Java/C2/Getting-started-java-Installation/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Getting started with Java Installation स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि JDK इन्स्टल गर्न |
00:13 | जाभा नै किन? जाभाका प्रकार र उपयोगिताहरू |
00:17 | हामी प्रयोग गर्दैछौं |
00:19 | उबुन्टु संस्करण ११.१० र |
00:21 | जाभा डेभलपमेन्ट इन्भायरोमेन्ट JDK १.६ |
00:26 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग इन्टरनेट हुनुपर्छ |
00:31 | तपाईले आफ्नो कम्प्युटरमा सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल गरेको हुनुपर्छ |
00:35 | तपाईसँग लिनक्समा टर्मिनल, टेक्स्ट एडिटर र सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्ने ज्ञान हुनुपर्छ |
00:43 | यदि छैन भने spoken-tutorial.org मा उपलब्ध लिनक्सका स्पोकन ट्युटोरियलहरू हेर्नुहोस् |
00:51 | एउटा जाभा प्रोग्राम रन गर्न हामीले JDK, मतलब Java Development Kit इन्स्टल गर्नुपर्छ |
00:57 | JDK को बारेमा थप जानकारीको लागि तपाई तलको लिंकमा जान सक्नुहुन्छ |
01:02 | अब हामी सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि JDK इन्स्टल गर्ने छौं |
01:07 | यसको लागि तपाईसँग रुट अनुमति हुनुपर्छ |
01:10 | तपाईसँग एउटा रिपोजिटरी कसरी छान्ने ज्ञान पनि हुनुपर्छ |
01:14 | यी कुराहरू लिनक्सका पुर्वाश्यक ट्युटोरियलहरु मा वर्णन गरिएको छ |
01:19 | अब, तपाईको डेस्कटपको बायाँ कुनामा एउटा Taskbar देख्नुहुन्छ |
01:25 | माथि तपाई DashHome देख्न सक्नुहुन्छ |
01:28 | DashHome मा क्लिक गरौं |
01:31 | सर्च बारमा टाइप गरौँ, Synaptic |
01:35 | यहाँ तपाईले Synaptic Package Manager पाउनुहुन्छ |
01:38 | Synaptic Package Manager मा क्लिक गरौँ |
01:42 | तपाईले आधिकारिकता को लागि पासवर्ड टाइप गर्नुपर्ने हुन्छ |
01:47 | त्यसैले तपाईको पासवर्ड टाइप गर्नुहोस् र Authenticate मा क्लिक गरौँ |
01:56 | यसले Synaptic Package Manager खोल्छ |
02:03 | अब Quick Filter बक्समा jdk टाइप गरौँ |
02:08 | हामी त्यहाँ एउटा openjdk-6-jdk नामक प्याकेज देख्ने छौं |
02:13 | यसमा राइट क्लिक गरौँ र Mark for Installation मा क्लिक गरौँ |
02:17 | अनि Apply मा क्लिक गरौँ |
02:20 | तपाईले सुचिकृत परिवर्तनहरू पक्का गर्नुपर्ने हुन्छ |
02:24 | त्यसैले, To be Installed मा क्लिक गरौँ र Apply मा क्लिक गरौँ |
02:30 | इन्स्टल हुन केहि सेकन्ड लाग्नेछ |
02:38 | अब, हामी openjdk-6-jdk विकल्प हरियो रंग मा देख्ने छौं |
02:48 | ल, हाम्रो इन्स्टलेसन प्रक्रिया पुरा भएको छ |
02:52 | अब, हामी इन्स्टल भएको पुष्टि गर्छौं, यसको लागि Ctrl, Alt र T किहरू एकसाथ थिची टर्मिनल खोल्नेछौं |
03:03 | मैले मेरो टर्मिनल पहिले नै खोलेको छुँ |
03:06 | कमाण्ड प्रम्प्टमा टाइप गरौँ, java स्पेस हाइफन version र Enter थिचौं |
03:15 | हामी 'jdk को भर्सन नम्बर देख्न सक्छौं |
03:20 | हामीले प्रयोग गरेको वितरणको आधारमा भर्सन नम्बर फरक हुनसक्छ |
03:26 | ल, हामीले सफलतापूर्वक jdk इन्स्टल गरेका छौं |
03:30 | अब, एउटा सामान्य जाभा प्रोग्राम रन गरेर यसले काम गर्छ वा गर्दैन हेरौं |
03:35 | मसँग पहिले नै मेरो फाइल TestProgram dot java मा यी कोडहरु सेभ गरिएका छन् |
03:42 | अब म यो कोड कम्पाइल र रन गर्छु |
03:45 | यो कोडले टर्मिनलमा यस्तो देखाउँछ: We have successfully run a Java Program |
03:53 | पुन: Terminal मा फर्कौं |
03:57 | मैले मेरो TestProgram dot java फाइल Home directory मा सेभ गरेको छुँ |
04:03 | र हाल म Home Directory मा छुँ |
04:07 | त्यसैले कमाण्ड प्रम्प्टमा टाइप गरौँ, javac स्पेस TestProgram डट java |
04:19 | यो कोड कम्पाईल गर्न हो |
04:21 | Enter थिचौं |
04:25 | अब म कोड रन गर्ने छुँ |
04:27 | त्यसको लागि टाइप गरौँ, java स्पेस TestProgram र Enter थिचौं |
04:35 | हामी आउटपुट यस्तो पाउछौं: We have successfully run a java program. |
04:44 | त्यसैले हाम्रो इन्स्टलेसन राम्रो भयो |
04:48 | अब स्लाइडमा फर्कौं |
04:51 | अब म जाभा किन उपयोगी छ भन्ने वर्णन गर्ने छुँ |
04:55 | जाभा सरल छ |
04:57 | जाभा object oriented छ |
04:59 | यो प्ल्याटफर्ममा भर पर्दैन |
05:01 | यो सुरक्षित छ |
05:02 | यसमा कार्य प्रदर्शन उच्च छ |
05:04 | यो multi – threaded हो |
05:07 | अब हामी जाभाका केहि प्रकारहरू र उपयोगहरू हेर्ने छौं |
05:11 | JSP, वा Java Server Pages: यो साधारण HTML ट्याग सहितको कोडमा आधारित छ |
05:18 | JSP ले क्रियाशील वेबपेजहरु बनाउन मद्दत गर्छ |
05:22 | Java Applets: यो वेब एप्लिकेसनहरुमा अन्तरक्रियात्मक सुबिधाहरु प्रदान गर्न प्रयोग गरिन्छ |
05:28 | J2EE वा Java Enterprise Edition: कम्पनीहरुले J2EE प्रयोग गर्छन् |
05:33 | यो XML संरचनाका डकुमेन्टहरु सार्न प्रयोग गरिन्छ |
05:38 | JavaBeans: जाभाबिन्स एउटा पुन प्रयोग गर्न सकिने सफ्टवेयर अंग हो |
05:43 | यो नयाँ र एड्भान्सड एप्लिकेसनहरु बनाउन प्रयोग गर्न सकिन्छ |
05:47 | Mobile Java: यो विभिन्न मनोरन्जनात्मक साधनहरुमा प्रयोग गरिन्छ जस्तै मोबाइल फोन |
05:53 | ल, यो ट्युटोरियलमा हामीले सिक्यौं |
05:56 | Synaptic Package Manager प्रयोग गरी JDK इन्स्टल गर्न |
05:59 | एउटा जाभा प्रोग्राम कम्पाइल र रन गर्न |
06:02 | जाभा प्रयोगका फाइदाहरु |
06:04 | जाभाका प्रकार र उपयोगहरु |
06:08 | स्पोकन ट्युटोरियल प्रोजेक्ट सम्बन्धि थप जानकारी कृपया तल उपलब्ध लिंकमा हेर्नुहोस् |
06:14 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:17 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
06:22 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
06:24 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ |
06:27 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:30 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
06:36 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
06:41 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:47 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
06:52 | http://spoken-tutorial.org/NMEICT-Intro |
06:58 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:01 | म मन्दिरा बिदा हुदै छुँ |
07:04 | सहभागिताको लागि धन्यवाद, नमस्कार |