप्लिकेसन खोल्ने छ |
| 09:10 | उबुन्टु सफ्टवेयर सेन्टर मा फर्कौं
माथि बायाँ रहेको ब्याक एरो बटनमा क्लिक गरौं र मुख्य स्क्रिनमा फर्कौं |
| 09:18 | अब Updates ट्याब क्लिक गरौं |
| 09:21 | हामी देख्न सक्छौं कि यसले Software is up to date देखाएको छ |
| 09:25 | माथि बायाँको refresh आइकन क्लिक गरौं
यसले नयाँ अपडेटहरू खोज्ने छ |
| 09:31 | हामीले एउटा OS अपडेट पाएका छौं |
| 09:34 | विस्तृत विवरणको लागि यसमा क्लिक गरौं, म यो बन्द गर्ने छु |
| 09:39 | यदि तपाई यो अपडेट इन्स्टल गर्न चाहनुहुन्छ भने Install बटन क्लिक गरौं,
नत्रभने यतिकै छोडौं |
| 09:46 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
सङ्क्षेपमा हेरौं |
| 09:52 | यो ट्युटोरियलमा हामीले यी तरिकाहरूबाट उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम मा सफ्टवेयर इन्स्टल गर्न सिक्यौं:
टर्मिनल |
| 10:02 | सिन्याप्टिक प्याकेज म्यानेजर र उबुन्टु सफ्टवेयर सेन्टर |
| 10:07 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
यसलाई डाउनलोड गरी हेर्नुहोला |
| 10:15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 10:24 | विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
| 10:28 | समय सहितको तपाईका जिज्ञासाहरू यो फोरममा पोस्ट गर्नुहोला |
| 10:32 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ |
| 10:44 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ
आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार |