Inkscape/C2/Create-and-edit-shapes/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | इनक्स्केप मा “Create and edit shapes” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी इनक्स्केप को बारेमा जान्नेछौं |
00:10 | हामी सिक्नेछौं: इनक्स्केप इन्टरफेसको बारेमा, बेसिक आकारहरु सिर्जना गर्न |
00:16 | रंग भर्न र ह्यान्डल हरु प्रयोग गरी आकारहरु परिमार्जन गर्न |
00:20 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ, उबुन्टु लिनक्स १२.०४ ओएस |
00:25 | इनक्स्केप संस्करण ०.४८.४ |
00:29 | ड्याश होम मा जाऊ र Inkscape टाइप गरौँ |
00:34 | तपाई इनक्स्केप लोगो मा दुईपटक क्लिक गरेर पनि खोल्न सक्नुहुन्छ |
00:38 | इन्टरफेस को माथि तपाई मेनु बार र टूल कन्ट्रोल्स बार देख्न सक्नुहुन्छ |
00:44 | यो संगै माथि र छेऊमा रुलर हरु रहेका छन् |
00:48 | इन्टरफेसको दायाँपट्टी तपाई Command bar र Snap controls bar देख्न सक्नुहुन्छ |
00:54 | Tool box इन्टरफेसको बायाँतिर रहेको छ |
00:58 | बिचमा canvas रहेको छ, यहाँ हामी हाम्रो ग्राफिक्स कोर्ने छौं |
01:03 | इन्टरफेसको तल, हामी color palette र status bar देख्न सक्छौं |
01:09 | अब इनक्स्केप मा केहि आधारभूत आकारहरु कोर्न र सम्पादन गर्न सिकौं |
01:14 | सबैभन्दा पहिले, हामी Select and Transform tool को बारेमा सिक्नेछौं, यसलाई साधारणतया Selector tool भनिन्छ |
01:22 | यो एकदमै महत्वपूर्ण टूल हो, तपाई यो Tool box को बायाँतिर देख्नुहुन्छ |
01:28 | यो टूल प्रयोग गरी तपाई क्यानभास मा अब्जेक्टहरु छान्न, बदल्न र सार्न सक्नुहुन्छ |
01:34 | एउटा नयाँ इनक्स्केप डकुमेन्ट खोल्न, File मा क्लिक गरौँ अनि New छानौं र Default मा क्लिक गरौँ |
01:41 | पहिले नै बनाएको इनक्स्केप डकुमेन्ट खोल्न File अनि Open क्लिक गरौँ |
01:47 | हामीले पहिले नै सिर्जना गरेको drawing_1.svg फाइल खोलौं |
01:53 | मैले Documents फोल्डरमा सेभ गरेको छुँ, दायाँको Open बटनमा क्लिक गरौँ |
02:01 | पहिले हामीले एउटा आयात सिर्जना गरेका थियौं |
02:04 | अब, आयातमा क्लिक गरौँ |
02:06 | डिफल्टमा आयतको रंग हरियो हुन्छ |
02:09 | रातो रंगमा परिवर्तन गर्न हामी तलको color palette प्रयोग गर्ने छौं |
02:14 | त्यसैले हामी कर्सर तल लैजानेछौं र रातो रंगमा क्लिक गर्ने छौं |
02:18 | आयतमा रंग परिवर्तन भएको हेरौं |
02:22 | अब आयत सारेर हेरौं,यसो गर्न आयतको कुनै पनि ठाउँमा क्लिक गरौँ |
02:27 | अब माउस बटन नछोडी यसलाई तानेर क्यानभास मा आफूले चाहेको स्थानमा राखौं |
02:33 | अब माउस बटन छोडौं |
02:37 | राम्रोसँग हेर्न जूम इन् गरौँ, यसो गर्न ctrl कि थिचौं र माउसको स्क्रोल बटन क्लिक गरौँ |
02:46 | आयतको वरिपरी एरोहरु रहेको याद गरौँ, यिनीहरुलाई ह्यान्डल भनिन्छ, जसलाई हामी स्केल र रोटेट गर्न प्रयोग गर्छौं |
02:57 | हामीले कुनै पनि ह्यान्डल मा कर्सर राख्यौं भने ह्यान्डल को रंग बदलिन्छ |
03:02 | यसले त्यो ह्याण्डल छानिएको र रिसाइज गर्न तयार रहेको जनाउँछ |
03:08 | आयत स्केल वा रिसाइज गर्न, कुनाको कुनै पनि ह्यान्डलमा क्लिक गरी तानौं |
03:17 | यदि तपाई aspect ratio उहिँ राख्न चाहनुहुन्छ भने रिसाइज गर्दा ctrl कि थिचौं |
03:24 | आयतको लम्बाई र चौडाई बदल्न आयतको छेऊको कुनै पनि ह्यान्डल प्रयोग गरौँ |
03:32 | ह्यान्डल मा क्लिक गरेर बायाँ वा दायाँतिर तानौं |
03:39 | आयतको चौडाईमा परिवर्तन भएको हेरौं |
03:43 | अब आयतको उचाई परिवर्तन गरौँ |
03:46 | त्यसको लागि हामी माथि वा तलको ह्यान्डल मा क्लिक गरेर तान्ने छौं |
03:51 | आयतको उचाईमा आएको परिवर्तन हेरौं |
03:54 | हामी आयतको चौडाई र उचाई Tool controls bar को width र height प्यारामिटरहरु बदलेर पनि परिवर्तन गर्न सक्छौं |
04:03 | म width लाई 400 र height लाई 200 मा बदल्ने छुँ |
04:07 | आयतको आकारमा भएको परिवर्तन याद गरौँ |
04:10 | यसैगरी, तपाई अब्जेक्ट सार्न X र Y अक्षहरुको स्थान बदल्न सक्नुहुन्छ |
04:19 | अब आयत कसरी रोटेट गर्ने हेरौं |
04:24 | यसो गर्न, पुन: एकपटक आयतमा क्लिक गरौँ |
04:27 | अब कुनाको ह्यान्डल हरुको आकार परिवर्तन भएको छ जसले रोटेट गर्न तयार रहेको जनाउँछ |
04:34 | म माथिको दायाँ कुनाको ह्यान्डल क्लिक गर्नेछुँ र आयत रोटेट गर्नेछुँ |
04:44 | तपाई कुनै पनि छेऊको ह्यान्डल क्लिक गरी तानेर आयतलाई बंग्याउन सक्नुहुन्छ |
04:50 | म बायाँको बिचको ह्यान्डल क्लिक गरी आयत बंग्याउन माथि र तल तान्छु |
04:56 | परिवर्तनहरु हेरौं |
04:59 | हामी अर्को ट्युटोरियलमा ह्यान्डल को प्रयोगको बारेमा बिस्तृत रुपमा जानकारी लिनेछौं |
05:04 | अब यसलाई अनसेलेक्ट गरौँ |
05:06 | त्यसो गर्न canvas मा वा canvas बाहिर कतै क्लिक गरौँ |
05:11 | म माउस Tool box मा त्यहि रेक्ट्यानगल टूलमा लैजाने छुँ |
05:17 | टूल टिपले हामी यो टूल प्रयोग गरी आयत र वर्ग कोर्न सक्छौं भन्छ |
05:22 | त्यसैले पहिले म यो टूलमा क्लिक गर्छु |
05:25 | एउटा वर्ग कोर्न ctrl कि थिचौं र canvas मा तानौं |
05:30 | म यसको रंग गुलाबीमा बदल्ने छुँ |
05:32 | एउटा कार्य |
05:34 | Tool box बाट Create circles and ellipses टूल छानौं |
05:38 | क्यानभासमा एउटा वृत कोर्न ctrl कि प्रयोग गरौँ |
05:42 | यसमा निलो रंग प्रयोग गरौँ |
05:44 | यो मेरो वृत हो |
05:46 | अब यो वृत कसरी परिमार्जन गर्ने सिकौं |
05:49 | तपाई एउटा वृतलाई एउटा arc वा एउटा segment मा बदल्न सुरु र अन्त्यको प्यारामिटरहरु बदल्न सक्नुहुन्छ |
05:56 | यहाँ तपाई Tool controls bar, मा तीन विकल्पहरु रहेका छन् जसले आकारहरु छान्न दिन्छ |
06:03 | म Start प्यारामिटरलाई 100 र End प्यारामिटरलाई -50 मा बदल्ने छुँ |
06:09 | हामी वृतको आकार एउटा सेग्मेंटमा परिवर्तन भएको देख्न सक्छौं |
06:14 | अब म arc icon मा क्लिक गर्ने छुँ र हामी आकार परिवर्तन भएको देख्न सक्छौं |
06:19 | हामी पुन: circle आइकनमा क्लिक गरेर वृत आकारमा फर्कन सक्छौं |
06:25 | अब हाम्रो canvas को वृतमा हेरौं |
06:30 | त्यो आकारमा २ बर्गाकर ह्यान्डल र २ आर्क ह्यान्डल नामक गोलाकार ह्यान्डल हरु रहेका छन् |
06:37 | २ बर्गाकर ह्यान्डल हरु वृतको आकार इलिप्समा बदल्न प्रयोग गर्न सकिन्छ |
06:44 | ती ह्यान्डलहरु लाई तल-माथि वा दायाँ-बायाँ गरौँ |
06:53 | आकारमा हुने परिवर्तन याद गरौँ |
06:56 | २आर्क ह्यान्डलहरु एकअर्कामा खप्टिन्छन, आर्क ह्यान्डल मा क्लिक गरौँ र यसलाई घडीको बिपरित दिशामा घुमाऊ |
07:04 | अब हामी दुवै आर्क ह्यान्डल हरु देख्न सक्छौं |
07:08 | हामी यी आर्क ह्यान्डल हरु प्रयोग गरी गोलाकारलाई आर्क वा सेग्मेंटमा बदल्न सक्छौं |
07:14 | तिनीहरुलाई घडीको वा बिपरित दिशामा सारेर यसमा परिवर्तन याद गरौँ |
07:24 | अब, हामी टूलबक्स को rectangle tool मा क्लिक गर्छौं अनि वर्गमा क्लिक गरौँ |
07:30 | त्यसको माथि दायाँ कुनामा रहेका २ रिसाइज ह्यान्डलहरु र २ आर्क ह्यान्डलहरु याद गरौँ |
07:40 | पहिले जस्तै २ आर्क ह्यान्डलहरु खप्टिने छन् |
07:43 | कुनै एक आर्क ह्यान्डल मा क्लिक गरौं र यसलाई घडीको दिशामा सारौँ |
07:48 | अब हामी दुवै आर्क ह्यान्डलहरु देख्न सक्छौं |
07:51 | हामी यी ह्यान्डल हरु प्रयोग गरी वर्गको कोण गोलाकार बनाउन सक्छौं |
07:56 | तिनीहरुलाई घडीको वा बिपरित दिशामा घुमाएर परिवर्तन हेरौं |
08:02 | अब टूलबक्स को Stars and polygons tool मा क्लिक गरेर एउटा पोलिगन सृजना गरौँ |
08:08 | यो circle को ठिक मूनि छ, यसलाई क्लिक गरौँ |
08:13 | हामी यसो गरी एउटा पोलिगन कोर्नेछौं र यसमा हरियो रंग भर्नेछौं |
08:20 | डिफल्टमा ५- भुजाको एउटा 'पेन्टागन कोरिने छ |
08:24 | टूल्स कन्ट्रोल्स बार मा हेरौं, यसले पोलिगनको कुनाको नम्बर 5 जनाउँछ |
08:32 | हामी नम्बरलाई 4 मा घटाएर एउटा वर्ग र 3 मा घटाएर एउटा त्रिकोण कोर्न सक्छौं |
08:39 | यसलाई बढाएर हामी एउटा पेन्टागन, हेक्सागन आदि सृजना गर्न सक्छौं |
08:44 | पोलिगनमा एउटा रिसाइज ह्यान्डल याद गरौँ |
08:47 | हामी यसलाई पोलिगन रिसाइज वा रोटेट गर्न प्रयोग गर्न सक्छौं |
08:52 | यो आकारलाई एउटा स्टारमा बदल्न टूल कन्ट्रोल्स बार को पोलिगन आइकन संगै रहेको स्टार आइकन मा क्लिक गरौँ |
09:00 | स्टारमा रहेको २ ह्यान्डल हरु याद गरौँ, एउटा माथि र अर्को जोइन्टमा |
09:06 | स्टारलाई रिसाइज वा रोटेट गर्न माथिको ह्यान्डलमा क्लिक गरेर तानौं |
09:12 | हामी अन्य ह्यान्डल प्रयोग गरी स्टारलाई रिसाइज गर्न वा बंग्याउन सक्छौं |
09:17 | यसमा क्लिक गरौँ र घडीको दिशामा वा बिपरित दिशामा घुमाऊ र आकार र साइजको परिवर्तन हेरौं |
09:25 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
09:30 | यो ट्युटोरियलमा हामीले सिक्यौं, इनक्स्केप इन्टरफेसको बारेमा |
09:34 | हामीले आकारहरु जस्तै आयत, वर्ग,वृत, इलिप्स, पोलिगन र स्टार सृजना गर्न सिक्यौं |
09:42 | आकारहरुमा रंग भर्न र ह्यान्डलहरु प्रयोग गरी आकारहरु बदल्न |
09:46 | यहाँ तपाईको लागि एउटा कार्य छ |
09:49 | निलो रंग भरिएको एउटा आयत सृजना गरौँ |
09:52 | रातो रंगको एउटा वृत |
09:54 | ७ चुच्चो भएको हरियो रंगको स्टार |
09:58 | तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ |
10:03 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:09 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
10:13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:22 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
10:28 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:32 | यसलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:38 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
10:47 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
10:50 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |