Linux-AWK/C2/Built-in-Functions-in-awk/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 नमस्कार! awk मा बिल्ट-इन् फंक्सनहरू स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी विभिन्न प्रकारका बिल्ट-इन् फंक्सनहरू सिक्ने छौं जस्तै -

अंकगणितीय फंक्सन हरू ,

00:15 स्ट्रिंग फंक्सन हरू ,
00:17 इन्पुट/आउटपुट फंक्सनहरू र

टाइम- स्ट्याम्प फंक्सन हरू

00:23 यसको लागि हामी केहि उदाहरणहरू प्रयोग गर्ने छौं
00:26 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु : उबुन्टु लिनक्स १६. ०४ अपरेटिंग सिस्टम

gedit टेक्स्ट एडिटर ३. २०.१

00:38 तपाई आफ्नो रोजाइको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:42 यो ट्युटोरियल अभ्यास गर्न, तपाईले यो वेबसाइटका अघिल्ला awk ट्युटोरियल हरू हेर्नुपर्ने हुन्छ
00:49 तपाईसँग प्रोग्रामिङ्ग ल्याङ्ग्वेजहरू जस्तै C वा C++ को ज्ञान हुनुपर्छ
00:56 यदि छैन भने, यो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला
01:02 यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो ट्युटोरियल पेजको Code Files लिंकमा उपलब्ध छ

कृपया तिनीहरूलाई डाउनलोड गरी एक्सट्रयाक्ट गर्नुहोला

01:12 awk का बिल्ट-इन् फंक्सनहरू लाई सधैँ कल गर्न सकिन्छ
01:17 अब केहि अंकगणितीय फंक्सनहरूको बारेमा हेरौं

स्क्वाएर रुट फंक्सन (sqrt (x)) ले एउटा नम्बर x को पोजिटिभ स्क्वाएर रुट दिन्छ

01:27 int() फंक्सनले कुनै पनि मान x को इन्टिजर मान मात्र दिन्छ
01:32 exponential फंक्सन ले x को एक्पोनेनसियल दिन्छ
01:37 log फंक्सन ले x को natural logarithm मान दिन्छ
01:43 sincos ले क्रमश sine(x)cosine(x) दिन्छ
01:49 याद गरौँ, आर्गुमेंट x लाई रेडियन मा दिनुपर्छ
01:55 अब यी फंक्सन हरू बुझ्न एउटा उदाहरण हेरौं
02:00 मैले पहिले नै कोड लेखेर एउटा फाइल arithmetic अन्डरस्कोर function डट awk मा सेभ गरेकी छु

सोही फाइल Code Files लिंकमा उपलब्ध छ

02:10 यहाँ, हामी क्रमश: एउटा पोजिटिभ र नेगेटिभ नम्बरको स्क्वायर रुट प्रिन्ट गर्दै छौं
02:17 अर्को, हामी क्रमश: एउटा पोजिटिभ र नेगेटिभ नम्बरको इन्टिजर मान प्रिन्ट गर्दै छौं
02:24 त्यसपछि, हामी एउटा सानो नम्बर अनि एउटा ठूलो नम्बरको एक्पोनेनसियल प्रिन्ट गर्दै छौं
02:31 त्यसपछि, पोजिटिभ र नेगेटिभ नम्बरहरूको natural logarithm प्रिन्ट हुने छ
02:38 हामी 0.52 रेडीयन मतलब ३० डिग्री, को sinecosine मानहरू प्रिन्ट गर्ने छौं

अब फाइल टर्मिनल मा एक्जिक्युट गरौं

02:50 टर्मिनल खोल्न Ctrl, AltT किहरू एकैसाथ थिचौं
02:55 अब, cd कमाण्ड प्रयोग गरी हामीले फाइल डाउनलोड गरेको फोल्डरमा जाऊ
03:03 अब, टाइप गरौं : awk स्पेस -f स्पेस arithmetic_function.awk

आउटपुट हेर्न एन्टर थिचौं

03:14 यो आउटपुटबाट यी कुराहरू प्रष्ट हुन्छ
03:18 sqrt() फंक्सन ले एउटा पोजिटिभ नम्बरको स्क्वायर रुट दिन्छ
03:23 यसले नेगेटिभ नम्बर भएमा nan वा not a number देखाउँछ
03:29 int() फंक्सन ले पोजिटिभ वा नेगेटिभ दुवै नम्बरको इन्टिजर दिन्छ
03:36 exp() फंक्सन ले कुनै पनि नम्बरको एक्स्पोनेनसियल दिन्छ

यदि नम्बर एकदमै ठूलो भएमा फंक्सन ले inf दिन्छ

03:47 log() फंक्सन ले पोजिटिभ नम्बरको natural logarithm दिन्छ
03:53 यदि नम्बर नेगेटिभ भएमा, यो फंक्सन ले nan दिन्छ
03:58 Sine cosine फंक्सन हरूले सम्बन्धित मानहरू दिने छ

तपाई आफ्नो क्यालकुलेटर प्रयोग गरी मानहरू पक्का गर्न सक्नुहुन्छ

04:07 अब, random फंक्सन हरूको बारेमा हेरौं
04:11 rand() फंक्सन ले 0 देखि 1 सम्मको कुनै पनि नम्बरहरू दिन्छ तर कहिल्यै पनि 0 वा 1 दिंदैन
04:21 दिएको नम्बरहरू प्रत्येक पटक awk एक्जिक्युट हुँदा भिन्न हुन्छ
04:27 तर, धेरै पटक awk प्रोग्राम एक्जिक्युट हुने क्रममा यसको अनुमान गर्न सकिन्छ
04:33 srand(x) फंक्सन ले random फंक्सन को seed मान x दिन्छ
04:39 x नभएको खण्डमा, मिति र समय, seed मान को रूपमा प्रयोग गरिन्छ

अब, एउटा उदाहरण सहित बुझौं

04:49 मैले पहिले नै random फंक्सन को लागि एउटा कोड लेखेर यसलाई random.awk मा सेभ गरेकी छु
04:56 यहाँ, for लूप भित्र को rand() फंक्सन ले 0 र 1 बीचको कुनै पनि नम्बर दिन्छ
05:04 अनि, उक्त नम्बरलाई 50 ले गुणा गरी प्रिन्ट गरिन्छ
05:10 त्यसैले, यो कोडले ५० भित्रको कुनै पनि ५ नम्बरहरू दिन्छ
05:16 टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गरौं

अब, टर्मिनल क्लियर गरौं

05:23 टाइप गरौं : awk स्पेस हाइफन f स्पेस random डट awkएन्टर थिचौं
05:31 हामी यसले ५ नम्बरहरू दिएको देख्छौं
05:35 यदि, मैले कोड पुन: एक्जिक्युट गरेमा के हुन्छ त ?
05:39 अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं र एन्टर थिचौं
05:47 हामीले सोही आउटपुट प्राप्त गर्यौं, यसको मतलब awk ले प्रत्येक पटक स्क्रिप्ट एक्जिक्युट गर्दा एकै नम्बरहरूको सेट दिन्छ
05:57 त्यसोभए, हामी कसरी प्रत्येक पटक एक्जिक्युट गर्दा नयाँ नम्बरहरू को सेट प्राप्त गर्न सक्छौं त?

पुन: कोडमा फर्कौं

06:06 for लूप अगाडी srand() फंक्सन टाइप गरौं
06:11 फाइल सेभ गर्न CtrlS किहरू थिचौं
06:16 अब, टर्मिनल मा जाऊ
06:19 अघिल्लो पटक एक्जिक्युट गरेको कोड प्राप्त गर्न अप एरो कि थिचौं र एन्टर थिचौं
06:27 यसले अहिले एउटा भिन्न नम्बरहरूको सेट दिएको छ
06:31 यसरी, हामी आर्गुमेंट विनाको srand फंक्सन प्रयोग गरी एउटा भिन्न नम्बरहरू को सेट प्राप्त गर्न सक्छौं
06:40 अब, हामी केहि स्ट्रिंग फंक्सनहरू हेर्ने छौं

length() फंक्सन ले दिएको स्ट्रिंग s को लम्बाई दिन्छ

06:49 index() फंक्सन ले एउटा ठूलो स्ट्रिंग s1 भित्रको स्ट्रिंग s2 ko स्थान दिन्छ
06:57 उदाहरणको लागि - index ब्राकेट भित्र दोहोरो उद्दरणमा linux कमा दोहोरो उद्दरणमा n ले 3 दिन्छ

अब, एउटा उदाहरण हेरौं

07:10 awkdemo.txt फाइल खोलौं
07:14 हामीलाई थाहा छ कि awkdemo.txt फाइलमा बिद्यार्थीहरूको रोल नम्बर ४ डिजिटको रहेको छ
07:21 गलत टाइप गर्नाले, रोल नम्बरहरूमा गलत डिजिटहरू हुन सक्छन्

हामी यसलाई awk कमाण्डहरू प्रयोग गरी सजिलै पत्ता लगाउन सक्छौं

07:30 टर्मिनल मा जाऊ र टर्मिनल क्लियर गरौं
07:36 अब, यहाँ देखाइएको कमाण्ड टाइप गरौं

यहाँ, हामी पहिलो फिल्डको लम्बाई बराबर ४ छ कि छैन जाँच्ने छौं

07:46 यो गलत भएमा, त्यो रेकर्ड प्रिन्ट हुने छ
एन्टर  थिचौं 
07:53 यहाँ, एउटा रोल नम्बर S02 गलत टाइप भएको छ
08:00 यसमा तीनवटा मात्र डिजिट छन् भने अन्य सबैमा चार डिजिट छन्
08:07 substr(s,a,b) फंक्सनले एउटा ठूलो स्ट्रिंग बाट एउटा सब-स्ट्रिंग एक्सट्रयाक्ट गर्छ
08:14 प्यारामिटर हरूको चर्चा गर्छु
08:17 यहाँ, s एउटा स्ट्रिंग हो
08:20 a ले s बाट एक्सट्रयाक्ट गर्न सुरु गर्ने स्थान जनाउँछ
08:26 b ले एक्सट्रयाक्ट गर्नुपर्ने क्यारेक्टरहरूको संख्या जनाउँछ

अब, एउटा उदाहरण हेरौं

08:33 awkdemo.txtफाइलमा जाऊ
08:37 यहाँ, रोल नम्बरको पहिलो अक्षरले बिद्यार्थी बस्ने Hostel code जनाउँछ
08:46 मानौं, हामी होस्टेल A मा बस्ने बिद्यार्थीहरूको सूची निकाल्न चाहन्छौं
08:52 यसको लागि, टर्मिनल मा जाऊ
08:56 यहाँ, देखाइएको कमाण्ड टाइप गरौं
09:00 यहाँ, हामी $1 ले जनाउने स्ट्रिंग लाई हेरौं
09:05 हामीलाई थाहा छ कि $1 ले पहिलो फिल्ड जनाउँछ जुन हाम्रो लागि रोल नम्बर हो
09:12 अर्को, हामी वान बाट, लम्बाई वान भएको सब-स्ट्रिंग निकाल्ने छौं
09:19 अनि, यदि यो क्यापिटल A बराबर भएमा फाइलको त्यो रेकर्ड प्रिन्ट हुने छ

आउटपुट हेर्न एन्टर थिचौं

09:29 हामीले होस्टेल A मा भएका बिद्यार्थीहरूको सूची पाएका छौं
09:34 हामीले पहिले फंक्सन split() हेरेका थियौं

त्यसैले, यहाँ म यसको चर्चा गर्ने छैन

09:40 कृपया, कुनै समस्या भएमा अघिल्ला awk ट्युटोरियलहरू हेर्नुहोस्
09:45 हामीसँग इन्पुट/आउटपुट सम्बन्धित केहि फंक्सनहरू रहेका छन्

system() फंक्सन ले हामीलाई awk मा कुनै पनि unix कमाण्ड रन गर्न सघाउँछ

09:56 अब, हामी awk कमाण्ड मा unix कमाण्ड date रन गर्ने छौं
10:01 टर्मिनल मा यहाँ देखाए झैँ कमाण्ड टाइप गरौं

एन्टर थिचौं

10:09 टर्मिनल मा आजको मिति र समय आउटपुटको रूपमा देखिन्छ
10:15 हामीलाई यो किन आवश्यक पर्छ त? हामीले awk कमाण्ड को BEGIN सेक्सन मात्र राख्नुपर्छ
10:21 वास्तविक समस्याहरूमा, हामी आउटपुट प्रिन्ट गर्नु अघि सिस्टम डेट प्रिन्ट गर्न चाहन सक्छौं
10:28 त्यस्तो अवस्थामा, हामीले awk कमाण्ड मा सिस्टम कमाण्डहरू एक्जिक्युट गर्नुपर्छ
10:34 हामीसँग केहि टाइम स्ट्याम्प सम्बन्धित फंक्सनहरू पनि छन् जस्तै -

systime(), strftime() आदि

10:43 यी फंक्सनहरु को बारेमा जान्न इन्टरनेट प्रयोग गर्नुहोला
10:48 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

संक्षेपमा हेरौं

10:53 यो ट्युटोरियलमा हामीले विभिन्न प्रकारका बिल्ट-इन् फंक्सनहरू को बारेमा जान्यौं जस्तै -

अंकगणितीय फंक्सनहरू , स्ट्रिंग फंक्सनहरू , इन्पुट/आउटपुट फंक्सनहरू टाइम स्ट्याम्प फंक्सनहरू

11:06 कार्यको रूपमा -

प्रत्येक रेकर्डको अन्तिम फिल्ड प्रिन्ट गर्ने एउटा awk प्रोग्राम लेख्नुहोस्

11:13 यसको लागि awkdemo.txt फाइल प्रयोग गर्नुपर्छ र बिद्यार्थीको नामको तेस्रो अक्षर सानो u हुनुपर्छ
11:22 तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला

11:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ

र अनलाइन टेस्ट पास प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्

11:43 कृपया, जिज्ञासा रहेको स्थानको समय सहित यो फोरममा पोस्ट गर्नुहोला
11:47 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

11:59 आइआइटि बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira