LibreOffice-Suite-Base/C2/Add-List-Box-form-control-to-a-form/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:03 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 00:06 | यो ट्युटोरियलमा, हामी कसरी फर्म कन्ट्रोलबाट एउटा लिस्ट बक्स फर्ममा थप्ने हेर्नेछौं |
| 00:14 | अन्तिम ट्युटोरियलमा हामीले लिब्रे अफिस बेसको प्रयोगले एउटा फर्म कसरी फेरबदल गर्ने सिक्यौं |
| 00:20 | हामीले यो इमेज अन्तिम ट्युटोरियलमा बनाउन सुरु गर्दा पनि देखेका थियौं |
| 00:34 | र जब हाम्रो डिजाइन तयार हुन्छ हाम्रो फर्म यस्तो देखिनेछ |
| 00:45 | यहाँ याद गरौँ हामी Books Issued Table को पहिलो रेकर्ड देख्दैछौं |
| 00:52 | र, साथै हामी बुक आइडी र मेम्बर आइडीको सट्टामा वास्तविक शिर्षक र सदस्य नामहरु भएको बक्सको सूचीहरु देख्न सक्छौं |
| 01:01 | तल एउटा रेकर्ड सेभ गर्ने, बदलावहरु अंडू गर्ने आदि केहि बटनहरु रहेका छन् |
| 01:11 | ल, हामी यो ट्युटोरियलमा हाम्रो फर्ममा एउटा लिस्ट बक्स थप्न सिक्नेछौं |
| 01:20 | यदि लिब्रे अफिस बेस प्रोग्राम पहिले खोलेको छैन भने यसलाई खोलौं |
| 01:32 | र हाम्रो लाइब्रेरी डाटाबेस खोलौं |
| 01:35 | यदि पहिले नै बेस खोलेको छ भने हामी फाइल मेनुको ओपनमा क्लिक गरेर लाइब्रेरी डाटाबेस खोल्न सक्छौं |
| 01:45 | वा फाइल मनुको रिसेन्ट डकुमेन्टस् मा क्लिक गर्न सकिन्छ |
| 01:50 | अब हामी लाइब्रेरीडाटाबेसमा छौं |
| 01:54 | हामीले अन्तिम ट्युटोरियलमा बनाएको 'Books Issued to Members' फर्म खोलौं |
| 02:01 | यसो गर्न, दायाँ पट्टिको फर्म्स आइकनमा क्लिक गरौँ |
| 02:07 | र दायाँ पट्टिको 'Books Issued to Members' फर्ममा राइट क्लिक गरौँ र एडिटमा क्लिक गरौँ |
| 02:17 | अहिले हामी डिजाइन विन्डोमा छौं |
| 02:21 | पहिले 'Book Title' लेबल मानौं |
| 02:25 | याद गरौँ यहाँको टेक्स्ट बक्सले हाम्रो आँखामा बिझाउने BookId नम्बरहरु मात्र देखाउँछ |
| 02:33 | हाम्रो लागि पुस्तकहरुको शिर्षकहरु परिचित छन् |
| 02:37 | त्यसैले यी शिर्षकहरु देखाउन बेसले केहि माध्यम दिन्छ र एउटा माध्यम लिस्ट बक्स फर्म कन्ट्रोल प्रयोग गर्ने हो |
| 02:48 | यो कसरी गर्ने हेरौं |
| 02:51 | यसको लाग, Book Title लेबल सँगैको टेक्स्ट बक्स हटाऊ |
| 02:59 | हामी यसो गर्न टेक्स्ट बक्समा क्लिक गर्न सक्छौं जसले एउटा हरियो बक्सहरुको समूह छान्छ, |
| 03:09 | त्यसपछि राइट क्लिक गरेर तलको 'Cut' मा क्लिक गरौं |
| 03:16 | यहाँ हामीले टेक्स्ट बक्स हटाएका छौं |
| 03:20 | अब हामी यहाँ एउटा लिस्ट बक्स फर्म कन्ट्रोल राख्नेछौं |
| 03:26 | यसलाई फर्म कन्ट्रोलस् टूलबारबाट प्रयोग गर्न सकिन्छ |
| 03:31 | हामी यसलाई भ्यु मेनु प्रयोग गरेर फम्स कन्ट्रोलस् मा क्लिक गरि माथि ल्याउन सक्छौं |
| 03:39 | ध्यान दिउँ बेसले धेरै फर्मलाई नियन्त्रण गर्न दिन्छ; टूलको टिप्स पढ्न हाम्रो कर्सर यी आइकनहरु माथि राखौं |
| 04:01 | हाम्रो लिस्ट बक्स आइकन खोजौं |
| 04:04 | यो त्यहाँ छ, यो आइकनमा एक चोटी क्लिक गरौँ |
| 04:11 | र माउस पोइन्टर फर्ममा लैजाऊ; ध्यान दिउँ यो एउटा पातलो प्लस चिन्हमा बदलिएको छ |
| 04:21 | अब हामी हाम्रो फर्ममा लिस्ट बक्स फर्म कन्ट्रोल बनाउन सक्छौं; |
| 04:26 | यसको लागि हामी क्लिक गर्छौं र यसलाई तानेर हाम्रो फर्ममा छोड्छौं |
| 04:34 | यसलाई हामीले पहिले टेक्स्ट बक्स हटाएको स्थानमा राखौं |
| 04:39 | एउटा 'List Box Wizard'नामक नयाँ विन्डो Form design window विन्डो माथि खुलेको याद गरौँ |
| 04:48 | अब, यो विजार्डले हामीलाई लिस्ट बक्स बुक टाइटल लेबलसँग जोड्न मद्दत गर्छ |
| 04:56 | यो कसरी गर्ने हेरौं |
| 04:58 | यो विजार्डमा, पहिले हामीले पुस्तकको शिर्षक पाउन सक्ने स्थानबाट टेबल छानौं |
| 05:07 | हामी लिस्टबाट Books टेबल छान्छौँ र Next बटन क्लिक गर्छौं |
| 05:15 | अब यो विन्डोमा, हामीले लिस्ट बक्समा देखाइने फिल्ड छान्नुपर्छ |
| 05:24 | र हामीलाई टाइटल फिल्डमा पुस्तकको शिर्षक हुन्छ थाहा छ |
| 05:29 | त्यसैले अर्को चरणमा जाउँ |
| 05:32 | यो अन्तिम विन्डोमा हामीले केहि जादु गर्नेछौं |
| 05:37 | हामी सम्बन्धित टेबल र फिल्डहरु जोड्नेछौं |
| 05:41 | फिल्डको नामहरुमा हेरौं,बायाँको 'Fields in the Value table' Books Issued टेबलको फिल्ड हो |
| 05:52 | र दायाँको 'Fields in the list table' Books टेबलको फिल्डहरु हुन् |
| 05:59 | हामीलाई बुक आइडी बुक टेबुलको मुख्य फिल्ड भएको पनि थाहा छ र Books Issued टेबुलमा देखाइएको छ |
| 06:10 | त्यसैले हामी बायाँ भएको 'Field from the value table' मा क्लिक गर्नेर्छौं |
| 06:19 | अनि हामी दायाँ भएको 'Field from the list table' भन्ने बुक आइडीमा क्लिक गर्नेछौं |
| 06:29 | विजार्ड बन्द गर्न Finish बटनमा क्लिक गरौँ |
| 06:34 | त्यहाँ हामीले सम्बन्धित टेबल र फिल्डहरु जोडेका छौं |
| 06:40 | अब बेसले स्वत सबै Book टाइटलहरु यो लिस्ट बक्समा देखाउनेछ |
| 06:46 | अब फर्म सेभ गरौँ |
| 06:49 | र यो विन्डो बन्द गरौँ |
| 06:52 | बेस ट्युटोरियलको अर्को खण्डमा, हामी हाम्रो फर्ममा बाँकी फर्म कन्ट्रोलहरु थप्नेछौँ |
| 07:00 | र जब हामीले सबै कार्य गर्छौं हाम्रो फर्म यस्तो देखिनेछ |
| 07:06 | यहाँ एक कार्य रहेको छ |
| 07:08 | अप्ठेरो सदस्य आइडीको सट्टामा सदस्यहरुको नाम सुचिकृत गर्न एउटा अर्को लिस्ट बक्स थपौं |
| 07:17 | अब, लिस्ट बक्सको स्थानको बारेमा चिन्ता लिनुपर्दैन, यसलाई Member नेम लेबलको बायाँ राखौं |
| 07:27 | हामी हाम्रो अर्को ट्युटोरियलमा यसलाई सहि रुपमा पुनर्स्थापना गर्नेछौं |
| 07:34 | यसले हामीलाई लिब्रे अफिस बेसको List Box Control ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
| 07:40 | संक्षेपमा हेर्दा, हामीले एउटा फर्ममा लिस्ट बक्स फर्म कन्ट्रोल कसरी थप्ने सिक्यौं |
| 07:47 | स्पोकन ट्युटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 07:58 | यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ |
| 08:04 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
| 08:08 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |