Linux/C2/Desktop-Customization-16.04/Nepali
| Time | Narration |
| 00:01 | नमस्कार! उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम को Desktop Customization स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ |
| 00:11 | यो ट्युटोरियलमा हामी लन्चर को बारेमा जान्ने छौं र यी कुराहरू गर्न सिक्ने छौं:
लन्चर मा एप्लिकेसन हरू थप्न र हटाउन |
| 00:21 | एक भन्दा बढि डेस्कटप हरू प्रयोग गर्न
डेस्कटप को थिम बदल्न |
| 00:27 | इन्टरनेट जडान, साउण्ड सेटिंगहरू |
| 00:32 | Time र Date सेटिंगहरू र अन्य युजर एकाउन्ट कसरी प्रयोग गर्ने |
| 00:39 | यो ट्युटोरियलको लागि, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छु |
| 00:46 | अब, लन्चर को प्रयोग हेरौं |
| 00:49 | लन्चर डिफल्टमा उबुन्टु लिनक्स डेस्कटप को बायाँपट्टिको प्यानल हो जसमा केही डिफल्ट
एप्लिकेसन हरू हुन्छन् |
| 00:59 | लन्चर ले बारम्बार प्रयोग गर्नुपर्ने एप्लिकेसन हरूको प्रयोग सजिलो बनाउँछ |
| 01:05 | त्यसैले, हामी लन्चर को डेस्कटप सर्टकट मा क्लिक गरेर एउटा प्रोग्राम सुरु गर्न सक्छौं |
| 01:12 | डिफल्टमा, लन्चर मा केही एप्लिकेसन हरू हुन्छन् |
| 01:17 | अब हाम्रो आवश्यकता अनुसार लन्चर लाई कसरी परिमार्जित गर्न सकिन्छ हेरौं |
| 01:22 | मलाई मेरो नियमित कामको लागि, Terminal, LibreOffice Writer, gedit, आदि जस्ता एप्लिकेसन हरू आवश्यक पर्छन् |
| 01:34 | अब, यी एप्लिकेसन हरू लन्चर मा थपौं |
| 01:38 | यसो गर्नु भन्दा पहिले, मलाई नचाहिने केही एप्लिकेसनहरू हटाउने छु |
| 01:44 | मानौं, म लन्चर बाट Amazon एप्लिकेसन हटाउन चाहन्छु |
| 01:49 | Amazon एप्लिकेसन आइकन मा जाऊ, अनि राइट क्लिक गरी Unlock from Launcher छानौं |
| 01:58 | हामी लन्चर बाट Amazon एप्लिकेसन आइकन हटेको देख्न सक्छौं |
| 02:04 | यसैगरी, हामी आफूले धेरै प्रयोग नगर्ने सम्पूर्ण सर्टकटहरू हटाउन सक्छौं |
| 02:11 | यहाँ तपाई, मैले लन्चर बाट अन्य केही एप्लिकेसन हरू हटाएको देख्न सक्नुहुन्छ |
| 02:17 | अब, म लन्चर मा Terminal सर्टकट थप्ने छु |
| 02:22 | लन्चर को माथि, ड्याश होम मा क्लिक गरौं |
| 02:26 | सर्चबार मा “terminal” टाइप गरौं
टर्मिनल आइकन क्लिक गरी यसलाई खोलौं |
| 02:34 | तपाई लन्चर मा टर्मिनल आइकन देख्न सक्नुहुन्छ |
| 02:38 | टर्मिनल आइकन लाई लन्चर मा कायम राख्न यसमा राइट क्लिक गरौं
अनि Lock to Launcher छानौं |
| 02:47 | यसो गर्ने अर्को तरिका भनेको एप्लिकेसन ड्रयाग अनि ड्रप गर्ने हो
अब, म यो गरेर देखाउने छु |
| 02:57 | ड्याश होम खोलौं र सर्चबार मा gedit टाइप गरौं |
| 03:03 | gedit आइकन लाई माउसले तानेर लन्चर मा लगौं |
| 03:07 | अब, gedit आइकनलाई लन्चर मा छोडौं
हामी gedit सर्टकट लन्चर मा थपिएको देख्न सक्छौं |
| 03:16 | यसरी हामी लन्चर मा सर्टकटहरू थप्न सक्छौं |
| 03:21 | उबुन्टु लिनक्स ओएस को अर्को महत्त्वपूर्ण विशेषता भनेको एकभन्दा बढि वर्कस्पेस वा डेस्कटप हो |
| 03:28 | कहिलेकाहीँ हामीलाई एकभन्दा बढि एप्लिकेसनमा काम गर्नुपर्ने हुन्छ |
| 03:33 | र हामीलाई एउटा एप्लिकेसन देखि अर्कोमा जान समस्या हुन सक्छ |
| 03:38 | यसलाई सहज बनाउन हामी Workspace Switcher प्रयोग गर्न सक्छौं |
| 03:42 | अब डेस्कटप मा फर्कौं |
| 03:45 | उबुन्टु १६.०४ मा एकभन्दा बढि वर्कस्पेस हरू डिफल्टमा देखिन्न |
| 03:51 | यसलाई सक्रिय पार्न, System Settings मा क्लिक गरौं
र Appearance मा क्लिक गरौं |
| 03:58 | Appearance विन्डोमा, Behavior ट्याब क्लिक गरौं |
| 04:02 | यहाँ, Enable workspaces विकल्प छानौं
यसले लन्चर मा एक भन्दा बढि वर्कस्पेस आइकनहरू देखाउने छ |
| 04:11 | यो विन्डो बन्द गरौं |
| 04:13 | लन्चर मा Workspace Switcher icon खोजौं र यसमा क्लिक गरौं |
| 04:19 | यसले ४ चतुर्थ सहितको ४ डेस्कटप हरू देखाउने छ |
| 04:24 | डिफल्टमा, माथिल्लो बायाँ डेस्कटप छानिएको हुन्छ |
| 04:29 | त्यो अहिले हामीले काम गरिरहेको डेस्कटप हो |
| 04:34 | अब, दोस्रो डेस्कटपमा मा दुईपटक क्लिक गरेर यसलाई छानौं |
| 04:39 | म लन्चर को टर्मिनल आइकन मा क्लिक गरेर टर्मिनल खोल्ने छु |
| 04:45 | अब, Workspace Switcher मा पुनः क्लिक गरौं |
| 04:49 | अब हामी टर्मिनल दोस्रो वर्कस्पेस मा देख्छौं भने हाम्रो डेस्कटप पहिलो मा देखिन्छ |
| 04:55 | यसरी, हामी एकभन्दा बढि डेस्कटप मा काम गर्न सक्छौं |
| 04:59 | अब, पहिलो डेस्कटप मा फर्कौं |
| 05:03 | लन्चर मा रहेको अर्को महत्त्वपूर्ण आइकन भनेको Trash हो |
| 05:07 | Trash मा डिलिट गरिएका फाइल र फोल्डरहरू हुन्छन्
यदि हामीले अकस्मात् कुनै फाइल डिलिट गरेमा, त्यसलाई Trash बाट पुनर्स्थापना गर्न सकिन्छ |
| 05:17 | यो प्रदर्शन गर्न, म मेरो डेस्कटप को Hello.txt फाइल डिलिट गर्ने छु |
| 05:23 | फाइलमा राइट क्लिक गरौं र Move to Trash विकल्प छानौं |
| 05:29 | यसलाई पुनर्स्थापना गर्न, लन्चर को Trash आइकन मा क्लिक गरौं
Trash फोल्डर खुल्छ |
| 05:37 | फाइल छानौं र यसमा राइट क्लिक गरी Restore विकल्पमा क्लिक गरौं |
| 05:43 | Trash फोल्डर विन्डो बन्द गरौं र डेस्कटप मा फर्कौं |
| 05:48 | हामी अब अघि डिलिट भएको फाइल पुन: देख्न सक्छौं |
| 05:53 | कुनै पनि फाइल आफ्नो कम्प्युटरबाट सधैँको लागि हटाउन, फाइल छानौं र ' Shift+Delete कि ' थिचौं |
| 06:01 | यस्तो एउटा डाइलग बक्स देखापर्छ: “Are you sure you want to permanently delete Hello.txt?”
Delete बटन क्लिक गरौं |
| 06:12 | Trash आइकनमा पुन: क्लिक गरौं |
| 06:15 | अब हामी Trash फोल्डरमा फाइल भेट्दैनौं किनभने हामीले फाइल सदाको लागि डिलिट गरेका थियौं |
| 06:23 | तपाईलाई डेस्कटप को एकै थिम देखेर दिक्क लागेको छैन?
अब, हामी यसलाई बदलौं |
| 06:28 | लन्चर मा जाऊ र System settings छानौं
अनि Appearance क्लिक गरौं |
| 06:35 | Appearance विन्डो खुल्ने छ |
| 06:38 | यहाँ, Themes ट्याब भित्र, हामीले पहिले नै इन्स्टल गरेका धेरै थिमहरू छन् |
| 06:44 | यी मध्येको तपाईको रोजाई अनुसारको थिम प्रयोग गर्नुहोस् |
| 06:47 | तपाईले कुनै एकमा क्लिक गर्ने बितिक्कै, हामी यो डेस्कटप मा लागू भएको देख्न सक्छौं |
| 06:54 | विन्डो बन्द गर्न सानो X आइकन मा क्लिक गरौं |
| 06:58 | अब, हामी डेस्कटप को माथिल्लो दायाँ कुनामा केही आइकन हरू देख्न सक्छौं |
| 07:04 | पहिलो Internet connectivity रहेको छ |
| 07:07 | यदि तपाई कुनै पनि Lan वा Wifi नेटवर्क मा हुनुहुन्छ भने तपाई इन्टरनेट संजालमा जोडिनु हुनेछ |
| 07:13 | तपाई यिनीहरूलाई यहाँ देख्न सक्नुहुन्छ |
| 07:16 | तपाई आफ्नो पहुँच भएको नेटवर्क छान्न सक्नुहुन्छ |
| 07:20 | नेटवर्क Enable वा Disable गर्न Enable Networking विकल्प चेक वा अनचेक गर्नुपर्छ |
| 07:27 | हामी Edit Connections विकल्प प्रयोग गरेर पनि नेटवर्कहरू एडिट गर्न सक्छौं |
| 07:32 | अर्को आइकन Sound को रहेको छ |
| 07:35 | यहाँ तपाई एउटा स्लाईडर देख्न सक्नुहुन्छ |
| 07:37 | यसले हामीलाई हाम्रो रोजाई अनुसार अडियोको लेभल बढाउन वा घटाउन दिन्छ |
| 07:43 | हामी हाम्रो सिस्टमको साउण्ड लेभल मिलाउन Sound Settings मा क्लिक गर्न पनि सक्छौं
यो विन्डोको सेटिंगहरू आफैं प्रयोग गरी हेर्नुहोला |
| 07:53 | अर्को आइकन भनेको Time र Date हो
यदि हामीले यो आइकन मा क्लिक गरेमा, क्यालेन्डर खुल्ने छ |
| 08:00 | हामी अहिलेको मिति, महिना र साल देख्न सक्छौं |
| 08:04 | एरो बटनले हामीलाई आफूले चाहेको अन्य महिना वा सालमा जान दिन्छ |
| 08:11 | हामी Time & Date Settings मा क्लिक गरेर समय र मिति एडिट गर्न सक्छौं |
| 08:16 | यो विकल्पको बारेमा थप आफैँ प्रयोग गरी हेर्नुहोला |
| 08:20 | अर्को, व्हिल वा पावर आइकन मा क्लिक गरौं |
| 08:24 | यहाँ हामी Log Out र Shut Down विकल्पहरू सहित केही सर्टकट विकल्पहरू देख्न सक्छौं |
| 08:31 | यहाँ हामी हाम्रो सिस्टम मा उपलब्ध युजर एकाउन्ट पनि देख्न सक्छौं |
| 08:36 | हामी कुनैपनि युजर मा क्लिक गरेर आफूले चाहेको युजर एकाउन्ट प्रयोग गर्न सक्छौं |
| 08:43 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
संक्षेपमा हेरौं |
| 08:48 | यो ट्युटोरियलमा हामीले लन्चर को बारेमा जान्यौं र यी कुराहरू सिक्यौं: लन्चर मा एप्लिकेसन हरू हटाउन र थप्न |
| 08:55 | एकभन्दा बढि डेस्कटप हरू प्रयोग गर्न
डेस्कटप को थिम बदल्न |
| 09:01 | इन्टरनेट जडान
Sound सेटिंगहरू |
| 09:04 | Time र Date सेटिंग र अन्य युजर एकाउन्टहरू प्रयोग गर्न |
| 09:10 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
| 09:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 09:27 | विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
| 09:30 | के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केही जिज्ञासा छ?
त्यसो भए, यो साइट हेर्नुहोला |
| 09:35 | प्रश्नमा तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र सेकन्ड उल्लेख गर्नुहोस्
प्रश्नलाई छोटकरीमा व्याख्या गर्नुहोस् |
| 09:41 | हाम्रो टिमबाट यसको उत्तर दिइनेछ |
| 09:45 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ |
| 09:57 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ
आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार |