Health-and-Nutrition/C2/Powder-recipes-for-6-to-24-months-old-children/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | ६ देखि २४ महिनाका बच्चाहरूको लागि पोषक सातु बनाउने तरिकाको बारेमा रहेको यस स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:08 | यो ट्युटोरियलमा, हामी यी विभिन्न पोषक सातुहरू बनाउन सिक्ने छौं - |
00:15 | एमलेस पाउडर, |
00:17 | बियाँहरूको सातु, |
00:18 | बदाम र बियाँहरूको सातु |
00:20 | गेडागुडीको सातु, |
00:22 | करी पत्ताको सातु |
00:24 | ड्रमस्टिकको पातको धुलो |
00:27 | घरमै धेरै दुख नगरी विभिन्न किसिमका पोषक सातुहरू बनाउन सकिन्छ |
00:33 | अब यी पोषक सातुहरू कसरी बनाउने सिकौं |
00:38 | यी सातुहरूमा, शिशुहरू बढ्न र उनीहरूको विकासको लागि आवश्यक पोषक तत्त्वहरू हुन्छन् |
00:44 | बच्चा ६ महिना पूरा भएपछि मात्र सातु खुवाउनु राम्रो हुन्छ |
00:52 | बच्चालाई कुनै पनि नयाँ खाना पहिलोचोटि दिँदा, लगातार ३ वा ४ दिनसम्म सोही खानेकुरो दिनुपर्छ |
01:00 | ३ वा ४ दिनपछि, बच्चालाई अर्कै कुनै नयाँ खानेकुरो दिनुपर्छ |
01:05 | यी दुवै खानेकुरो मिसाएर, दिन पनि सकिन्छ तर पहिले दुवै भिन्नाभिन्नै दिनुपर्छ, र बच्चाको अनुहार वा शरीरमा डाबर उठ्ने वा सुन्निने जस्ता एलर्जीहरू देखिनु हुँदैन |
01:20 | जहिले पनि एलर्जी हुन सक्ने खानेकुरो, जस्तै बदामहरू, बच्चालाई खुवाउँदा, पहिले एकदमै थोरै बाट सुरु गर्नुपर्छ जस्तै एक चिम्टी |
01:30 | १० मिनेटसम्म कुरी विस्तारै अलि-अलि बच्चालाई खुवाउनु पर्छ |
01:35 | बच्चा एक वर्षको नभएसम्म, कृपया बच्चाको खानामा कुनै पनि प्रकारको चिनी, नुन वा अन्य मसलाहरू दिनु हुँदैन |
01:44 | अब, - एमलेस पाउडर बनाउने तरिकाबाट सुरु गरौं |
01:49 | सबैभन्दा पहिले यसको फायदाको चर्चा गरौं |
01:53 | एमलेस खाना पचाउन आवश्यक पर्ने इन्जाइम वा केमिकल हो |
01:59 | यो बच्चाको शरीरमा सीमित रूपमा उत्पादन हुन्छ |
02:03 | यो पाउडरले थप एमलेस प्रदान गर्छ र खानाको पोषक तत्त्व बढाउन र सोस्न सघाउँछ |
02:12 | त्यसैले, बच्चालाई एमलेस युक्त सातु वा एमलेस पाउडर दिनुपर्छ |
02:18 | अब, एमलेस पाउडर बनाउने तरिका जानौं |
02:22 | एमलेस पाउडर बनाउन चाहिने सामग्रीहरू – आधा कप गहुँ, |
02:27 | आधा कप मूंग र |
02:29 | आधा कप कोदो |
02:32 | बनाउने विधि: पहिले, सबै सामग्रीहरूलाई पानीमा १० घण्टा जति भिन्नाभिन्नै भिजाउनुपर्छ |
02:39 | सामग्रीहरू भिजाए पछि यसको पानीको मात्रा बढ्ने छ |
02:42 | १० घण्टा पछि, सबै सामग्रीहरू पानीबाट निकालौं |
02:46 | त्यसको लागि तिनीहरूलाई छान्नीमा राखेर पानी जान दिनुपर्छ |
02:50 | अनि, सामग्रीहरूलाई एक-एक गरी एउटा सफा सुति को कपडामा बाँध्नुपर्छ |
02:55 | तिनीहरूलाई यतिकै राखी उम्रिन दिनुपर्छ |
02:58 | यो प्रक्रियालाई जर्मिनेसन भनिन्छ |
03:01 | याद गरौं, टुसा पलाउन केही सामग्रीहरूले कम र केहीले बढि समय लगाउने गर्छन् |
03:08 | यहाँ, अन्य सामग्रीहरू भन्दा कोदोले बढि समय लगाउने छ |
03:14 | टुसा पलाएपछि, सामग्रीहरू एक वा दुई दिन घाममा सुकाउनु पर्छ |
03:19 | यसरी सुकाएपछि, सबै पानी सुकाउन सम्पूर्ण सामग्रीहरूलाई सानो आँचमा भुट्नु पर्छ |
03:25 | भुट्दा खेरी निरन्तर चलाउन सम्झौं |
03:30 | अब, सफा हातले माडेर तिनीहरूको बोक्रो निकालौं |
03:36 | बोक्रो निकालेपछि, सबै सामग्रीहरू मिसाऊ |
03:41 | अब, ग्राइंडर प्रयोग गरी यसको पाउडर बनाऊ |
03:45 | र, एमलेस पाउडर तयार हुनेछ |
03:48 | एमलेस पाउडरलाई हावा नछिर्ने भाँडोमा राख्नुपर्छ |
03:52 | अब, तपाई बच्चाको खाना बनाउँदा एक चिया चम्चा एमलेस पाउडर हालेर बनाउन सक्नुहुन्छ |
03:59 | वा, एमलेस पाउडरकै खीर बनाउन पनि सक्नुहुन्छ |
04:03 | १ चिया चम्चा एमलेस पाउडरमा, करिब १८ क्यालोरी र ०.६ ग्राम प्रोटिन पाइन्छ |
04:10 | १०० ग्राम एमलेस पाउडरमा करिब ३६० क्यालोरी र १२ ग्राम प्रोटिन पाइन्छ |
04:17 | एमलेस पाउडरमा एउटा भिन्न विशेषता हुन्छ जसले गर्दा यो बच्चाहरूको लागि विशेष मानिन्छ |
04:23 | यसले खानाको बाक्लोपना घटाएर बच्चाले सजिलै पचाउन सक्ने बनाउँछ |
04:28 | यसले बच्चाको खानाको ऊर्जा शक्ति बढाउँछ |
04:34 | अब, हामी बियाँहरूको सातु बनाउन सिक्ने छौं |
04:38 | यसमा पर्याप्त मात्रामा जिंक, फाइबर, म्याग्नेसियम र क्याल्सियम हुन्छ |
04:44 | यी पोषण तत्त्वहरूले हड्डी विकासमा सहयोग गर्छन् र बच्चाको तागत पनि बढाउँछन् |
04:50 | यसमा, बच्चाको दिमागको विकासमा सहयोग गर्ने चिल्लो पदार्थ पनि पाइन्छ |
04:57 | यो सातु बनाउन आवश्यक तीन बियाँहरू यस प्रकारका छन् – आधा कप कालो तिल |
05:03 | आधा कप आलस र |
05:05 | आधा कप काँचो फर्सीको बियाँ |
05:08 | अब यसको विधि: एक-एक गरी सबै बियाँहरू ४ देखि ५ मिनेटसम्म सानो आँचमा भुट्नुपर्छ |
05:16 | भुटेको बियाँहरू सेलाएपछि, सबैको धूलो बनाउनुपर्छ |
05:20 | यो धूलोलाई हावा नछिर्ने भाँडोमा भण्डार गर्नुपर्छ |
05:23 | यो धूलो एक चम्चा बच्चाको खानामा हालेर खुवाउनु पर्छ |
05:29 | यसमा करिब ३० क्यालोरी र २.७ ग्राम प्रोटिन पाइन्छ |
05:36 | १०० ग्राम बियाँको धूलोले ६०० क्यालोरी र ५५ ग्राम प्रोटिन प्रदान गर्ने छ |
05:43 | अब, बदाम र बियाँहरूको सातु बनाउन सिकौं |
05:47 | यो सातुमा पर्याप्त मात्रामा जिंक, म्याग्नेसियम र आइरन पाइन्छ |
05:53 | यी खनिज पदार्थहरूले रातो रक्त कोषको उत्पादनमा मुख्य भूमिका खेल्छन् |
05:57 | साथै, यो सातु पनि चिल्लो पदार्थको राम्रो स्रोत हो जसले बच्चाको मस्तिष्क विकासमा सघाउँछ |
06:04 | यो सातु बनाउनका लागि आवश्यक सामग्रीहरू यी हुन् - |
06:08 | एक कप बदाम, |
06:10 | आधा कप कोरेको सुकेको नरिवल, |
06:12 | आधा कप आलस र |
06:15 | आधा कप कालो तिल |
06:18 | बनाउने विधि: प्रत्येक सामग्रीहरूलाई मध्यम आँचमा ४ देखि ६ मिनेट सम्म भुट्नु पर्छ |
06:26 | अनि, सिलौटो वा ग्राइंडर प्रयोग गरी भुटेका सामग्रीहरूको धूलो बनाऊ |
06:33 | यो सातुलाई एउटा हावा नछिर्ने भाँडोमा भण्डार गर्नुपर्छ |
06:36 | यो बच्चाको खानामा एक चम्चा हालेर खुवाउन सकिन्छ |
06:42 | यसले करिब २८ क्यालोरी र ०.९ ग्राम प्रोटिन प्रदान गर्छ |
06:48 | १०० ग्राम धूलोमा ६०० क्यालोरी र १९ ग्राम प्रोटिन पाइन्छ |
06:56 | अब, गेडागुडीको सातु बनाउने विधि सिकौं |
06:59 | यो सातुमा पर्याप्त मात्रामा पोटासियम, प्रोटिन, फोलेट र म्याग्नेसियम पाइन्छन् |
07:05 | यी पोषक तत्त्वहरूले बच्चाको हड्डी विकास र तागत बढाउन सहयोग गर्छन् |
07:11 | यिनीहरू रातो रक्त कोष उत्पादनमा पनि आवश्यक हुन्छन् |
07:16 | गेडागुडीको सातु बनाउने सामग्रीहरू: आधा कप मुंग, |
07:22 | आधा कप सुकेको हरियो केराऊ, |
07:24 | आधा कप चना र |
07:27 | आधा कप मोठ |
07:30 | बनाउने विधि: पहिले सबै सामग्रीहरूलाई भिन्नाभिन्नै १० घण्टा जति भिजाउनुपर्छ |
07:35 | भिजाउँदा गेडागुडीमा पानीको मात्रा बढ्ने छ |
07:40 | १० घण्टा पछि सम्पूर्ण सामग्रीहरूलाई पानीबाट निकालेर |
07:43 | एउटा छान्नीमा राख्नुपर्छ जसले गर्दा सबै पानी बाहिर जान्छ |
07:47 | अनि एक-एक गरी, सबै गेडागुडीलाई एउटा सफा सुतीको कपडामा बाँध्नुपर्छ |
07:52 | अब, तिनीहरूमा टुसा नपलाए सम्म यसै छोडौं |
07:55 | यो प्रक्रियालाई जर्मिनेसन भनिन्छ |
07:59 | कृपया यो याद राखौं, हामीले पहिले चर्चा गरे अनुसार प्रत्येक सामग्रीको टुसा पलाउने अवधि भिन्न हुन सक्छ |
08:06 | टुसा पलाएपछि, तिनीहरूलाई १ वा दुई दिनसम्म घाममा सुकाउनु पर्छ |
08:11 | अब, सम्पूर्ण सामग्रीहरू पूर्ण रूपमा सुक्खा नभए सम्म मध्यम आँचमा भुट्नु पर्छ |
08:17 | भुट्दा खेरी, निरन्तर चलाउन आवश्यक छ |
08:20 | नत्र, सामग्रीहरू डढ्न सक्छ |
08:24 | भुटेपछि, गेडागुडीको बोक्रो सफा हातले माडेर बाहिर निकाल्नुपर्छ |
08:30 | अब, सम्पूर्ण गेडागुडीलाई पिसेर यसको धूलो बनाउनु पर्छ |
08:34 | यो धूलोलाई एउटा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ |
08:38 | बच्चाको खाना बनाउँदा यो धूलोको दुई चम्चा राखेर बनाउन सकिन्छ |
08:43 | दुई चम्चा धूलोमा करिब ३३ क्यालोरी र १.८ ग्राम प्रोटिन हुन्छ |
08:49 | यो धूलोको १०० ग्राममा करिब २५० क्यालोरी र १५ ग्राम प्रोटिन पाइन्छ |
08:57 | अब, हामी करी पत्ताको धूलो बनाउने विधि जान्ने छौं |
09:00 | करी पत्तामा प्रचुर मात्रामा फाइबर, आइरन, क्याल्सियम र भिटामिन सि पाइन्छन् |
09:06 | यी सबै पोषक तत्त्वहरूले पाचन प्रणाली र दन्त विकासमा सहयोग गर्छन् |
09:12 | साथै, यिनीहरूले बच्चाको प्रतिरक्षा मजबुत बनाउने छ |
09:16 | यो धूलो बनाउन, करी पत्ताको आवश्यक पर्छ |
09:19 | बनाउने विधि – करी पत्तालाई राम्ररी धुनुपर्छ |
09:23 | तिनीहरूलाई छायाँमा राखी सुकाउनु पर्छ |
09:26 | अब, सुकेको पातहरूको धूलो बनाउनु पर्छ र यसलाई हावा नछिर्ने भाँडोमा भण्डार गर्नुपर्छ |
09:33 | १ चौथाई चिया चम्चा धूलो, बच्चाको खानामा राखेर खुवाउन सकिन्छ |
09:39 | यसले ९ मिलिग्राम जति क्याल्सियम प्रदान गर्छ |
09:42 | १०० ग्राम पाउडरबाट करिब ७०० मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ |
09:48 | अब, ड्रमस्टिकको पातहरूबाट पाउडर बनाउने विधि जानौं |
09:53 | यो पाउडरमा प्रचुर मात्रामा क्याल्सियम, आइरन, भिटामिन सि, भिटामिन ए, प्रोटिन र सल्फर पाइन्छ |
10:01 | यी पोषक तत्त्वहरू बच्चाको गिजा र स्वस्थ आँखाको विकासको लागि आवश्यक पर्छन् |
10:07 | तिनीहरूले सङ्क्रमणसँग लड्छन् र बच्चाको तागत बढाउन सघाउँछन् |
10:12 | यो पाउडर बनाउन ड्रमस्टिकका पातहरू आवश्यक पर्छन् |
10:17 | बनाउने विधि: सबैभन्दा पहिले ड्रमस्टिकका पातहरूलाई सफा पानीमा राम्ररी धुनुपर्छ |
10:22 | यी पातहरूलाई छाया मुनि राखेर सुकाउन सक्छौं |
10:25 | अब, सुकेका पातहरूको धूलो पारौं र हाम्रो ड्रमस्टिक पाउडर तयार भएको छ |
10:31 | यो धूलोलाई हावा नछिर्ने भाँडोमा राख्नुपर्छ |
10:33 | यो पाउडरको एक चौथाई बच्चाको खानामा राखेर खुवाउनु पर्छ |
10:40 | यसले करिब ५ मिलिग्राम क्याल्सियम प्रदान गर्छ |
10:44 | १०० ग्राम पाउडरबाट करिब ३५० मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ |
10:50 | सधैँ यो कुरा याद राखौं: यी विधिहरूको लागि स्थानीय रूपमा प्राप्त हुने र मौसमी बदाम, बियाँ र गेडागुडीहरू प्रयोग गर्नुपर्छ |
10:58 | हरेक खानामा भिन्नै पाउडर प्रयोग गर्नुपर्छ |
11:01 | उदाहरणको लागि: एक चिया चम्चा बदाम वा बियाँको पाउडर पकाएको खानामा हाल्न सकिन्छ |
11:08 | वा, खानामा करी पत्ता वा ड्रमस्टिकको पातको पाउडरको एक चौथाई हाल्न सकिन्छ वा |
11:14 | २ चम्चा गेडागुडीको सातु, पकाउने खानामा हाल्नुपर्छ |
11:21 | यो ट्युटोरियलमा तयार पारेका विधिहरू तलका तरिकाहरू प्रयोग गरी बनाइएका छन्- |
11:26 | भिजाएर, भुटेर र |
11:28 | टुसा उमारेर |
11:30 | यी सबै तरिकाहरूले खानामा हुने खनिज पदार्थ सोस्न रोक्ने फाइटिक एसिड घटाउन सहयोग गर्छ |
11:38 | र यसले खानाबाट पोषक तत्त्वहरू सोस्न सघाउँछ |
11:42 | यसरी हामी यो ६ देखि २४ महिनाको बच्चाको लागि सातु बनाउने विधिहरू बारे रहेको ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:51 | यो ट्युटोरियलमा, हामीले यी पोषक सातुहरू बनाउने विधि सिक्यौं: |
11:57 | एमलेस पाउडर, बियाँहरूको पाउडर, |
12:00 | बदाम र बियाँहरूको सातु, |
12:02 | गेडागुडीको सातु, |
12:04 | करी पत्ताको पाउडर र |
12:06 | ड्रमस्टिक पातको पाउडर |
12:08 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेको योगदान रहेको छ |
12:14 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ |
12:25 | यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान पनि रहेको छ |
12:32 | यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो |
12:36 | यो ट्युटोरियलको विषयक समीक्षकहरू बालरोग विशेषज्ञ डा. रूपल दलाल र न्यूट्रिस्निस्ट् दिपाली फार्गेड हुनुहुन्छ |
12:46 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |