LibreOffice-Suite-Calc/C3/Linking-Calc-Data/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस क्याल्कको लिंकिंग इन क्याल्क स्पोकन टूयूटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं
00:10 क्याल्कमा अन्य सिटहरु कसरी रेफरेन्स गर्ने
00:13 क्याल्कमा हाइपरलिंकहरु कसरी प्रयोग गर्ने
00:17 यहाँ हामी उबुन्टू लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइटसंस्करण ३.३.४ प्रयोग गर्दैर्छौं
00:29 लिब्रे अफिस क्याल्कले रेफरेन्स गर्न दिन्छ
00:33 अर्को सिटको एउटा सेल हालको सिटमा रेफरेन्स लिन दिन्छ
00:37 यदि दुबै स्प्रेडसिटहरु सेभ भएको छ भने अर्को स्प्रेडसिटबाट एउटा सेल
00:44 हामी “Personal-Finance-Tracker.ods” खोलौं
00:49 हाम्रो फाइलको पहिले सिटमा “Personal FinanceTracker” को स्प्रेडसिट छ
00:55 मैले “Spent” र “Received” कोलममा केहि रकम थपेकी छुँ
01:04 अब हामी “Cost” र “Spent” मुनिको सामग्रीहरुको योगफल पाउनेछौं
01:11 सेल रेफ्रेन्स C9 मा क्लिक गरौँ र “इज इक्वल टू SUM” इन्टर गरौँ र ब्राकेट भित्र “C3 कोलोन C7” इन्टर गरौँ
01:24 त्यसपछि “इन्टर” कि थिचौं
01:27 सेल रेफरेन्स D9 मा क्लिक गरौँ र सोहि फर्मूला प्रयोग गरि योगफल निकालौं
01:36 अब हामी सेल रेफ्रेन्सिंग प्रयोग गरि “Cost” र “Spent” मुनिको जम्मा रकम देखाउनेछौँ
01:45 “Sheet 2” ट्याबमा क्लिक गरौँ
01:48 यसले नयाँ सिट खोल्छ
01:51 अब सेल रेफरेन्स A1 मा क्लिक गरौँ, यसको भित्र “COMPONENT” हेडिंग टाइप गरौँ
02:00 सेल रेफ्रेन्स B1 मा क्लिक गरौँ र यसको भित्र “BALANCE” टाइप गरौँ
02:07 अब हेडिंग मूनिको सामग्रीहरुको नाम इन्टर गरौँ
02:12 सेल रेफ्रेन्स A3 क्लिक गरौँ र “COST” टाइप गरौँ “इन्टर” थिचौं
02:19 “COST” मूनि अर्को बस्तुको रुपमा सेल रेफ्रेन्स A4 मा “SPENT” इन्टर गरौँ
02:27 अब खाली सेल B3 मा क्लिक गरौँ
02:31 “COST” र “SPENT” हेडिंग मूनिको सेल B3 र B4 मा जम्मा रकम रहने छ
02:38 जुन हामीले “Sheet 1” मा गणना गरेका थियौं
02:41 यो रिफ्रेन्सिंग गरेर गरिन्छ
02:44 सेल B3 मा सेल रिफ्रेन्स बनाउनको लागि, “Input line” छेऊको “इक्वल टू” चिन्हमा क्लिक गरौँ
02:53 अब सिट ट्याबको “Sheet 1” मा क्लिक गरौँ
02:59 यो सिटमा, हामी सेल C9 मा क्लिक गर्छौं जसमा “Cost” कोलमको कुल योग रहेको छ
03:07 याद गरौँ, “Input line” स्टेटमेन्टमा “Sheet 1 डट C9” देखिएको छ
03:15 अब “Input line” को छेउको चेक मार्कमा क्लिक गरौँ
03:20 याद गरौँ, “Sheet 1” ट्याबको “Cost” मुनिको डाटाको कुल योग स्वत “सिट 2” ट्याबको सेल रेफ्रेन्स B3 मा इन्टर हुन्छ
03:34 यसैगरी हामी रेफ्रेन्सिंगबाट अन्य सामग्रीहरुको कुल योग इन्टर गर्न सक्छौं
03:41 यदि त्यहाँ धेरै डाटा सामग्री सहित धेरै सिटहरु छन् भने रेफ्रेन्सिंग उपयोगी हुन सक्छ
03:49 अब क्याल्क सिटहरुमा हाइपरलिंकहरु कसरी बनाउने सिकौं
03:55 तपाई हाइपरलिंकहरु यी स्थानमा जान प्रयोग गर्न सक्नुहुन्छ

स्प्रेडसिट भित्रको विभिन्न स्थानमा बिभिन्न फाइलहरुमा वा वेव साइटहरुमा पनि

04:06 “Personal-Finance-Tracker.ods” मा पर्सनल फाइनान्स ट्रयाकर “Sheet 1” मा छ र अन्य सामग्री “Sheet 2” मा छ
04:17 मानौं हामी सिट 1 बाट सिट 2 मा जान चाहन्छौं
04:22 सुरुमा “Sheet 1” ट्याबमा क्लिक गरौँ
04:25 यहाँ सेल रेफ्रेन्स B14 मा क्लिक गरौँ र ”Sheet 2” इन्टर गरौँ
04:33 तपाई “Input line” मा “Sheet 2” देख्न सक्नुहुन्छ
04:38 अब इन्पुट लाइनको टेक्स्ट “Sheet 2” छानौं
04:44 टेक्स्ट छानिसकेपछी, टूलबरको “हाइपरलिंक”आइकनमा क्लिक गरौँ
04:51 हाइपरलिंक डाइलग बक्स देखा पर्छ
04:55 बायाँ पट्टिको, “डकुमेन्ट” विकल्प छानौं
04:59 डाइलग बक्सकको ”टार्गेट इन डकुमेन्ट” आइकनमा क्लिक गरौँ
05:04 एउटा नयाँ “टार्गेट इन डकुमेन्ट” डाइलग बक्स देखा पर्छ
05:08 अब “सिट” विकल्पको छेऊको “प्लस साइन”मा क्लिक गरौँ
05:13 देखा परेको डाइलग बक्समा, “सिट 2” विकल्पमा क्लिक गरौँ
05:18 अब “Apply” बटनमा क्लिक गरौँ र त्यसपछि “क्लोज” बटनमा क्लिक गरौँ
05:24 अब, हाइपरलिंक डाइलग बक्सबाट, “Apply” मा क्लिक गरौँ र त्यसपछि “क्लोज”मा क्लिक गरौँ
05:32 “Sheet 1” ट्याब रंगिन “Sheet 2” टेक्स्ट सहित सेलमा अगाडी देखापर्छ
05:40 अब, जब हामी “Sheet 2” टेक्स्टमा क्लिक गर्छौं तब यसले हामीलाई कष्टको मूल्य इन्टर गरेको सिटमा लैजानेछ
05:51 हामीले हाइपरलिंक बनाएका छौं!
05:55 हाइपरलिंक हटाउनको लागि, सुरुमा हाइपरलिंक गरेको टेक्स्ट “Sheet 2” छानौं
06:01 अब राइट क्लिक गरौँ र कन्टेक्स्ट मेनूबाट, “Default Formatting” विकल्पमा क्लिक गरौँ
06:09 अब टेक्स्ट हाइपरलिंकमा छैन
06:12 यो डकुमेन्टको कुनै साधारण टेक्स्ट जस्तै छ
06:16 हामी फेरबदलहरु अंडू गरौँ
06:20 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं
06:25 संक्षेपमा, हामीले यी कुराहरु कसरी गर्ने सिक्यौं क्याल्कमा अन्य सिटहरुमा रेफ्रेन्स गर्न
06:31 क्याल्कमा हाइपरलिंकहरु प्रयोग गर्न
06:36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:40 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
06:43 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:47 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमलेस्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
06:52 अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र दिइन्छ
06:56 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:07 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:15 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
07:25 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble