Linux-AWK/C2/More-on-Single-Dimensional-Array-in-awk/Nepali
|
|
00:01 | नमस्कार! More on single dimensional array in awk स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं -
फाइलमा awk अरे प्रयोग गर्न, |
00:13 | एउटा अरे को एलिमेंटहरू स्क्यान गर्न, |
00:16 | स्टेटमेन्ट डिलिट गर्न, |
00:18 | ARGV अरे र ENVIRON अरे |
00:22 | यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं |
00:25 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम र gedit टेक्स्ट एडिटर ३.२०.१ प्रयोग गर्द छु |
00:37 | तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:41 | यो ट्युटोरियल अभ्यास गर्न, तपाईले यो वेबसाइटका अघिल्ला अरेका awk ट्युटोरियलहरू हेरेको हुनुपर्छ |
00:48 | तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को आधारभूत ज्ञान हुनुपर्छ |
00:55 | अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला |
01:00 | यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ
तिनीहरूलाई डाउनलोड गरी एक्सट्रयाक्ट गर्नुहोला |
01:10 | अघिल्लो पटक, हामीले awk अरे का केही पक्षहरू समेटेका थियौँ |
01:14 | अब, हामी एउटा फाइलमा awk अरे प्रयोग गर्न सिक्ने छौं |
01:19 | हामीले पहिले प्रयोग गरेको awkdemo.txt फाइल नै प्रयोग गर्ने छौं |
01:25 | यहाँ, पहिलो फिल्ड बिद्ध्यार्थीको रोल नम्बर रहेको छ र छैठौँ फिल्ड मा भत्ता छ |
01:32 | अब, सम्पूर्ण बिद्ध्यार्थीको लागि HRA हिसाब गरौं |
01:36 | यहाँ, HRA भत्ताको रकमको ३०% रहेको छ |
01:41 | मैले पहिले नै एउटा कोड लेखेकी छु र यसलाई calculate_hra.awk मा सेभ गरेकी छु
अब, यो फाइलमा हेरौं |
01:51 | BEGIN सेक्सन भित्र, फिल्ड सेपरेटर मा पाइप चिन्ह राखिएको छ |
01:57 | अनि, हामी action सेक्सन भित्र अरे एलिमेंटहरू इनिसियलाइज गर्दै छौं |
02:02 | यो इन्पुट फाइलको प्रत्येक लाइनको लागि एकपटक एक्जिक्युट हुनेछ |
02:08 | मैले HRA लाई एउटा अरे भेरिएबल र डलर वान लाई इन्डेक्स को रूपमा घोषणा गरेकी छु |
02:14 | यहाँ, डलर 1 ले पहिलो फिल्ड मतलब रोल नम्बर जनाउँछ
र मान चाहिँ डलर 6 गुणा जिरो पोइन्ट 3 रहेको छ, जहाँ dollar 6 भत्ताको रकम हो |
02:27 | त्यसैले, अरे HRA को रोल नम्बर इन्डेक्स को मानमा सम्बन्धित HRA रकम हुन्छ |
02:35 | हामी यो अरे को सम्पूर्ण एलिमेंटहरू कसरी स्क्यान गर्न सक्छौं त? |
02:39 | तपाईले यस्तो किसिमको for लूप प्रयोग गर्नुपर्छ |
02:43 | यो लूप ले अरे को प्रत्येक इन्डेक्स को लागि स्टेटमेन्टहरू एकपटक एक्जिक्युट गर्छ |
02:48 | भेरिएबल var मा एक-एक गरी इन्डेक्स का मानहरू राखिन्छ |
02:53 | कोड END सेक्सन भित्र लेखिएको छ |
02:57 | awk ले इन्पुट फाइलको सम्पूर्ण लाइनहरू प्रोसेस गरेपछि यो सेक्सन एक्जिक्युट हुनेछ |
03:04 | भेरिएबल i मा एक-एक इन्डेक्स को मान वा रोल नम्बर रहने छ |
03:10 | for लूप को प्रत्येक पटकमा, एउटा निश्चित रोल नम्बरको HRA प्रिन्ट हुने छ |
03:16 | टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गरौं
टर्मिनल खोल्न Ctrl, Alt र T किहरू एकैपटक थिचौं |
03:24 | cd कमाण्ड प्रयोग गरी तपाईले Code Files डाउनलोड गरेको फोल्डरमा जाऊ |
03:31 | अब, टाइप गरौं: awk स्पेस हाइफन सानो f स्पेस calculate_hra.awk स्पेस awkdemo.txt
एन्टर थिचौं |
03:45 | आउटपुटमा सम्पूर्ण बिद्ध्यार्थीहरूको रोल नम्बर र HRA देखिन्छ |
03:50 | मानौं, म रोल नम्बर S02 भएको बिद्ध्यार्थीको रेकर्ड मेट्न चाहन्छु |
03:56 | त्यसको लागि, हामीले अरे एलिमेंट को इन्डेक्स S02 डिलिट गर्नुपर्छ |
04:01 | म यसको लागि calculate_hra.awk कोड प्रयोग गर्छु |
04:06 | for लूप अगाडी एन्टर थिचौं र तलको कोड टाइप गरौं:
delete स्पेस hra स्क्वायर ब्राकेट भित्र दोहोरो उद्दरणमा S02 |
04:19 | फाइल सेभ गरौं र टर्मिनल मा जाऊ |
04:23 | म टर्मिनल क्लियर गर्छु |
04:26 | अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं
एन्टर थिचौं |
04:33 | आउटपुटमा रोल नम्बर S02 भएको बिद्ध्यार्थीको रेकर्ड प्रिन्ट भएको छैन |
04:39 | यसरी, delete कमाण्ड प्रयोग गरी कुनै पनि अरे एलिमेंट मेट्न सकिन्छ |
04:44 | हामीले इन्डेक्स सहितको अरे को नाम उल्लेख गर्नुपर्छ |
04:48 | यदि हामीले सम्पूर्ण अरे मेट्न चाहेमा के गर्ने?
यसको लागि डिलिट स्टेटमेन्ट मा अरे को नाम मात्र उल्लेख गर्नुपर्छ |
04:56 | ल, यो गरेर हेर्न कोडमा जाऊ |
04:59 | delete स्टेटमेन्ट को उद्दरणहरू र स्क्वायर ब्राकेटहरू सहित इन्डेक्स S02 डिलिट गर्नुहोस् |
05:07 | फाइल सेभ गरौं र टर्मिनल मा जाऊ |
05:10 | टर्मिनल क्लियर गरौं
अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं एन्टर थिचौं |
05:19 | हामीले आउटपुटमा केही पनि देख्दैनौं
सम्पूर्ण अरे नै मेटिएको छ |
05:25 | याद गरौं, हामीले अघिल्लो awk को बिल्ट-इन् भेरिएबलहरू ट्युटोरियलमा -
ARGC ले कमाण्ड लाइन आर्गुमेंटहरू को नम्बर दिन्छ भनेका थियौँ |
05:36 | ARGV कमाण्ड लाइन आर्गुमेंटहरू भण्डार गर्ने एउटा अरे हो
हामी तिनीहरूको मान कसरी देखाउन सक्छौं त? ल, हेरौं |
05:45 | मैले पहिले नै argc_argv.awk मा कोड लेखेकी छु
अब, यसको सामग्रीहरू हेरौं |
05:53 | कोड awk BEGIN सेक्सन भित्र लेखिएको छ |
05:57 | पहिले, हामी आर्गुमेंटहरू को नम्बर मतलब ARGC को मान प्रिन्ट गर्दै छौं |
06:03 | अर्को, हामी for लूप प्रयोग गरी i को मान 0 देखि ARGC-1 सम्म लूपमा चलाउदै छौं |
06:11 | र हामी ARGV को इन्डेक्स i प्रिन्ट गर्ने छौं
टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गरौं |
06:19 | अब, टर्मिनल मा टाइप गरौं- awk स्पेस हाइफन सानो f स्पेस argc अन्डरस्कोर argv डट awk स्पेस one स्पेस two स्पेस three |
06:35 | यहाँ, one two three कमाण्ड लाइन आर्गुमेंटहरू हुन्
कमाण्ड एक्जिक्युट गर्न एन्टर थिचौं |
06:43 | हामीले आर्गुमेंटहरू को नम्बरमा 4 पाउँछौं
तर याद गरौं, हामीले ३ वटा मात्र आर्गुमेंटहरू दिएका थियौँ |
06:50 | अब प्रत्येक आर्गुमेंटहरू हेरौं
पहिलो आर्गुमेंट वा argv एट इन्डेक्स 0 वास्तवमा awk छ, जुन कमाण्डको नाम हो |
07:02 | अर्को, हामीले कमाण्ड लाइन मा तीन आर्गुमेंटहरू दिएका थियौँ |
07:07 | त्यसैले गर्दा, ARGC को मान सधैँ हामीले कमाण्ड लाइनमा दिएको आर्गुमेंटहरू को नम्बर प्लस एक हुन्छ |
07:16 | अब, अर्को एउटा उदाहरण हेरौं
बिल्ट-इन् भेरिएबल ENVIRON इन्भायरोमेन्ट भेरिएबलहरू को एसोसिएटिभ अरे हो |
07:24 | अरे एलिमेंटको इन्डेक्स भनेको इन्भायरोमेन्ट भेरिएबल को नाम हुन्छ
अरे एलिमेंट को मानमा सम्बन्धित इन्भायरोमेन्ट भेरिएबलको मान हुन्छ |
07:35 | अब हामी विभिन्न इन्भायरोमेन्ट भेरिएबलहरू को मान कसरी हेर्ने सिकौं |
07:40 | पहिले, हाम्रो युजरनेम प्रिन्ट गरौं |
07:43 | हामीले इन्भायरोमेन्ट भेरिएबल USER को मान प्रिन्ट गर्नुपर्छ |
07:48 | कमाण्ड प्रम्प्टमा तलको टाइप गरौं |
07:53 | एन्टर थिचौं |
07:55 | आउटपुटमा लगिन गरेको युजरको नाम देखिन्छ |
08:00 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
सङ्क्षेपमा हेरौं |
08:05 | यो ट्युटोरियलमा, हामीले यी कुराहरू सिक्यौं-
फाइलमा awk अरे प्रयोग गर्न, |
08:11 | एउटा अरे को एलिमेंटहरू स्क्यान गर्न, |
08:14 | Delete स्टेटमेन्ट,
ARGV अरे र ENVIRON अरे |
08:20 | कार्यको रूपमा -
पास भएका बिद्ध्यार्थीहरूको निश्चित भत्ता हिसाब गर्नुहोस् |
08:25 | पेपर प्रस्तुतिको लागि भत्ताको ८०% |
08:30 | कार्य प्रदर्शनीको आधारमा भत्ताको २०% |
08:35 | भत्ताहरू दुई भिन्न अरेहरू मा भण्डार गर्नुहोस् |
08:38 | प्रत्येक भत्ताको लागि जम्मा चाहिने रकम र औसत हिसाब गर्नुहोस् |
08:43 | awk प्रोग्रामबाट इन्भायरोमेन्ट भेरिएबल PATH को मान प्रिन्ट गर्नुहोस् |
08:48 | तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
08:56 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ
र प्रमाणपत्र प्रदान गर्छ |
09:05 | विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
09:08 | कृपया, जिज्ञासा रहेको स्थानको समय सहित यो फोरममा पोस्ट गर्नुहोला |
09:12 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:24 | आइआइटि बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार |