LibreOffice-Suite-Math/C2/Matrices-Aligning-Equations/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस म्याथको स्पोकन टिउटोरियलमा स्वागत छ
00:04 यो टुटोरियलमा हामीले कसरी एउटा म्याट्रिक्स लेख्ने सिक्ने छौ
00:08 र एउटा विशेष अक्षरमा समीकरणहरु एलाइन गर्न
00:12 यसको लागि, पहिले हाम्रो पछिल्लो ट्यूटोरियलको उदाहरण MathExample1.odt राइटर डकुमेन्ट खोलौ
00:25 हामीले म्याथ प्रयोग गरेर लेखेको सबै पछिल्लो उदाहरण फर्मुलाहरू याद गरौँ
00:30 अब डकुमेन्टको पछिल्लो पेजतिर स्क्रोल गरौ र एउटा नयाँ पेजमा जान कन्ट्रोल इन्टर थिचौं
00:39 इन्सर्ट मेनु क्लिक गरेर म्याथ कल गरौ, अनि अब्जेक्ट र फर्मुला
00:49 गणितमा, एउटा म्याट्रिक्स नम्बर वा चिन्हहरुको आयताकार एरे हो जसलाई एलिमेंट्स भनिन्छ
00:59 म्याथमा एउटा म्याट्रिक्स र यसको पङ्क्ति र एलिमेंट्सको कोलम जनाउने भिन्नै मार्क अप छ
01:08 समय बचत गर्नको लागि म संग पहिले नै लिखित उदाहरण छ, म यसलाई कपी र पेस्ट गर्छु, अब हामी कसरी २ गुणा ३ म्याट्रिक्स लेख्ने सिक्नेछौ
01:24 यो म्याट्रिक्समा २ पङ्क्ति र ३ कोलमहरु छन्
01:29 हामी ‘Matrix’ मार्कअप प्रयोग गर्नेर्छौ र फर्मुला एडिटर विन्डोमा कर्ली ब्राकेट भित्र यसको सबै एलिमेन्टहरू समावेश हुनेछ
01:40 याद गरौ, पंक्तिमा भएका तत्वहरु एउटा ह्याश चिन्हले छुट्ट्याइएको छ
01:48 र पंक्तिहरु दुईवटा ह्याश चिन्हहरुले छुट्याइएको छ
01:55 ब्राकेट भित्र म्याट्रिक्स राख्न प्यारेंथेसिस प्रयोग गरौ
02:01 अब, याद गरौ, ब्राकेट छोटो छ र त्यसैले सबै एलिमेन्टहरु पूर्णतया म्याट्रिक्समा राख्न सकिदैन
02:12 तिनीहरू प्रत्येक एलिमेन्टको आकारको समानका हुन्छन्, र यसैले म्याट्रिक्सको आकार ठूलो पार्न सकिने छैन
02:22 यसलाई समाधान गर्न, हामी ‘Left’ र ‘Right’ शब्द प्रयोग गर्न सक्छौं
02:28 मतलब, ब्राकेट ठूलो पार्न खुल्ने ब्राकेट अगाडी लेफ्ट र बन्द हुने ब्राकेट अगाडी राइट प्रयोग गरौँ
02:41 म अर्को उदाहरण कपी र पेस्ट गर्दैछु
02:46 त्यसैले एउटा ४ बाइ १ म्याट्रिक्स स्क्रिनमा देखाए जस्तो देखिन्छ
02:52 राइटर ग्रे बक्समा ठूलो पार्न सकिने ब्राकेटहरु याद गरौँ
02:57 म्याट्रिक्सको मार्क अप स्क्रिनमा देखाइएको छ
03:03 यहाँ हामी प्यारेंथेसिसको सट्टा स्क्वार ब्राकेटहरु प्रयोग गर्न सक्छौ
03:09 त्यसैले म्याट्रिक्स मार्क अप प्रयोग गरेर हामी कुनै पनि नापको म्याट्रिक्स लेख्न सक्छौ
03:17 अब म्याट्रिक्स जोडको एउटा उदाहरण लेखौ
03:23 फर्मुला एडिटर विन्डोको एउटा नयाँ लाईनमा जाऊ
03:28 हामीले दुईवटा खाली लाइनहरू थप्न दुई पटक इन्टर की थिच्न सक्छौं
03:36 सर्वप्रथम, स्क्रीनमा देखाए जस्तै २ बाइ ३ को दुई उदाहरणहरु लेखौ
03:46 अर्को, जोड जनाउन दुई म्याट्रिक्स बीच एउटा प्लस चिन्ह थपौ
03:54 यसो गर्न, हामी केवल राइटर ग्रे बक्समा यी दुई म्याट्रिक्सको खाली बीचमा क्लिक गर्न सक्छौ
04:03 याद गरौ, यहाँ फर्मुला एडिटर विन्डोमा कर्सर यी दुई म्याट्रिक्स मार्क अपको लगभग बिचमा राखिएको छ
04:12 यी दुई म्याट्रिक्सहरू बीचमा प्लस टाइप गरौ
04:17 ल, त्यहाँ प्लस चिन्ह छ
04:20 अर्को, अन्त्यमा लामो ग्याप सहित एउटा ‘बराबर’ चिन्ह थपौं
04:28 अनि जोड जनाउन दायाँमा तेस्रो म्याट्रिक्स
04:35 ध्यान दिनुहोस्, हामीले उदाहरणमा ग्रीक अक्षरहरू प्रयोग गरेका छौ
04:42 त्यसैले त्यहाँ दुई म्याट्रिक्सहरूको योगफल छ
04:47 हाम्रो कार्यलाई सेभ गरौँ
04:50 अर्को, एउटा म्याट्रिक्सलाई एउटा नम्बरले गुणन गर्ने एउटा उदाहरण हेरौ
04:58 हामीले एउटा २ बाइ ३ म्याट्रिक्स लेख्नेछौं र यसलाई ४ ले गुणन गर्नेछौं
05:04 सर्व प्रथम हामी ‘4 times’ म्याट्रिक्स लेख्नेछौं
05:10 म म्याट्रिक्स कपि गर्छु र यसलाई FEW मा पेस्ट गर्छु
05:17 अर्को, अन्त्यमा लामो ग्याप सहित एउटा ‘बराबर’ चिन्ह थपौं
05:24 साथै म्याट्रिक्स प्रोडक्ट, म म्याट्रिक्स प्रोडक्टको लागि मार्क अप कपी र पेस्ट गर्छु
05:33 त्यसैले त्यहाँ एउटा २ बाइ ३ म्याट्रिक्स र एउटा नम्बरको गुणा छ
05:40 अर्को, हामी फर्म्याट मेनुमा क्लिक गरि फन्ट, फन्ट साइज, एलाइनमेन्ट वा स्पेसिंग छानेर म्याट्रिक्स फर्म्याट गर्न सक्छौं
05:51 उदाहरणको लागि, स्पेसिंग छानौ
05:55 दायाँको क्याटेगोरी ड्रप डाउनबाट, म्याट्रिक्स छानौ
06:02 र लाइनको स्पेसिंग 20 प्रतिशत र कोलमको स्पेसिंग 50 प्रतिशतसम्म परिवर्तन गरौ , ओके क्लिक गरौँ
06:17 म्याट्रिक्स र तिनीहरुको एलिमेन्टहरु बीच ठाउँ मिलेको याद गरौँ
06:23 अब फाइल र सेभ क्लिक गरेर आफ्नो कार्य सेभ गर्नुहोस्
06:29 अब हामी दुई वा तीन इक्वेसनहरू लेख्छौं र त्यसलाई एक विशेष अक्षरमा एलाइन म्याट्रिक्स प्रयोग गर्छौ
06:37 उदाहरणको लागि, हामी एक साथ इक्वेसनहरू लेख्न सक्छौ र त्यसलाई ‘बराबर’ अक्षरमा एलाइन गर्न सक्छौ
06:46 अब स्क्रीनमा देखाए जस्तै एक साथ इक्वेसनहरूको सेट लेखौ
06:52 ध्यान दिनुहोस, तिनीहरू पूर्णतया ‘बराबर’ अक्षरमा एलाइन छैनन्
06:58 ल, यहाँ हामी तिनीहरुलाई एलाइन गर्न म्याट्रिक्स प्रयोग गर्न सक्छौं
07:03 हामी इक्वेसनमा हरेक भाग छुट्ट्याउन र भागलाई एउटा म्याट्रिक्सको एलिमेन्टको रूपमा प्रयोग गर्न सक्छौं
07:10 यहाँ, 2x एउटा भाग हो, y भाग हो, ‘बराबर’ अक्षर एउटा भाग हो र इत्यादि
07:20 दुई पटक इन्टर थिचौं, मार्क अप कपी र पेस्ट गरौ
07:26 र यसरी नयाँ मार्क अप स्क्रिनमा देखाएको जस्तै देखिन्छ
07:31 यहाँ हामीले म्याट्रिक्स मार्क अप प्रयोग गरेका छौ, हरेक भागलाई एक इक्वेसनको एलिमेन्टको रूपमा प्रयोग गर्छौ र त्यसलाई # चिन्हले छुट्याएका छौं
07:43 हामीले दुई इक्वेसनलाई छुट्याउन दोहोरो ह्याश प्रयोग गरेका छौ
07:50 त्यसैले त्यहाँ एउटा पूर्णत एलाइन भएको इक्वेसनको सेट छ
07:56 अर्को इक्वेसनको सेट लेखौ
07:59 यहाँ हामीसंग ‘बराबर’ अक्षरको दायाँ र बायाँ समान संख्यामा खण्डहरु छैनन्
08:09 स्क्रीनमा भएको इक्वेसन याद गरौँ, र तिनीहरु ‘बराबर’ अक्षरमा एलाइन छैनन्
08:16 त्यसलाई एलाइन गर्न फेरी मार्क अप लेखौ, दुईपटक इन्टर थिचौं, म मार्क अप कपी र पेस्ट गर्दैछु
08:25 ल, यहाँ, हामीले खण्डहरु ‘बराबर’ चिन्हको बायाँ र दायाँ एलाइन गर्न एलाइन r र एलाइन l प्रयोग गरेका छौ
08:36 र त्यहाँ हाम्रो पूर्णत एलाइन भएको इक्वेसनको सेट छ
08:41 यहाँ तपाईको लागि एक कार्य छ
08:43 एउटा २x३ म्याट्रिक्सलाई ३x१ म्याट्रिक्सले गुणा गर्ने कदमहरु लेखौं, फन्ट, साइज र स्पेस परिवर्तन गर्न फर्म्याटिंग प्रयोग गरौ
08:56 एउटा तीन इक्वेसनहरुको सेट लेखौ, इक्वेसनलाई ‘बराबर’ अक्षरमा एलाइन गरौ
09:04 यसले हामीलाई यो लिब्रे अफिस म्याथको म्याट्रिक्स र एलाइनिंग इक्वेसन ट्युटोरियलको अन्त्यमा ल्याएको छ
09:11 संक्षेपमा, हामीले निम्न विषयहरु सिक्यौं:
09:15 एउटा कुनै अक्षरमा एउटा म्याट्रिक्स र एलाइन इक्वेसन लेख्न
09:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:32 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:37 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:40 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble