Jmol-Application/C2/Modify-Display-and-View/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Jmol Application को Modify Display and View स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 स्क्रिनमा मोडल रोटेट,जूम,मुभ र स्पिन गर्न
00:17 भ्यू परिमार्जन गर्न
00:19 डिस्प्ले को शैली बदल्न
00:22 एटम र बन्डहरुको साइज र रंग बदल्न
00:26 मोडल अक्षहरु र बाउन्डबक्स सहित देखाउन
00:30 इमेज विभिन्न फाइल फर्म्याटमा सेभ गर्न
00:34 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यी ज्ञान हुनुपर्छ
00:36 Jmol Application विन्डो र
00:40 modelkit फंक्सन प्रयोग गरि मोडलहरु सिर्जना गर्न र सम्पादन गर्न
00:45 यदि छैन भने तलको लिंकमा उपलब्ध सान्दर्भिक ट्युटोरियलहरु हेर्नुहोस्
00:51 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:53 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
00:58 Jmol संस्करण १२.२.२ र
01:02 जाभा संस्करण ७
01:05 मैले प्यानलमा 2-chloro-1-propanol को मोडल सहितको एउटा नयाँ Jmol विन्डो खोलेको छुँ
01:12 हामी संरचना अझ राम्रो देखाउन मोडल रोटेट र जूम गर्न सक्छौं
01:18 मोडल रोटेट गर्न टूलबारको “Rotate molecule” आइकनमा क्लिक गरौँ
01:24 मोडलमा क्लिक गरौँ र कर्सर एउटा हात आइकनमा बदलिएको याद गरौँ
01:29 माउस बटन थिची राखी प्यानल मा माउस तानौं
01:34 तपाई मोडल रोटेट भइरहेको देख्नुहुन्छ
01:37 जुम-इन् र जुम-आउट गर्न प्यानल मा कर्सर राखौं
01:42 जूम-आउट गर्न माउस व्हिल माथितिर र जूम-इन् गर्न तलतिर सारौँ
01:49 प्यानल मा मोडल सार्न, मोडलमा कर्सर राखौं
01:54 किबोर्डको Shift बटन थिची राखौं
01:57 दोहोरो क्लिक गरौँ र माउस तानौं
02:00 बिस्तृत विवरणको लागि पप-अप मेनुमा उपलब्ध “Mouse Manual” हेर्नुहोस्
02:06 पप-अप मेनु खोलौं र तल “About मा स्क्रोल गरौँ र Jmol 12.2.2” छानौं र Mouse Manual मा क्लिक गरौँ
02:17 यदि तपाईसँग इन्टरनेट छ भने
02:19 स्क्रिनमा “Mouse manual” सहितको एउटा वेबपेज देखापर्छ
02:24 पप-अप मेनुबाट निस्कन प्यानल मा क्लिक गरौँ
02:28 प्यानल मा मलिक्युल स्वत: स्पिन गर्न, पप-अप मेनु खोल्नुहोस्
02:34 तल “Spin” मा स्क्रोल गरौँ र “On” विकल्पमा क्लिक गरौँ
02:40 हामी प्यानल मा मोडल घुमिरहेको देख्न सक्छौं
02:44 स्पिन बन्द गर्न,
02:46 पुन: पप-अप मेनु खोल्नुहोस्,
02:49 तल “Spin” मा स्क्रोल गरौँ र
02:51 “Off” मा क्लिक गरौँ
02:54 कार्यको रुपमा,
02:56 2-chloro-3-Iodo-pentane को एउटा मोडल सिर्जना गर्नुहोस्
03:00 पप-अप मेनुको “Spin” विकल्पबारे थप बुझ्नुहोस्
03:04 स्पिन को दिशा “Z” अक्षमा बदल्नुहोस् र स्पिनको रेट “40” मा बदल्नुहोस्
03:10 हिन्ट: पप-अप मेनुको Set Z Rate विकल्प प्रयोग गर्नुहोस्
03:16 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
03:22 अब View मेनुबारे सिकौं
03:25 मेनुबारको “View” मेनुमा मोडल विभिन्न कोणहरुमा हेर्ने विकल्पहरु हुन्छन्
03:31 'View' मेनुमा क्लिक गरौँ
03:33 मेनु तल स्क्रोल गरौँ र उपलब्ध विकल्पहरुबाट एउटा छानौं
03:38 उदाहरणको लागि म “Top” भ्यू छान्ने छुँ
03:42 'Top' विकल्पमा क्लिक गरौँ
03:45 स्क्रिनको इमेजले माथिबाट देखिने मलिक्युल देखाउँछ
03:50 हामी यो भ्यूलाई एउटा इमेजको रुपमा विभिन्न फाइल फर्म्याटमा सेभ गर्न सक्छौं
03:55 Save current view as an image” आइकनमा क्लिक गरौँ
03:59 एउटा “Save” डाइलग बक्स देखापर्छ
04:03 फाइल फर्म्याट छान्न तल “Image Type” विकल्पमा स्क्रोल गरौँ
04:09 JPEG फर्म्याट छान्ने छौं
04:13 तपाईले फाइल सेभ गर्न चाहेको फोल्डर खोल्नुहोस्
04:17 म यो Desktop मा चाहन्छु
04:19 Desktop छानौं र Open बटनमा क्लिक गरौँ
04:24 File Name टेक्स्ट-बक्समा टाइप गरौँ, “2-chloro-1-propanol”
04:30 Files of Type” मा जाउँ र jpg छानौं
04:35 Save बटनमा क्लिक गरौँ
04:38 अब इमेज JPEG फर्म्याटमा Desktop मा सेभ हुनेछ
04:44 मलिक्युलर मोडलको डिस्प्ले शैली विभिन्न तरिकाले परिमार्जन गर्न सकिन्छ
04:50 यदि आवश्यक परेमा यो मलिक्युलमा एटम र बन्डको साइज र रंग बदल्न सकिन्छ
04:57 हामीसँग मलिक्युलका सम्पूर्ण एटमहरु परिमार्जन गर्ने वा एउटा सेट छान्ने विकल्प छ
05:03 प्यानलको मोडलको डिफल्ट डिस्प्ले भनेको ball and stick को हो
05:09 डिस्प्ले “CPK Space fill” मा बदल्न पप-अप-मेनु खोलौं
05:15 Select” मा जाउँ र सम्पूर्ण मलिक्युल परिमार्जन गर्न All मा क्लिक गरौँ
05:22 पुन: पप-अप मेनु खोलौं
05:25 तल 'Style' मा स्क्रोल गरौँ र सब-मेनुबाट 'Scheme' छानौं
05:30 CPK Spacefill विकल्पमा क्लिक गरौँ
05:35 स्क्रिनको मोडल CPK Spacefill मोडलमा परिणत भएको छ
05:40 यसलाई पुन:ball and stick मोडलमा परिणत गरौँ
05:44 पहिले जस्तै प्रक्रिया अपनाऊ
05:48 पप-अप मेनु खोलौं
05:50 तल “Style” मा स्क्रोल गरौँ र Scheme छानौं र Ball and Stick विकल्प क्लिक गरौँ
05:56 मोडल अहिले ball and stick स्टाइल डिस्प्ले मा परिणत भएको छ
06:01 बन्डको साइज पप-अप मेनु र मेनुबारको Displayमेनु प्रयोग गरि बदल्न सकिन्छ
06:08 Display मेनुमा क्लिक गरौँ र Bond छानौं
06:12 सबमेनुमा बन्डको लागि ब्यासका angstrom unit मा विभिन्न विकल्पहरु छन्
06:19 उदाहरणको लागि म “0.1 Angstrom” छान्ने छुँ र यसमा क्लिक गर्ने छुँ
06:26 बन्डको मोटाईको परिवर्तन हेरौं
06:30 हामी एटम र बन्डको रंग पनि बदल्न सक्छौं
06:34 म मोडलको सम्पूर्ण Carbon एटमहरुको रंग पहेँलोमा बदल्न चाहन्छु
06:39 यसो गर्न पप-अप मेनु खोलौं र Select मा जाउँ
06:44 तल Element स्क्रोल गरौँ र Carbon छानौं
06:48 पुन: पप-अप मेनु खोलौं र Color छानौं
06:52 अनि Atoms छानौं र Yellow विकल्पहरुमा क्लिक गरौँ
06:57 अब मोडलका सम्पूर्ण Carbons एटमहरु पहेँलो रंगमा देखापर्छन्
07:02 अब बन्डको रंग कसरी बदल्ने सिकौं
07:06 पप-अप मेनु खोलौं र All छानौं
07:10 पुन: पप-अप मेनु खोलौं
07:12 तल Color स्क्रोल गरौँ, सब-मेनुबाट Bonds छानौं
07:16 तल स्क्रोल गरौँ र Blue विकल्प क्लिक गरौँ
07:20 अब सम्पूर्ण बन्डहरु निलो रंगमा छन्
07:23 म एउटा घेरा हाल्ने बक्स सहितको इमेज “X,Y Z” अक्षहरुमा देखाउन सक्छु
07:31 पप-अप मेनु खोलौं, Style छानौं
07:34 तल Axes विकल्पमा स्क्रोल गरौँ
07:37 सब-मेनुबाट Pixel Width छानौं
07:40 म पिक्सल विड्थमा 3 px. छान्ने छुँ
07:44 अब हामीसँग स्क्रिनमा सम्पूर्ण अक्षहरु सहितको मोडल छ
07:49 इमेजको वरिपरि एउटा घेरा हाल्ने बक्स कोर्न, पप-अप मेनु खोलौं
07:54 तल Style मा स्क्रोल गरौँ र Boundbox विकल्प छानौं
07:59 Pixel width छानौं र 3 px पिक्सल विड्थमा क्लिक गरौँ
08:05 स्क्रिनमा हामीसँग Boundbox मा अक्षहरु सहितको 2-chloro-1-propanol को मोडल छ
08:12 Boundbox स्पष्टसँग हेर्न हामीले जूम-इन् वा जूम आउट गर्नुपर्ने हुनसक्छ
08:17 इमेज सेभ गरौँ र प्रोग्राम बन्द गरौँ
08:21 संक्षेपमा हामीले के सिक्यौं हेरौं
08:23 यो ट्युटोरियलमा हामीले सिक्यौं
08:26 स्क्रिनमा मोडल रोटेट,जूम,मुभ र स्पिन गर्न
08:31 मोडल विभिन्न कोणहरुमा हेर्न
08:34 डिस्प्लेको शैली बदल्न
08:36 एटम र बन्डको रंग बदल्न
08:39 हामीले यो पनि सिक्यौं
08:41 इमेज अक्षहरु र बाउन्डबक्स सहित देखाउन
08:44 इमेज विभिन्न फर्म्याटहरुमा सेभ गर्न
08:48 कार्यमा
08:50 3-amino-1-propanol को एउटा मोडल सिर्जना गर्नुहोस्
08:53 डिस्प्ले “Sticks” मा बदल्नुहोस्
08:56 मोडलको सम्पूर्ण हाइड्रोजनहरुको रंग “Green” मा बदल्नुहोस्
09:00 सम्पूर्ण बन्डहरुको रंग पहेँलोमा बदल्नुहोस्
09:04 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
09:12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:19 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
09:26 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09:29 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:34 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:44 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:51 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:57 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya