Java/C2/User-Input/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:02 | Java मा BufferedReader प्रयोग गर्ने Taking user input स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 00:09 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
| 00:11 | जाबामा युजर इनपुट लिन |
| 00:13 | InputStreamReader र BufferedReaderको बारेमा |
| 00:17 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसंग: |
| 00:19 | Eclipseमा कसरी एउटा जाबा प्रोग्राम लेख्ने, कम्पाइल गर्ने र रन गर्ने ज्ञान हुनुपर्छ |
| 00:24 | तपाईलाई जाबामा datatypesको पनि ज्ञान हुनुपर्छ |
| 00:27 | यदि छैन भने यी बिषयका spoken tutorial , spoken hyphen tutorial dot orgमा हेर्नुहोला |
| 00:35 | यहाँ म प्रयोग गर्दैछुँ
Ubuntu v 11.10 JDK 1.6 र Eclipse IDE 3.7.0 |
| 00:44 | अब, हामी एउटा BufferedReader के हो जान्नेछौँ |
| 00:48 | यो इनपुट स्ट्रिमबाट टेक्स्ट रिड गर्न प्रयोग गरिने एउटा class हो |
| 00:53 | यसले क्यारेक्टर र लाइनहरुको एरे पढ्ने प्रभाबकारी तरिका दिन्छ |
| 00:59 | BufferedReader प्रयोग गर्न, हामीले तीन क्लासहरु java dot io package'बाट इम्पोर्ट गर्नुपर्छ |
| 01:05 | यी तीन क्लासहरु हुन्:
IOException InputStreamReader र BufferedReader |
| 01:12 | हामी packagesको बारेमा र कसरि क्लासहरु इम्पोर्ट गर्ने आउने ट्युटोरियलमा हेर्नेछौं |
| 01:18 | अब, कसरी इनपुट लिइन्छ? |
| 01:21 | हामीले युजरबाट लिएको सबै इनपुटहरु Stringको रुपमा बस्छ |
| 01:26 | यसलाई टाइप कास्ट वा कुनै एक डाटाटाइपमा परिबर्तन गर्नुपर्छ |
| 01:31 | हामी त्यो युजर इनपुट लिन प्रोग्राम लेख्ने क्रममा देख्ने छौं |
| 01:35 | अब, BufferedReaderलागु गर्ने सिनट्याक्स हेरौं |
| 01:39 | एकचोटी तपाईले तीन क्लासहरु एक्सपोर्ट गरेपछि InputStreamReaderको एउटा अब्जेक्ट बनाउनुपर्छ |
| 01:45 | तपाईले BufferedReasderको पनि एउटा अब्जेक्ट बनाउनुपर्छ |
| 01:49 | हामी यसको बारेमा बिस्तृत रुपमा हाम्रो प्रोग्राममा हेर्नेछौं |
| 01:54 | ल, अब, Eclipseमा जाउँ |
| 01:56 | मैले पहिले नै InputBufferedReaderनामको एउटा classखोलेकी छुँ |
| 02:00 | हामी java.io packageइम्पोर्ट गरि सुरु गर्नेछौं |
| 02:04 | त्यसैले क्लास पहिले टाइप गरौँ, import space java dot io dot star अर्धविराम |
| 02:14 | यसले क्लासहरु InputStreamReader, BufferedReader र IOExceptionइम्पोर्ट गर्नेछ |
| 02:20 | अब, हामी मेन मेठोड़ भित्र BufferedReader प्रयोग गर्नेछौं |
| 02:25 | हामीले BufferedReaderप्रयोग गर्ने जुनै मेठोड़मा पनि IOException राख्न पर्छ |
| 02:31 | त्यसैले मेन मेठोड़ पछि टाइप गरौँ, throws स्पेस IOException |
| 02:42 | अब, यसको मतलब के हो? |
| 02:45 | Exceptions जाबामा केहि अनपेक्षित घटना हुदाँ आउने एररहरु हुन् |
| 02:52 | Exception errors रोक्न हामी throws किवर्ड प्रयोग गर्छौं |
| 02:57 | Throws Exception handling गर्न प्रयोग गरिने एउटा किवर्ड हो |
| 03:00 | जब हामीलाई Exception errorहुने पक्का हुन्छ हामी यो प्रयोग गर्छौं |
| 03:05 | जब हामी BufferedReader, प्रयोग गर्छौं, एक्सेप्सन एरर स्वत हुन्छ |
| 03:10 | Exception errorsहुनबाट रोक्न हामी throws IOException प्रयोग गर्छौं |
| 03:16 | हामी Exception Handlingको बारेमा आगामी ट्युटोरियलमा हेर्नेछौं |
| 03:20 | अब, हामी InputStreamReaderको एउटा object बनाउछौं |
| 03:24 | त्यसैले लागि मेन मेठोड़ भित्र टाइप गरौँ, InputStreamReader space isr बराबर new space InputStreamReader प्यारेंथेसिस |
| 03:44 | प्यारेंथेसिस भित्र, टाइप गरौँ System dot in अनि अर्धविराम |
| 03:52 | InputStreamReader जाबामा एउटा class हो जसले हामीलाई युजर इन्पुट लिन दिन्छ |
| 04:01 | System dot inले जाबा कम्पाइलरलाई किबोर्डबाट युजरको input लिन दिन्छ |
| 04:10 | System dot in ले लिने इनपुट केहि समयको लागि InputStreamReader को objectमा भण्डार गर्छ |
| 04:17 | यसपछि हामी BufferedReaderको एउटा object बनाउछौं |
| 04:22 | त्यसैले टाइप गरौँ, BufferedReaderस्पेस br बराबर new space BufferedReader अनि प्यारेंथेसिस |
| 04:36 | प्यारेंथेसिस भित्र, InputStreamReader को objectटाइप गरौँ जुन isrहो |
| 04:43 | अब, isr ले खाली युजरबाट इनपुट लिन मात्रै सहयोग गर्छ |
| 04:48 | BufferedReaderले मान BufferedReader objectमा भण्डार गर्न सहयोग गर्छ |
| 04:54 | Isr ले यो मान BufferedReader objectमा भण्डार गर्नलाई पठाउछ |
| 05:01 | अब, युजरबाट इनपुट लिन सुरु गरौँ |
| 05:06 | हामी पहिले युजरसँग एउटा Stringमाग्छौं त्यसैले एउटा String typeभ्यारीएबल बनाऊ |
| 05:14 | टाइप गरौँ, String space str अर्धविराम |
| 05:19 | अब, युजरसंग उसको नाम मागौं |
| 05:23 | त्यसैले टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Enter your nameर अनि अर्धविराम |
| 05:33 | Stringको रुपमा इनपुट लिन हामी टाइप गर्छौं |
| 05:37 | str बराबर br dot readLine प्यारेंथेसिस र अनि अर्धविराम |
| 05:45 | readLine मेठोड़ले युजरको इनपुट लिनेछ ' |
| 05:51 | अब, इनपुटलाई integerको रुपमा लिउँ, intटाइपको एउटा भ्यारीएबल बनाऊ |
| 06:01 | त्यसैले टाइप गरौँ, int n अर्धविराम |
| 06:05 | युजरसंग उसको उमेर मागौं |
| 06:08 | त्यसैले, टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Enter your age अर्धविराम |
| 06:21 | अर्को इनपुट लिन String टाइपको str1भ्यारीएबल पनि बनाऊ |
| 06:31 | अब, String,इनपुट लिन टाइप गरौँ str1 बराबरbr dot readLine प्यारेंथेसिस अनि अर्धविराम |
| 06:45 | यसलाई इन्टिजरमा बदल्न टाइप गरौँ, n बराबर Integer dot parseInt ब्राकेट भित्र str1 अर्धविराम |
| 07:05 | इन्टिजर एउटा क्लास हो र parseInt यसको मेठोड़ हो |
| 07:11 | यो मेठोड़ले ब्राकेट भित्र पठाइएको आर्गुमेंटलाई इन्टिजरमा बदल्छ |
| 07:18 | अब, name र ageको आउटपुट देखाऊ |
| 07:22 | त्यसैले टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The name is plus str अर्धविराम |
| 07:38 | अर्को लाइनमा टाइप गरौँ, System dot out dot println The ages plus n अनि अर्धविराम |
| 07:50 | अब, फाइलहरु Saveगरौँ, Ctrl, S कि थिचौं, प्रोग्राम रन गरौँ |
| 07:55 | त्यसैले Controlर F11 किहरु थिचौं |
| 08:00 | आउटपुटमा तपाईलाई नाम इन्टर गर्न भनिन्छ |
| 08:03 | त्यसैले टाइप गरौँ, म यहाँ टाइप गर्छुRamu , Enterथिचौं |
| 08:08 | तपाईलाई तपाइको उमेर सोधिन्छ |
| 08:11 | म यहाँ 20 टाइप गर्नेछुँ र अनि Enter थिचौं |
| 08:13 | हामी आउटपुट यस्तो पाउछौं: |
| 08:15 | The name is Ramu,र The age is 20 |
| 08:18 | यसरी, हामी कसरी युजरबाट इनपुट लिने भनि सिक्यौं |
| 08:24 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
| 08:26 | InputStreamReaderको बारेमा |
| 08:28 | BufferedReaderको बारेमा,र String बाट चाहेको डाटाटाइपमा बदल्ने |
| 08:33 | कार्यको लागि, युजरबाट एउटा फलोट, बाइट र क्यारेक्टर लिनुहोस् अनि आउटपुट देखाउनुहोस |
| 08:42 | र एउटा नम्बर इनपुटको रुपमा लिनुहोस् र यसलाई ३ ले भाग गरि आउटपुट कन्सोलमा देखाउनुहोस् |
| 08:49 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
| 08:54 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
| 08:57 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
| 09:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
| 09:04 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
| 09:07 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
| 09:11 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
| 09:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
| 09:21 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
| 09:27 | यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ |
| 09:36 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |