Inkscape/C2/Layers-and-Boolean-operations/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | इन्कस्केप मा “layers and boolean operations” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: लेयरहरु |
00:11 | फिल्टरहरु,बलियन कार्यहरु |
00:15 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:18 | उबुन्टु लिनक्स १२.०४ ओएस |
00:21 | इन्कस्पेस संस्करण ०.४८.४ |
00:25 | इन्कस्पेस खोलौं, ड्यास होम मा जाऊ र Inkscape टाइप गरौँ |
00:30 | इन्कस्पेस लोगोमा क्लिक गरौँ |
00:32 | हामीले पहिले सृजना गरेको Assignment_2.svg फाइल खोलौं |
00:38 | मैले यो documents फोल्डरमा सेभ गरेको छुँ |
00:41 | पहिले हामी इन्कस्पेस मा लेयरहरु को बारेमा सिक्ने छौं |
00:45 | लेयर मेनु मा जाऊ र Layers विकल्पमा क्लिक गरौँ |
00:50 | अब लेयर palette इन्टरफेसको दायाँपट्टी खुलेको छ |
00:55 | डिफल्टमा त्यहाँ एउटा लेयर हुन्छ, जसको नाम Layer 1 रहेको छ |
01:01 | एउटा नयाँ लेयर थप्न वा सृजना गर्न लेयर प्यालेट को प्लस चिन्हमा क्लिक गरौँ |
01:07 | एउटा Add Layer नामक डाइलग बक्स खुल्छ |
01:10 | Layer name टेक्स्ट बक्समा, हामी लेयर को नाम दिन |
01:15 | म यो लेयरलाई eye नाम दिन्छु |
01:18 | अब Position ड्रप डाउन लिस्टमा क्लिक गरेर लेयर को स्थान दिन सक्छौं |
01:25 | यहाँ ३ विकल्पहरु छन् |
01:27 | Above current ले लेयरलाई हालको लेयर माथि राख्ने छ |
01:32 | Below current ले यो लेयरलाई हालको लेयर मूनि राख्ने छ |
01:36 | As sublayer of current ले यो हालको लेयरको एउटा खण्ड हुने जनाउँछ |
01:41 | म यसलाई Above current राख्ने छुँ र Add बटनमा क्लिक गर्ने छुँ |
01:47 | अब लेयर प्यालेटमा eye नामक लेयर देखापरेको छ |
01:52 | सोहि तरिकाले bow नामक अर्को लेयर सृजना गरौँ |
02:00 | अब हामीसँग लेयर प्यालेट मा ३ लेयरहरु छन् |
02:04 | अब एउटा लेयर लाई कसरी रिनेम गर्ने सिकौं |
02:08 | पहिले लेयर 1 दोहोरो क्लिक गरौँ र यसलाई circle रिनेम गरौँ र Enter थिचौं |
02:16 | क्यानभास मा हेर्दा त्यहाँ दुई आँखाहरु र एउटा बो छन् |
02:20 | अब यिनीहरुलाई हामीले सृजना गरेका २ भिन्न लेयरहरुमा सारौँ |
02:25 | माउस तानेर दुवै आँखाहरु छानौं |
02:28 | अब तपाईको किबोर्डमा Ctrl + X थिचौं, अब आँखाहरु हराएका छन् |
02:34 | अब लेयर प्यालेट को eye लेयर मा क्लिक गरौँ |
02:38 | क्यानभास मा गएर Ctrl + Alt + V थिचौं |
02:44 | बो आकारको लागि पनि सोहि तरिका दोहोराऊ |
02:52 | सबै अब्जेक्टहरु डीसेलेक्ट गर्न क्यानभास को खाली ठाउँमा क्लिक गरौँ |
03:00 | eye र lock आइकनहरुले लेयरहरु लुकाउन र लक् गर्न दिन्छ |
03:04 | जब तपाईले एउटा लेयर लक् गर्नुहुन्छ, तपाईले अब्जेक्टहरु पछाडीका लेयरहरुमा प्रष्ट देख्नसक्नुहुन्छ |
03:11 | तपाईले एउटा लेयर लक् गर्दा त्यो लेयरमा दुर्भाग्यबस हुनसक्ने एडिट रोकिन्छ |
03:18 | यी कुरा हामीले ठूला र जटिल ग्राफिक कार्यहरु गर्दा निकै उपयोगी हुन्छन |
03:25 | प्रत्येक लेयर को बायाँ दुई आइकनहरु नामत: eye र lock रहेको याद गरौँ |
03:32 | अब हामी तिनीहरुको प्रयोग हेर्ने छौं |
03:35 | लेयरहरु लक् वा अनलक गर्न, lock आइकनमा क्लिक गरौँ, मैले bow लेयर लक् गरेको छुँ |
03:42 | सम्झौं, यदि हामीले कुनै लेयर लक् गरेका छौं भने त्यसमा कुनै परिवर्तन गर्न सकिदैन |
03:47 | अब क्यानभासको बो छानौं, तपाई यसो गर्न सक्नुहुन्न |
03:58 | अब म bow लेयर अनलक गर्नछुँ |
04:01 | अब हामी bow अब्जेक्टहरु छान्न र यसमा परिवर्तनहरु पनि गर्न सक्छौं |
04:07 | एउटा लेयर लाई क्यानभासमा देखिने वा नदेखिने बनाउन, लेयरको बायाँ रहेको eye आइकनमा क्लिक गरौँ |
04:15 | म bow लेयर को लागि eye आइकनमा क्लिक गर्छु |
04:18 | क्यानभासमा के हुन्छ याद गरौँ |
04:23 | अब, bow लेयर डुप्लिकेट गरौँ |
04:26 | लेयर menu मा जाऊ र Duplicate Current Layer विकल्पमा क्लिक गरौँ |
04:32 | लेयर प्यालेट विन्डो मा एउटा bow copy नामक लेयर बनेको याद गरौँ |
04:41 | तर हामी क्यानभासमा नयाँ bow देख्न सक्दैनौं, bow object अघिल्लो लेयरले छोपिएको छ |
04:50 | माथिको लेयर को bow छानौं र दुवै बोहरु हेर्न यसलाई अलि पर सारौँ |
04:56 | circle लेयर छानौं |
04:58 | क्यानभास मा आँखाहरु र बोहरु भित्र पर्ने गरी एउटा ellipse कोरौं, यसमा सुन्तला रंग भरौं |
05:05 | पृष्ठभूमिमा ellipse देखिन्छ जसको माथि अन्य अब्जेक्टहरु देखिन्छन |
05:10 | लेयर Palette माथिको प्लस चिन्ह संगै रहेका ४ विकल्पहरुले छानिएका लेयरहरुको स्थान मिलाउन दिन्छ |
05:17 | पहिलो आइकनले छानिएको लेयर लाई सबैभन्दा माथिल्लो लेयर बनाउँछ |
05:23 | अहिले circle लेयर छानिएको छ |
05:25 | याद गरौँ, circle लेयर लाई क्लिक गर्दा यो सबैभन्दा माथिल्लो लेयर बन्नेछ |
05:33 | अन्तिम आइकनले छानिएको लेयर लाई सबैभन्दा तल्लो लेयर बनाउँछ |
05:38 | यो आइकनमा क्लिक गरौँ, अब circle लेयर सबैभन्दा तल्लो लेयर भएको याद गरौँ |
05:44 | दोस्रो आइकनले छानिएको लेयरलाई एक लेयर माथि राख्छ |
05:48 | यो आइकनमा क्लिक गरौँ, circle लेयर eye लेयर माथि गएको छ, त्यसैले आँखाहरु देखिदैनन् |
05:57 | तेस्रो आइकनले छानिएको लेयर लाई एक लेयर तल राख्छ |
06:01 | यो आइकनमा क्लिक गरौँ, अब circle लेयर eye लेयर तल सरेको छ |
06:07 | यसरी चार आइकनहरु प्रयोग गर्न सकिन्छ |
06:13 | अन्त्यमा रहेको माइनस आइकनले छानिएको लेयर मेट्ने छ, bow copy लेयर छानौं र यसमा क्लिक गरौँ |
06:21 | अब bow copy लेयर नदेखिने भएको छ |
06:27 | Blend mode पुरै लेयर लाई Blend filter गर्न शर्टकट हो |
06:31 | यसको मतलब यदि छानिएका लेयरहरु मा अब्जेक्ट ओभरल्याप भएमा इन्कस्पेस ले दुई अब्जेक्टहरुको पिक्सल बाई पिक्सल ब्लेंड गर्नेछ |
06:41 | त्यसैले फिल्टरहरु देखिने बनाउन circle लेयर माथि राखौं |
06:46 | Blend mode को ड्रप डाउन लिस्टमा क्लिक गरौँ, त्यहाँ ५ विकल्पहरु छन् |
06:52 | पहिलो विकल्प, Normal ले लेयरमा कुनै फिल्टर थप्दैन |
06:57 | यसमा क्लिक गरौँ, लेयरमा कुनै फिल्टर थपिएको छैन |
07:03 | अब Multiply मा क्लिक गरौँ |
07:06 | याद गरौँ, माथि लेयरमा भएका अब्जेक्टहरुले प्रकाश फिल्टर गरेकोले तल्लो लेयरमा भएका अब्जेक्टहरु देखिने भएका छन् |
07:14 | त्यहि बेला यसले ओभरल्याप क्षेत्रमा गाढा रंगहरु बनाउन रंगहरु ब्लेंड गर्छ वा मिसाउँछ |
07:21 | अर्को विकल्प Screen हो |
07:25 | माथिका अब्जेक्टहरु याद गरौँ; तिनीहरुले तलको अब्जेक्टहरुमा प्रकाश थप्छन |
07:30 | यसले रंगहरु ब्लेंड गरेर ओभरल्याप क्षेत्रमा हल्का रंगहरु बनाउँछ |
07:36 | Darken छानौं, माथिको लेयरको अब्जेक्टहरुले तल्लो लेयरको अब्जेक्टहरु गाढा पार्छ |
07:44 | अब, म अन्तिम विकल्प मतलब Lighten छान्दै छुँ, यहाँ माथिका अब्जेक्टहरुले तलका अब्जेक्टहरु उज्यालो पार्छन |
07:53 | यदि तपाईले कुनै समयमा Blend mode लाई Normal बनाउनुभयो भने लागुभएका ब्लेंड फिल्टरहरु हराउने छन् |
08:00 | हामी Filters menu मा थप फिल्टरहरु देख्न सक्छौं |
08:04 | कुनै निश्चित फिल्टर लागु गर्न, पहिले अब्जेक्ट छानौं अनि चाहेको फिल्टर क्लिक गरौँ |
08:12 | पुन: circle लेयर लाई तल सारौँ |
08:16 | म एउटा आँखा छान्ने छुँ, Filters मेनु मा जाऊ, Blur अनि Fancy blur छानौं |
08:26 | आँखा मा भएका परिवर्तनहरु हेरौं |
08:29 | म अर्को आँखा छान्ने छुँ, Filters मेनु मा जाऊ, Bevel र Smart jelly छानौं |
08:39 | पुन: आँखामा हुने परिवर्तनहरु याद गरौँ |
08:44 | अब बो छानौं, Filters menu मा जाऊ, Scatter अनि Air spray छानौं |
08:51 | बो एयर स्प्रे गरेको जस्तो देखिन्छ |
08:55 | Blend mode को दायाँ रहेको Opacity विकल्पले छानिएको लेयरको पारदर्शीता बढाउने छ |
09:01 | circle लेयर छानौं |
09:03 | ओप्यासिटि लेभल मिलाऊ र ellipse मा हुने परिवर्तनहरु हेरौं |
09:10 | अर्को हामी बूलीयन कार्यहरु को बारेमा सिक्ने छौं |
09:13 | Path menu मा जाऊ, यी उपलब्ध बूलिययन कार्यहरु हुन् |
09:21 | उपलब्ध बस्तुहरु अलि पर राखौं |
09:26 | एउटा हरियो रंगको वर्ग र अर्को रातो रंगको वृत कोरौं, वृतलाई वर्गको माथि राखौं |
09:36 | दुबै छानौं, पाथ मेनुमा जाऊ र Union मा क्लिक गरौँ, दुई बस्तुहरु एक आपसमा जोडिएको याद गरौं |
09:46 | यो कार्य अंडू गर्न तपाईको किबोर्डको Ctrl + Z थिचौं |
09:51 | पुन: दुवै छानौं र Path menu मा जाऊ |
09:55 | Difference मा क्लिक गरौँ र के हुन्छ हेरौं |
09:59 | यो कार्य अंडू गर्न पुन: Ctrl + Z थिचौं |
10:03 | पुन: दुवै बस्तुहरु छानौं, Path menu मा जाऊ र Intersection मा जाऊ र आकारमा आउने परिवर्तनहरु याद गरौँ |
10:11 | यो कार्य अंडू गर्न Ctrl + Z थिचौं |
10:16 | पुन: दुवै बस्तुहरु छानौं, Path menu मा जाऊ र Exclusion मा क्लिक गरौँ |
10:22 | आकारमा हुने परिबर्तन याद गरौँ |
10:24 | Ctrl + Z थिचौं |
10:27 | पुन: एकपटक दुवै बस्तुहरु छानौं, Path menu छानौं र Division मा क्लिक गरौँ |
10:34 | विभाजित वृतमा क्लिक गरौँ र नतिजा पाउन त्यो खण्डलाई पर सारौँ |
10:39 | यी कार्यहरु अंडू गर्न दुईपटक Ctrl + Z थिचौं |
10:44 | दुवै बस्तुहरु पुन: छानौं, Path मेनु मा जाऊ र Cut path मा क्लिक गरौँ |
10:50 | आकारमा हुने परिवर्तन याद गरौँ |
10:53 | अब्जेक्टमा स्ट्रोक भएमा मात्र Cut path विकल्पले काम गर्छ, पहिले बस्तुहरु अनसेलेक्ट गरौँ |
10:59 | अब, कुनै एक स्ट्रोक छानौं र कट पाथ देखिने बनाउन यसलाई अलि पर सारौँ |
11:05 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
11:09 | लेयरहरु,फिल्टर र बलियन कार्यहरु |
11:14 | यहाँ तपाईको लागि ४ कार्यहरु रहेका छन् |
11:16 | गुलाबी रंगमा एउटा आयत र हरियो रंगमा एउटा त्रिकोण सृजना गरौँ |
11:21 | त्रिकोणलाई आयतको माथि राखौं |
11:24 | दुवै छानौं, Union छानौं, यो एउटा होम आइकन जस्तो देखिनुपर्छ |
11:30 | लेयरको नाम home राखौं |
11:32 | दुई वृतहरु कोरौं |
11:34 | एउटालाई अर्कोको माथि राखौं |
11:36 | दुवै छानौं र Difference प्रयोग गरौँ |
11:39 | यो एउटा खुर्पे चन्द्रमा जस्तो देखिनुपर्छ |
11:42 | एउटा इलिप्स कोरौं |
11:44 | १० कुना भएको एउटा तारा कोरौं |
11:46 | यसलाई एलिप्सको बिचमा राखौं |
11:49 | दुवै छानौं र Exclusion एप्लाई गरौँ |
11:52 | crescent र star नामक २ लेयरहरु सृजना गरौँ |
11:57 | क्रेसेंट आकार कट गरौँ र यसलाई crescent लेयर मा पेस्ट गरौँ |
12:00 | सोहि तरिका ताराको लागि पनि उपयोग गरौँ |
12:03 | तपाईले पुरा गरेको कार्य यस्तो देखिनुपर्छ |
12:07 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
12:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
12:23 | बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
12:27 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
12:34 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
12:39 | हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
12:42 | म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार |