LibreOffice-Suite-Math/C2/Derivatives-Differential-Equations-Integral-Equations-Logarithms/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस म्याथको स्पोकन टूटोरियलमा स्वागत छ
00:05 यो टूटोरियलमा हामी Derivatives र Differential इक्वेसनहरु, Integral इक्वेसन र Logarithm सहितको फर्मुला कसरी लेख्ने सिक्नेछौं
00:17 यसको लागि, पहिले हामीले पछिल्लो ट्यूटोरियलमा बनाएको हाम्रो उदाहरण राइटर डकुमेन्ट MathExample1.odt खोलौ
00:29 अब डकुमेन्टको पछिल्लो पेजतिर स्क्रोल गरौ र एउटा नयाँ पेजमा जान कन्ट्रोल इन्टर थिचौ
00:37 अब “Derivatives and Differential Equations: ” टाइप गरौ र दुई पटक इन्टर कि थिचौं
00:45 अब इन्सर्ट मेनु अनि अब्जेक्ट र फर्मुला क्लिक गरेर म्याथ कल गरौ
00:54 हामी अगाडी जानु अघि, फन्ट साइजलाई 18 मा बढाऊ
01:00 एलाइनमेन्टलाई लेफ्टमा बदलौं
01:03 र राम्रो पठनपाठनको लागि हरेक उदाहरणहरूको बीचमा न्यूलाइन र खाली लाइनहरु थपौं
01:11 अब कसरी डेरीभेटिभ्ज र डीफरेंसल इक्वेसन लेख्ने सिकौ
01:19 म्याथले यी फर्मुलाहरू वा इक्वेसनहरू लेख्ने एउटा धेरै सरल माध्यम दिन्छ
01:25 हामीले तिनीहरुलाई फ्र्याक्सन जस्तै मान्नुपर्छ र ‘over’ मार्कअप प्रयोग गर्नुपर्छ
01:33 उदाहरणको लागि, एउटा पुरा डेरीभेटिभ्ज, df बाई dx, लेख्न फर्मुला एडिटर विन्डोमा मार्कअप 'df over dx' छ
01:50 अर्को, एउटा आंशिक डेरीभेटिभ्जको लागि, हामी ‘partial’ शब्द प्रयोग गर्छौ र मार्कअप यस्तो देखिन्छ del f over del x
02:02 हामीले ‘partial’ मार्क अप प्रयोग गर्दा कर्ली ब्राकेट प्रयोग गर्नु पर्छ
02:08 राइटर ग्रे बक्समा आंशिक डेरीभेटिभ्जको लागि del चिन्ह याद गर्नुहोस
02:14 यहाँ अर्को उदाहरण छ: Newton's second law of motion
02:21 जसले प्रवेग र बलबीचको सम्बन्ध बर्णन गर्छ
02:26 F बराबर m a छ
02:30 यसलाई एउटा साधारण डीफेरेंसल इक्वेसनको रुपमा लेख्न सकिन्छ: F of t is equal to m into d squared x over d t squared
02:45 याद गरौ, हामीले सञ्चालनको क्रम बताउन विभिन्न कर्ली ब्राकेटको सेटहरु प्रयोग गरेका छौं
02:56 र इक्वेसन स्क्रीनमा देखाए जस्तै देखिन्छ
03:01 यहाँ डीफरेंसल इक्वेसनको अर्को उदाहरण छ
03:05 Newton’s law of cooling
03:08 यदि, टी को ठिटा टि समयको एउटा बस्तुको तापक्रम हो भने हामी एउटा डीफरेंसल इक्वेसन लेख्न सक्छौ
03:18 d of theta over d of t is equal to minus k into theta minus S
03:30 जहाँ S वरपरको वातावरणको तापक्रम हो
03:35 राइटर ग्रे बक्सको इक्वेसन याद गरौ
03:39 हाम्रो काम सेभ गरौ, फाईलमा जाउँ र सेभमा क्लिक गरौ
03:45 अब कसरी इन्टिग्रल इक्वेसनहरू लेख्ने हेरौ
03:50 र राइटर ग्रे बक्स बाहिर बिस्तारै तीन पटक क्लिक गरेर एउटा नयाँ पेजमा जाऊ
03:58 अनि कन्ट्रोल इन्टर थिचौं
04:03 “Integral Equations: ” टाइप गरौ
04:06 र दुई पटक इन्टर थिचौं
04:11 अब इन्सर्ट अब्जेक्ट मेनुबाट म्याथ कल गरौ
04:17 फन्ट साइजलाई 18 पोइन्टसम्म बढाउँ
04:22 र एलाइनमेन्टलाई लेफ्टमा परिवर्तन गरौ
04:25 इन्टिग्रल चिन्ह लेख्नको लागि, हामीले मात्र फर्मुला एडिटर विन्डोमा “int” मार्क अप प्रयोग गर्न आवश्यक छ
04:35 ल, वास्तविक भ्यारेबल x को दिएको एउटा f फंक्सन र एउटा x अक्षको वास्तविक लाइनमा a, b इन्टरभल छ भने निश्चित इन्टिग्रल यसरी लेखिन्छ: a देखि b सम्मको इन्टिग्रल, f x dx
04:58 हामीले इन्टिग्रल चिन्ह जनाउन ‘int’ मार्क अप प्रयोग गरेका छौं
05:04 सीमा a र b तोक्न, हामीले‘from’ र ‘to’ मार्क अप प्रयोग गरेका छौं
05:13 राइटर ग्रे बक्सको फर्मुला याद गर्नुहोस
05:17 अर्को, एउटा cuboid को आयतन गणना गर्न एउटा डबल इन्टिग्रल फर्मुलाको उदाहरण लेखौ
05:26 र फर्मुला स्क्रीनमा देखाए जस्तै हुन्छ
05:30 हामी हेर्न सक्छौ, डबल इन्टिग्रलको लागि मार्क अप ‘i i n t’ हो, सजिलो छ
05:38 त्यसैगरी, हामीले एउटा क्युबोइडको आयतन प्राप्त गर्न एउटा ट्रिपल इन्टिग्रल प्रयोग गर्न सक्छौ
05:46 र एउटा ट्रिपल इन्टिग्रलको लागि ‘i i i n t’ मार्कअप हो
05:52 हामी इन्टिग्रलको सिमा तोक्न सब्स्क्रिप्ट मार्क अप पनि प्रयोग गर्न सक्छौं
06:00 सब्स्क्रिप्ट प्रयोग गरेर, म्याथले अक्षरलाई इन्टिग्रलको तल दायाँ राख्छ
06:06 ल, यिनीहरू हामीले म्याथमा इन्टिग्रल फर्मुलाहरू र इक्वेसनहरू लेख्न सक्ने तरिकाहरू हुन्
06:13 अब कसरी लगरिदम भएको फर्मुलाहरू लेख्ने हेरौ
06:19 यिनीहरुलाई एउटा नयाँ म्याथ ग्रे बक्स वा म्याथ अब्जेक्टमा लेखौ
06:24 ‘Logarithms: ‘ टाइप गरौ र दुई पटक इन्टर थिचौं
06:29 फेरी म्याथलाई प्रयोग गरौँ
06:35 र फन्टलाई 18 पोइन्टमा परिणत गरौ
06:39 र यसलाई लेफ्ट एलाइन गरौ
06:42 लगरिदम प्रयोग गरेको एउटा सरल फर्मुला Log 1000 बेस 10 बराबर 3 हो
06:52 यहाँ मार्कअप याद गरौ
06:55 यहाँ अर्को उदाहरण छ : Log 64 बेस 2 बराबर 6
07:03 अब नेचुरल लगरिदमलाई इन्टिग्रल रुपमा लेखौ
07:10 t को नेचुरल लगरिदम बराबर इन्टिग्रल 1 बाई x dx 1 देखि t सम्म
07:20 र मार्क अप स्क्रीनमा जस्तै देखिन्छ
07:25 आफ्नो उदाहरणहरू सेभ गरौ
07:29 यहाँ तपाईको लागि एक कार्य छ
07:31 निम्न डेरीभेटिभ फर्मुला लेखौ
07:35 d squared y by d x squared is equal to d by dx of ( dy by dx).
07:47 ठूलो पार्न सकिने ब्राकेट प्रयोग गर्नुहोस
07:51 निम्न इन्टिग्रल लेखौ
07:53 Integral with limits 0 to 1 of {square root of x } dx.
08:04 अर्को, एउटा डबल इन्टिग्रल निम्न अनुसार लेखौ
08:09 Double integral from T of { 2 Sin x – 3 y cubed + 5 } dx dy
08:23 र फर्मुला प्रयोग गरेर
08:25 log x to the power of p to the base b is equal to p into log x to the base b;
08:35 log 1024 लाई बेस 2 मा हल गर्नुहोस
08:41 आफ्नो फर्मुला फर्म्याट गरौ
08:43 यसरी हामी यो लिब्रे अफिस म्याथको डीफरेंसल र इन्टिग्रल इक्वेसनहरू र लगरिदम लेखन ट्युटोरियलको अन्त्यमा आएका छौं
08:52 संक्षेपमा, हामीले कसरी डेरीभेटिभ्ज र डीफरेंसल इक्वेसन लेख्ने सिक्यौ
08:58 Integral इक्वेसनहरु र Logarithm सहितको फर्मुला
09:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:06 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:13 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:18 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:24 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble