LibreOffice-Suite-Math/C2/Using-Greek-characters-Brackets-Steps-to-Solve-Quadratic-Equation/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस म्याथको स्पोकन टुटोरियलमा स्वागत छ
00:04 यो टूटोरियलमा हामीले निम्न विषयहरू हेर्नेछौं
00:08 ग्रिक अक्षरहरु जस्तै अल्फा, बिटा, ठिटा र पाइ प्रयोग गर्न
00:15 ब्राकेट प्रयोग गर्न, एउटा Quadratic Equation हल गर्ने कदमहरु लेख्न
00:21 म्याथ प्रयोग गरेर कसरी ग्रीक अक्षरहरू लेख्ने सिकौ
00:26 यसका लागि, पहिले हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको MathExample1.odt उदाहरण राइटर डकुमेन्ट खोलौ
00:41 ग्रे बक्स मा दोहोरो क्लिक गरौ जसमा हामीले लेखेको फर्मुलाहरू छन्
00:47 यसले म्याथ फर्मुला एडिटर र एलिमेन्टस् विन्डो देखाउँछ
00:54 फर्मुला एडिटरको बोर्डरमा क्लिक गरौ र यसलाई तानेर दायाँ छोडौं
01:02 यसले राइटर विन्डोलाई अझ राम्रो देखिने बनाउँछ
01:07 ग्रीक अक्षरहरु, उदाहरणका लागि, अल्फा, बिटा, ठिटा र पाइ गणितीय फर्मुलाहरूमा सामान्य हुन्
01:16 तर हामीले यी अक्षरहरू एलिमेन्टस् विन्डोमा भेट्ने छैनौं
01:21 हामी अंग्रेजीको नामको अक्षर अगाडी एउटा प्रतिशत चिन्ह प्रयोग गरेर,तिनीहरुलाई सिधै लेख्न सक्छौं
01:30 उदहारणका लागि, पाइ लेख्न, हामीले फर्मुला एडिटरमा खाली % pi टाइप गर्छौं
01:40 सानो अक्षरमा लेख्न, अक्षरको नाम सानोमा टाइप गरौ
01:47 उदाहरणका लागि, सानो अक्षरमा अल्फा लेख्न, %alpha वा %beta टाइप गरौ
01:59 एउटा ठूलो अक्षर लेख्न, नाम ठुलो अक्षरमा टाइप गरौ
02:06 उदहारणको लागि, ठुलोमा गामा लेख्न, %GAMMA वा %THETA टाइप गरौ
02:17 ग्रिक अक्षरहरु इन्टर गर्ने अर्को तरिका भनेको Tools मेनुको Catalog प्रयोग गर्ने हो
02:26 सिम्बल सेट भित्र ग्रीक छानौ
02:31 र सुचीको एउटा ग्रीक अक्षरमा दोहोरो क्लिक गरौ
02:35 सूची तल प्रदर्शित गरिएको ग्रीक अक्षर जस्तै अल्फाको लागि मार्क अप याद गरौ
02:43 ल, यसरी हामी एउटा फर्मुलामा ग्रीक वर्ण प्रयोग गर्न सक्छौ
02:49 अन्य ग्रीक अक्षरहरुको मार्क अप जान्न Symbols Catalog मा खोज गरौँ
02:56 अब हाम्रो फर्मुलामा कसरी ब्राकेट प्रयोग गर्ने सिकौ
03:02 म्याथलाई फर्मुला सञ्चालनको क्रमको बारेमा थाहा हुदैन
03:07 त्यसैले हामीले सञ्चालनको क्रम बताउन ब्राकेटहरु प्रयोग गर्नुपर्छ
03:13 उदाहरणको लागि, हामी कसरी ‘पहिले x र y जोड्न, अनि नतिजालाई 5 ले भाग गर्न’ लेख्छौ ?
03:22 हामी ‘5 over x + y ‘ टाइप गर्न सक्छौ
03:28 अब के हामीले लेख्न चाहेको यहि हो?
03:32 होइन, हामी पहिले x र y जोड्न चाहन्छौ र हामी यसो गर्न x र y ब्राकेट भित्र राख्छौं
03:44 र मार्क अप यस्तो देखिन्छ: ‘5 over कर्ली ब्राकेटमा x+y’
03:52 त्यसैले हामी ब्राकेट प्रयोग गरेर कुनै फर्मुलामा सञ्चालनको क्रम सेट गर्न सक्छौ
03:58 माथिको फाइल मेनु प्रयोग गरेर सेभ छानौं र आफ्नो काम सेभ गरौ
04:08 अब एउटा Quadratic Equation हल गरे कदमहरु लेखौं
04:13 हामी Control र Enter थिचेर राइटर डकुमेन्टको नयाँ पेजमा जानेछौं
04:21 ‘Solving a Quadratic Equation’ टाइप गरौ
04:25 र Insert>Object>Formula मेनुबाट म्याथ कल गरौ
04:33 मैले पहिले नै क्वाड्रेटिक इक्वेसनहरू टाइप गरेकी छुँ, म समय बचत गर्न यसलाई कट र पेस्ट गर्नेछु
04:42 ल, हामीसँग यहाँ क्वाड्रेटिक इक्वेसन छ, हामी x स्क्वार - 7 x + 3 = 0 हल गर्नेछौं
04:53 यसलाई समाधान गर्न, हामी स्क्रीनमा देखाएको क्वाड्रेटिक फर्मुला प्रयोग गर्न सक्छौ
04:59 यहाँ ‘a’ x स्क्वारको गुनांक हो, ‘b’ x को गुनांक हो र ‘c’ कन्सट्यान्ट हो
05:11 र हामी इक्वेसन समाधान गर्न फर्मुलामा a मा 1, b मा -7, र c लागि 3 राख्न सक्छौं
05:23 त्यसैले पहिले हामीले हल गर्न चाहेको क्वाड्रेटिक इक्वेसनको लागि मार्क अप लेखौ
05:30 पहिले हामी Insert>Object>Formula मेनुबाट म्याथ कल गर्नेछौं
05:39 फर्म्याट एडिटर विन्डोमा तलको मार्क अप टाइप गरौ
05:46 x को स्क्वार माइनस 7 x प्लस 3 = 0
05:53 राम्रोसँग पढ्न खाली लाइनहरु राख्न दुई न्युलाइन लेखौ
06:01 इन्टर थिचौं र ‘Quadratic Formula: ‘टाइप गरौ इन्टर थिचौं
06:07 सधै एउटा अप्ठेरो फर्मुलालाई टुक्र्याउनु राम्रो अभ्यास हो, पहिले भित्री तहबाट सुरु गर्ने
06:16 र त्यसपछि हामी यी तत्वहरुमा आफ्नै तरिकाले काम गर्न सक्छौ
06:21 त्यसैले हामी पहिले भित्री स्क्वार रुट फंक्सन लेख्छौ
06:27 र मार्क अप, स्क्वार रुट कर्ली ब्राकेटमा ‘b को स्क्वार – 4ac’ हो
06:37 अर्को, हामी माथिको एक्सप्रेसनमा ‘माइनस b प्लस वा माइनस’ थप्नेछौँ र तिनीहरु कर्ली ब्राकेट भित्र राख्छौं
06:48 हामी अर्को कर्ली ब्राकेटको सेट थपेर माथिको एक्सप्रेसनलाई न्युमरेटर बनाउनेछौँ
06:57 र एक्सप्रेसनमा ‘over 2a’ थपौ
07:02 र अन्तमा सुरुमा ‘x बराबर’ थपौ
07:08 ‘बराबर’ चिन्हको दायाँबायाँ दूई लामो ग्यापहरू राखौं
07:13 र त्यहाँ एउटा क्वाड्रेटिक फर्मुला छ
07:16 यसरी हामीले जटिल फर्मुलाहरू टुक्राउन र तिनीहरुलाई खण्ड खण्ड बनाउन सक्छौं
07:22 अर्को, फर्मुला एडिटर विन्डोमा बाकी टेक्स्ट यसरि लेखौं
07:29 Where ‘a’ is the coefficient of the x squared term, b is the coefficient of the x term, c is the constant’ अन्तमा एउटा newline
07:43 र फेरि टाइप गरौ: ‘We can solve the equation by substituting 1 for a, -7 for b, 3 for c’ अन्तमा दुई newline हरु
07:59 ल, प्रतिस्थापन पछिको मार्क अप स्क्रीनमा देखाइएको छ
08:05 त्यसैले हामीले इक्वेसनमा प्यारेंथेसिस प्रयोग गरेर नम्बरहरू राखेका छौ
08:12 ल, यहाँ तपाईको लागि एक कार्य छ
08:15 क्वाड्रेटिक इक्वेसन हल गर्न बाकीको कदमहरु पूरा गरौ
08:20 दुई परिणाम अलग्गै प्रदर्शन गरौ
08:23 एलाइनमेन्ट र स्पेसिंग परिवर्तन गरेर कदमहरू फर्म्याट गरौ
08:28 आवश्यक परेको स्थानमा लामो ग्याप र न्युलाइन थप्नुहोस
08:33 तलको फर्मुला लेख्नुहोस्: 'pi 3.14159 सँग समान वा बराबर छ’
08:43 यसले हामीलाई लिब्रे अफिस म्याथको ग्रीक अक्षरहरू, ब्राकेट र इक्वेसन ट्युटोरियलको अन्त्यमा ल्याउछ
08:52 संक्षेपमा, हामीले निम्न विषयहरु सिक्यौं:
08:56 ग्रिक अक्षरहरु जस्तै अल्फा, बिटा, ठिटा र पाइ प्रयोग गर्न
09:01 एउटा क्वाड्रेटिक इक्वेसन समाधान गर्न ब्राकेटहरु लेख्ने कदम प्रयोग गर्न
09:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:12 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:19 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:24 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:29 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble