GIMP/C2/Easy-Animation/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:23 | आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं |
| 00:28 | गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ |
| 00:43 | तर हामी त्यो पछि हेर्नेछौं |
| 00:46 | जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ |
| 00:55 | र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ |
| 01:02 | यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ |
| 01:20 | यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ |
| 01:36 | यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ |
| 01:51 | म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु |
| 01:56 | म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु |
| 02:04 | अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ |
| 02:15 | ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें |
| 02:24 | म यो इमेज गिम्पमा खोल्नेछु |
| 02:28 | यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो |
| 02:35 | यसलाई अलि ठूलो पारौं |
| 02:43 | मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ |
| 02:56 | र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन् |
| 03:13 | यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ |
| 03:19 | र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ |
| 03:27 | यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ |
| 03:50 | त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ |
| 04:05 | अब यहाँ फ्रेममा हेरौं |
| 04:10 | तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds |
| 04:25 | त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ |
| 04:42 | फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन् |
| 04:55 | र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु |
| 05:03 | इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ |
| 05:07 | यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन् |
| 05:18 | ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ |
| 05:23 | र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ |
| 05:44 | र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो |
| 05:56 | यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ |
| 06:06 | मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं |
| 06:15 | र यहाँ मेरो पहिलो इमेज छ |
| 06:18 | अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो |
| 06:24 | ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न |
| 06:40 | अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु |
| 06:46 | यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो |
| 06:53 | मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन |
| 07:12 | र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ |
| 07:25 | लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं |
| 07:33 | अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ |
| 07:39 | अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ, Scale क्लिक गरौँ |
| 07:51 | र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ |
| 07:58 | रिस्केल गरेपछि यसलाई शार्पन गरौँ |
| 08:03 | त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु |
| 08:09 | मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ |
| 08:15 | मलाई लाग्छ यो राम्रो छ |
| 08:22 | अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन् |
| 08:29 | मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ |
| 08:37 | पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं |
| 08:55 | र यहाँ पनि छ |
| 08:58 | मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB |
| 09:11 | अनि File र Save As मा जाउँ |
| 09:21 | म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु |
| 09:26 | त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा |
| 09:33 | र यसलाई avatar.xcf भनौं |
| 09:41 | म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु |
| 09:48 | File, Open मा जाउँ |
| 09:52 | ल, यहाँ मेरो आधारभूत इमेज छ |
| 09:56 | र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो |
| 10:05 | र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु |
| 10:14 | म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन |
| 10:40 | अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन् |
| 10:46 | र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु |
| 10:51 | त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु |
| 11:01 | अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु |
| 11:11 | म यी नामहरु पछि बदल्ने छुँ |
| 11:18 | म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु |
| 11:27 | अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ |
| 11:36 | लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु |
| 12:02 | अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं |
| 12:14 | म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं |
| 12:26 | लेयरमा क्लिक गरौँ र Flatten Image छानौं |
| 12:34 | म लेयर यसमा तान्छु |
| 12:39 | र यो एनिमेसन कार्यको लागि यति नै |
| 12:45 | अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ |
| 12:57 | र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन |
| 13:05 | अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं |
| 13:10 | तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु |
| 13:15 | र अब म Filters, Animation र Playback मा जानेछु |
| 13:26 | यहाँ मेरो एनिमेसन छ |
| 13:29 | म प्ले मा क्लिक गर्छु |
| 13:33 | मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ |
| 13:43 | यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ |
| 13:56 | खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं |
| 14:14 | अब सबै फ्रेमहरुको सहि नामहरु छन् |
| 14:22 | त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं |
| 14:34 | तपाई आधारभूत इमेज देख्नुहुन्छ |
| 14:38 | र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ |
| 14:50 | यो अलि बिस्तारै पनि हुन् सक्थ्यो |
| 14:55 | ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ |
| 15:02 | र पुन Filters, Animation, Playback |
| 15:15 | मलाई लाग्छ यो अझ राम्रो छ |
| 15:18 | अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ |
| 15:30 | File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं |
| 15:43 | अनि म एउटा अप्सन डाइलग पाउनेछु |
| 15:47 | र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन |
| 15:52 | र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ |
| 15:57 | म यसलाई Animation को रुपमा सेभ गर्छु |
| 16:04 | GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ |
| 16:10 | त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु |
| 16:15 | यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन |
| 16:26 | त्यसैले Export मा क्लिक गरौँ |
| 16:29 | यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ |
| 16:36 | Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु |
| 16:43 | र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु |
| 17:01 | अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं |
| 17:07 | र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ |
| 17:13 | Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ |
| 17:18 | अर्को हप्तासम्मको लागि यति नै |
| 17:22 | स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |