LibreOffice-Suite-Impress/C3/Slide-Master-Slide-Design/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी कसरी स्लाइडहरूका लागि पृष्ठभूमि र स्लाइडहरूको लेआउट लागु गर्ने सिक्नेछौँ
00:15 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौ
00:24 पृष्ठभूमिले स्लाइडमा प्रयोग गर्ने सबै रंगहरू र प्रभावहरू बुझाउछ, जुन सामग्री पछाडी उपस्थित हुन्छ
00:32 लिब्रे अफिस इम्प्रेसमा धेरै पृष्ठभूमि विकल्पहरु छन् जसले राम्रो प्रस्तुति सिर्जना गर्न मद्दत गर्छ
00:38 तपाईले आफ्नो अनुकुल पृष्ठभूमि पनि सिर्जना गर्न सक्नुहुन्छ
00:42 Sample-Impress.odp प्रस्तुति खोलौ
00:48 आफ्नो प्रस्तुतिका लागि अनुकुल पृष्ठभूमि सिर्जना गरौ
00:52 हामीले प्रस्तुतिमा सबै स्लाइडमा यी पृष्ठभूमि लागु गर्नेछौँ
00:57 हामी यी पृष्ठभूमि सिर्जना गर्न Slide Master विकल्प प्रयोग गर्नेछौँ
01:02 Master स्लाइडमा गरेको कुनै पनि परिवर्तन प्रस्तुतिको सबै स्लाइडहरूमा लागु हुनेछ
01:08 Main मेनुबाट View मा क्लिक गरी Master छानौ र Slide Master मा क्लिक गरौ
01:15 Master Slide देखिन्छ
01:17 याद गरौ Master View टूलबार पनि देख्न सकिन्छ, तपाईले यो सिर्जना गर्न, मेट्न र Master Pages पुन: नामांकरण गर्न प्रयोग गर्न सक्नु हुनेछ
01:27 अब दुई स्लाइडहरू प्रदर्शन हुन्छन्
01:31 यी दुई Master Pages यो प्रस्तुतिमा प्रयोग गरिएको छ
01:37 Task पेनबाट Master Pages मा क्लिक गरौ
01:41 Used in This Presentation फिल्डले यो प्रस्तुतिमा प्रयोग गरेको मास्टर स्लाइड देखाउछ
01:48 Master स्लाइड एउटा टेम्पलेट जस्तै हो
01:51 तपाईं यहाँ ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिको सबै स्लाइडमा लागू गरिन्छ
01:58 पहिले, Slides पेनबाट Slide 1 छानौ
02:03 यो प्रस्तुतिमा सेतो पृष्ठभूमि प्रयोग गरौ
02:07 Main मेनुबाट Format क्लिक गरौ र Page क्लिक गरौ
02:12 Page Setup डाइलग बक्स देखापर्छ
02:15 Background ट्याबमा क्लिक गरौ
02:18 Fill ड्रप डाउन मेनुबाट Bitmap विकल्प छानौ
02:24 विकल्पहरूको सूचीबाट Blank छानौ र OK क्लिक गरौ
02:29 अब स्लाइडमा सेतो पृष्ठभूमि छ
02:32 याद राखौ, हालको टेक्स्टको रंग पृष्ठभूमिसँग त्यति सुहाउदैन
02:38 सधैं आफ्नो पृष्ठभूमिमा स्पष्टसँग देखिने एउटा रंग छानौ
02:43 टेक्स्टको रंग कालोमा परिणत गरौ, यसले सेतो पृष्ठभूमिमा टेक्स्ट स्पष्ट देखिने बनाउने छ
02:52 पहिलो, टेक्स्ट छानौ
02:55 Main मेनुबाट Format क्लिक गरौ र Character छानौ
02:59 Character डाइलग बक्स देखिन्छ
03:02 Character डाइलग बक्सबाट Font Effects ट्याब क्लिक गरौ
03:08 Font Color ड्रप डाउनबाट Black छानौ
03:12 OK क्लिक गरौ
03:15 अब टेक्स्ट कालो रंगमा छ
03:18 अब स्लाइडमा एउटा रंग प्रयोग गरौ
03:21 कनटेक्स्ट मेनुको लागि स्लाइडमा राइट क्लिक गरौ र SlidePage Setup क्लिक गरौ
03:27 Fill ड्रप डाउन मेनुबाट, Color विकल्प छानौ, Blue 8 छानौ र OKमा क्लिक गरौ
03:36 याद गरौ हामीले छानेको हल्का निलो रंग स्लाइडमा प्रयोग भएको छ
03:42 यो टिउटोरियल लाई रोकौ र यो कार्य गरौ, एउटा नयाँ मास्टर स्लाइड सिर्जना गरौ र पृष्ठभूमिमा रातो रंग प्रयोग गरौ
03:52 त्यसो भए अब यो प्रस्तुतिमा कसरी अन्य डिजाइन तत्वहरू थप्ने सिकौं
03:57 उदाहरणका लागि, तपाईं आफ्नो प्रस्तुति मा एउटा लोगो थप्न सक्नुहुन्छ
04:01 स्क्रिनको तल Basic Shapes टूलबारको तल हेरौ
04:06 तपाई यसलाई विविध आधारभूत आकारहरु जस्तै वृत, वर्ग, आयत, त्रिकोण र ओभलहरु कोर्न गर्न प्रयोग गर्न सक्नु हुन्छ
04:16 स्लाइडको टाइटल क्षेत्रमा एउटा आयत कोरौं
04:21 Basic Shapes टूलबारको Rectangle मा क्लिक गरौ
04:25 अब कर्सर स्लाइडको माथि बायाँ कुनामा टाइटल क्षेत्रमा तानौ
04:31 तपाईले एउटा ठूलो I सहितको प्लस चिन्ह देख्नुहुनेछ
04:36 लेफ्ट माउस बटन थिची राखौं र सानो आयत कोरौं
04:41 अब माउस बटनलाई छोडौं
04:44 तपाईले एउटा आयत कोर्नु भएको छ
04:47 आयतमा भएका आठ ह्यान्डलहरु याद गरौँ
04:50 ह्यान्डल वा नियन्त्रण विन्दुहरू छानिएका बस्तुहरुको छेउमा देखापर्ने साना निला वर्गहरु हुन्
04:58 हामी आयतको आकार समायोजन गर्न यी नियन्त्रण बिन्दुहरु प्रयोग गर्न सक्छौ
05:03 तपाईं आफ्नो कर्सर नियन्त्रण बिन्दु माथि चलाउनुभयो भने कर्सर एउटा दोहोरो एरोमा बदलिन्छ
05:10 यसले नियन्त्रण बिन्दुहरुले आधारभूत आकार हेरफेर गर्न जान सकिने दिशाहरु सङ्केत गर्छ
05:17 यो आयतलाई पुरै शिर्षक क्षेत्र ढाक्ने गरि ठुलो पारौ
05:25 हामी यी आकार पनि फर्म्याट गर्न सक्छौ
05:28 कनटेक्स्ट मेनु हेर्नको लागि आयतमा राइट क्लिक गरौ
05:32 यहाँ तपाईं आयत परिमार्जन गर्न विभिन्न विकल्प रोज्न सक्नुहुन्छ
05:37 Areaमा क्लिक गरौ, Area डाइलग बक्स देखिन्छ
05:43 Fill क्षेत्रको ड्रप डाउन मेनुमा Color छानौ
05:48 Magenta 4 छानौ र OK क्लिक गरौ
05:52 आयतको रंग परिवर्तन भएको छ
05:56 आयतले अब टेक्स्ट छोपेको छ
05:59 टेक्स्ट देखिने बनाउन, पहिले आयत छानौ
06:03 अब कनटेक्स्ट मेनु खोल्नका लागि राइट क्लिक गरौ
06:07 Arrange मा क्लिक गरौ र Send to back मा क्लिक गरौ
06:11 टेक्स्ट फेरि देखिने भएको छ
06:15 यहाँ आयत टेक्स्टको पछि सरेको छ
06:18 Tasks पेनको Master Page को preview मा क्लिक गरौ
06:23 राइट क्लिक गरौ र Apply to All Slides छानौ
06:27 Close Master View बटनमा क्लिक गरी Master View बन्द गरौ
06:32 मास्टरमा गरेको फर्म्याटिंग परिवर्तन अब प्रस्तुतिको सबै स्लाइडमा लागू हुन्छ
06:39 याद राखौ आयत पनि सबै पेजहरूमा प्रदर्शित हुन्छ
06:45 स्लाइड लेआउट परिवर्तन गर्न सिकौं
06:49 लेआउट के हो? लेआउट सामग्री रहने स्थान सहित पूर्व-संरचित स्लाइडको खाका हो
06:58 स्लाइड लेआउट हेर्नको लागि दाहिने प्यानलबाट Layouts मा क्लिक गरौ
07:04 Impress मा उपलब्ध लेआउट प्रदर्शित हुन्छ
07:07 लेआउट थम्बनेलहरूमा हेरौ, यसले तपाईलाई लेआउट लागू गरे पछि कसरी स्लाइड देखापर्छ भन्ने जानकारी दिन्छ
07:16 त्यहाँ शीर्षक र दुई-स्तम्भ स्वरूप लेआउट, तपाईले टेक्स्ट तीन स्तम्भहरूमा राख्न सक्ने लेआउटहरु र आदि छन्
07:24 त्यहाँ खाली लेआउट पनि छ, तपाई आफ्नो स्लाइडमा खाली लेआउट लागू गर्न सक्नु हुन्छ अनि आफ्नो लेआउट बनाउन सक्नु हुन्छ
07:32 स्लाइडमा लेआउट लागू गरौ
07:35 Potential Alternatives स्लाइड छानौं र सबै टेक्स्ट मेटौ
07:43 अब, दाहिने तर्फको लेआउट पेनबाट title 2 content over content छानौ
07:51 स्लाइडमा अब तीनवटा टेक्स्ट बक्स र एउटा शीर्षक क्षेत्र छ
07:56 याद राखौ, हामीले मास्टर पेज प्रयोग गरेर इन्सर्ट गरेको आयत अझै देखिएको छ
08:02 यो आयत मास्टर स्लाइड प्रयोग गरेर मात्र सम्पादन गर्न सकिन्छ
08:07 मास्टर स्लाइडको सेटिंगले अन्य सबै फर्म्याटिंग वा स्लाइडमा गरिएका लेआउटलाई बदल्छ
08:15 अब यी बक्सहरूमा सामग्री थपौं
08:19 पहिलो टेक्स्ट बक्समा Strategy 1 PRO: Low cost CON: slow action टाइप गरौ
08:28 दोस्रो टेक्स्ट बक्समा Strategy 2 CON: High cost PRO: Fast Action' टाइप गरौ
08:40 तेस्रो टेक्स्ट बक्समा Due to lack of funds, Strategy 1 is better टाइप गरौ
08:48 तपाई त्यसैगरी आफ्नो प्रस्तुतिमा सबैभन्दा अनुकूल लेआउट छान्न सक्नुहुन्छ
08:54 यसरी हाम्रो ट्यूटोरियल सकिन्छ, यो ट्यूटोरियलमा हामीले कसरी स्लाइडहरूमा पृष्ठभूमि र स्लाइडहरूको लेआउट प्रयोग गर्ने सिक्यौ
09:03 यहाँ तपाइको लागि कार्य छ
09:05 एक नयाँ मास्टर स्लाइड सिर्जना गर्नुहोस्
09:08 एक नयाँ पृष्ठभूमि सिर्जना गर्नुहोस्
09:11 लेआउटलाई title, content over content मा बदलौं
09:15 तपाईले यहाँ लेआउटलाई एउटा मास्टर स्लाइडमा लागू गर्दा के हुन्छ जाच गर्नुहोस
09:20 एउटा नयाँ स्लाइड हालौ र एउटा खाली लेआउट लागु गरौ
09:25 टेक्स्ट बक्सहरू प्रयोग गरौ र यसमा कोलमहरू थपौ
09:29 यो टेक्स्ट बक्सहरूलाई फर्म्याट गरौ
09:32 यी बक्सहरूमा टेक्स्ट इन्टर गरौँ
09:36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
09:42 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:47 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:56 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
10:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:14 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
10:25 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:30 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble