LibreOffice-Suite-Base/C3/Create-simple-queries-in-SQL-View/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं
00:09 SQL View मा Simple Queries बनाउन, साधारण SQL लेख्न
00:16 SELECT, FROM , र WHERE बाक्यांशहरु
00:20 र फिल्ड र टेबलहरु नामांकरण गर्न सानो वा मिश्रित अक्षर
00:27 बेस प्रयोग गरि SQL View मा queries बनाउनु अघि, लिब्रे अफिस बेस बारे चर्चा गरौँ
00:35 बेस HSQL डाटाबेस इन्जीनमा रन हुन्छ
00:41 यो जाबामा लिखित ओपन सोर्स डाटाबेस इन्जीन सफ्टवेयर हो! HSQLDB सम्बन्धि थप जानकारीको लागि http://hsqldb.org मा जानुहोस्
01:02 ल, अब हामी SQL बारे बुझौं
01:06 SQL भनेको Structured Query Language हो! यो डाटाबेसहरु प्रयोग गर्न र मिलाउनको लागि स्ट्याण्डर्ड भाषा हो
01:17 यो अन्तरराष्ट्रिय मान्यता प्राप्त ANSI स्ट्याण्डर्ड हो
01:23 र त्यसैले यो अनेक Database Management System वा DBMS मा प्रयोग गरिन्छ
01:31 केही उदाहरणहरु, हाम्रो आफ्नो लिब्रे अफिस बेस, MySQL, Microsoft SQL Server, Microsoft Access, Oracle, र DB2 हुन्
01:47 SQL को सबैभन्दा सामान्य प्रयोग डाटाबेसबाट डाटा झिक्नु हो जसलाई डाटाबेस क्वेरी गर्नु पनि भनिन्छ
01:58 SQL डाटाबेसमा डाटा राख्न, डाटा अपडेट गर्न वा डाटाबेस बाट डाटा डिलिट गर्न प्रयोग गर्न सकिन्छ
02:09 र हामीले यी सब प्रक्रियाहरु बेस प्रयोग गरि अघिल्लो टूयूटोरियालमा गरिसकेका छौं
02:16 प्रयोगकर्ता अनुकुल विजार्ड र विन्डोहरु प्रयोग गरेर
02:22 तर मूल query भाषा ले हामीलाई डाटाबेस क्वेरी गर्ने सहजता र शक्ति प्रदान गर्छ र SQL डाटा फेरबदल गर्न मात्र प्रयोग नभई डाटाबेस र टेबल संरचना पनि बदल्न प्रयोग गर्न सकिन्छ
02:43 हाम्रो टूयूटोरियलमा SQL को सम्पूर्ण रुपमा चर्चा नभएकोले, यहाँ केही उपयोगी टूयूटोरियल र तिनीहरुको वेबसाइटहरु छन्
02:59 HSQLDB को आफ्नै यूजर गाइडहरु छन्! तिनीहरुलाई अनलाइन हेर्न वा डाउनलोड गरेर कम्प्युटरमा PDF फाइलमा सेभ गर्न सकिन्छ
03:14 ल अब हामी केही SQL सिकौं! हामी हाम्रो परिचित Library डाटाबेसको उदाहरण खोल्नेछौँ
03:23 हाम्रो Library डाटाबेस खोलौं! अब हामी बायाँ पट्टिको Queries सूचीमा क्लिक गरौँ
03:34 र त्यसपछि ‘Create Query in SQL View’ मा क्लिक गरौँ! अब हामी Query Design नामक एउटा खाली विन्डो देख्छौं
03:46 र यहाँ हामी हाम्रो क्वेरीहरु SQL मा टाइप गर्छौं
03:51 हामी हाम्रो सुरुको साधारण query लेखौं र त्यो लाइब्रेरीमा भएका सम्पूर्ण किताबहरुको जानकरी प्राप्त गर्न हो
04:02 केहि प्राप्त गर्न SELECT किवर्ड प्रयोग गर्नुपर्छ र त्यसैले हामी query यसरी लेख्छौं
04:10 SELECT * FROM Books
04:15 यहाँ Books टेबलको नाम हो! बुक्समा ठुलो B भएको याद गरौँ
04:23 हामीले पहिले प्रयोग गरेको टेबल वा कोलम नेम राम्रोसँग अनुसरण गरौँ
04:29 र * भनेको वाइल्ड कार्ड हो! यहाँ यसको मतलब Books टेबलबाट सबै फिल्ड वा कोलमहरु पाउछौं
04:39 अब यसलाई execute वा रन गरौँ! Edit मेनूमा क्लिक गरौँ अनि Run Query मा क्लिक गरौँ
04:48 अब हामी माथि पट्टि किताबहरुको रेकर्डको सूची देख्छौं
04:53 हामी यो query वा हामीले लेखेको query लाई सेभ गर्न सक्छौं र एउटा व्याख्यात्मक नाम दिन सक्छौं
05:00 हाम्रो पहिलो साधारण query त्यहाँ छ! यहाँ केही उपायहरु छन्:
05:06 HSQLDB मा डाटाबेस अब्जेक्टको नाम जस्तै टेबल र कोलमको नामहरु केस सेंसिटिभ हुन्छ
05:17 मतलब, ठूलो B भएको Table नेम “Books” र सानो b भएको “books” एकै होइनन्
05:27 तर सजिलोको लागि हामी सबै ठूलो अक्षर वा सबै सानो अक्षर प्रयोग गर्न सक्छौं
05:34 उदाहरण:BOOKS ठुलो अक्षरमा, वा members सानो अक्षरमा, आदि
05:44 तर मिश्रित अक्षरहरुमा पढन र बुझन सजिलो हुन् सक्छ! उदाहरण,BooksIssued मा ठूलो B र I छन्
05:57 ReturnDate मा ठूलो R र D छन्
06:03 त्यसैले हामीले टेबल र कोलमको नाम हामीले बनाएको जस्तै प्रयोग गर्नुपर्छ
06:11 SELECT जस्तै SQL किवार्डको लागि हामी कुनै पनि अक्षर वा मिश्रित अक्षरहरु प्रयोग गर्न सक्छौं! तर राम्रोसँग पढ्नको लागि हाम्रो प्रयोगमा एकरुपता ल्याउँ
06:25 हाम्रो उदाहरणमा, हामी किवर्डको लागि ठूलो अक्षरहरु प्रयोग गर्छौं
06:31 अब, हाम्रो अर्को क्वेरीमा, हामी यो query नयाँ विन्डोमा टाइप गर्न सक्छौं, वा हामी अघिल्लो query माथि यसलाई लेख्न सक्छौं
06:42 अब हामी अघिल्लो query माथि लेख्छौं
06:47 Books टेबलबाट हामी कुनै एक कोलम झिकौं! SELECT Title, Author FROM Books
06:58 र query रन गरौँ! हामी फाइल मेनूबार मूनिको Run Query आइकन वा किबोर्ड सर्टकट F5 प्रयोग गर्न सक्छौं
07:13 र त्यहाँ हामीले चाहेको कोलमहरु मात्र भएको रेकर्डहरु छन्
07:19 ल हामी अघि बढौं
07:22 query को अवस्थाहरु वा मापदण्डको परिचय दिउँ
07:27 हामी Cambridge ले प्रकाशन गरेको बूकहरु मात्र झिक्छौँ
07:31 र त्यसैले हाम्रो क्वेरी यस्तो हुन्छ: SELECT * FROM Books WHERE Publisher = 'Cambridge'
07:46 याद गरौँ हामीले नयाँ किवर्ड WHERE सुरु गरेका छौं
07:52 त्यसपछि हामी Publisher बराबर Cambridge लेख्छौं
07:59 अब हामी query रन गरौँ! र हामी त्यो किताबहरु मात्र देख्छौं जसको Publisher मा Cambridge छ
08:08 र त्यसैले हाम्रो query मा जुनसुकै संख्याको अवस्था वा मापदण्ड हुन सक्छ
08:14 हामी दुई अवस्थामा query लेखौं
08:18 हामी Cambridge ले प्रकाशन गरेको १९७५ साल पछि प्रकाशन भएको किताबहरु मात्र झिकौं
08:29 र हाम्रो क्वेरी यस्तो हुन्छ: SELECT * FROM Books WHERE Publisher = 'Cambridge' AND PublishedYear> 1975
08:49 र हामी WHERE किवर्ड वा बाक्यांशपछि दुई अवस्थाहरु देख्छौं
08:55 याद गरौँ, तिनीहरुलाई ‘AND’ प्रयोग गरि संगै राखेका छौं! यहाँ ‘AND’ लाई लजिकल अपरेटर भनिन्छ
09:04 र यसले अवस्था जोडने कार्य गर्छ! ‘OR’ अर्को लजिकल अपरेटर हो
09:13 हामी तिनीहरुको प्रयोग गरि माथिको query मा पछि हेर्छौं
09:18 अब हामी query रन गर्छौं र नतिजा माथि देख्छौं
09:23 त्यहाँ, यी किताबहरुले हाम्रो अवस्था पुराएका छन
09:29 ल, हामी बढि अवस्थाहरु समेट्ने अर्को तरिका सिकौं
09:36 हामी कसरी ती किताबहरुको मात्र सूची पाउन सक्छौं जसको प्रकाशक Cambridge वा Oxford वा दुबै हुन्?
09:46 र यहाँ हाम्रो query छ:SELECT * FROM Books WHERE Publisher IN ( 'Cambridge', 'Oxford')
10:09 नयाँ किवर्ड ‘IN’ याद गरौँ
10:13 यसले एउटा कोलममा हुने अवस्थाहरु जोड्न मद्दत गर्छ, यो अवस्थामा, Publisher
10:21 र अब नतिजाहरु याद गरौँ
10:25 यहाँ एक कार्य रहेको छ
10:27 यिनीहरुको लागि SQL क्वेरी लेखौं र जाचौं
10:33 १.Library को सम्पूर्ण सदस्यहरुको जानकारी प्राप्त गर्न! २. रू. १५० भन्दा माथि मूल्य भएको किताब शिर्षकहरुको सूची प्राप्त गर्न ३. William Shakespeare वा John Milton ले लेखेको किताबहरुको सुची प्राप्त गर्न
10:56 हामी SQL बारे अझ अर्को टूयूटोरियलमा सिक्नेछौं
11:01 यसरी हामी लिब्रे अफिस बेसको Queries in SQL View ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
11:09 संक्षेपमा हेर्दा, हामीले यी कुराहरु सिक्यौं
11:12 SQL View मा साधारण क्वेरीहरु बनाउन
11:17 साधारण SQL लेख्न
11:20 SELECT, FROM , र WHERE बाक्यांशहरु प्रयोग गर्न
11:25 र फिल्ड र टेबलहरुको नामांकरण गर्न ठूलो, सानो र मिश्रित अक्षर छान्न
11:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:47 यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ! यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:55 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya