GIMP/C2/Questions-And-Answers/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:23 Meet the GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 मैले तपाईसँग आजको ट्युटोरियललाई प्रश्नोत्तर संस्करण बनाउने बाचा गरेको थिएँ त्यसैले केहि खबरहरु सहित सुरु गरौँ
00:40 मैले तपाईलाई पहिले नै gimpusers.com को बारेमा जानकारी दिएँ र त्यहाँ गिम्पको भिडियो पडकास्टको बारेमा राम्रो समाचार छ तर मलाई लाग्छ तपाईलाई त्यो पडकास्टको बारेमा पहिले नै थाहा छ
00:55 त्यसैले डाउनलोड पेजमा जाउँ र यहाँ तपाई गिम्प २.४ रिलिज हुने क्रममा रहेको देख्नुहुन्छ र यो विन्डोज, एप्पल म्याकिनटष र प्राय सबै जसो लिनक्सको लागि पनि उपलब्ध छ तर मेरो लागि छैन
01:19 किनभने उबुन्टुले आवश्यक केहि लाइब्रेरीहरु सँग सहकार्य गर्न सक्दैन
01:27 त्यसैले गिम्प २.४ आउदै छ र तपाई gimpusers.com मा जाँदा, स्क्रिनको यो क्षेत्रमा हेर्नुहोस
01:42 यो दुई पत्राचार ठेगानाको झलक हो जसले गिम्पको बारेमा धेरै जानकारीहरु दिन्छ
01:49 पहिलो गिम्प युजर पत्राचार ठेगाना र म तपाईलाई यो पढ्न सिफारिस गर्छु
02:02 मेरो अगाडी माथि गिम्प डेभ्लपरको सुची छ र सायद तपाईको अगाडी पनि छ होला
02:12 र यहाँ एउटा प्रश्नको उत्तर दिने छलफल छ र मलाई यसको बारेमा थाहा थिएन
02:20 यसलाई यहाँ हेरौं
02:22 पहिलो प्रश्न Alex Burs ले सोधेका छन् र उनले स्याम्पल पोइन्ट ट्याबले के गर्यो? भनि सोधेका छन्
02:34 र मैले प्रश्न बुझिन
02:38 तर म Alex लाई चिन्छु किनभने उनले मलाई तपाईको लागि फाइलहरु उपलब्ध गराउन र मेरो लागि गूगल साइट सेट गर्न सहयोग गरेका थिए
02:51 यहाँ Tim Jedlicka को उत्तर छ र म TIM लाई पनि चिन्छु किनभने Tim को इन्टरनेटमा ठूलो सर्भर छ र इन्टरनेट मा ठूलो संजाल छ र अब हामी यहाँ तपाईले मैले यहाँ प्रयोग गरेको फाइल डाउनलोड गर्ने सम्भाव्यता मिलाउने प्रक्रियामा छौं
03:14 म तपाईलाई यसको बारेमा जानकारी दिदै गर्छु र meetthegimp.org को ब्लगमा हेर्नुहोला र त्यहाँ एउटा डाउनलोड आइकन छ/छैन हेर्नुहोला
03:29 यहाँ Tim ले Alex को प्रश्नको उत्तर दिएको छन्
03:33 र दुबैजनालाई यहाँको यो प्रश्नोत्तरको लागि धन्यवाद
03:40 Tim ले लेखेका छन् sample points are created similar to guide except you have to hold down the ctrl key र you can create a sample point by placing the cursor in the measurement bar and holding down ctrl key while you drag the point you want to sample
04:03 र त्यहाँ अन्य प्रश्नहरु पनि छन् तर म तिनीहरुको बारेमा पछि चर्चा गर्ने छुँ
04:08 मैले त्यसको बारेमा कहिल्यै सुनेको छैन त्यसैले यो गरेर हेर्नुपर्छ
04:13 त्यसो गर्न मैले गिम्प सुरु गरेको छुँ र यसमा इमेज लोड गरौँ जसको नाम My Ship in the Fog छ
04:25 अब बायाँ रुलर पट्टि जाउँ, कन्ट्रोल की थिचौं र रुलर बाहिर तानौं र तपाई यहाँ माउस कर्सर एउटा आई ड्रपरमा बदलेको देख्नुहुन्छ र म एउटा लाइनको सट्टामा दुई लाइनहरु पाउछु
04:45 माउस बटन र कन्ट्रोल की छोडौं र तपाईले एउटा नम्बर वान सहितको एउटा पोइन्ट पाउनुहुन्छ
04:54 र जब मैले माउस बटन थिची राखी कन्ट्रोल की नथिची रुलर तान्छु, म यहाँ एउटा लाइन मात्र पाउछु जुन यसमा भएका सामग्रीहरु मिलाउन प्रयोग गरिन्छ
05:09 माथि पनि सोहि रुलरको प्रक्रिया दोहोराउ
05:13 मैले कन्ट्रोल की र माउस बटन थिचें र रुलर तल तानेर यहाँ छोडे
05:20 ल, यहाँ मसँग नम्बर टु छ र नम्बर वान त्यहाँ पहिले नै छ तर यहाँ म कुनै डाइलग देख्न सक्दिन
05:28 त्यसैले टूल विकल्पमा क्लिक गरौँ र टूलबक्सबाट कलर पिकर छानौं तर मैले यहाँ केहि पनि देख्न सक्दिनँ
05:39 तर सम्झनुहोस त्यहाँ फाइलमा एउटा डाइलग उल्लेख गरिएको छ त्यसैले फाइलमा क्लिक गरौँ र डाइलगमा जाउँ र यहाँ स्याम्पल पोइन्टस् नामक डाइलगमा जाउँ
05:53 जब तपाई यसमा क्लिक गर्नुहुन्छ, तपाई यहाँ 1 र 2 को लागि नमुना पोइन्टहरु पाउनुहुन्छ
06:01 र यो इमेजमा बिभिन्न स्थानको कलर जानकारी लिने एउटा तरिका हो
06:10 र अब मलाई कलर जानकरी थाहा पाउने अर्को राम्रो तरिका थाहा छ
06:17 म यहाँ पिक्सल RGB मा बदल्छु र प्रतिशतको हिसाबमा रेड, ग्रीन, ब्लु र अल्फाको मान देखाइएको छ
06:32 यहाँ तपाई पिक्सल सहितको रंगहरुको वास्तविक मान संख्यामा पाउनुहुन्छ र जब RGB छानिन्छ तपाई यहाँ HTMLको हेक्स कोड देख्न सक्नुहुन्छ र म RGB लाई HSV कलर मोडलमा वा CMYK कलर मोडलमा बदल्न सक्छु जुन म पछि चर्चा गर्नेछु
07:03 अर्को प्रश्न पनि कलर र कलर पिकर सँग सम्बन्धित छ
07:10 मैले मेरो ‘Ship in the Fog’ पडकास्ट मा तपाईले कलर पिकर प्रयोग गरेर इमेजको रंगको जानकारी प्राप्त गर्न सक्ने बताएको थिएँ र Glulio ले यहाँ परिणाममा आउने कलरको कलर जानकारी कसरी लिने प्रश्न गरेका छन् र एउटा लेयरको रंग होइन
07:36 त्यसको एउटा तरिका तपाईले भर्खर हेर्नुभयो तर त्यहाँ एउटा अर्को भिन्न तरिका पनि छ
07:42 मैले कलर पिकर छानेको छुँ र जब मैले शिफ्ट थिच्छु र इमेजमा क्लिक गर्छु, मैले हालको कलर जानकारी पाउछु र यहाँ तपाई जहाज, रुखहरु सेता र आकाश पनि देख्नुहुन्छ जुन त्यति सन्तोषजनक भएन
08:02 र यो किनभने मैले सेतो पृष्ठभूमि छानेको छुँ
08:06 ल, म लेयर्स डाइलगमा जान्छु र यसलाई मूल पृष्ठभूमि लेयरमा बदल्छु र तपाई यो स्क्रिनमा देखिने रंग भन्दा बिल्कुल फरक भएको देख्नुहुन्छ
08:18 त्यहाँ लेयर्स डाइलगमा एउटा sample merged नामक विकल्प छ र तपाईले त्यो एक्टिभेट गर्दा सम्पूर्ण स्ट्याक लेयरको परिणाम पाउनुहुन्छ र sample merged ले तपाई कलर पिकर जानकारी पाउनुहुन्छ, अग्रभूमि रंग हरपल बदलिरहन्छ
08:42 sample merged एक्टिभेट भएपछि तपाई सबै लेयरहरुको नतिजा पाउनुहुन्छ
08:54 जब तपाई sample merged विकल्प डी-एक्टिभेट गर्नुहुन्छ, तपाईले एक्टिभ लेयरको मात्र कलर जानकारी प्राप्त गर्नुहुन्छ र मैले अघिल्लो शो मा बताउन बिर्से र तपाईले निलो लेयर छान्दा तपाइले निलो रंगको जानकारी प्राप्त गर्नुहुन्छ
09:13 ल, फर्कौं, sample merged छानौं र तपाई सम्पूर्ण लेयरहरुको जानकारी प्राप्त गर्नुहुन्छ
09:20 यहाँ भएको अर्को विकल्प भनेको sample average हो र जब तपाई यसलाई छान्नुहुन्छ तपाइँले एउटा ठूलो कलर पिकर र त्यो क्षेत्रको सबै पिक्सलको औसत प्राप्त गर्नुहुन्छ
09:37 यो नोइजी इमेजको कलर जानकारी प्राप्त गर्न राम्रो विकल्प हो जहाँ तपाईको प्रत्येक पिक्सलहरु बीच ठूलो भिन्नता हुन्छ
09:54 Glulio सँग गिम्पको लागि अर्को टिप छ
09:58 यदि तपाईले एउटा फाइलको नाममा .xcf मात्र प्रयोग नगरि xcf.pz2 वा xcf.bz2 प्रयोग गर्नुभयो भने गिम्पले इमेज खुम्च्याउछ र तपाईले एउटा सानो फाइल साइज प्राप्त गर्नुहुन्छ
10:17 मलाई थाहा छैन यसले विन्डोजमा काम गर्छ या गर्दैन र त्यो तपाईले गरेर हेर्नुपर्छ
10:24 सायद तपाईले विन्डोजमा फाइलको नाम xcf.zip राख्नुभयो भने यसले काम गर्छ तर यो सत्य हो होइन थाहा छैन
10:35 सायद यो कसैले गरेर हेरी ब्लगमा पोस्ट गर्नुपर्छ
10:43 अर्को प्रश्न Dmitry को छ
10:47 उनले के बिभिन्न कोडेक प्रयोग गरि भिडियोको गुणस्तर बढाउन सकिन्छ की भनेर सोधेका छन्
10:55 तर मैले लिनक्समा निशुल्क संस्करणमा यो H 264 कोडेक पाइन
11:03 त्यहाँ एउटा व्यवसायिक संस्करण छ तर यो मेरो लागि एकदमै महँगो छ
11:08 यो खाली एउटा सौख हो र मैले सामग्रीहरु अपलोड गर्न पैसा तिर्नुपर्छ र यो धेरै छैन तर म यहाँ पैसा खर्च गर्न चाहन्न
11:23 तर म सँग यहाँ तपाईको लागि एउटा राम्रो प्रश्न छ
11:26 म यो 800/600 पिक्सलमा रेकर्ड गर्दै छुँ र यसलाई 640/480 पिक्सलमा स्केल गरेर घटाउछु किनभने सबैले यसै गर्छन र यो तरिकाले यसले एप्पल टिभी र अन्य मा काम गर्छ
11:44 तपाईलाई मेरो प्रश्न यो हो की तपाई मूल फाइल साइज 800/600 चाहनुहुन्छ?
11:52 इमेज अझ प्रष्ट छ र तपाई अझ राम्ररी देख्न सक्नुहुन्छ
11:56 फाइल अलि ठूलो हुन्छ र त्यहाँ अन्य मानिसहरु छन् जसले यो ठुला फाइलहरु हेर्न सक्दैनन्
12:09 म 800/600 मा एउटा टेस्ट फाइल बनाउछु र यसलाई अपलोड गर्छु, सायद तपाई यो गरेर हेर्न सक्नुहुन्छ र मलाई प्रतिक्रिया दिनुहोला
12:21 म यहाँको अर्को प्रतिक्रिया देखि एकदमै खुशी छुँ जुन Rodrigo को हो, उनी फोटोसप नकिनेर आफ्नो ग्राफिक कार्यको लागि गिम्प प्रयोग गर्ने कुरा गर्दैछन्
12:37 मसँग Vitaly को इमेलबाट प्राप्त प्रश्न छ जसमा कुनै असर नपारी कर्भ टूल प्रयोग गर्ने तरिका छ की भनेर सोधेका छन्
12:48 यो प्रश्नको उत्तर गिम्पमा हुदैन हो
12:51 फोटोसपमा त्यो, यो adjustment लेयरको प्रयोगले गर्न सकिन्छ र त्यहाँ धेरै गिम्प प्रोग्रामरहरु यसमा काम गर्दै छन् र यसलाई लागु गर्न प्रयत्नरत छन्
13:03 तर अहिले सम्म तपाईले लेभल्स टूलले रंग बदल्नुभयो भने, तपाई यो भन्दा पहिलेका सबै कदमहरु अंडू नगरी यसलाई अंडू गर्न सक्नुहुन्न
13:20 अर्को प्रश्न Dudley बाट छ र उनले मेरो पडकास्टको सन्दर्भमा टिप्स फ्रम द टप फ्लरबाट सोधेका छन् र उनको कम्प्युटरमा GIMP 2.2.17 इन्स्टल गरेका छन् र म उनलाई 2.3 वा 2.4 प्रयोग गर्न सिफारिस गर्छु किनभने तिनीहरु 2.2 संस्करण भन्दा धेरै राम्रा छन्
13:55 र उनले Akkana Peck को किताब Beginning GIMP from Novice to Professional को बारेमा सोधेका छन् जुन मसँग छ
14:07 यदि तपाई गिम्प सुरु गर्दै हुनुहुन्छ भने यो एकदमै राम्रो छ वा यदि तपाई सँग अलि कति ज्ञान छ भने यो धेरै राम्रो किताब हुन्छ र यो एकदमै उपयोगी किताब हो
14:19 र म यो किताब साच्चै सिफारिस गर्न सक्छु
14:25 र यदि तपाई यो किन्न चाहनुहुन्छ र तपाई अमेरिकामा बस्नुहुन्छ भने म एउटा लिंक ब्लगमा राख्छु जहाँ तपाई यो किताब देख्न सक्नुहन्छ र पसलेले त्यो मार्फत केहि पैसा आर्जन गर्छ
14:43 हिजो मलाई एउटा नराम्रो झड्का लाग्यो जब मैले गर्मी बिदा पछिको कार्य पुन सुरु गरें मैले पहिलो पटक विन्डोजमा गिम्प ब्लगमा हेरे र त्यो इन्टरनेट एक्सप्लोरर मा थियो
15:04 र म एकदमै अच्चम भएको थिएँ किनभने सबै इमेजहरु बिग्रेका थिए र केहि पनि फ्रेममा नमिल्ने भएका थिए
15:17 अन्तिम कुरो भनेको त्यहाँ लिंकमा एउटा टिप छ
15:23 फोटो पडकास्टको लागि फोटोकास्ट नेटवर्क एउटा बृहद स्रोत हो र म पहिले नै एउटा सदस्य छुँ तर म वेबसाइटमा छैन
15:37 वेबसाइटमा हेर्नुहोस, त्यहाँ फोटोकास्ट नेटवर्कको सदस्यहरु ले बनाएका पडकास्ट छन् र यसलाई Focus ring भनिन्छ र आज मात्रै आठौँ भाग आयो
15:52 र अन्तमा यहाँ बायाँ पट्टि Meet The Gimp देखिनेछ
15:59 म तपाईसँग एउटा सहयोग माग्छु, मिट द गिम्पको बारेमा सबैलाई भन्नुहोस र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
16:22 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदै छुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya