LibreOffice-Suite-Draw/C3/Basics-of-Layers-Password-Encryption-PDF/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Basics of Layers and Password Encryption PDF स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:09 | यो ट्युटोरियलमा हामी लेयर को आधारभूत ज्ञान सिक्ने छौं |
00:12 | हामी एउटा ड्र फाइललाई पासवर्ड इन्क्रिप्सन प्रयोग गरी कसरी जोगाउने पनि सिक्ने छौं |
00:18 | यसलाई PDF को रुपमा एक्सपोर्ट गरौँ |
00:21 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ अपरेटिंग सिस्टम र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
00:30 | 'Route Map' फाइल खोलौं |
00:33 | लेयरहरु के हुन्?,लेयरहरु एक माथि अर्को गरी राखिएका पारदर्शी पानाहरु हुन् |
00:42 | प्रत्येक ड्र फाइलमा ३ लेयरहरु हुन्छन |
00:44 | डिफल्टमा लेआउट लेयर देखाइन्छ |
00:48 | यहाँ हामी प्रायजसो ग्राफिक्स सृजना गर्छौं |
00:51 | Control layer कन्ट्रोल एलिमेंटहरु जस्तै बटन र फर्महरु भण्डार गर्न प्रयोग गरिन्छ |
00:57 | Dimensions layer जटिल चित्रहरुमा डाइमेन्सन लाइन वा नाप देखाउन प्रयोग गरिन्छ |
01:06 | उदाहरणको लागि, एउटा घरको चित्रमा घरको भित्ता, बिजुलीको वायरिंग आदिको सहि नाप आवश्यक पर्छ |
01:19 | 'House' देखि 'School' सम्मको रुट देखाउने तीन नक्सा प्रिन्ट गरौँ |
01:26 | तिनीहरुलाई Map 1, Map 2 र Map 3 नाम दिऊ |
01:31 | Map 1 ले यो क्षेत्रको सम्पूर्ण ल्याण्डमार्कहरु देखाउँछ |
01:35 | Map 2 मा दुई 'ताल', 'Stadium' र 'Commercial Complex' बाहेक सम्पूर्ण अब्जेक्टहरु देखाऊ |
01:43 | Map 3 मा 'Park' बाहेक सम्पूर्ण अब्जेक्टहरु देखाऊ |
01:48 | के हामीले यिनिहरु देखाउन तीन भिन्न नक्साहरु सृजना गर्नुपर्छ? |
01:51 | पर्दैन, ड्र ले यसको लागि लेयर हरु मार्फत एउटा समाधान दिन्छ |
01:58 | यसरी, त्यहाँ बिभिन्न जानकारीहरु भएको लेयरहरु सहितको एउटा मात्र नक्साको फाइल हुनेछ |
02:03 | हामी ड्र पेज प्रयोग गरी लेयर हरुको फाइल प्रिन्ट गर्न सक्छौं |
02:10 | अब RouteMap मा केहि लेयरहरु थपौं |
02:13 | Layout layer मा क्लिक गरौँ |
02:15 | राइट क्लिक गरौँ र Insert layer छानौं |
02:18 | Insert layer डाइलग बक्स देखापर्छ |
02:22 | “Name” फिल्डमा टाइप गरौँ: “Layer four” |
02:24 | हामी हाम्रो चित्र सान्दर्भिक कुनै पनि शिर्षक र ब्याख्या थप्न सक्छौं |
02:30 | “Visible” र “Printable” बक्सहरु ठिक गरौँ |
02:34 | डाइलग बक्स बाट बाहिर निस्कन OK मा क्लिक गरौँ |
02:37 | Layout layer मा पुन: क्लिक गरौँ |
02:40 | Draw पेजमा, नक्सा छानौं र यसलाई अनग्रुप गरौँ |
02:44 | अब, तालहरु छानौं |
02:46 | Shift कि थिचौं र Stadium र Commercial complex छानौं |
02:52 | अब राइट क्लिक गरी Cut छानौं |
02:55 | अनि “Layer four” लेयरमा क्लिक गरौँ र तिनीहरुलाई पेस्ट गरौँ |
02:59 | तिनीहरु Layout layer को स्थानमा नै प्रिन्ट हुन्छन् |
03:04 | पुन: Layer Four क्लिक गरौँ |
03:07 | context menu को लागि राइट क्लिक गरौँ र Modify Layer छानौं |
03:12 | Modify Layer डाइलग बक्स देखापर्छ |
03:15 | “Visible” बक्स अनचेक गरौँ र OK क्लिक गरौँ |
03:18 | Layer Four का अब्जेक्टहरु अहिले देखिदैनन् |
03:21 | अब्जेक्टहरु भौतिक रुपमा उपस्थित भए पनि देख्न सकिदैन |
03:26 | Layout Layer मा क्लिक गरौँ, यदि ट्याब देखिदैन भने Layout layer नदेखिएसम्म लेफ्ट एरो बटन थिचौं |
03:35 | हामीसँग हाम्रो Map 2 छ! सोहि तरिकाले हामी Map 3 पनि सृजना गर्न सक्छौं |
03:42 | यो ट्युटोरियल रोकौं र यो कार्य गरौँ |
03:45 | Home र School Campus को लागि दुई रुटहरु सृजना गरौँ |
03:49 | RouteMap चित्रमा प्रत्येक रुट भिन्न लेयर मा सृजना गरौँ जसले गर्दा तिनीहरुलाई एउटा मात्र रुट देखाउने दुई भिन्न रुटको रुपमा प्रिन्ट गर्न सकियोस |
04:01 | अब फाइललाई कसरी एउटा PDF को रुपमा एक्सपोर्ट गर्ने हेरौं साथै ड्र फाइल कसरी पासवर्ड प्रयोग गरी सुरक्षित राख्ने सिकौं |
04:10 | पहिले, ड्र फाइल “RouteMap” लाई एउटा 'PDF' को रुपमा सेभ गरौँ |
04:14 | मेन मेनुबाट File छानौं र “Export as PDF” मा क्लिक गरौँ |
04:19 | PDF डाइलग बक्स देखापर्छ |
04:21 | पहिले, “General” विकल्पहरु सेट गरौँ |
04:24 | “General” ट्याब क्लिक गरौँ |
04:26 | हामीले सम्पूर्ण ड्र फाइललाई ‘PDF’ मा बदल्ने भएकोले Range भित्र All छानौं |
04:34 | Images भित्र हामी “JPEG compression” छान्ने छौं |
04:38 | यो कम्प्रेसनको लागि प्रयोग हुने सबैभन्दा सामान्य फर्म्याट हो |
04:42 | अब, Initial View ट्याबमा क्लिक गरौँ |
04:45 | हामी डाइलग बक्समा देखाइएको डिफल्ट मान यसै राख्छौं |
04:49 | अब, Links ट्याबमा क्लिक गरौँ |
04:52 | हामीले Draw फाइलमा लिंक इन्सर्ट गरेको हुन सक्छौं |
04:55 | पुन, Links को लागि डिफल्ट मान सेट गरौँ |
04:59 | अब, ‘PDF’ डकुमेन्ट प्रोटेक्ट गर्न एउटा पासवर्ड दिऊ |
05:03 | यसो गर्न “Security” ट्याबमा क्लिक गरौँ |
05:07 | Set open password बटनमा क्लिक गरौँ |
05:10 | Set open password डाइलग बक्स देखापर्छ |
05:14 | “Password” फिल्डमा तपाईले चाहेको कुनै पनि पासवर्ड टाइप गर्नुहोस् |
05:20 | म मेरो पासवर्ड “Protect101” राख्ने छुँ |
05:24 | Confirm फिल्डमा म पुन मेरो पासवर्ड- “Protect101” टाइप गर्ने छुँ र OK क्लिक गर्छु |
05:31 | अब, डकुमेन्ट प्रिन्ट वा फेरबदल गर्न पर्मिसन पासवर्ड राखौं |
05:37 | Set permission password बटन क्लिक गरौँ |
05:41 | Password मा आफुले चाहेको पासवर्ड टाइप गरौँ, म ProtectAgain0 टाइप गर्ने छुँ |
05:49 | Confirm मा म पुन “ProtectAgain0” टाइप गर्ने छुँ र OK क्लिक गर्छुं |
05:57 | अब Printing र Changes को लागि पर्मिसन सक्रिय भएको याद गरौँ |
06:03 | सधै नम्बर र बिशेष अक्षर सहितको कम्तिमा ६ अक्षरको पासवर्ड राख्नु राम्रो अभ्यास हो |
06:14 | Printing भित्र Not Permitted विकल्प छानौं |
06:18 | पासवर्ड भएमात्र 'PDF' प्रिन्ट गर्न सकिन्छ हैन भने सकिदैन |
06:25 | Changes भित्र Not Permitted विकल्प टाइप गरौँ |
06:29 | 'पासवर्ड' सहि पासवर्ड दिएर मात्र एडिट गर्न सकिन्छ, हैन भने सकिदैन |
06:36 | अब, तलको Export बटन क्लिक गरौँ |
06:41 | Export डाइलग बक्स देखापर्छ |
06:43 | लेफ्ट-प्यानलको Places मा हामीले फाइल सेभ गर्न चाहेको स्थान छानौं, म Desktop छान्ने छुँ |
06:53 | File type भित्र PDF - Portable Document Format छानौं |
06:57 | र Save बटनमा क्लिक गरौँ |
07:01 | Draw फाइल एउटा PDF फाइलमा परिवर्तन भएको छ र Desktop मा सेभ गरिएको छ |
07:07 | अब डेस्कटप मा जाऊ |
07:09 | Desktop मा RouteMap PDF फाइलमा दोहोरो क्लिक गरौँ |
07:14 | Enter password डाइलग बक्स देखापर्छ |
07:17 | Password फिल्डमा गलत पासवर्ड टाइप गरौँ: "Protect111" |
07:23 | Unlock Document बटनमा क्लिक गरौँ |
07:26 | हामी password फिल्ड खाली भएर फेरि अर्को पासवर्ड मागेको देख्न सक्छौं |
07:35 | Password फिल्डमा, सहि पासवर्ड Protect101 टाइप गरौँ |
07:40 | Unlock Document बटन क्लिक गरौँ, अब PDF फाइल खुल्छ |
07:46 | हामीले हाम्रो Draw फाइललाई सफलतापुर्वक PDF मा बदल्यौ र यसलाई पासवर्ड-प्रोटेक्ट गर्यौं |
07:53 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:57 | यहाँ हामीले सिक्यौं: * लेयर को आधारभूत ज्ञान |
08:00 | एउटा ड्र फाइललाई कसरी एउटा PDF मा बदल्ने |
08:03 | यसलाई पासवर्ड इन्क्रिप्सन प्रयोग गरी कसरी जोगाउने |
08:08 | यहाँ तपाईको लागि एउटा कार्य छ |
08:11 | RouteMap फाइलको एउटा अर्को PDF सृजना गरौँ |
08:14 | PDF डाइलग-बक्समा, “Initial View” विकल्पहरु बदलौं |
08:17 | के हुन्छ हेरौं |
08:20 | “User Interface” को सम्पूर्ण विकल्पहरु ठिक गरौँ |
08:23 | permission passwords सेट गरौँ |
08:25 | यो PDF प्रिन्ट गरौँ |
08:28 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08:31 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:34 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
08:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
08:42 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:45 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:50 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
08:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
09:03 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:11 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
09:23 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |